एमाले अछामका गाउँ बस्तीमा पुग्दै, जातीय सद्भावका लागि मगर बस्तीमा ।।

एमाले सबै जान जाती, भाषा, सम्प्रदाय र समुदायको पार्टी भएको एमाले अध्यक्ष कुँवरको भनाई, रहफ गाविसमा समाजिक सद्धभाव कार्यक्रम, जनजातीलाई सम्मान 

टेकराज भण्डारी, अछाम माघ २२

नेकपा एमालेका अध्यक्ष शेर बहादुर कुँवरले एमाले सबै जान जाती, भाषा, सम्प्रदाय र समुदायको पार्टी भएको बताउनु भएको छ । कुनै एक मात्र जाति तथा समुदायको वकालत गर्नु कम्युनिष्टको वास्तविक धर्म नभएको भन्दै जसरी देश सबै जात जातिको साझा फूलवारी हो, त्यसैगरी एमाले सबै जात जातीको चौतारी भएको बताउनु भयो ।

नेकपा एमालेको ४ महिने जनपरिचालन अभियान अन्तर्गत आज अछाम जिल्लाको रहफ गाविस वडा नम्बर ६ सुगेडा मगर वस्तीमा आयोजित सामाजिक सद्भाव तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले एमाले अहिले संविधानको कार्यान्वयनको प्रमुख एजेण्डा सहित जनतामाझ गईरहेको र जनताको अपार माया पाईरहेको बताउनु भयो ।

एमाले कुनै संकीर्ण जातियताको कुरा नगर्ने र समग्र वर्गीय मुक्तिका लागि वकालत गरिरहेको भन्दै अहिले पनि एमालेको केन्द्रीय र जिल्ला तहको नेतृत्वमा जनजाति आदीवासी, महिला, दलित, मुस्लिम अल्पसंख्यक समुदायको सहभागिता रहेको बताउनु भयो । उहाँले अहिले संविधान शंशोधनको नाममा कांग्रेस र माओवादी केन्द्रले देशलाई संकटमा फसाईरहेको र चुनावको एकिन मिति नतोकेर देशलाई अन्यौलताको भूमरीमा लिईरहेको दाबी गर्नुभयो ।

एमाले रहफ गाउँ कमिटि अध्यक्ष शक्ति शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै एमाले प्रदेश कमिटि सदस्य तथा जिल्ला कमिटि अछामका पूर्व अध्यक्ष कमल तिमिल्सैनाले आफुलाई सच्चा कम्युनिष्ट भन्ने माओवादी जात जातीका नाममा राजनीति गरिरहेको भन्दै मिलेर बसेका समुदायलाई आपसमा लडाउने फोहोरी खेल बन्द गर्न आव्हान गर्नुभयो । एमाले विकट वस्तीमा आएर जनजातीसंग हातेमालो गरिरहेको भन्दै आउँदो निर्वाचनमा एमालेलाई बहुमत दिलाउन सबै जनता एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भयो । सबै जात जातीका वीच सद्भाव कायम गरेर मात्र देशको विकास हुने उहाँको भनाई छ ।  

कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य बमबहादुर बिसीले एमालेले आदीबासी जनतजातिको हक अधिकारका लागि ल्याएको नीतिले अहिले उनीहरुले राहत पाएको र आगामी दिनमा सबै जनताका अधिकार सुनिश्चित गर्न संविधानको कार्यान्वयन हुनुपर्ने र यसका लागि तत्काल स्थानीय तहको निर्वाचन घोषणा गरिनुपर्नेमा जोड दिनुभयो । निर्वाचनमा एमालेलाई बहुमत दिएमा अझै देश र जनताको पक्षमा एमाले असल काम गर्दै जाने र विपक्षी डाहले गल्ने उहाँको भनाई छ ।

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष नन्दबहादुर कडायत, सचिव यज्ञ बोगटी जिल्ला कमिटि सदस्य पदमबहादुर बुढा, नमराज न्यौपाने, जिल्ला सल्लाहकार अर्जुन बुढा, क्षेत्रीय अध्यक्ष सुरेन्द्र शाही, सदस्य रण बहादुर शाही, ईलाका सदस्य प्रदिप बुढथापा, लगायतले मन्तव्य राख्दै विकट ठाउँका जनजातिलाई सम्मान गर्ने एमाले जनताको पार्टी भएको र निर्वाचनमा एमालेलाई बहुमत दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा उनासी बर्षीय मैनकला आले र ८३ बर्षीय बिरबहादुर थापा मगरलाई दोसल्ला र ढाँका टोपी सहित सम्मान गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । एमाले ४ महिने जनपरिचालन अभियानमा रहेको र अब विकट वस्तीमा समेत गई जनजातिलाई सम्मान गरिरहेको एमाले प्रचार विभाग प्रमुख भीम जनालाले बताउनु भयो ।

Pdfn] c5fdsf ufpF a:tLdf k'Ub}, hftLo ;b\efjsf nflu du/ a:tLdf ..
एमाले सबै जान जाती, भाषा, सम्प्रदाय र समुदायको पार्टी भएको एमाले अध्यक्ष कुँवरको भनाई, रहफ गाविसमा समाजिक सद्धभाव कार्यक्रम, जनजातीलाई सम्मान ।।टेकराज भण्डारी, अछाम माघ २२नेकपा एमालेका अध्यक्ष शेर बहादुर कुँवरले एमाले सबै जान जाती, भाषा, सम्प्रदाय र समुदायको पार्टी भएको बताउनु भएको छ । कुनै एक मात्र जाति तथा समुदायको वकालत गर्नु कम्युनिष्टको वास्तविक धर्म नभएको भन्दै जसरी देश सबै जात जातिको साझा फूलवारी हो, त्यसैगरी एमाले सबै जात जातीको चौतारी भएको बताउनु भयो । नेकपा एमालेको ४ महिने जनपरिचालन अभियान अन्तर्गत आज अछाम जिल्लाको रहफ गाविस वडा नम्बर ६ सुगेडा मगर वस्तीमा आयोजित सामाजिक सद्भाव तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले एमाले अहिले संविधानको कार्यान्वयनको प्रमुख एजेण्डा सहित जनतामाझ गईरहेको र जनताको अपार माया पाईरहेको बताउनु भयो । एमाले कुनै संकीर्ण जातियताको कुरा नगर्ने र समग्र वर्गीय मुक्तिका लागि वकालत गरिरहेको भन्दै अहिले पनि एमालेको केन्द्रीय र जिल्ला तहको नेतृत्वमा जनजाति आदीवासी, महिला, दलित, मुस्लिम अल्पसंख्यक समुदायको सहभागिता रहेको बताउनु भयो । उहाँले अहिले संविधान शंशोधनको नाममा कांग्रेस र माओवादी केन्द्रले देशलाई संकटमा फसाईरहेको र चुनावको एकिन मिति नतोकेर देशलाई अन्यौलताको भूमरीमा लिईरहेको दाबी गर्नुभयो । एमाले रहफ गाउँ कमिटि अध्यक्ष शक्ति शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै एमाले प्रदेश कमिटि सदस्य तथा जिल्ला कमिटि अछामका पूर्व अध्यक्ष कमल तिमिल्सैनाले आफुलाई सच्चा कम्युनिष्ट भन्ने माओवादी जात जातीका नाममा राजनीति गरिरहेको भन्दै मिलेर बसेका समुदायलाई आपसमा लडाउने फोहोरी खेल बन्द गर्न आव्हान गर्नुभयो । एमाले विकट वस्तीमा आएर जनजातीसंग हातेमालो गरिरहेको भन्दै आउँदो निर्वाचनमा एमालेलाई बहुमत दिलाउन सबै जनता एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भयो । सबै जात जातीका वीच सद्भाव कायम गरेर मात्र देशको विकास हुने उहाँको भनाई छ ।  कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य बमबहादुर बिसीले एमालेले आदीबासी जनतजातिको हक अधिकारका लागि ल्याएको नीतिले अहिले उनीहरुले राहत पाएको र आगामी दिनमा सबै जनताका अधिकार सुनिश्चित गर्न संविधानको कार्यान्वयन हुनुपर्ने र यसका लागि तत्काल स्थानीय तहको निर्वाचन घोषणा गरिनुपर्नेमा जोड दिनुभयो । निर्वाचनमा एमालेलाई बहुमत दिएमा अझै देश र जनताको पक्षमा एमाले असल काम गर्दै जाने र विपक्षी डाहले गल्ने उहाँको भनाई छ । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष नन्दबहादुर कडायत, सचिव यज्ञ बोगटी जिल्ला कमिटि सदस्य पदमबहादुर बुढा, नमराज न्यौपाने, जिल्ला सल्लाहकार अर्जुन बुढा, क्षेत्रीय अध्यक्ष सुरेन्द्र शाही, सदस्य रण बहादुर शाही, ईलाका सदस्य प्रदिप बुढथापा, लगायतले मन्तव्य राख्दै विकट ठाउँका जनजातिलाई सम्मान गर्ने एमाले जनताको पार्टी भएको र निर्वाचनमा एमालेलाई बहुमत दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा उनासी बर्षीय मैनकला आले र ८३ बर्षीय बिरबहादुर थापा मगरलाई दोसल्ला र ढाँका टोपी सहित सम्मान गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । एमाले ४ महिने जनपरिचालन अभियानमा रहेको र अब विकट वस्तीमा समेत गई जनजातिलाई सम्मान गरिरहेको एमाले प्रचार विभाग प्रमुख भीम जनालाले बताउनु भयो ।

Views: 13

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service