भूकम्पीय सुरक्षाको बलियो आधार: भुईचालाे थेग्ने घर र भौतिक पूर्वधार!

नेपाल लगायतका हिमाली क्षेत्रहरु टेक्टोनिकल्ली एक्टिभ अर्थात भूकम्पीय जोखिम भएका क्षेत्रहरु हुन् । त्यसैले नेपालमा भुकम्प जाने खतरा सधैं रहन्छ । नेपाल भूकम्पीय जोखिमको दृष्टीकोणले विश्वकै ११औँ स्थानमा पर्छ । अझ राजधानी काठमान्डौको अव्यवस्थीत सहरीकरण र वर्षौ पुराना भौतिक संरचनाले यहाँ भूकम्पीय क्षतिको जोखिम झन बढाएको छ । भूकम्पलाई विभिन्न प्राकृतिक प्रकोपहरुमध्ये सबैभन्दा भीषण प्रकोप मानिएको छ । भीषण कुन अर्थमा भने यसले ठूल्ठूला भवन र भौतिक संरचनाहरु मात्र नभएर समस्त मानव बस्तीलाई नै क्षणभरमै ध्वस्त पारिदिन सक्छ । साथै भूकम्पीय प्रकोपको सबैभन्दा मननीय पक्ष के हो भने यसलाई कुनै अवस्थामा पनि रोक्न सकिन्न । न त यसको भविष्यवाणी नै अहिलेसम्म गर्न सकिएको छ । कति मात्र हो भने भूकम्पीय विनाशको सम्भावित क्षतिप्रति संवेदनशील भएर यदि बेलैमा सचेतता अपनाउने हो भने यसको जोखिमलाई भने केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । नेपालमा पनि विभिन्न पटक आएका भूकम्पहरु र त्यसका विनाशकारी असरहरुले हामीलाई धेरै पाठ सिकाएकाछन् । त्यसमा वि.स. १९९०, वि.स. २०४५ तथा गत साल २०७२ वैशाखको विनाशकारी भूकम्पले धेरै क्षति पुर्‍याएको छ । प्रत्येक वर्षको माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने गरिन्छ । वि.सं. १९९० को विनाशकारी महाभूकम्पको संमरण गर्दै तत्कालीन सरकारले वि.सं. २०५५ साल माघ २ गतेदेखि सोही दिनलाई वार्षिक रुपमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन सुरू गरेको हो । यस वर्ष पनि “भूकम्पीय सुरक्षाको बलियो आधार भैचालो थेग्ने घर र भौतिक पूर्वधार” भन्ने नारा सहित १९औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाँईदैछ । 


भूकम्प आँउदा अपनाउनु पर्ने सावधानीहरु
भूकम्प आफैले त्यति क्षति पुर्‍याउँदैन तर हामीले बनाएका कमजोर संरचनाहरु र आवश्यक पुर्वतयारीको अभावले गर्दा धेरै क्षति हुने गर्छ । यसका लागि सबैभन्दा प्राथमिक कुरा हो नयाँ घरहरु निर्माण गर्दा भवन निर्माण संहिता कडाइका साथ लागू गर्ने व्यवस्था मिलाउनुपर्दछ । यसका साथै सहरका विभिन्न भागहरुमा रहेका सार्वजनिक स्थलहरुको उचित संरक्षण–संवद्र्धन गर्ने एवं नयाँ पार्किङ्ग स्थलहरुको निर्माण गर्दै जाने र सहरी क्षेत्रमा पर्यावरणीय सन्तुलन कायम गरेर व्यवस्थित सहरीकरणतर्फ ध्यान पु¥याउनु जरुरी देखिन्छ । भवन निर्माण गर्दा यस विषयमा थोरै मात्र ध्यान पुर्‍याउने हो भने पनि सामान्य लागत भन्दा करीब २० प्रतिशत बढी खर्चमा भूकम्प प्रतिरोधात्मक भवन बनाउन सकिन्छ ।


भूकम्पबाट हुने क्षतिलाई न्युनिकरण गर्न निम्न कुराहरुमा ध्यान पुर्‍याऔँ ः
 घर बनाउनु अगाढी माटोको जाँच गराउने ।
 प्राविधीकको सल्लाहमा मात्र घर निर्माण गर्ने ।
 भवन तथा संरचनाहरु सकेसम्म हलुका तथा होचा बनाउने ।
 पुराना घर तथा विद्यालय, अस्पताल आदीहरु रेक्ट्रोफिट गर्ने ।
 घरभित्र आफ्नो ओछ्यान, पलङ्ग र खाटको माथी फोटो, घडी जस्ता गहृौ तथा ढल्ने सामान तथा दराजहरु नराख्ने ।
 विपत्तिसँग जुध्न राष्ट्रिय तथा स्थानीय स्तरमा पूर्वतयारी गर्ने ।
 आफ्ना महत्वपूर्ण कागजात र सामानहरु एउटा झोलामा सुरक्षित राख्ने ।
 घरको छतमा राखेको गमला र पानीट्याङ्कीलाई राम्ररी बाधेर राख्ने ।

भूकम्प आईहालेमा के गर्ने ?
 भूकम्पको कम्पन चाल पाउन साथ सुरक्षित ठाँउमा “घुँडाटेकी, गुडुल्की, ओत लागि समात” गर्ने ।
 घर बाहिर हुँदा भूकम्प आयो भने घरभित्र नपस्ने ।
 घरबाहिर हुँदा टाउकोलाई सुरक्षित राख्ने र जोखिममुक्त क्षेत्रमा गएर बस्ने ।
 भूकम्प आईहालेमा आत्तिने तथा झ्याल, ढोका र कौसीबाट हामफाल्ने, ठेलमेल गर्ने काम नगर्ने ।
 कम्पन रोकिए पछि मात्र झटपट झोला लिएर बाहिर निस्किने ।
 बाहिर निस्कनु अगाडी यथासम्भव आगोको श्रोतहरु (ग्याँस चुलो, अगेनो, हिटर, आदि ) बन्द गर्ने ।
 साघुरो गल्लितिर तथा टेका लगाएको घरको छेउछाउमा नजाने ।
 पहिरो जाने तथा ढुंगा वा चट्टान खस्न सक्ने क्षेत्रबाट टाढा बस्ने ।
 सिनेमाहल, मल, डिपार्टमेन्ट स्टोर वा प्रदर्शनी हल जस्ता ठाँउमा हुनुहुन्छ भने त्यहाँका सुरक्षकमी तथा कर्मचारीले भने बमोजिम गर्ने र आकस्मिक बहिरगमन (Emergency Exit) को प्रयोग गर्ने । 

 हल्लाको पछि नलाग्नुहोस् सहि र भरपर्दो सुचना प्रप्त भएपछि मात्र सुरक्षित स्थल तर्फ लाग्नुहोस ।

यता भूकम्प गएको करिब २१ महिना भइृसक्दा पनि पुनर्निर्माणले आफ्नो कार्य केही विस्तार पनि भूकम्प पिडितले महसुस गर्ने गरि उल्लेखिय काम गर्न सकेको छैन ।   सरकारले छिटोभन्दा छिटो पुनर्निर्माणको कार्यलाई तीव्रता दिई पीडितहरूको समस्यालाई अलिकति भए पनि कम गर्ने काम थाल्नुपर्छ ।  दैवी प्रकोप र राष्ट्रिय विपतिको समयमा सम्पूर्ण राजनीतिक दल, सङ्घ सङ्गठन, कर्मचारी, शिक्षक, बुद्धिजीवीहरू एक भई पुनर्निर्माणको कार्यमा हातमा हात मिलाइ राष्ट्र निर्माण गर्ने गहन जिम्मेवारीमा लाग्नुपर्ने आजको आवश्यकता रहेको छ ।  यहि बेलामा सरकारले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतलाई बर्खास्त गरेको छ, यो बर्खास्ती भूकम्प पिडितहरुको न्यानो आवासमा बस्नो सपनाहरुको बर्खास्ती नहोस । उन्नाईसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प प्रतिरोधी शुभकामना छ सरकारलाई । 

प्रस्तुत लेख उन्नाईसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर २०७३ माघ ०२ गते, आईतवार लेखिएको हो । 

Views: 30

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kamala Pokharel on January 17, 2017 at 11:26am

 दैवी प्रकोप र राष्ट्रिय विपतिको समयमा सम्पूर्ण राजनीतिक दल, सङ्घ सङ्गठन, कर्मचारी, शिक्षक, बुद्धिजीवीहरू एक भई पुनर्निर्माणको कार्यमा हातमा हात मिलाइ राष्ट्र निर्माण गर्ने गहन जिम्मेवारीमा लाग्नुपर्ने आजको आवश्यकता रहेको छ ।  

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service