गाउँमा नबस्ने सचिवलाई स्थानीयले बहिष्कार गर्न थाले !

द्वन्द्वकालमा गाउँ असुरक्षित भएको भन्दै सदरमुकाममा बस्न थालेका अछामका गाविस सचिवहरु अझै पनि गाउँमा बस्न नथालेपछि स्थानिय स्तरबाटै बिरोध आउन थालेको छ । अछामको बुढाकोट गाविसका स्थानीयले पनि बर्षभरीमा १० दिनजति मात्रै गाउँमा आएको र जनतालाई सास्ती दिने काम गरेको भन्दै गाउँ परिषद गर्न गएका गाविस सचिवलाई बहिष्कार गरेका छन् ।

गाविस सचिव वर्षभरी सदरमुकाममै बसेर गाउँ परिषद मात्रै गर्न गाउँ आएको भन्दै अछामको बुढाकोट गाविसका स्थानीयले गाविस सचिव र गाउँ परिषद बहिस्कार गर्दै नयाँ गाविस सचिवको माग गरेका छन् ।

गाविसमा हुने भनिएको २५ औं गाउँ परिषद गर्ने क्रममा गाविस सचिवले पुजिगत बजेट, लक्षित समुदायको कार्यक्रम, योजना तर्जुमा समितिले गरेका निर्णय विपरित आफ्नै मनोमानिमा योजना लिन खोजेको र गाउँ परिषद मात्रै गर्न गाविसमा आउने गरेकोले परिषद बहिष्कार गर्दै नयाँ गाविस सचिवको माग गरिएको स्थानीय अगुवा बुढाकोट माविका व्यवस्थापन समिति अध्यक्ष पुष्पराज भट्टले बताउनुभयो ।

गाविस सचिव नृप कुँवर गत फागुनदेखि हालसम्म गाविसमा जम्मा १० दिनजति मात्रै हाँजिर भएका र स्थानीय संग कुनै समन्वय नगर्ने भन्दै गाविसका सम्पूर्ण राजनीतिक दल, वडा नागरिक मञ्चका पदाधिकारी, योजना तर्जुमा समितिका पदाधिकारी, लक्षित समुदाय, महिला, बालबालिका सबैले गाविस सचिव तथा गाउँ परिषद बहिष्कार गर्दै जिल्ला विकास समितिमा नयाँ सचिव माग तथा निर्णयको जानकारी गराउने निर्णय गरेका छन् ।

गाविसमा भएको सर्बपक्षिय भेलाले गाविसमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको, हर हिसाब प्रष्ट नराखेको, विभिन्न निवेदन तथा सिफारिस बाफत लिने गरेको शुल्क रसिद नकाटेरै लिने गरेको, मालपोत बाफतको रकमको कुनै हिसाब नराखेको, सेवाग्राहीसंग राम्रो व्यबहार नगरेको, सदरमुकाममा खोज्न निकै अप्ठेरो हुने गरेको, सचिव जस्तो मर्यादित पदको दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै नयाँ सचिवको माग गरेको बताईएको छ । भेलाले अनिश्ति समयका लागि गाउँ परिषद स्थगित गर्दै आफुले गरेका निर्णय जिल्ला विकास समिति, जिल्ला प्रशाशन कार्यालय लगायतलाई पठाउने निर्णय समेत गरेको छ ।

सर्वपक्षिय भेलामा पूर्व जिविस सदस्य मीन बहादुर कुँवर, नेपाली कांग्रेसका जिल्ला सदस्य लालबहादुर कुँवर, माओवादी केन्द्रका जिल्ला सदस्य गोपाल थापा, राप्रपाका जिल्ला सदस्य तथा पूर्व जिविस सदस्य ईश्वरराज सुवेदी, एमाले गाउँ कमिटि अध्यक्ष नरबहादुर कुँवर, नेपाली कांग्रेस गाउँ सभापति अर्जुन कुँवर, माओवादी केन्द्रका निर्मल सुवेदी, राप्रपाका पुरन परियार लगायतको सहभागिता रहेको थियो ।

गाविस सचिवले गाउँ बसेर सेवा दिनुपर्ने भन्दै मनत्रालय तथा मन्त्रीले समेत परिपत्र गरिसकेको अवस्थामा गाविस सचिव गाउँ नआउने गरेको र सेवाग्राहीले सास्ती खेप्नु परेको भन्दै स्थानीय आक्रोशित भएका छन् । जिल्ला अधिकांश गाविसका सचिव सदरमुकाम मंगलसैनमा डेरा गरि बस्ने गरेको पाईएको छ ।

Views: 13

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service