नँया नेपाल कमला पोखरेल शान्ति भुमि सुन्दर भुमि नाम यसको कान्तिपुरी नाम मात्र जोगाउनमा कम्मर कस्छ सुरीबुरी शान्ति भन्ने मन्त्र भा छ जस्ले पनि जपी दिने शक्तिशाली राष्ट्र भा छ अत्यचारलाई खपी दिने ।। …

नँया नेपाल
कमला पोखरेल

शान्ति भुमि सुन्दर भुमि नाम यसको कान्तिपुरी
नाम मात्र जोगाउनमा कम्मर कस्छ सुरीबुरी
शान्ति भन्ने मन्त्र भा छ जस्ले पनि जपी दिने
शक्तिशाली राष्ट्र भा छ अत्यचारलाई खपी दिने ।।

सत्ता, भत्ता कुर्सी, पद नेतालाई नै दाइजो सरी
सुकुम्बासी समान आफु सन्ततीको भरमा परी
कुसंस्कार र मनपरि देश चिनाउने कसी यँहा
देशका लागि लड्ने योद्धा आखिर गए खै कँहा ?

नातावाद, कृपावाद कत्ति राम्रो काखी मुनि
मानवकै खरिद बिक्रीे क्या मलिलो मातृभूमि
लोकतन्त्रमा फैलाएको अझै राम्रो भ्रष्टचार
मौलाएको दण्डहिनता बिलाएको सदाचार ।।

जनता सारा साझा भनि भजाउछन् देश विदेशमा
कार्यकर्ता मात्र जनता अरुलाई कालो चश्मा
रामशाहको देश हेर अदालत नि मौन सरी
पिडीतको व्यथा यहा उपहास कठ्ठै बरी ।।

स्वार्थी कुरा नमीलेमा आफ्नै मान्छे कुटाइदिने
सत्ता भत्ता खेलविग्रेमा पार्टि समेत फुटाइ दिने
देश सानु दिन दिनै, पेट बढ्ने नेताका चै
निति नियम कानून लागु आकासको काफल झैं ।।

देशविकासको नाममा यहा कुर्सी धेरै बनी रहने
मेरो पालो कहिले आउला प्रतिपक्षी गनिरहने
आफू भए सबै राम्रो अरु गए हुने खराब
चित्त बुझाऔं हामी सबले देश हाम्रो सती सराब ।।

भन्ने गर्छन् स्वतन्त्रता, स्वाधिनता छ मेरो देशमा
राष्ट्र पोषाक बिलाइ गयो देश रह्यो नौलो भेषमा
वुद्ध सीता जन्माउने देशकी शान्ति भागिन कता
पशुपतिको भूमि अरे कुकर्म छ जतातता ।।

भाषणमा छुट्याएको गणतान्त्रीक संघियता
हत्या हिंशा छ्याप छ्याप्ती वुद्धभुमि यदाकदा
यहि सायद लोकतन्त्र दण्डहिनता क्या कमाल
जस्ले जेनी गर्न पाउने यस्तै रहेछ नँया नेपाल ।।
जस्ले जेनी गर्न पाउने यस्तै रहेछ नँया नेपाल ।।

Views: 18

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service