सुदूरका पाँच जिल्ला स्वास्थ्यमा देशकै उत्कृष्ट !

बिगत ३ बर्षदेखि सुदूरपश्चिमका विभिन्न जिल्ला स्वास्थ्य सूचकको आधारमा देशभरमै उत्कृष्ठ बन्दै आएका छन् । यो बर्ष सुदूरपश्चिमकै पहाडी जिल्ला अछाम देशभरमै उत्कृष्ठ बन्न सफल भएको छ भने अन्य पाँच जिल्ला उत्कृष्ठ दशमा पर्न सफल भएका छन् । भौगोलिक रुपमा बिकट भएर पनि यस क्षेत्रका जिल्लाले स्वास्थ्य क्षेत्रमा सफलता पाउँदै गएका छन् ।

आर्थिक बर्ष २०७२÷७३ को कार्यसम्पादन मूल्यांकनमा अछाम जिल्ला स्वास्थ्य कार्यालय देशभरमै उत्कृष्ठ बनेको छ । स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य सेवा प्रवाह र कार्यसम्पादन मूल्यांकनका विभिन्न ३५ सूचकका आधारमा काठमाण्डौँमा भएको समिक्षामा अछामलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरिएको जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले बताउनु भयो । मूल्यांकन टोलीले तयार पारेको २४ बटा स्वास्थ्य सेवा प्रबाह र ११ वटा कार्य सम्पादनका सूचकमा अछामल ९२ दशमलव ३७ प्रतिशत ल्याई प्रथम भएको छ । यस्तै ९० दशमलव ५४ प्रतिशतको आधारमा सुर्खेत दोस्रो र ९० दशमलव ४१ प्रतिशतका आधारमा बैतडी तेस्रो भएका छन् । स्वास्थ्यको क्षेत्रमा ३५ वटा सुचक भित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भचाँज, क्षयरोग, बेरुजु फच्र्यौट, क्षेत्रीय स्वास्थ्य निर्देशनालयले दिएको अँक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मुल्याकन गर्दा १ सय प्रतिशतमा आफ्नो जिल्ला ९२ दशमलव ३७ प्रतिशत ल्याएर प्रथम भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर शरदचन्द्र बरालले बताउनु भयो ।

अछाम जिल्ला देशभरमै प्रथम भईसकेपछि जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले खुशि ब्यक्त गर्दै अछाम जिल्ला प्रथम हुनुको श्रेय अछामा ९ सय ४१ जना महिला स्वास्थ्य स्वयमसेविका, ४ सय ५० भन्दा बढि स्वास्थ्य कर्मि, जिल्लाका सबै प्रभुत्व ब्यक्तिको साथ र सहयोगमा सफल भएको बताउनु भयो । सुदूरपश्चिमका पाँच जिल्ला उत्कृष्ठ १० मा पर्न सफल भएका छन् जसमा बैतडी, बझाङ, डोटी र बाजुरा छन् भने मन्त्रालयको मूल्यांकनमा मनाङ ५७ दशमलब ६५ प्रतिशतका साथ पुछारमा परेको छ । अछाम जिल्ला देशभरमै प्रथम भईसकेपछि जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले खुशि ब्यक्त गर्दै अछाम जिल्ला प्रथम हुनुको श्रेय अछाममा ९ सय ४१ जना महिला स्वास्थ्य स्वयमसेविका, ४ सय ५० भन्दा बढि स्वास्थ्य कर्मि, जिल्लाका सबै प्रभुत्व ब्यक्तिको साथ र सहयोगमा सफल भएको बताउनु भयो । गत वर्ष नेपालको दोस्रो हुदा पहिलो बनाउन चुनौती थपिएका बेला जिल्ला अस्पताल विकास समिती, जिल्ला स्थित राजिनितिक दल, सरकारी तथा गैरसरकारी कार्यालयको निकै साथ र सहयोगका रहेको बताउनु भयो । यतिबेला देशभरमै प्रथम भईसकेपछी अब अझै अगाडी थुप्रै चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्दै लैजान आफनो योजना रहने जानकारी दिनुभयो ।

Views: 32

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service