सामुदायिक मेलमिलाप कार्यक्रम र समुदायको शान्ति

दाङ जिल्लाको सदरमुकाम घोराही देखी ९ किलोमिटर पश्चिममा पर्छ नारायणपुर गाउँ । विगतमा गाविस भएपनि हाल यो त्रिपुर नगरपालिकामा रुपान्तरण भैसकेको छ । यहि नारायणपुरमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र(सेलर्ड) ले USAID को सहयोगमा साझेदारी विकास परियोजना मार्फत विकासका लागि शान्ति र शान्तिका लागि विकास चाहिन्छ भन्ने उद्देश्यले गत २०७२ साल असोज २१ गते एउटा स‌ंयन्त्रको गठन गर्‍यो । समुदायका विवाद समुदायमै मिलाप गराई गाउँघरलाई दिगो शान्तितर्फ उन्मुख गराउने र समग्रमा विकासतर्फ अग्रसर बनाउने उक्त संयन्त्रको नाम थियो-सामुदायिक मेलमिलाप केन्द्र ।

चित्र बहादुर ओलीको संयोजकत्वमा गठन गरिएको उक्त सामुदायिक मेलमिलाप केन्द्र नारायणपुरमा हाल एकजना गाविस सचिव समेत गरी २९ जना तालिमप्राप्त मेलमिलापकर्ताहरु छौँ । नारायणपुर सामुदायिक मेलमिलाप केन्द्र सार्वजनिक विदा वाहेक अन्य दिन खुला रहन्छ । यो मेलमिलाप केन्द्रमा गाउँघरका विवादहरु त अाउँछन् नै स‌ंगसंगै ईलाका प्रहरी कार्यालय र जिल्ला अदालतबाट पनि मेलमिलाप केन्द्रले हेर्न मिल्ने विवादहरु आउने गरेका छन । खासगरी अदालतबाट आउने मुद्दाहरुमा चोरी, डकैती जस्ता रहेका छन् ।

मेलमिलाप केन्द्रबाट विवाद मिलाप गराउँदा पहिले विवाद दर्ता गर्ने पक्ष र दोस्रो पक्षले १/१ जना मेलमिलापकर्ता रोज्छन् र सामुदायिक मेलमिलाप केन्द्रका तर्फबाट संयोजकले १ जना अर्को मेलमिलापकर्ता खटाएर विवादका पक्षहरुलाई नै मिलापका बिन्दुहरु पहिचान गर्न लगाई मेलमिलाप सत्र सञ्चालन गरिन्छ । केन्द्रमा आजसम्म १२४ ओटा विवाद दर्ता भएकामा ९६ ओटा विवादहरु सहमतिमा निरुपण भईसकेका छन् ।

त्यस्तै २४ ओटा विवादहरु सहमति हुन सकेनन् भने  ५ ओटा केन्द्र बाहिर र ३ ओटा प्रक्रियामा रहेका छन् । सामुदायिक मेलमिलाप कार्यक्रम समुदायमा लागु भईसकेपछि गाउँघरमा हुने सानातिना विवादहरु र सानातिना घरेलु हिँसाका घटनाहरुमा कमि आएको छ । 

इलाका प्रहरी कार्यालय नारायणपुरका मोहनलाल अधिकारी भन्नुहुन्छ-'यो कार्यक्रमले गर्दा ईप्रकामा पहिले भन्दा अहिले विवादको चाप कम भएको छ ।' उहाँका अनुसार प्रहरीको काम विवादको फैसला गर्नु भन्दा पनि जनतालाई सुरक्षा प्रदान गर्नु भएकोले विवाद निरुपणमा सामुदायिक मेलमिलाप केन्द्रको भुमिका बढेसंगै प्रहरीलाई पनि सजिलो भएको छ । 

 

Views: 119

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on October 3, 2016 at 12:14pm

Very Nice !

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service