जुन र तारा जस्तै अटल

यूएसएआईडीको आर्थिक सहयोगमा साझेदारी बिकास परियोजनाले बेस मार्फत दाङमा सञ्चालन गरेको महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत २०७३ साल २ महिना २० गते हाम्रो समूहको स्थापना भएको हो । म यो समूहको सचिव छु । हाम्रो समूहमा २७ जना सदस्य हुनुहन्छ । हामी समूहको बैठक हरेक महिनाको चौथो हप्ता बिहिवार बस्ने गर्छौँ । समुहको मुख्य उदेश्य महिलालाई शशक्त बनाउनु हो । जसका लागि यस समूहलाई बिभिन्न किसिमका तालिमहरु पनि दिईएको छ । जसमा :
१) व्यवसाय तालिम
२) साक्षरता तालिम
३) ग्राामीण बैँक स्थापना तालिम, जस्ता तालिमहरु छन् । 

हामीहरुलाई बेसले व्यवसाय तालिम दिने भनेपछि हामीहरुले बाख्रापालन तालिम माग गर्‍यौँ । हामीहरुले बाख्रापालनको तालिम पनि गर्‍यौँ । मैले समूहको सदस्यहरुलाइ बाख्रापालन गरेर समूहको आम्दानी बढाउन र समूहको नमुना बनाऊँ भनेर प्रस्ताव गरेँ । समूहका दिदीबहिनीहरुले सहमति जनाएपछि त्यो काम अगाडि बढाइरहेछु । र हाम्रो गाउँमा बाख्रापालनको समूह गठन भयो । समूहको सदस्यहरुलाइ साक्षरताको तालिम लिएर कक्षा सञ्चालन गरेका छौँ । हाम्रो समूहको रकम धेरै भए्रपछि जम्मा गर्नको लागि ग्रामीण बैँक स्थापना गर्ने भएका छौँ । व्यवस्थापकको तालिम लिएर समूहको कार्यान्वयन हिसाबकिताब, समूहमा मेलमिलाप, ऋणमाग, अनिवार्य बचत, ब्यक्तिगत बचत र बैठक सञ्चालन गर्न सहज ढङ्गले अगाडि बढेकी छु ।

नेतृत्वको बिकास तालिम, शान्ति प्रवद्र्वन तालिम लिएर समूहका सदस्यहरु सक्रिय महिला हुनुभएको छ । मानव अधिकार गाउँघरमा घटेका महिला हिंसा विरुद्व मेलमिलाप केन्द्रमा समावेश गराई समस्याको समाधान गरेका छौ । हाम्रो सौडियार गाबिसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणामा सहयोग पुर्‍याएका थियौँ । र मदिरा निषेध भन्ने नाराका साथ बन्द गराउने अभियान चलाई मदिरा निषेध क्षेत्र घोषण गर्‍यौँ । र दाईजो,बालबिवाह र महिला हिंसाविरुद्व नियन्त्रण गर्न आवाज उठाएका छौँ । हाम्रो गा.बि.स. वरपर सरसफाई अभियान गर्‍यौँ । र अघरा गाउँमा वृक्षारोपण पनि हामी महिलाहरुले गर्‍यौँ । र हाम्रो अघरा घपाली टोलका महिलाहरु सशक्त भएका छन् । यिनै कुराहरुले मेरो समुदायमा भएका बिकृति तथा पुराना रुढीवादी चालचलनहरुको अन्त्य गर्न ठूलो सहयोग गरेका छन् । प्रगतिशिल महिला सशक्तिकरण समूहका सदस्यहरु सक्रिय महिला हुनुभएको छ ।

दिलमाया घर्ती,
प्रगतिशिल महिला स–शक्तिकरण समूह
सौडियार–१, अघरा घपाली टोल, दाङ

Views: 125

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by dilmayamagar on September 23, 2016 at 8:52pm
Tq maya miss
Comment by dilmayamagar on September 23, 2016 at 8:47pm
Tq krishna sir
Comment by dilmayamagar on September 23, 2016 at 8:46pm
Tq lauxmi mam
Comment by maya bhatt on September 23, 2016 at 8:41pm
nic
Comment by krishna chaudhary on September 23, 2016 at 8:40pm
wau very nice story mam
Comment by laxmi kumari luhar on September 23, 2016 at 8:31pm
Nice story mam

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service