भलो यसैमा हुनेछ...

केही समय अगाडि कमलामाई नगरपालिकामा दर्जनौ मानिस भूकम्प पीडित हौं भन्दै राहतका लागि फारम हातमा बोकेर नगरपालिकाको कोठा कोठा चहारिरहेका थिए । नगरपालिकाको गेट अगाडीको भिडभाड छिचोल्दै बिस्तारै म पनि नगरपालिका भित्र प्रवेश गरें । सूचना अधिकारी बिनोदबाबु खकुरालसंग भूकम्पकै बारेमा सुचना लिन म त्यस कार्यालय पुगेको थिएँ ।

ढोकामा पुग्दा सेतो बोर्डमा लेखिएको थियो, सुचना अधिकारी बाहिर गएको समय । अनुगमनको लागि भिमान गएको ८ बजे, आउने समय १२ बजे र नआउदा सम्म सट्टामा काम गर्ने ब्यक्ति उद्धव थापा । त्यति बेला मैले पाएको सबै भन्दा ठुलो राहत सही सूचना हो । दुई जना भूकम्प पीडित दिदीहरु निवेदनको लागी ४ नम्बर वडाको सचिव छत्र घिसिङलाई खोजेको भनेर तलमाथि गरिरहेका थिए । मैले सूचना पाटीमा हेर्नुस् त भनें । सूचना पाटीमा हेरेर ए...१ बजे पो आउने रहेछ । पछि आउने भनेर सही सुचना राहत लिएर फर्कनुभयो । यसरी सही सुचना थाहा पाए पछि सबै आफ्नो बाटो लाग्दा रहेछन । त्यसैले भूकम्प पीडितको लागी यतिबेला सबै भन्दा ठूलो राहत सही सुचना नै हो ।

भूकम्प पीडितले राहत राहत भरेर कराउन छाडेका छैनन् । गाबिस, नगरपालिका, जिल्ला प्रशासन जता सजिलो उतै धाउन पनि छाडेका छैनन् । समय, श्रम, शक्ति सबैे खर्चिएर राहत भनेर मरीमेट्नेहरुको लागि सबै भन्दा ठुलो राहत यति बेला सही सूचना नै हो । धेरैले सामग्रीलाई मात्र राहत सम्झिएका छन् यतिबेला । बुझ्नेहरुले पनि त्यही बुझे । बुझाउनेहरुले पनि त्यही बुझाए । त्यसैले पनि सरकारी कामकाजमा बेलाबेला प्रश्न चिन्ह खडा भैरहेको छ । राहत बितरणमा अनियमितता भयो, राहत लिने र दिनेहरुले पक्षपात गरे भनेर । तर राहत लिने र दिने दुबैले सही सूचना यो हो है, राहत भूकम्प पीडितहरुको लागी मात्रै हो है भनेर बुझाउनै सकेनन् । त्यसैले पनि बिवाद दिन प्रतिदिन लम्बिदै जाँदा एक बर्ष बित्दा पनि राहत पाएनौ भन्न कसैले पनि छाडेनन् ।

कोही गेट अगाडि बसेर बरबराउदै थिए । कोही भने भित्रै पसेर कराउँदै थिए । लाग्थ्यौ एक प्रकारको बजार ब्यापार गरीरहेका छन् । सबैको हातहातमा सेतो कागज निबेदन थियो । अनुगमनले छुटायो पनि भन्दै थिए । लस्कर हेर्दा लाग्थ्यो साँच्चै भूकम्प पीडितहरुको अनुगम नै भएन छ तर बास्तबमा सबै भूमम्प पीडित भने थिएनन् । म त्यो भिडमा मिसिएर सबैको कुरा सुन्ने कोसिस गरिरहेको थिएँ । कसैलाई त सोधे पनि, घर भत्किए कै हो भनेर । कतिले हो भने । कतिले त हैन भने । तर सबै राहत कै लागि भने आएका होइन रहेछन् । सही सूचना नपाएर सबैले राहतको लागि भनिरहेका थिए । कोही गुनासो सुनाउन आएको भन्दै थिए । कोही ऋण माग्न, केही चाहि नक्सा हेर्न । सबैको काम फरक थियो । तर त्यो माहोलमा आए पछि र सबैको हातमा निबेदन देखेपछि राहत पाइने रहेछ भन्दै फारम भरिरहेका थिए ।

कमलामाई नगरपालिका ५ का गुण बाहादुर आछामे भूकम्प पछि घर भत्किएको भन्दै हुनुहुन्थ्यो । लाल कुमारी, भिम माया, बिष्णु, गोपाल यस्तै नाम भएका भूकम्प पीडित हौं भन्नेहरु संग कुराकानी गर्दै थिएँ म । मैले सुनें, दूईजना त्यही भिडभाडमा बसेर कुराकानी गर्दे थिए । ‘घरै नभत्किए पनि हानी दिउ न, झटारो लागे लाग्छ नलागे के त, जाने केही होइन’ भन्दै कानेखुसी गरेको पनि सुनें । केहीले चाहि ‘कच्याले गारो भत्काएर पुर्ण क्षति बनाएर छिमेकीले राहत कुम्लो पारे’ पनि भन्दै थिए । अनि कतिले चाहि भूकम्पको कार्ड पाइयो भने त बिदेश सितैमा जान पाइन्छ रे नि पनि भने । कुनै चाहि नेतालाई सराप्दै थिए । सबैकुरा सुन्न तीन घन्टा जति म त्यही भिडभाडमा अलमल गर्दै रहें र उनीहरुको कुरा सुनें ।

भूकम्प पीडितको बस्ती पुग्दा र गुनासो सुन्दा लाथ्यो, साँच्चै सरकारले उनीहरुलाई हेरेन तर उनीहरुमध्ये केही कुरा सुन्दा लाग्यो, उनीहरुले नै सरकारलाई टेरेन । सूचना नै पाएन नै भनेर गलत काम नगरौ, कसैले जानकारी नै गराएन भने पनि थोरै समय लिएर बास्तवमा के हो? आफैले बुझौ, जवाफदेहिता एकोहोरो हुँदैन, दुबै पक्ष बिच लेनदेन हुन्छ । त्यसैले सरकारले गलत काम नै गरेको छ भने सुधार गर्ने सकिने ठाँउहरु छन् । र तपाईले पनि गलत गर्नु भएको छ भने सुधार गर्न सकिन्छ । बिग्रियो भनेर झनै बिगारर्ने तिर नलागौँ, हल्लाको पछाडि दौडिएर समय खेर फाल्नुभन्दा यथार्थ पत्ता लगाएर सही सूचना लिनुस् र पीडितका लागि काम गर्नेहरुले पनि सही सूचना दिनुस् । भलो यसैमा हुनेछ ।

Views: 46

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service