देश लुट्न खारिएका उनै फेरी सत्तामा
जनता लुट्न खारिएका उनै फेरी सत्तामा
कति चुप लागि बस्नु सधैँ, सधैँ लुटिएर
जनता लुट्न खारिएका उनै फेरी सत्तामा
कति विश्वास गर्नु,सधैँ झुट बोल्नेलाई
जनता लुट्न खारिएका उनै फेरी सत्तामा
भन्छन् सधैँ सजिलै जनताका लागि हौँ
विश्वास घातमा खारिएका उनै फेरी सत्तामा
झुपडिमा बस्नेको नि बास भयो महलमा
जनता लुट्न खारिएका उनै फेरी सत्तामा
आँखा चिम्ली विश्वास गर्दा घरि घरि लुटियौँ
विश्वास लुट्न खारिएका उनै फेरी सत्तामा

Views: 39

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service