"हो, त्यो साँच्चिकै युनिभर्सिटी थियो"

ढलेर फ्याक्क फ्याक्क गर्दा,
उस्को सहानुभुती थियो, हेर आफै सम्हालीनुपर्छ ।
हामीले पो कसरि उसका सामु गोहीका आँशु निकाल्ने ?
ए सिकान यार,
तँ त ड्रामा गर्ने मान्छे ।। 
भो जाँउ, पछि आउला । हिँड आज त त्यो गधेनीको ट्रिट खानुछ,
हुन त यो मान्छे बडां टाईलेन्ट छ यार, 
धत् ! तेसो भन्नु हुन्न । 
माथि उठेसी हाम्लाई छिटा पर्छ नी, 
सल्लाह हुन्छ उनिहरुमा ।। 
ओ, गुरु आज जजिमानी गर्न नजाने ? 
मिनीरल वाटरमा,
गाँउबाट जजिमानले पठाइदेका छन् ।।
धन्य मनुष्य !
तिम्लाई कुन भगवानले त्यो घट दिएछ ? 
एकदिन ज्वोरोले काँप्दै आएर भन्दैथ्यो,
यार, मलाई कतै एचआइभी त भएन ? 
डर लाग्दैछ ।।
उ सबको नजरमा,
बडां भद्र मानव लाग्थ्यो । 
ठुल्ठुला सभामा प्रमुख हुन्थ्यो, समाज अनि ब्यवहार परिर्बतन,
त झन कामै हो । 
थाछ ?
यति महान मान्छे एकदिन बक्छ, 
तिम्रो जात के हो ?
दिमागमा सियो सिउँरे झै भयो र, खुट्टा चिलायो । 
होइन, हाम्रै गोत्र झै लागेर नि
थाहा पाएपछि,
उस्को दिमागबाट स्वाट्टै १०० % बाट ३५ % मा झरे । 
उस्को दिमागमा एकाएक नम्बर थपिन थाल्यो । 
बौद्धिकता ५ % , क्षमता ५ % , योग्यता १५ % पहुँच ३ % , सुन्दरता २ % , उस्को जथ्थामा म १ मात्र ।
अनि ५ % बक्सिश थियो मलाई ।।
र, जाँउ अर्कैमा इन्ट्रान्स देउ, 
वाह ! तिम्रो युनिभर्सिटीमा पास भएछु, 
बधाई छ तपाइलाइ ।। 
यो धर्मशाला होइन, कन्फ्युजमा नपर्नु, 
निस्सासिएर बाहिरिए, र स्वच्छ हावा भित्र तान्दै सम्झे,
हो, त्यो साँच्चिकै युनिभर्सिटी थियो,
जसलाई मैले बुझेको कुरामा फेल भए 
र, नयाँ शिक्षामा दिक्षीत भएर फर्के ।।

धन्यवाद,...........

Views: 66

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kp anmol on June 28, 2016 at 1:32pm

धन्यवाद Prakash सर जी, मेरो सिर्जनलाई मन पराई दिनु भएकोमा । आगामी दिनमा पनि हजुरको हौसला र माया पाउने आसा, अपेक्षा राख्दछु ।

सहृदयदेखि आभारी
केपी

Comment by Prakash Lamichhane on June 28, 2016 at 1:02pm

गजब कविता केपीजी ! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service