स्वास्थ्य क्षेत्रमा अछाम देशकै दोस्रो स्थानमा

अछाम जिल्ला स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा नेपालकै दोस्रो नम्बरमा परेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहका विभिन्न ३५ सुचकमा गरेको मूल्यांकनका आधारमा अछाम देशकै दोस्रो नम्बरमा परेको हो । स्वास्थ मन्त्रालयले आर्थिक वर्ष २०७१र७२ को अवस्थाबारे शुक्रबार गरेको समिक्षामा पाल्पा जिल्ला पहिलो स्थानमा परेको छ भने म्यादी तेस्रो स्थानमा । बाल स्वास्थ्य, खोपको पहुँच तथा पूर्ण खोप घोषणा, झाडापखाला तथा निमोनियाको जटिलतामा कमी, नियमित गर्भ परिक्षण, स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर वृद्धि लगायत आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता समयमै रिपोर्टिङ तथा सूचना व्यवस्थापन महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता लगायतका स्वास्थ्य सूचकका आधारमा मूल्यांकन गरिएको हो ।

अछामले यी सूचकमा निकै प्रगति गरेको र मन्त्रालयको मूल्यांकनमा दोस्रो नम्बरमा परेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक झपट ढुंगानाले बताउनु भयो । जिल्ला भरका सबै स्वास्थ्यकर्मी तथा सरोकारवालाको साथ सहयोगले अछाममा स्वास्थ्य क्षेत्रमा प्रगति भैरहेको उहाँले बताउनुभयो । अछाम दोस्रो नम्बरमा परेपछि आफु निकै खुसी भएको र आगामी दिनमा अझै मेहनतका साथ पहिलो नम्बरमा पर्ने गरि सेवा प्रवाहमा लाग्ने जनस्वास्थ्य निरिक्षक ढुंगानाले बताउनु भयो । आगामी दिनमा अहिले हाँसिल गरेका उपलब्धिलाई स्थायित्व दिने गरि काम गरिने उहाँको भनाइ छ । अन्य जिल्लाको अवस्था हेर्दा पहिले हाँसिल गरेका उपलब्धि पछि कायम नरहेको पाईएको छू, ढुंगानाले भन्नुभयो ू हामी हालका उपलब्धिलाई कायम राख्दै अघि बढ्ने छौं ।ू अछाम जिल्ला २०७१ सालमा पूर्ण खोप जिल्ला घोषणा भैसकेको छ भने हाल त्यसले निरन्तरता पाईरहेको छ । खुल्ला दिशामुक्त घोषणा मार्फ‌त झाडापखाला लगायतका सरुवाजन्य रोगमा न्यूनिकरण भएको देखिन्छ । हाल जिल्ला अस्पतालमा आकस्मिक प्रसुति सहितको सेवा संचालन छ भने ५४ वटा बर्थिङ सेन्टर मार्फत स्वास्थ्य संस्थामा सुत्केरी गराउने क्रम बढ्दो छ । जिल्ला स्वास्थ्य कार्यालयमा हाल मातृ शिशु प्रतिक्षालय संचालन गरि गर्भवति तथा सुत्केरी महिलालाई सेवा दिईएको छ । हाल जिल्लामा ५८ प्रतिशत गर्भवतिले संस्थागत सुत्केरी गराएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । हालै जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बराल स्वास्थ्य कार्यालय व्यवस्थापन तथा स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण काम गरेको भन्दै स्वास्थ्य सेवा पुरस्कारबाट समेत पुरस्कृत हुनुभएको छ ।

टेकराज भण्डारी , अछाम फागुन ३०

Views: 641

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service