खाना पकाउने ग्याँसको विकल्प 'दाउरा'

भारतले गरेको अघोषित नाकाबन्दीले खाना पकाउने ग्याँसको अभाव भएपछि सुर्खेतमा विकल्पको रुपमा दाउराको प्रयोग गर्न थालिएको छ ।
खाना पकाउने ग्याँस पाउदै नपाउने भएपछि सुर्खेतका सर्वसाधारणहरुले दाउराको प्रयोग गर्न लागेका हुन् । ग्याँस आएपनि ७ किलो ग्याँसको सिलिण्डर लिन तीन÷चार दिन लाइनमा बस्नु पर्ने भएकोले सर्वसाधारणहरुले खाना पकाउन लाउराको पैयोग गर्न थालेका हुन् । अहिले सुर्खेतका नाम चलेकै होटेलहरुले समेत अहिले दाउरा बालेर होटेल संचालन गरेका छन् । खाना पकाउने ग्याँसको अभाव भएपछि आरा मिलबाट महंगोमा दाउरा खरिद गरेका सर्वसाधारणहरुलाई जिल्ला वन कार्यालय सुर्खेतले केही सहुलियत दरमा दाउरा वितरण गर्न थालेको छ । ग्याँसको अभाव भएपछि सुर्खेतको वीरेन्द्रनगरमा होटेल संचालकहरु र सर्वसाधारणहरुले समेत दाउराका् प्रयोग गर्न थालेपछि केही सुविधा होस् भन्ने उद्देश्यले जिल्ला वन कार्यालय सुर्खेतले दाउरा वितरण गरेको जनाएको छ । जिल्ला वन कार्यालयले पहिलो दिन सोमबार मात्रै एक सय ९० क्वीन्टल दाउरा वितरण गरेको जनाएको छ । एक जनालाई एक क्वीन्टलका दरले सोमबारदेखि दाउरा वितरण गर्न लागिएको जिल्ला वन कार्यालय सुर्खेतका सूचना अधिकारी सूर्य शर्माले जानकारी दिए ।

जिल्ला वन कार्यालयले सोमबार एक सय ७० घर परिवारहरुलाई दाउरा वितरण गरेको जनाएको छ । पहिलो पटक दाउरा किलोेको ८ रुपैयाँका दरले विक्री गरिएको छ । पहिलो चरणमा विक्री भएको दाउरा हरिहरपूर र पोखरीकाँडाबाट ल्याइएको सूचना अधिकारी शर्माले जानकारी दिए । यसपटक वितरण गरिएका दाउरा अघिल्लो वर्षको बाढीले क्षती पु¥याएका रुखहरुका हुन् । जिल्ला वन कार्यालयले बाढीपहिरोले क्षती पु¥याएका काठहरुको यस अघी नै संकलन गरेको थियो । अहिले तिनै काठहरु सामुदायिक वनहरुले उपलब्ध गराएपछि सर्वसाधारणहरुलाई वितरण गरिएको हो । क्षती भएको काठहरु संकलन भएपछि सम्बन्धित वन उपभोक्ता समितिले नै प्रयोग गर्न पाउने र उनीहरुले प्रयोग गरेर बचेको दाउरा मात्रै जिल्ला वनले ल्याउन पाउने सूचना अधिकारी शर्माले बताए । अहिले वितरण गरिएको दाउरा पनि स्थानीय उपभोक्ता समितिले प्रयोग गरी बचेको दाउरा भएको उनको भनाइ छ ।

अघिल्लो वर्षको साउनको अन्तिम हप्ता आएको बाढीपहिरोले क्षती पु¥याएका काठहरु अझै पनि बाँकी रहेको र ती काठहरु पनि जिल्ला वन कार्यालयले सर्वसाधारणहरुलाई वितरण गर्ने जनाएको छ । सोमबार पनि दाउरा लिनलाई छिन्चुमा जिल्ला वन कार्यालयले गाडि पठाएको छ । छिन्चुको दाउरा आएपछि मंगलबार पनि वितरण गरिने सूचना अधिकारी शर्माले बताए । अहिले बाढीपहिरोले क्षती पु¥याएका दाउराहरु संकलन गरेर राखिएको तर इन्धन अभावका कारण जिल्ला वन कार्यालयसम्म ल्याउन नसकिएको शर्माले बताए । ‘‘बाढीपहिरोले क्षती पु¥याएका काठहरु संकलन भएका छन्,’ उनले भने–‘तर अहिले इन्धन अभावले गर्दा यहाँसम्म ल्याउन सकिएको छैन ।’’

जिल्ला वन कार्यालयले दाउरा वितरण गर्न थालेपछि सर्वसाधारणहरुले भने राहात महसुस गरेका छन् । ग्याँसको अभाव झेलिरहेका सर्वसाधारणहरुले केही सहुलियत दरमा दाउरा खरिद गर्न पाएपछि केही राहात भएको बताएका हुन् । स्थानीय सर्वसाधारणहरुलाई दाउरा वितरणले राहात पुगेको भएपनि कोठा भाडामा बस्नेत विद्यार्थीहरुले भने राहात महसुस गर्न पाएका छैनन । ग्याँसको अभावमा सबैभन्दा बढी मारमा विद्यार्थी नै परेको तर अहिले दाउरा वितरण गरिपनि विद्यार्थीलाई राहात नभएको विद्यार्थीले बताएका छन् । भाडामा बस्ने विद्यार्थीलाई दाउरा बालेर खाना पकाउने अवस्था नै नहुँने भन्दै विद्यार्थीहरुले यसबाट आफूहरुलाई कुनै फाइदा नहुने बताएका छन् । जिल्ला वन कार्यालयमा दाउरा लिनलाई पनि विद्यार्थीहरु पुगेका छैनन ।

Views: 125

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service