पुल नबन्दा जोखिमको यात्रा

वि.स. २०६७ साल जेठ २५ गतेका दिन । हरिहरपुर–६ पाग्माका नागरिकहरु निकै हर्षित थिए । जुन दिन दुई÷दुई जना राज्य मन्त्री पुगेर नजिकैको भेरी नदिमा संयुक्तरुपमा आफ्नो गाउँमा झोलुङगे पुलको शिलन्यास गरे । झोलुङगे पुल निर्माणका लागि पहल गरदिएको भन्दै उनीहरुले पूर्व राज्य मन्त्रीद्वयलाई धन्यवादसमेत ज्ञापन गरे । तर उनीहरुको खुसी धेरै लामो सयम टिक्न सकेन । 

हर्षित मुहारले अब पुल बन्द सहजरुपमा नदी पार गरौंला भन्ने आशा बोकेका उनीहरुले अहिलेसम्म पुल निर्माण हुन नसकेपछि भने निराशा व्यक्त गर्न थालेका छन् । शिलन्यास भएको चार वर्ष पुगिसक्दा पनि पुल नबनेपछि स्थानीय नागरिकहरु जोखिम मोलेर भेरी नदी पर्न बाध्य भएका छन् । नजिकै कुनै पनि पुल छैनन् उनीहरु अहिले हरिहरपूर–५ मा पाइला टेक्न कित पौडीन बाध्यछन कि त डुङगाबाट नदी तर्न । 

गत साउनमा आएको बाढीले सबैभन्दा नजिक भएको हरिहरपूर–४ रानीघाटको पुल पनि बगाएपछि पाग्मा बासी थप चिन्तामा परेका छन् । गाउँ नजिकैको भेरी तर्नको लागि गाविसको पहलमा चलाइएको डुङगाको पनि भर नभएको भन्दै उनीहरुले आफूहरुको सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरसंगको सम्बन्ध नै विच्ेछेद हुने अवस्था आएको गुनाशो गरेका छन् । भेरी पानीको बहाव अलिकति बढेपनि डुङगासमेत चल्न नसक्ने भएकोले आफूहरु सदरमुकाम आउनबाट बञ्चित हुनुपर्नेका स्थानीयले गुनासो गरेका छन् ।
आफूहरुले पुल निर्माण भएर सहजरुपमा सदरमुकामको यात्रा गरांैला भन्ने आशा लिएपनि यतिका वर्षसम्म पुल नबन्दा गाउँले चिन्तित भएको स्थानीय विजयश्वरी उच्च माविका अध्यक्ष जयराज थापाले बताए । उनले पुल नबन्दा डुङ्गाको प्रयोग भएको र भेरीमा पानी थोरै बढेपनि डुङ्गा नचल्ने भन्दै यस्तो अवस्थामा सदरमुकाम वीरेन्द्रनगरसंग आफूहरुको सम्बन्ध विच्छेद भएको बताए । 
‘‘कत्रो आशा थियो, पुुल अहिलेसम्म पनि बनेन,’ उनले भने–‘अहिले चलेकोवेला डुङ्गाबाट वारपार भइरहेकोछ, डुङगा नचल्दा त सदरमुकाम वीरेन्द्रनगरसंग हाम्रो सम्बन्ध विच्छेद हुन्छ ।’’ उनले यत्रो गाविसका नागरिकहरुलाई हरेक दिन सदरमुकाम जानुपर्ने काम पर्ने भएपनि पुल नहुँदा निकै समस्या भएको बताए । अहिले त रानीघाटको पुल पनि बाढीले बगाएकोले हरिहरपूरका अधिकांश नागरिकहरुलाई समस्या भएको छ । पुल तर्नका लागि त हरिहरपूरबाट बर्दिया पुग्नुपर्ने हुन्छ ।
यो पुलको शिलन्यास गरी ०६७ सालमै कामको थालनी गरिएपनि ठेकदारको कारण पुल निर्माण हुन नसकेको हो । पुलको ठेक्का लिएका पोखराका ऋषिराज गौतमले श्रमिकहरुलाई पािरश्रकि नै नदिएपछि उनीहरुले काम छोडेकोले पुलको काम त्यतिकै लथालिङ्ग भएको हो । अहिलेसम्म सुरुमा काम गरेको श्रमिकहरुले रकम नपाएको स्थानीय नागरिकहरुले बताएका छन् । 
अहिले भने यो पुलको काम सुरु भएको छ । जाजरकोटका प्रकाशजंग शाहले निर्माणको जिम्मा लिएपछि काम सुरु भएको स्थानीय जयराज थापाले बताए । अहिले पुलको जिप निर्माण गरिसकिएको छ । यसरी नै काम भए यो आर्थिक वर्षमा पुलको निर्माण कार्य सम्पन्न हुनेछ । 
यदी यो आर्थिक वर्षसम्म पुल निर्माण नभए हरिहरपूरबासीको सदरमुकाम वीरेन्द्रनगरसंगको सम्बन्ध पूर्णरुपमा विच्छेद हुने छ । बर्षा लागेपछि डुङगा पनि नचल्ने भएकोले आफूहरु सदरमुकाम वीरेन्द्रनगर आउनबाट बञ्चित हुने स्थानीय नागरिकहरुले बताएका छन् । एक करोड दश लाख बजेट रहेको यो पुल २०६७ जेठ २५ गते तत्कालिन स्वास्थ्य राज्य मन्त्री खड्कबहादुर बस्याल र स्थानीय विकास राज्य मन्त्री गणेशबहादुर खड्काले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
अहिले हरिहरपूर गाविसले विभिन्न तीनवटा घाटमा तीनवटा डुङ्गाको व्यवस्था गरेको गाविस सचिव केशरबहादुर डांगीले जानकारी दिए । तर डुङ्गामा निकै जोखिम हुने र अहिलेसम्म एक जनाको मृत्युसमेत भइसकेको सचिव डांगीले बताए । बर्षामा डुङगा पनि बन्द हुन्छन ।

तस्बीर  : डुङ्गाबाट जोखिमको यात्रा गरिदै र पुल निर्माण गर्न लागिएको ठाउँ 

Views: 31

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service