नेपाल जेसिज राष्ट्रिय उपाध्यक्षमा अर्याल निर्वाचित

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा लमजुङ जेसिजका डिलबहादुर (राजु) अर्याल निर्वाचित हुनुभएको छ । नेपाल जेसिजको आइतवार काभ्रेमा सम्पन्न ४१ औं अधिबेशनबाट ९ सय २२ मतकासाथ अर्याल राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । अर्याल लमजुङको जेसिजको पूर्व अध्यक्ष रहनुभएको छ । अर्याल सँगै राष्ट्रिय उपाध्यक्षमा १२ जना जेसीहरु चयन भएको लमजुङ जेसिज बर्ष २०१४ का अध्यक्ष सुरेश प्रधानले जानकारी दिनुभयो । 

यस्तै, नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा धनञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । पोखरा जेसिजका रविन्द्र गुरुङलाई ९ सय ९३ मतले हराउँदै म्याग्दी जेसिजका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा १ हजार ८२ मत प्राप्त गरी रिता न्यौपाने, ९ सय ८१ मतका साथ अन्जनी पराजुली, ९ सय ४५ मतका साथ ९ प्रकाशप्रसाद अधिकारी र ७ सय ५१ मत प्राप्त गरी मनिषरमन शाह निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय उपाध्यक्षमा बद्री सापकोटा, सुभाष भट्टराई श्रद्धा सिलवाल, श्रीजीत श्रेष्ठ, अनिलबहादुर शाही, पारस शर्मा, कुवुधवैध श्रेष्ठ, कमला पोखरेल, आनन्द अधिकारी, दिपेन्द्र केसी र भेषजा काफ्ले निर्वाचित भएकाछन् । महाधिबेशनमा विद्युतिय मतदान प्रक्रिया गरिएको थियो । महाधिवेशनमा देशभरका १ सय ३८ शाखाबाट २ हजार ५ सय जना युवा सहभागी भएका थिए । जेसिजको कार्यकाल एक÷एक बर्षको हुन्छ । बर्ष २०१६ मा हुने महाधिवेशन भने नेपालगञ्जमा गर्ने निर्णय भइसकेको छ । महाधिवेशनको प्रधानमन्त्री सुशील कोईरालाले उद्घाटन गर्नुभएको थियो ।

Views: 27

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service