चार महिनामा लमजुङमा २५ घरेलु हिंसा

लमजुङमा चालु आर्थिक वर्षको चार महिनामा २५ वटा घरेलु हिंसाका घटना घटेका छन् । चालु आर्थिक बर्षको चार महिनामा २५ घरेलु हिंसाका घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार साउनमा ८, भदौमा ४, असोजमा ४ र कात्तिकमा ९ वटा घरेलु हिंसाका उजुरी परेका छन् ।

प्रहरीले मंसिरको पहिलो सातासम्म २ वटा घरेलु हिंसाको उजुरी आएको जनाएको छ । प्रहरीले केही घटनाको मिलापत्र समेत गराएको जनाएको छ । हालसम्म परेका २७ उजुरीमा ११ उजुरीको मिलापत्र भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार साउनमा ४, भदौमा ३, असोजमा १ र कात्तिकमा ३ वटा उजुरीको मिलापत्र गरिएको छ । मिलापत्र हुन नसकी साउनमा एउटा उजुरी जिल्ला प्रशासनमा र कात्तिकमा एउटा उजुरी अदालतसम्म पुगेको प्रहरी नायव उपरिक्षक अच्युत प्रसाद पुडासैनीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले दिएको एक तथ्याङ्क हेर्दा घेरेलु हिंसामा महिला र पुरुष बराबरी जस्तै पिडकका रुपमा देखिएका छन् । प्रहरीले तयार पारेको तीन बर्षको तथ्याङ्कमा घरेलु हिंसाबाट १ सय ६२ जना महिला र ७२ पुरुष पिडित बनेका छन् । घरेलु हिंसामा ७५ महिला पिडकको रुपमा देखा परेका छन भने पिडक पुरुषको संख्या १ सय २२ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले तयार पारेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६९/७० मा ३९ वाट घरेलु हिंसाका घटना भएका छन । यस्तै २०७०/७१ मा ५९ वटा र आर्थिक वर्ष २०७१/७२ को चार महिनाको अबधीमा २७ वटा घटना घटेका छन् । लैंगिक हिंसाबारे यतिबेला १६ दिने सेतो रिवन अभियान सञ्चालन भैरहेको छ । लैंगिक ह्रिंसा न्युनिकरणका लागि शुरुवातको दिन सचेतना ¥याली गरिएको छ भने ५ वटा उच्च माविका विद्यार्थीलाई प्रशिक्षण दिइने कार्यक्रम छ ।

बेसीशहर, ११ मंसिर ।

Views: 50

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service