हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण

जीवनयापनमा प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण भन्ने शब्द एउटा शब्द मात्र हैन, संरक्षण गर्नुपर्ने महत्वपूर्ण विषयवस्तु हो । वातावरणको संरक्षण नहुँदा विश्वको भूगोल महामारीको चपेटामा पर्ने तीतो यथार्थतालाई विश्वले स्वीकारी सकेको छ । वातावरण संरक्षणका लागि अनेकन् चुनौति रहेता पनि संसारका मानिसहरू भावी पुस्ताका लागि यो संसार अनुकूल बनाएर हस्तान्तरण गर्नका लागि आतुर छन् । बितेका केही वर्षमा जलवायु परिवर्तनको समस्या अनुकूलन गर्नुपर्ने यथार्थताले गर्दा आज दुरदराजका बस्तीहरूमा वातावरण संरक्षणको नाराले प्राथमिकता पाएको छ ।

वातावरण भन्ने बित्तिकै हामी बाँच्ने प्रमुख आधार हो भन्ने हाम्रो समाजले हिजोदेखि नै बिश्वास गर्दै आएको छ । तर पनि मानिसका अनेकन् आवश्यकता वा भौतिक सुविधामुखी संसार भएको कारण वातावरण प्रतिकूल बन्दै गएको छ । वातावरण प्रतिकूल हुँदा एक भेगका मात्र नभई भूगोलभरिका जनमानसका जीवनयापन प्रतिकूल हुन्छ । मात्र यति फरक हो कतै त्यसको प्रभाव कम पर्ला त कतै बढी । नेपालको तराईमा भन्दा पहाडमा र पहाडमाभन्दा हिमालमा तापक्रम बढ्दै गईरहेको छ । जलवायु परिवर्तन सम्बन्धि विभिन्न तथ्याङ्कका अनुसार नेपालको तापक्रम प्रतिवर्ष सरदर ०.०६ डिग्री सेल्सियसका दरले बढ्दै गईरहेको छ तथा हिमाली क्षेत्रमा भने बृद्धिदर ०.०९ डिग्री सेल्सियस पाईएको छ ।

जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा पर्ने भएकोले नेपाल जस्तो हिमाल धेरै भएको देश वातावरण प्रतिकूल बढी हुने र यसको असर धेरै खेप्ने देशभित्र पर्दछ । यो समस्या अनुकूलनका लागि विभिन्न क्षेत्रबाट विभिन्न प्रयासहरू भइरहेका छन् । जलवायु परिवर्तनका कारण हुने समस्याले भूगोल नरहने कुरा अन्तिम विषवस्तु हुनसक्छ तर जीवनयापका क्रममा चाहिने स्वस्थ हावा, पानी, खाद्यान्न तथा अन्य आवश्यक वस्तुहरूको अभाव प्रतिदिन पर्ने गर्दछ ।

जलवायु परिवर्तनको समस्यालाई मानव जगतले जति धेरै बुझेपनि आफ्नो जीवनशैलीलाई सहज बनाउनका लागि वातावरण प्रतिकूल हुने कार्य गर्दछ । जस्तै सुविधायुक्त घर बनाउनका लागि काठको प्रयोगलाई उदाहरणको रूपमा लिन सकिन्छ । वातावरण प्रतिकूल हुन्छ भन्दैमा रूख प्रयोग गर्न हुन्न भन्ने कुरा सर्बोपरि हैन तर हाम्रो समाज हिजोदेखि नै रूख काटेर आवश्यकता पुरा गर्न तल्लीन छ तर काटीसकेपछि फेरि अर्को रोप्नका लागि अग्रसर नहुनु चाहिँ समस्या हो ।

वातावरण संरक्षण गर्नका लागि प्रमुखत वन जंगलको संरक्षण नै हो । वनबाट नै अक्सीजन, पानी तथा मानव समाजका विभिन्न आवश्यकता पुरा हुने गर्दछ । वन संरक्षणबाट प्राप्त हुने विभिन्न सुविधा हाम्रा लागि अपरिहार्य छन् । जंगलबाट हुने गरेका संरक्षित पानीबाट नै जलविद्युत उत्पादन गरी हाम्रा बस्तीहरू उज्यालो प्राप्त गर्न सकिन्छ । त्यसैले वन संरक्षणबाट हामीले दाउरा, घाँस, पानी, उज्यालोलगायत बाँच्नका लागि अक्सीजन पाउनुका साथै दुर्लभ मानिएका विभिन्न चराचुरुङ्गी र जनावरहरूकोसमेत संरक्षण हुने गर्दछ ।

वातावरण संरक्षणका विषयबस्तुलाई प्रभावकारी ढंगबाट समाज वा बस्तीमा पुर्याउनका लागि प्रत्येक वर्ष विश्व वातावरण दिवस मनाउने गरिएको छ । तर यो दिवसका रूपमा मात्र नभई साच्चिकै व्यवहारिक रूपमा वातावरण संरक्षण टेवा पु¥याउने खालका कार्य गरेर मनाउनु आवश्यक छ । वातावरण संरक्षण सम्बन्धि कार्यमा सहयोग पुर्याउन धेरै ठूला ठूला कार्य मात्र पर्दैन । आफ्नो घरभित्रबाट निस्कने फोहोरको स्व–व्यवस्थापन गरे पनि वातावरण संरक्षणमा सहयोग पुर्याउन सकिन्छ । घरभित्रबाट निस्कने अजैविक वा नकुहिने वस्तुको व्यवस्थापनका लागि दीर्घकालीन योजनाको आवश्यकता परेपनि जैविक फोहोरलाई मल बनाएर करेसाबारीमा प्रयोग गर्न सके वातावरण संरक्षण मात्र हैन कृषि उत्पादन पनि बृद्धि गर्न सकिन्छ । आफ्नो बारीमा एउटा डाले घाँसको रूख हुर्काउन सके वातावरण संरक्षणमा मात्र नभई गाईभैंसीलाई आवश्यकता पर्ने घाँसकोसमेत आपूर्ति गर्न सकिन्छ । सानै कृयाकलाप पिँढीको छेउमा गमला राखी एउटा फूल रोपेमात्र पनि वातावरण संरक्षणमा योगदान दिन सकिन्छ । त्यसैले हामी लामो समय, स्वस्थ भई बाँच्ने हो भने, भावी सन्ततिलाई अनुकूलित धर्ती हस्तान्तरण गर्ने हो भने रूख रोपौं, फोहोर व्यवस्थापन गरौं, नाइलन वा प्लाटिकजन्य वस्तुको कम प्रयोग गरौं, धुँवारहित वा धुँवा कककककम गर्ने इन्धन वा स्रोत तथा प्रविधिको प्रयोग गरौं । मुख्य गरी वनको स्रोत प्रयोगलाई मात्र ध्यान दिँदै आएको समाज क्रमश : स्रोत संरक्षणतर्फ लाग्नु आजको प्रमुख आवश्यकता हो । अनुकूल वातावरण भएमात्र हामी रहन्छौं, हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण भन्ने विषवस्तुलाई साकार पार्न आजैबाट लागौं, कुरासँगै काम गरौं ।

Views: 55

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service