पछिल्लो समयमा विभिन्न कारणले दृष्टिबिहीन हुने मानिसहरुको संख्या बढ्दै गएको भए पनि नेत्रदान गर्ने मानिसहरुको संख्या कम भएको एक तथ्याङ्कले देखाएको छ । सामाजिक पूण्य कमाउने भन्दै रक्तदान गर्ने मानिसहरुको संख्या बढ्दै गएको भए पनि मृत्यु पश्चात गरिने नेत्रदानको लागि ईच्छा पत्र भर्ने मानिसहरुको संख्या कमी भएको हो । लुम्बिनी नेत्र विज्ञान संस्थान नेत्र ज्योति संघको तथ्याङ्क अनुसार एक वर्षमा करिब १ हजार जनाले नेत्र प्रत्यारोपणका लागि निवेदन दिएको भए पनि जम्मा ८५ जनाको मात्र सफल नेत्र प्रत्यारोपण गरिएको…
Continue
Added by mukesh pokhrel on July 15, 2011 at 8:10am —
2 Comments
रुपन्देहीका इट्टा उद्योगहरुले राजस्व छल्ने गरेको पाइएको छ । वार्षिक २० लाखभन्दा बढीको आर्थिक कारोबार गर्ने जुनसुकै उद्योग प्रतिष्ठान अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर भ्याट को दायरामा आउनुपर्ने भए पनि इट्टा उद्योगहरु भने भ्याटमा नआउँदा वर्षेनी लाखौंको राजस्व गुम्न पुगेको छ । केही इट्टा उद्योगहरुलाई छाड्दा अधिकांश इट्टा उद्योगहरु अन्तशुल्क दाखिला गरेर उम्कंदै आएका छन् ।
अन्तशुल्क बापत वर्षमा मात्रै १ लाख १२ हजार ५ सय तिरेर पुग्ने भएपछि २० लाखभन्दा कमको कारोबार इट्टा उद्योगहरुले देखाउने…
Continue
Added by mukesh pokhrel on July 15, 2011 at 8:09am —
No Comments
कजवे निर्माण पूरा नहँुदा रुपन्देहीको मंगलापुर क्षेत्रका बासिन्दाले समस्या झेल्नु परेको छ । मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत हालै कालोपत्रे सम्पन्न गरिएको बेवरा-कान्छीबजार सडक खण्ड मध्येको बेवरा खॊलामा कजवे निर्माण पूरा नहुँदा यस्तो समस्या भएको हो । सडकमा पानी जमेर ताल पर्न थालेपछि दैनिक आवतजावत गर्ने विद्यार्थी साइकल यात्री कामदार कर्मचारी लगायत प्रत्यक्ष मर्कामा परेका छन् भने बुटवल-कान्छीबजार माइक्रो सेवा समेत केही दिन यतादेखि साचालन हुन सकेको छैन । जसका कारण मक्रहर गंगोलिया सिक्टहन…
Continue
Added by mukesh pokhrel on July 11, 2011 at 7:54am —
No Comments
अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी क्षेत्रमा प्रहरीले सुरक्षा गस्ती तीब्र पारेका कारण सांगठनिक अपराधको गतिविधिमा कमी आएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको कमाण्डमा लुम्बिनी क्षेत्रमा मोबाईल गस्ती प्रभावकारी ढंगले साचालन भएकोले चोरी-डकैती लुटपाट चन्दा आतंक जस्ता आपराधिक कि्रयाकलाप नियन्त्रणमा आएको हो ।
बिगत केही महिना अघिदेखि प्रहरीले गरेको खोज अभियानको दौरानमा सशस्त्र समुह संयुक्त तराई जनतान्त्रिकका रुपन्देही जिल्ला संयोजक भवानी िसंह भन्ने…
Continue
Added by mukesh pokhrel on July 4, 2011 at 8:26pm —
No Comments
खानेपानीका लागि ट्युबेलमा निर्भर रहेका रुपन्देहीका अधिकांश गाविसहरुमा सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएका अधिकांश खानेपानी आयोजनाहरु बजेट अभावका कारण पूरा हुन सकेका छैनन् । जिल्लामा साचालित खानेपानी आयोजनाहरु मध्ये झण्डै ८५ प्रतिशत आयोजनाहरु बजेट अभावकै कारण पूरा हुन नसकेको जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय रुपन्देहीले जनाएको छ । खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय अन्तर्गत २० गाविस र एक नगरपालिकामा साचालित २१ वटा खानेपानी आयोजनाहरु मध्ये जम्मा दुईवटा…
Continue
Added by mukesh pokhrel on July 3, 2011 at 10:04pm —
No Comments
लागु पदार्थको अवैध ओसारपसारमा संलग्न गिरोहले ग्रामीण क्षेत्रका अशिक्षित महिलाहरुलाई यसको कारोबारमा संलग्न गराएको पाइएको छ । २४ औं अन्तर्राष्ट्रिय लागु पदार्थ दुरुपयोग तथा गैरकानुनी ओसार पसार विरुद्धको दिवस मनाईरहँदा त्यस्ता गिरोहले प्रयोग गरेका तीन महिला एक नाबालकसहित भारतीय प्रहरीद्वारा पक्राउ परेका छन् ।
अर्काको प्रलोभनमा परेर चरेस बोक्ने कार्यमा लाग्दा भारतीय प्रहरीले पक्राउ गरेपछि मात्र उनीहरुले आफूले गरेको गलत धन्दाबारे थाहा पाएका हुन् । बिशेष गरी ग्रामीण क्षेत्रका वृद्धवृद्धाहरुलाई…
Continue
Added by mukesh pokhrel on June 28, 2011 at 12:00pm —
No Comments
गत वर्षको माघ महिनामा अन्तरजातीय विवाह गरेकी रुपन्देही मानपकडीकी एक दलित युवतीले आफू अलपत्र परेको गुनासो गरेकी छन् ।
अन्तरजातीय विवाहपछि श्रीमानसँगै बुटवलमा बस्दै आएकी मानपकडीकी सुनिता विकले श्रीमान् को घरपरिवारबाट दवाब आएपछि श्रीमान् फरार भएकाले आफू अलपत्रमा परेको बताएकी छिन् ।
उनले गत माघमा मानपकडी गाविस वडा नं। ४ पकडी गाउँ बस्ने विष्णु थारुका छोरा उदित नारायण थारुसँग अन्तरजातीय विवाह गरेकी थिइन् ।
उनीहरुको बिहेलाई केटा पक्षका घरपरिवारले स्विकार नगरेपछि बुटवलमा बस्दै आएका थिए ।…
Continue
Added by mukesh pokhrel on June 25, 2011 at 5:00pm —
No Comments
सेवाग्राहीहरुले आफ्नो समस्या तथा गुनासोहरु गोप्य तथा सुरक्षित रुपमा सम्बन्धित अधिकारी समक्ष राख्नका लागि सरकारी कार्यालयहरुले उजुरी तथा सुझाव पेटिका राख्नुपर्ने हुन्छ । तर रुपन्देहीमा रहेका अधिकांश सेवाप्रदायक संघ-संस्था तथा सरकारी कार्यालयले उजुरी पेटिका राखेका छैनन् । उजुरी पेटिका राखिएका कार्यालयहरुमा समेत त्यसको उचित रेखदेख नहुँदा माकुराले जालो लगाएको छ ।
रुपन्देहीका केही सरकारी कार्यालयहरुमा राखिएका उजुरी पेटिकाहरु हराउँदै गएका छन् । यसको प्रत्यक्ष उदारण हो विद्युत प्राधिकरण…
Continue
Added by mukesh pokhrel on June 22, 2011 at 8:30am —
No Comments
पश्चिम नेपालको प्रमुख ब्यापारिक तथा आर्थिक केन्द्रका रुपमा रहेको रुपन्देहीमा बैंक तथा वित्तीय संस्था स्थापना गरी कारोबार सुरु गर्नेहरुको होडबाजी चलेको छ । अहिले जिल्लामा ूकू वर्गका बाणिज्य बैंकदेखि ूखू वर्गका विकास बैंक ूगू वर्गका फाईनान्स कम्पनी तथा वित्तीय संस्था र ूघू वर्गका लघुवित्त गरी एकसय बढी संस्थाले आर्थिक कारोबार गरिरहेका छन् भने असार महिनाभित्रै अझै शाखाहरु खुल्ने बताइएको छ ।
लुम्बिनी अाचलमा बैंक तथा वित्तीय संस्थाहरुको अनुगमन गर्ने नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका अनुसार…
Continue
Added by mukesh pokhrel on June 20, 2011 at 1:51pm —
No Comments
मुलुकमा उर्जा संकट बढिरहेका बेला रुपन्देहीमा भने विद्युत चुहावटको दर निकै बढेको छ । फितलो अनुगमन संयन्त्रका कारण रुपन्देहीमा विद्युत चुहावट हुने क्रम बढेको हो । मुलुकमा दैनिक लोडसेडिङको मार यथावत रहेका बेला रुपन्देहीको दक्षिणी ग्रामीण बस्तीबाट मासिक झण्डै एक करोड रुपैंयाँ बराबरको विद्युत चोरी तथा चुहावट हुने गरेको विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले वितरण गरेको विद्युतको लाईनमा सिधै हुक अंकुश जोडेर बिद्युत चोरी गरी गरेपछि चुहावटको दर बढेको हो । विद्युत चुहावटको क्रम वर्षेनी…
Continue
Added by mukesh pokhrel on June 9, 2011 at 7:30pm —
No Comments
साईकलबाट नेपाल भ्रमण गर्ने आफ्नो चाहना पुरा गर्न दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका एक दम्पत्ति बेलहिया नाका हुँदै नैपाल प्रवेश गरेका छन् ।
साईकलमा नेपाल प्रवेश गरेका २९ वर्षीय दम्पत्ति जोडी मारियानो भाजक्वेज र एमिना फ्लोरेन्टिना नेपाल रहँदा पोखरा चितवन काठमाडौंको भ्रमण गर्ने बताए ।
भैरहवा-बुटवल सडक खण्डको कटैया नजिकै साईकल चलाउँदैको अवस्थामा भेटिएका अर्जेन्टिनी दम्पत्तिले गोरखापत्रसंग नेपालमा रहँदा महत्वपूर्ण स्थलको यात्रा साईकलबाटै तय गरिने बताए ।
अर्जेन्टिनाको मेन्डोजा शहरका…
Continue
Added by mukesh pokhrel on June 9, 2011 at 3:00pm —
No Comments
लुम्विनीको विकासका लागि विकास कोषले तयार पारेको गुरुयोजना विपरित लुम्विनी क्षेत्रमा धमाधम घर र होटलहरु निर्माण भइरहेका छन् । लुम्विनी विकास कोष क्षेत्रको बाहिर पूर्वपश्चिम र उत्तर दक्षिण क्षेत्र ३ वर्गमाइल क्षेत्रलाई आवास क्षेत्रका रुपमा छुट्टाइएको छ । उक्त क्षेत्रमा बनाइने सवै घरहरु एकै किसिमका हुनुपर्ने अरु धर्मका मन्दिरमस्जिद चर्चहरु बनाउन नपाइने मदिरा तथा मासु बिक्री वितरण गर्न नपाइने उल्लेख छ । त्यसैगरी आवास क्षेत्रमा वुद्धिष्ट समाजको विकास गर्ने वुद्धमसरणम गच्छामी भन्ने शान्त धुन…
Continue
Added by mukesh pokhrel on June 8, 2011 at 12:00pm —
1 Comment
दैनिक १४ घण्टासम्म लोडसेडिङले पिरोलेपछि रुपन्देही मधवलिया कोटिहवाकी राधा भण्डारी दुई छोराछोरीको पढाइकै लागि पनि रु.१० हजारको सोलार जोड्न बाध्य भइन्। कोटिहवाकै देवीदत्त गैरेको पनि उही बाध्यता रह्यो। लोडसेडिङका कारण रुपन्देहीमा दुई वर्षदेखि सौर्य ऊर्जा प्रयोग बढेको छ। कोटिहवाका कृष्णप्रसाद भण्डारीका अनुसार अहिले उनको गाउँ जुडाका ३५ घरमा सोलार छ। रु.३० हजारको इन्भर्टर एक वर्ष पनि नटिकेपछि सोलार जडान गरेको उनले बताए।
पहाडी र हिमाली जिल्लामा सोलार राख्न चाहनेलाई सरकारले कुल…
Continue
Added by mukesh pokhrel on June 2, 2011 at 1:09pm —
No Comments