Sarala Sunuwar's Blog (6)

काइदाको र फाइदाको

कमलामाई नगरपालिका ७ पुलचोक नजिकै माइलीको चियापसल छ । चिया पसलमा मानिसहरु आवात जावत बाक्लै हुन्छ । अर्को रमाइलो कुरात के छ भने माइलीको चियापसलमा चियाखान आउनेहरुले जुनकुनै समसामयिक बिषयमा खुलेर छलफल बहस गर्छन् । कहिले काँहित चर्काचर्कीनै पर्छ । त्यसैले पनि माईलीको चिया पसलमा बाटो हिन्नेहरु पनि चियाखाने बाहाना आँउछन् । चियाखान आउनेहरुले के के कुरा गर्छन् सबैकुरा माइलीलाई थाहा हुन्छ ।

आजभोली माइलीको चियापसलमा स्थानीय निकायले…

बाँकी

Added by Sarala Sunuwar on April 2, 2017 at 12:41pm — No Comments

होली

भुल्नै नसक्नेगरी यादगार बनोस होली

सबैले कस्तो राम्रो आहा भनोस होली

रंगहरुको साथमा रमाउन दुख भुलेर

खुसियाली छावस जयजय होस हाली 

                 

   

Added by Sarala Sunuwar on March 11, 2017 at 7:38pm — No Comments

यात्रामा भेटिएको मान्छे

बसको यात्रा उ संगको पहिलो भेट, परिचय अनि केही कुराकानी पछि उस्ले भन्यो डिनर संगै गरौ ।त्यस पछिको दोस्रो भेट काठमान्डुको भृकुटी मण्डप आसपासको कुनै एउटा चिया पसलमा भएको थियो ।दोस्रो भेटघाटमा केही कुराकानी पछि मैले कफी खाएर छुटौ भने

पहिलो भेट साँझको थियो । त्यसैले उस्ले डिनरको लागि अनुरोध गरेको थियो । दोस्रो भेट बिहानको थियो त्यसैले मैले कफी खाउ भनेकी थिएँ ।

त्यस पछिको तेस्रो भेट कुनै एउटा पार्कमा अचानक दिउँसोको चर्को घाममा एक बर्ष पछि भयो । त्यो भेट अगाडि फोनमा झगडा भएको थियो उ…

बाँकी

Added by Sarala Sunuwar on March 9, 2017 at 5:25pm — No Comments

ए सरकार ! कि दरबार देउ, कि तरबार...

हामीले धेरै पटक आवाज उठायौं, महिला हिंसा अन्त्य गरिनु पर्छ भनेर । हामीले एकातिरबाट आवाज उठायौं, अर्कोतिरबाट महिलामा प्रहार गरिन्छ । हामी वारी बसेर महिला हिंसा अन्त्य हुनुपर्छ भनेर आवाज उठाउछौं, पारी महिला माथि हिंसा गरिन्छ । हामी जव पारी पुग्छौं, वारी फेरि महिला माथि हिंसा गरिन्छ । न वारी हिंसा रोकियो न पारी । जस्ताको तस्तै छ हिंसा आजपनि । बिगत र वर्तमान तुलना गर्दा उस्तै देखिन्छ महिला हिंसा । तर सरकार भन्छ– महिलामाथि हुने हिंसा अन्त्यको लागि प्रयास जारी छ । कहिलेसम्म यस्तो भन्ने सरकार…

बाँकी

Added by Sarala Sunuwar on March 8, 2017 at 2:30pm — No Comments

भलो यसैमा हुनेछ...

केही समय अगाडि कमलामाई नगरपालिकामा दर्जनौ मानिस भूकम्प पीडित हौं भन्दै राहतका लागि फारम हातमा बोकेर नगरपालिकाको कोठा कोठा चहारिरहेका थिए । नगरपालिकाको गेट अगाडीको भिडभाड छिचोल्दै बिस्तारै म पनि नगरपालिका भित्र प्रवेश गरें । सूचना अधिकारी बिनोदबाबु खकुरालसंग भूकम्पकै बारेमा सुचना लिन म त्यस कार्यालय पुगेको थिएँ ।

ढोकामा पुग्दा सेतो बोर्डमा लेखिएको थियो, सुचना अधिकारी बाहिर गएको समय । अनुगमनको लागि भिमान गएको ८ बजे, आउने समय १२ बजे र नआउदा सम्म सट्टामा काम गर्ने ब्यक्ति उद्धव थापा ।…

बाँकी

Added by Sarala Sunuwar on October 1, 2016 at 3:30pm — No Comments

सोच बदलौ

'केही गर्दै गरेन' बारम्बार यस्ता आवाज धेरै पटक सुनियो, किन गरेन होला यो प्रश्न सुन्ने बित्तिकै धेरैले जवाफ चाहन्छन । नगरपालिकाले फोहोर ब्यबस्थित गरेन, भनेर धैरेले धेरै पटक आवाज उठाए । तर नगरपालिकामा म पनि बस्छु भन्ने कुरा चाहिँ भुलेर नगरपालिकाले गरेन भन्नु त आफैले नगरेको हुँ भन्ने सोचेको भए कराउनु नै पर्दैन थियो ।

आज भोलि यस्ता हल्ला गर्नेहरुको मुख टालिएको छ । किन मुख टालियो? धैरेले सोधिहाल्छन । निकै लामो समयपछि आज भोलि नगर सफा भएको देखिन्छ । यतिबेला चाँही म पनि नगरपालिकामा बस्छु मैले…

बाँकी

Added by Sarala Sunuwar on September 6, 2016 at 2:00pm — No Comments

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service