Khem Raj wali (awichhinna)'s Blog (10)

बाढी पिडित विद्यार्थीकाे बिजोग: खुला आकाश मुनि शिक्षा

खोलाको किनार । किनारा मै केही चौडा ठाउँ । त्यसकै माथिल्लाेपट्टी भित्ताको आडमा केही झुप्राहरु । यी झुप्राहरुको अगाडिपट्टीको एउटा दृश्य । जहाँ शिक्षाको याचना गरिएको छ । अघिल्लो वर्षको साउन २८ र २९ गते सुर्खेतमा बाढि पहिरो जाँदा एक सय २५ जनाको मृत्यु भयो । हजारौं विस्ताथापितहरु अहिले पनि त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरुले अहिले आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनन । आफन्तहरु र सबै सम्पत्तीसमेत गुमाएर पीडित बनेकाहरु अहिले सरकारसँग गुनासो गरिरहेका छन् ।…

बाँकी

Added by Khem Raj wali (awichhinna) on February 17, 2016 at 4:00pm — 1 Comment

खाना पकाउने ग्याँसको विकल्प 'दाउरा'

भारतले गरेको अघोषित नाकाबन्दीले खाना पकाउने ग्याँसको अभाव भएपछि सुर्खेतमा विकल्पको रुपमा दाउराको प्रयोग गर्न थालिएको छ ।

खाना पकाउने ग्याँस पाउदै नपाउने भएपछि सुर्खेतका सर्वसाधारणहरुले दाउराको प्रयोग गर्न लागेका हुन् । ग्याँस आएपनि ७ किलो ग्याँसको सिलिण्डर लिन तीन÷चार दिन लाइनमा बस्नु पर्ने भएकोले सर्वसाधारणहरुले खाना पकाउन लाउराको पैयोग गर्न थालेका हुन् । अहिले सुर्खेतका नाम चलेकै होटेलहरुले समेत अहिले दाउरा बालेर होटेल संचालन गरेका छन् । खाना पकाउने ग्याँसको अभाव भएपछि आरा मिलबाट…

बाँकी

Added by Khem Raj wali (awichhinna) on November 30, 2015 at 8:30pm — No Comments

पटकपटक सोचिरहेछु– ‘राससमा बम हान्नुपर्छ’

आजको अघिल्लो दिन होस् या सयौं वर्ष पुरानो ‘इतिहास’  ‘इतिहास’ नै हो । इतिहासको घडीमा कुनै फेरबदल भइरहन्छ भन्ने मलाई लाग्दैन । तर जिन्दगी र इतिहास अलिक फरक कुरा रैछ । इतिहास आफैमा साक्षी छ । इतिहास कहिल्यै परिवर्तन हुँदैन तर मान्छेको जिन्दगी र सोचहरुलाई  पीडा र त्यसबाट उत्पादित आक्रोशहरुले निर्देशित गर्दाेरहेछ । हो…

बाँकी

Added by Khem Raj wali (awichhinna) on April 16, 2015 at 9:30am — No Comments

पुल नबन्दा जोखिमको यात्रा

वि.स. २०६७ साल जेठ २५ गतेका दिन । हरिहरपुर–६ पाग्माका नागरिकहरु निकै हर्षित थिए । जुन दिन दुई÷दुई जना राज्य मन्त्री पुगेर नजिकैको भेरी नदिमा संयुक्तरुपमा आफ्नो गाउँमा झोलुङगे पुलको शिलन्यास गरे । झोलुङगे पुल निर्माणका लागि पहल गरदिएको भन्दै उनीहरुले पूर्व राज्य मन्त्रीद्वयलाई धन्यवादसमेत ज्ञापन गरे । तर उनीहरुको खुसी धेरै लामो सयम टिक्न सकेन । 

हर्षित मुहारले अब पुल बन्द सहजरुपमा नदी पार गरौंला भन्ने…

बाँकी

Added by Khem Raj wali (awichhinna) on March 4, 2015 at 7:00am — No Comments

बाढीपहिरोले क्षती भएका सडकमा १० करोड बजेट

जिल्लाका बाढीपहिरोबाट क्षती भएका सडकहरुको पुननिर्माण तथा मर्मतका लागि दश करोड बजेट विनियोजन भएको छ । जिल्ला विकास समिति, सुर्खेतले जिल्लाका उक सय १० वटा सडकहरुमा बाढीपहिरोले क्षती पुर्‍याएको भनी बजेट उक्त बजेट विनियोजन गरेको हो । जिल्लाका जम्मा ५२ वटा सडकहरुमा बाढीपहिरोले क्षती पुर्‍याएपनि थप ५८ वटा सडकमा पनि बजेट विनियोजन गरिएको छ । सुरुमा बाढीपहिरोबाट क्षती पुगेका भनिएका ५२ वटा सडकको लागि पाँच करोड ६८ लाख बजेट मात्रै विनियोजन गरिएको छ । यी सडकहरुको अनुमानित क्षती सात करोड ५८ लाख ५० हजार…

बाँकी

Added by Khem Raj wali (awichhinna) on February 27, 2015 at 7:30am — No Comments

फर्कि आऊ ......

तिमिलाई सामान्य लाग्ने महलहरु 

मेरो लागि अलौकिक हुन

किनभने,

तिमिले जस्तै महलहरु मैले देखेको छैन

र, 

ती महलहरु देख्न म देश छोड्न सक्दिन

बिडम्बना !

मेरो देशमा त्यस्ता महलहरु छैनन्

मैले

अब एउटा प्रण…

बाँकी

Added by Khem Raj wali (awichhinna) on February 27, 2015 at 7:26am — No Comments

हात मिलाउन छोडौं, नमस्कार गरौं, स्वाइन फ्लुबाट बचौं

नमस्कार गर्नु नेपालीको अभिवादन गर्ने उत्कृष्ट तरिका हो । अर्थात नमस्कार गर्नु सम्मान पनि हो । तर साथी-साथीहरुबीच, समकक्षीहरुबीच, नमस्कारसँग हात मिलाउने प्रचलन निकै प्यारो भइसकेको छ । अहिले त हात मिलाउनुलाई माया साट्ने तरिकाका रुपमा लिइएको छ । अब भने सचेत हुनेबेला आएको छ । धेरैसँग सम्पर्कमा आउँदा तपार्इलाई पनि स्वाइन फ्लु हुनसक्छ । छिमेकी मुलुक भारतमा भयावह अवस्थामा फैलिएको यो रोग नेपालका विभिन्न ठाउँमा पनि देखिएको छ । भारतबाट सुर्खेत…

बाँकी

Added by Khem Raj wali (awichhinna) on February 27, 2015 at 7:00am — No Comments

कर्णालीको सडक ‘मृत्यु रेखा’

कर्णालीबासीको आशा थियो । सरकारको प्रयास थियो, कर्णालीमा सडक पुर्याउने । तर विभिन्न चुनौतिहरु थिए । ती चुनौतीका पहाडहरु पन्छ्याउन त्यति सजिलो थिएन । कर्णालीबासीको आशा र त्यहाँको सम्भावनालाई ध्यानमा राख्दै सरकारले वि.स.२०५९ मा नेपाली सेनालाई कर्णालीका केही अप्ठेरा पहरामा सडक निर्माणको जिम्मा दियो । सेनालाई जिम्मा दिइएको कालिकोट खण्ड सबैभन्दा ठूलो चुनौति थियो । सेनाले कालिकोट क्षेत्रको सडक निर्माण कार्य करिब चार वर्षमै पूरा गर्यो ।

जसोतसो वि.स.२०६४ सालमा जुम्लासम्म गाडि…
बाँकी

Added by Khem Raj wali (awichhinna) on January 24, 2015 at 7:30am — No Comments

द्वन्द्वले देखाएको शान्तिको बाटो

"फर्कि आउ शान्ति तिमि लालिगुराँस भन्छन

     फर्कि आउ शान्ति भन्दै डाँफे–मुनाल रुन्छन !"

यो गीत त्यसै रचिएको होइन । हालसालै नेपालमा गीतमा प्रस्तुत गरिएजस्तै यथार्थता नहोला तर अहिले पनि अनुभूतिसहितको शान्ति स्थापना हुन नसकेको सत्य हो ।

समय र परिवर्तित नेपाली राजनीतिसँगै नेपालमा अनेक प्रकारका दूर्घटनाहरु भए । बुद्धको…

बाँकी

Added by Khem Raj wali (awichhinna) on January 9, 2015 at 9:30am — No Comments

नो थ्याङ्स रासस : तर मसँग मन र कलम बाँकी छ

जिन्दगी जिउने आधारहरु प्रशस्त छन् । मान्छेहरु गिट्टी कुटेर पनि बाँचिरहेका छन् । सडकमै सुतेर जीवन जिउनेहरु पनि धेरै छन् । कोही निजामति कर्मचारी होलान, कोही नीजि क्षेत्रमा काम गर्ने होलान । कोही परदेशी छन् । जो जहाँ भए पनि जे गरे पनि सबैले जसोतसो मृत्यु नजिक पुग्ने प्रयत्न गरिरहेकै छन् अर्थात जीवनको गुजार चलाइरहेका छन् । म मान्छे त्यस्तै एउटा पेसामा छु । पत्रकारिता गरेर बाँच्ने प्रयत्न गर्दैछु ।

मान्छेहरु बाँच्नका लागि हरेक प्रयत्न…

बाँकी

Added by Khem Raj wali (awichhinna) on December 28, 2014 at 10:00am — 2 Comments

Monthly Archives

2016

2015

2014

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service