प्रेम पौडेल (मरूभूमिको यात्री)'s Blog (32)

द्वन्द्व पीडितहरूलाई अभिमूखीकरण

लामो शसस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएका, आफ्ना परिवारजन गुमाएका द्वन्द्व पीडित तथा तिनका परवारलाई तीन दिने अभिमूखीकरण कालिकास्थानमा सम्पन्न भएको छ । शान्ति प्रकृया सहयोग आयोजनाको प्रभावकारिता अभिबृद्धि सह आयोजनाअन्तर्गत उक्त अभिमूखीकरण गरिएको हो । जिल्लास्थित लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजर सामूहिक अभियान काठमाडौंको आयोजना तथा हेल्भेटास, पार्टनरसिप फर ट्रान्सपरेन्सी नेपाल तथा जापानीय डेपलभपमेन्ट फण्डको व्यवस्थापनमा २० जना द्वन्द्व…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on September 13, 2013 at 11:00pm — No Comments

खोल्साखाल्सी छोडेर शौचालय प्रयोग गर्दै बृद्धिमबासी

परम्परादेखि नै गाउँ वरपरका खोल्साखाल्सीमा खुल्ला ठाउँमा दिशापिशाव गर्दै आएका बृद्धिमबासीहरू अब शौचालय प्रयोग गर्न थालेका छन् । रसुवालाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त जिल्ला बनाउने अभियान अन्तर्गत घरघरमा शौचालय निर्माण तथा प्रयोग गरेपछि जिल्लामा नै पहिलो पटक खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको हो । जिल्लाका सरोकारवालाहरूको उपस्थितिमा बृद्धिमबासीले खुल्ला ठाउँमा दिसापिशाब नगर्ने भनी सपथ समेत् खाए भने आफ्नै श्रोतबाट शौचालय निर्माण गर्न नसक्ने घरधूरीलाई जिल्ला विकास समिति, जिल्ला खानेपानी तथा…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on August 16, 2013 at 7:00pm — No Comments

रसुवामा अपाङ्गता बाल विकास तथा पुनस्र्थापना केन्द्र बन्दै

बहु अपाङ्गता बालबालिकाको लागि रसुवाको कालिकास्थानमा अपाङ्गता बाल विकास तथा पुनस्र्थापना केन्द्र बन्ने भएको छ । जिल्लामा कृयाशील रसुवा अपाङ्गता पुनस्र्थापना केन्द्रको पहलमा यसैवर्षबाट सञ्चालनमा आउने गरी उक्त केन्द्र बन्न लागेको बताईएको छ ।

नेपालकै नमूना अपाङ्गता बाल केन्द्र रसुवामा बन्न लागेको बताउँदै रसुवा अपाङ्गता पुनस्र्थापना केन्द्रका अध्यक्ष…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on August 10, 2013 at 9:30am — No Comments

असार पन्ध्र: रोपाइँ, जन्मदिन र दही चिउरा

गाईको दाम्लो, भैंसीको दाम्लो, किलाको किलै छ .... किलाको किलै छ.......

अलैंची दाना, बाडौंला भन्थें, हात मेरो हिलै छ..... हात मेरो हिलै छ.......

अलैंची दाना, बाडौंला भन्थें, हात मेरो हिलै छ.......

वि.सं २०६८ को असार १५ मा पर्मेली रोपाहारहरूले गाएको असारे गीतलाई मैले यहाँ थपक्कै टिपेर राखें । असार महिना, मानु रोपेर मुरी उब्जाउने तयारी महिना । आलीमा उभिएर रोपाहारलाई हिलो छेप्ने महिना अनि दाँदेमा चढेर हह माले भन्दै पानी र हिलो छताछुल्ल बनाउने महिना । पानी पर्दा घुम ओढेर रूखको…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 27, 2013 at 3:00pm — No Comments

रसुवा अस्पतालमा आकस्मिक रक्त सञ्चार सेवा सुरु

रगतका समस्याका कारण यहाँ उपचार गर्न आउने विरामीलाई अन्यत्र रिफर गर्न नपरोस् भन्ने उद्धेश्यले रसुवा जिल्ला अस्पतालले "आकस्मिक रक्त सञ्चार सेवा" सुरु गरेको छ । उपचार गर्न आउने विरामीहरूले रगतको खाँचो पर्ने भएपछि उक्त सेवा सुरु गरिएको कार्यालय प्रमुख रमेशकुमार खरेलले बताउनु भयो ।

अस्पतालको आफ्नै पहलमा…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 26, 2013 at 1:00pm — No Comments

सुआहारा अभिमूखीकरण सञ्चारकर्मीलाई

असार, ४, धुन्चे, रसुवा । जिल्लास्थित सञ्चारकर्मीहरूलाई सुआहारा कार्यक्रमबारे जानकारी दिनको लागि एकदिने अभिमूखीकरण कार्यक्रम धुन्चेमा सम्पन्न भएको छ । नेपाल सरकारको एकीकृत पोषणका सन्देशहरू सञ्चारमाध्यममार्फ जनसमूदायमा पुर्‍याउने लक्ष्यका साथ पनि उक्त कार्यक्रम आयोजना गरिएको सुआहारा रसुवाका संयोजक मनोज मिश्रले बताए ।…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 18, 2013 at 1:00pm — No Comments

जैविक मल प्रयोगमा पहुँच विस्तार कार्यक्रम

घरभित्र तथा बाहिरबाट जम्मा हुने फोहोर प्रयोग गरी गड्यौला मल बनाई उक्त मल प्रयोगमा किसानहरूको पहुँच विस्तारका लागि एक दिने अन्तक्रिर्यात्मक छलफल रसुवाको कालिकास्थानमा सम्पन्न भएको छ। जिल्ला विकास समिति, स्थानीय युवा साझेदारी कार्यक्रमको सहयोग तथा सामाजिक सेवा समाज, धैबुङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ४० जना युवा तथा अगुवा कृषकको सहभागिता रहेको थियो ।

रासायनिक मलको अभाव एकातिर भने अर्कोतिर उक्त मल प्रयोगले…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 14, 2013 at 11:00am — No Comments

प्रशिक्षक बन्न पाएकोमा खुशी छन् लामाकार्पू

रसुवाको धुन्चे-७ निवासी लामाकार्पू घले अहिले फर्निचर बनाउन सिक्न चाहनेहरूका लागि प्रशिक्षक बनेका छन् । विगत १० वर्षेखि यो पेशा गर्दै आएका घलेले यो मौका कहिल्यै पाएका थिएनन् । सीप भएमा अवसर पाइँदो रैछ, सामान्य पनि प्रशिक्षक बन्न पाएकोमा खुसी व्यक्त गरे उनले । लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज धुन्चे र लाङटाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले श्रमिकहरूलाई फर्निचर निर्माण तालिम आयोजना गरेपछि उनी प्रशिक्षक बन्न पाएका हुन् । आफू प्रशिक्षकको रूपमा छानिए पछि मात्र उनलाई थाहा भयो…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 12, 2013 at 2:30pm — 1 Comment

रसुवा पनि बन्ने भो खुला दिशामुक्त

जेठ २८, धुन्चे, रसुवा । नेपाल सरकारको गुरुयोजना सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिशामुक्त जिल्ला बनाउने अभियान अर्न्तर्गत रसुवा जिल्लालाई पनि खुल्ला दिशामुक्त क्षेत्र बनाईने भएको छ । पहिलो वर्षसन् २०१३ मा लाङटाङ, बृद्धिम, टिमुरे, धुन्चे र लहरेपौवा गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रमसहित चौथो वर्षम्ममा सबै गाविसलाई दिशामुक्त बनाउने कार्यक्रम जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले र्सार्वजनिक गरेको छ ।



विद्यालय तथा समुदायको नेतृत्वमा पूर्ण सरसफाई…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 11, 2013 at 2:30pm — No Comments

वातावरण दिवसमा सेना र आमा समूह

विश्व वातावरण दिवसको अवसरमा धुन्चेस्थित नेपाल आमा समूह तथा अह्रिदमन गणका सेनाले धुन्चे बजार तथा आसपासमा सरसफाई गरेका छन् । नफालौं फोहोर, फोहोरले बन्छ मोहोर भन्दै आगामी दिनमा जथाभावी फोहोर नफाल्न पनि बजारवासीलाई आमा समूहले अनुरोध गरेको छ । 

सोही अवसरमा फोहोर वर्गीकरण गरी व्यवस्थापनमा सहयोग पु¥याउनको लागि जिल्ला विकास समिति रसुवाले बजारका पन्ध्र स्थानमा कुहिने फोहोर र नकुहिने फोहोर संकलनका लागि २/२ वटा बाल्टी आमा समूहमार्फत…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 6, 2013 at 11:30am — No Comments

हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण

जीवनयापनमा प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण भन्ने शब्द एउटा शब्द मात्र हैन, संरक्षण गर्नुपर्ने महत्वपूर्ण विषयवस्तु हो । वातावरणको संरक्षण नहुँदा विश्वको भूगोल महामारीको चपेटामा पर्ने तीतो यथार्थतालाई विश्वले स्वीकारी सकेको छ । वातावरण संरक्षणका लागि अनेकन् चुनौति रहेता पनि संसारका मानिसहरू भावी पुस्ताका लागि यो संसार अनुकूल बनाएर हस्तान्तरण गर्नका लागि आतुर छन् । बितेका केही वर्षमा जलवायु परिवर्तनको समस्या अनुकूलन गर्नुपर्ने यथार्थताले गर्दा आज दुरदराजका बस्तीहरूमा वातावरण संरक्षणको नाराले…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 5, 2013 at 12:00pm — No Comments

कृषि व्यावसायिक योजना तयारी तालिम सम्पन्न

काठमाडौं, १७, बैशाख, २०७०

नेपाल सरकार कृषि मन्त्रालय, पशु सेवा विभागले उच्च पहाड कृषि व्यावसाय तथा जिविकोपार्जन सुधार आयोजना (हिमाली आयोजना) लागू भएका १० जिल्लाका…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on April 30, 2013 at 1:22pm — No Comments

मिस तामाङ २०१३ लाङटाङ क्षेत्र संरक्षण दूत बनिन्

मिस तामाङ-२०१३ को ताज पहिरिन सफल लाक्पा वाङ्मो तामाङ लाङटाङ क्षेत्रको लागि संरक्षण दूत बनेकि छिन् । बिसौं विश्व वन्यजन्तु सप्ताहको अवसरमा आयोजित लाङटाङ पर्यटन तथा संरक्षण उत्सव २०७० को क्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र लाङटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बेदकुमार ढकालले तामाङलाइ संरक्षण दूत घोषणा गरेका हुन् । उनी रसुवा जिल्ला स्याफ्रु गाविस वडा नं ५ ठूलो भार्खुमा जन्मिएकी हुन् ।…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on April 17, 2013 at 3:30pm — No Comments

जलवायु परिवर्तनको समस्या र रैथानीय बीउ संरक्षणको आवश्यकता

पुर्खादेखि गाउँघरमा सञ्चय गर्न सकिएको बीउबाट नै उत्पादन लिन नसकिएसम्म हुँदैन ।

हाइब्रीड बीउ अरूले पठाएनन् भने नपठाएको बेला हाम्रा फाँटका फाँट जमिनहरू बाँझै रहन सक्दछ । 

भूमण्डलमा तापक्रम बृद्धि हुनु, विभिन्न …

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on March 19, 2013 at 5:30pm — No Comments

विजया दशमी, फेसबुक र शुभकामना



समूह बनाउने, सेयर गर्ने, ट्याग गर्ने , रिपोर्ट गर्ने, निमन्त्रणा तथा शुभकामना र सन्देश पठाउने , फोटो,…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on October 19, 2012 at 11:00pm — No Comments

राजधानीको कुईनेटो, पर्यटकीय गन्तव्य 'भिमढुङ्गा' ( विश्व पर्यटन दिवस २०१२ विशेष)

नेपालको समग्र विकासका लागि पर्यटन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । पर्यटन व्यवसायका लागि हालसम्म धेरै स्थानहरू परिचित रहेका छन् । नेपाल गाउँ नै गाउँको एक सुन्दर नगरी हो । गाउँको विकासका निमित्त पर्यटनलाई एउटा आधारशीलाको रूपमा स्थापित गराउनको लागि 'गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल'…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on September 27, 2012 at 9:04pm — No Comments

जलविद्युतका लागि वन

रसुवा जिल्ला जलविद्युतका लागि सम्भावना भएको जिल्ला हो भनेर सबैको नजर पर्न थालेको छ । हुन पनि रसुवामा जलविद्युत उत्पादनका लागि प्रशस्त सम्भावनाहरू रहेका छन् । रसुवामा हिमाल छ, पानीका मुहानहरू छन् र पानीको लागि जंगलहरू छन् । पानी संरक्षणका लागि प्रशस्त जंगल भएको जिल्लामा जलविद्युत व्यवसाय फस्टाउन सक्छ ।

रसुवा जिल्लामा मात्र नभई देशकै लागि नमुना चिलिमे जलविद्युत केन्द्र छ । २२ मेगावाट क्षमता भएको चिलिमेले रसुवालीलगायत नेपाली नागरिकलाई मालिक बनाएर नमुना प्रदर्शन गरेको छ । तर यसको…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on September 20, 2012 at 10:00pm — No Comments

फोहोरबाट मोहोर

रासायनिक मलविना कृषि उत्पादन नै हुँदैन कि भन्ने मानसिकता नेपाली कृषकहरूमा परिसकेको हो कि भन्ने लाग्छ । कृषिप्रधान देशको भूगोलमा बसेर आधुनिक पद्धतिमा कृषि उत्पादन गर्न नसक्दा वा गुणस्तरीय मलको प्रयोग विना नेपाली कृषकले पेट भरिने गरी अनाज उब्जाउन सकेका छैनन्, महंगो वा आयातित रासायनिक मल किन्न र प्रयोग गर्न वाध्य छन्, गुणस्तरीय नभई रोगव्याधी भित्र्याउने अनाज उब्जाउन परिराखेको छ । कृषकसँग उपलब्ध गोठेमलको पनि उचित स्याहार वा व्यवस्थापन गर्न नसक्दा कृषि उत्पादन दिनानुदिन खस्कँदै गएको स्थिति…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on September 5, 2012 at 8:18am — No Comments

रोग निम्त्याउने चौथो कारक तत्व 'घरभित्रको धुँवा'

विश्वमा अरु देशको तुलनामा नेपालमा घरेलु वायु प्रदुषण १५ गुणाले बढी छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिव १६ लाख मान्छे घरभित्रको धुँवाको कारण मर्ने गरेका छन् । १५ प्रतिशत बढी समस्या भएको तुलनामा नेपालमा धेरै मान्छे धुँवाका कारण मर्ने गर्छन् ।

नेपाल गाउँ नै गाउँले भरिएको देश हो…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on August 9, 2012 at 9:00pm — No Comments

Monthly Archives

2013

2012

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service