Encouraging and supporting citizen journalism in Nepal
बनेपा/गणित शिक्षक समाज काभ्रेको आयोजनामा गणित विषयको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
पौष १५ गते बनेपा पोलिटेक्निक महाविद्यालयमा भएको प्रतियोगिताको उपाधि काभ्रे उमावि बनेपाले हात पारेको छ । गत बर्षदेखि आयोजना सुरु भएको यस्तो हाजिरीजवाफ प्रतियोगिता यस पटक देखि रनिङ् कपको रुपमा संचालन गरिएको हो । कुनै पनि विद्यालयले तीन पटक उपाधि जितेमा सो रनिङ् कप सोही विद्यालयको हुने नियम रहेको छ ।
गत बर्षको बिजेता पनि काभ्रे उमावि नै हो । ६ वटा सामुदायिक र २६ वटा संस्थागत…
ContinueAdded by MadhuSudhan Guragain on December 31, 2011 at 7:54pm — No Comments
खोपासी । इन्द्रेश्वरी थल्पु सामुदायिक वन उपभोक्ता समूह ‘क’ को वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभाले आगामी पाँच वर्षका लागि कार्ययोजना नवीकरणका निम्ति आवश्यक पर्ने विषयवस्तुहरुमा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
सभामा खोपासी रेन्जपोष्टका वन प्राविधिक कृष्ण दाहालले नवीकरणको क्रममा रहेको कार्ययोजना र वनक्षेत्रमा समस्या आएमा त्यसको समाधानको निम्ति कार्यालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।…
ContinueAdded by MadhuSudhan Guragain on December 31, 2011 at 7:50pm — No Comments
बनेपा, मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले यहाँ आयोजना गरेको ‘स्मार्ट सेल सङ्गित उत्सव’ तथा खाना महोत्सवमा काभ्रेली सङ्गितप्रेमी तथा खाना पारखीहरुले यथेष्ट मनोरन्जन लिएका छन् ।
बनेपाको व्यस्त गोमदामचोकमा आयोजित कार्यक्रममा चर्चित गायकहरु योगेश्वर अमात्य, शिव परियार, रेश्मा सुनुवार, अविनाश…
Added by MadhuSudhan Guragain on December 31, 2011 at 7:45pm — No Comments
Added by MadhuSudhan Guragain on December 31, 2011 at 7:33pm — No Comments
बनेपा, पुस १५ । बिपी राजमार्ग(बनेपा–सिन्धुली–बर्दिवास)मा सिण्डिकेट कायम गर्दै आएका दुई यातायात व्यवसायी समितिवीचको झगडाबाट यात्रुहरु फेरि मर्कामा पर्न थालेका छन् । यसको पछिल्लो उदाहरण शुक्रबार विहान काठमाडौंबाट बनेपा हुँदै घुर्मीसम्म जाने एक बसमा यात्रुहरु चढेकै अवस्थामा एक्कासी तोडफोड हुनु रहेको छ ।
‘विहान साढे पाँच बजे चावहिलबाट बस छुटेको थियो । बनेपामा आइपुग्नासाथ बस रोकेर ढुंगा हान्न थाले । धन्न ज्यान जोगियो’, ओखलढुंगा जाँदै गरेका रमेशकुमार नेपालले भने ‘बस चलाउनेहरुवीच झगडा…
Added by MadhuSudhan Guragain on December 31, 2011 at 11:21am — No Comments
बनेपा । काभ्रेका तीनवटै पुराना नगरपालिकाहरुमा सीमाना विवादको समस्या चुलिएको छ । १५ वर्षपछि बनेपा, धुलिखेल र पनौती नगरपालिकामा यो समस्या आएको हो ।
नापी कार्यालयले बनेपा र धुलिखेल नगरपालिकाका सबै जग्गाहरुलाई डिजिटल प्रविधिबाट पुनः नापी गर्न थालेपछि सीमानाको विवाद चर्को रुपमा देखा परेको हो ।
‘तत्कालीन सुब्बागाउँ गाविसको पुण्यमाता खोलासम्मै हाम्रो सीमाना निर्धारण भएपनि बनेपा–पनौती सडकदेखि माथिको भूभागलाई हामीले पनौतीको मान्दै आएका थियौं । अब त त्यो भूभाग पनि धुलिखेलले…
Added by MadhuSudhan Guragain on December 29, 2011 at 4:51pm — No Comments
बनेपा । मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले मध्यपहाडका ग्राहकहरु लक्षित गर्दै आगामी शनिबार बनेपामा ‘स्मार्ट सेल सङ्गित उत्सव’ आयोजना गर्ने भएको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काभ्रे उद्योग वाणिज्य संघसँग मिलेर सङ्गित उत्सव गर्न लागिएको कम्पनीका इन्जिनियर अरुण मानन्धरले आइतबार आयोजित…
Added by MadhuSudhan Guragain on December 29, 2011 at 4:41pm — No Comments
काभ्रे जिल्लाका विभिन्न यातायात व्यवसायी संघले अझै पनि शहरी तथा ग्रामीण रुटहरुमा एकाधिकार जमाउँदै आएका छन् । यसैले पनि यात्रुहरु छोटो दूरीमा धेरै पटक बस फेर्दै यात्रा गर्न बाध्य हुनु परेको छ ।
जिल्ला सदरमुकाम धुलिखेल जानका लागि जहाँबाट आए पनि बनेपामा ओर्लेर अर्को बस चढ्नै पर्ने व्यवसायीहरुले बाध्यकारी नियम बनाएका छन् । यसले गर्दा ग्रामीण रुटहरु खोपासी, मानेदोभान, शंखु, कामीडाँडा, ढुंखर्क, च्याम्राङवेंशी, बाँसडोल, रविओपी देउराली, शेरा नाला, घिमिरेगाउँ नालाबाट सदरमुकाम धुलिखेल जानका…
ContinueAdded by MadhuSudhan Guragain on December 29, 2011 at 4:30pm — 1 Comment
बनेपा । सरकारी अनुमगन टोलीले उपत्यकाका गुँदपाक लगायत मिठाइ पसलहरुका खाद्यवस्तुहरु एकपछि अर्को गुणस्तरहीन प्रमाणित गर्दै लगेपछि मिठाइको प्रमुख कच्चा पदार्थ मानिने खुवाको बिक्री शून्यमा झरेको छ ।
‘दिनको ५ सय धार्नीसम्म खुवा उपत्यकामा पठाउँथ्यौं । अब ५० धार्नी पनि बेच्न गाह्रो हुन थाल्यो’, काभ्रे ढुङ्खर्क–७ का खुवा उत्पादक एवं संकलक बेदप्रसाद तिमल्सिनाले भने, ‘मिठाई बन्ने सबै प्रक्रियालाई अध्ययन नै नगरि खुवालाई मात्रै दोष दिइयो । हामीले उत्पादन गरेको खुवाको गुणस्तरको हामी…
Added by MadhuSudhan Guragain on December 29, 2011 at 4:00pm — No Comments
नेपाल पशुपंछी औषधि व्यवसायी संघकाकेन्द्रिय महासचिव प्रकाश न्यौपानेको सोमबार राति मोटरसाइकल दुर्घटनामा निधन भएको छ । उहाँप्रति शोक व्यक्त गर्न नेपालभित्रका पशुपंछी औषधि व्यवसायीहरु पाटन अस्पतालमा जम्मा भएका छन् । पालको प्रतिष्ठित पञ्चकन्या पोल्ट्री समूहमा आवद्ध उहाँ सिद्धदेबी इन्टरनेसनल( मेडिसिन÷भ्याक्सिन÷फिड सप्लिमेन्ट)को व्यवसायमा हुनुहुन्थ्यो ।
उहाँको मङ्गलबार अपरान्ह २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ ।
Added by MadhuSudhan Guragain on December 27, 2011 at 12:28pm — No Comments
बनेपा, पुस ११– कुखुरा व्यवसायीहरुले मङ्गलबारदेखि लागू हुने गरी ब्रोइलर कुखुराको भाउ १५ रुपैंयाले बढाएका छन् ।
कुखुरापालन व्यवसायसँग सम्बद्ध राष्ट्रिय कुखुरापालक किसान संघ, नेपाल दाना संघ उद्योग र नेपाल ह्याचरी उद्योग संघको राजधानीमा आइतबार सम्पन्न संयुक्त बैठकले भाउ बढाउने निर्णय गरेको कुखुरापालक किसान संघका अध्यक्ष हेमचन्द्र शाहले जानकारी दिए ।

‘अब कोल्ड स्टोरहरुले प्रति किलो जिउँदो ब्रोइलरको १२५ रुपैंया किसानलाई दिनेछन् । उपभोक्ताहरुले तयारी मासुको प्रति…
ContinueAdded by MadhuSudhan Guragain on December 26, 2011 at 9:08pm — No Comments
सैनिक स्कूललाई हराउँदै प्रहरीले उपाधि चुम्यो
बनेपा, पुस ११–नेपाल प्रहरी उमावि साँगाले आयोजना गरेको बिसौं आइजीपी कप फुटबलको उपाधि आयोजक प्रहरीकै पोल्टामा आइपुगेको छ । सोमबार अपरान्ह प्रहरी स्कूलको खेल मैदान साँगामा भएको खेलमा आयोजक प्रहरी स्कूलको ‘ए’ टीमले विरेन्द्र सैनिक आवाशीय महाविद्यालय भक्तपुरलाई १–० ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
खेलको ३० औं मिनेटमा प्रहरीका विक्रान्त नरसिंह राणाको एक गोल नै निर्णायक बन्न पुगेको थियो । राणा म्यान अफ…
ContinueAdded by MadhuSudhan Guragain on December 26, 2011 at 9:02pm — No Comments
काभ्रे, पात्लेखेतकी जमुना तामाङले जिल्ला कृषि विकास कार्यालय, काभ्रेबाट मौरीपालन विषयमा प्रशिक्षक प्रशिक्षण लिएकी छिन् । आफूले तालिममा सिकेको ज्ञान र सीप गाउँलेहरुलाई बाँड्नका लागि गाउँकै अर्गानिक फार्ममा हरेक शनिबार आयोजित मौरी तालिममा प्रयोगात्मक तरिका सिकाउने गरेकीछिन् ।
यस शनिबारको तालिममा…
ContinueAdded by MadhuSudhan Guragain on December 26, 2011 at 8:30pm — No Comments
चार जिल्ला प्रभावित
पुस ११- मजदुर कुटपिट विरोधमा आज चौथो दिन पनि अरनिको यातायात सेवासमिति सम्वद्ध यात्रबुस चलेका छैनन्। बस नचल्दा काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका सर्वसाधरण सास्ती खेप्न बाध्य भएका छन्।मजदुर कुटपिटमा संलग्नलाई कार्वाही र पूर्ण सुरक्षाको माग गर्दै मजदुर आन्दोलित भएका हुन्।
दोलखाको भीरकोटमा बिहीबार अरनिको सम्वद्ध चालक रामकाजी दाहाललाई छवि लामासहित ९ जनाको समूहले मरणाशन्न हुनेगरी कुटेका थिए। तीन वटा करङ भाँचिएका उनको ललिपुरको…
ContinueAdded by MadhuSudhan Guragain on December 26, 2011 at 4:33pm — No Comments
Added by MadhuSudhan Guragain on December 24, 2011 at 7:28pm — No Comments
बनेपा, पुस ९–नेपाल प्रहरी उमावि साँगाद्वारा आयोजित २० औं आइजीपी कपको शनिबार सम्पन्न सेमीफाइनल खेलबाट आयोजक प्रहरी स्कूल साँगा र विरेन्द्र सैनिक स्कूल भक्तपुर उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् ।
शनिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक नेपाल प्रहरी स्कूल ‘ए’ टीमले तनहुँ बेलचौतारास्थित प्रहरीकै स्कूललाई १–० ले पराजित गरेको थियो । प्रहरी स्कूल साँगाका अनिल थापाको निर्णायक एक गोल नै आयोजकलाई फाइनलसम्म पुग्ने माध्यम बनेको थियो । खेलमा थापा नै म्यान अफ द म्याच समेत भए ।
शनिबारकै…
ContinueAdded by MadhuSudhan Guragain on December 24, 2011 at 7:10pm — No Comments
इन्फोटेक आयोजनाबारे क्यान काभ्रेका महासचिव तथा मेला व्यवस्थापन समितिका संयोजक राजकुमार आचार्यसँग गरिएको कुराकानीः
अवलोकनकर्ताहरुको उपस्थिति हेर्दा यसपटकको क्यान इन्फोटेक भव्य रुपमै सम्पन्न हुने…
ContinueAdded by MadhuSudhan Guragain on December 16, 2011 at 8:10am — No Comments
निजी क्षेत्रलाई मिलाएर जाने वचन
बनेपा । विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले सूचना प्रविधि उच्चस्तरिय आयोगले चलाउन नसकेको भन्दै काभ्रेस्थित आईटी पार्कलाई आफ्नो कार्यकालमै चलाउने बताएकी छिन् ।
‘विज्ञान तथा प्रविधि मन्त्रालय मातहत एउटा निकाय गठन गर्र्दैछु । त्यसमा निजी क्षेत्रलाई समेत सहभागी बनाएर पार्क सञ्चालनमा ल्याएरै छाड्छु’, बनेपामा आयोजित मिदास क्यान काभ्रे इन्फोटक २०६८ को विहीबार उद्घाटन गर्दै उनले भनिन्, ‘आयोग विघटन सूचना प्रविधिको…
Added by MadhuSudhan Guragain on December 16, 2011 at 8:02am — No Comments
बनेपा I मिदास क्यान इन्फोटेक २०६८ काभ्रे विहीबारबाट बनेपामा सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) काभ्रेको आयोजनामा बनेपामा आयोजित यो दोस्रो संस्करण हो । विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले मिदास क्यान काभ्रे इन्फोटक २०६८ को विहीबार उद्घाटन गरिन् ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा…
Added by MadhuSudhan Guragain on December 16, 2011 at 7:53am — No Comments
बनेपा । काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका आठ सय बयासी विद्यार्थीहरु आइतबार दीक्षित भएका छन् । केयूको १७ औं दीक्षान्त समारोहको दोस्रो कार्यक्रमअन्तर्गत आइतबार उनीहरुलाई स्नातक र स्नातकोत्तर उपाधि प्रदान गरिएको हो ।
उनीहरमा केयूको आफ्नै र सम्बन्धप्रदत्त कलेजमा चिकित्सा विज्ञानको अध्ययन…
Added by MadhuSudhan Guragain on December 12, 2011 at 7:05am — No Comments
© 2013 Created by Equal Access.