Encouraging and supporting citizen journalism in Nepal
बाहिर मुसलधारे पानी परिरहेको थियो । सडकमा मान्छे र सवारीसाधन गोदिएर आफ्नो गन्तब्यतर्फ लागिरहेका थिए । साउनको झरीमा झरेको पानीले मौसम चिसिएको थियो । म भने सदाझैं उही चाबेल स्तुपा ‘अपोजिट’को क्याफेमा बसेर तातो कफी पिउँदै थिएँ । एकतलामाथीको त्यो क्याफेको कालो पारदर्शी सिसाबाट बाहिर नियाले स्तुपा र वरिपरिको दृश्य छलङ्र्गै देखिन्छन्, मनमोहक । हो, त्यस्तै दृष्यको सुन्दरता लुटन् मेरो पाइला सधैं बेलुकीपख त्यही क्याफेतिर मोडिन्थ्यो र त्यही टेवलमा गएर अडिन्थ्यो, जुन टेवलमा म सधैं बस्ने गर्छु । त्यो…
ContinueAdded by Shiva Adhikari on July 14, 2012 at 4:34pm — 5 Comments
नेपाल ठिङ्ग उभिएको थियो, हातमा हत्कडी लगाएको उसले टाउको यताउति घुमाउँदै थियो । सायद, ऊ यमलोकको वातावरण नियाल्न ब्यस्त थियो ।
–‘सतर्क ।’ जिब्रो लामो तन्काउँदै दुई द्धारपालले यमराज आएको जानकारी दिए । सधैंजस्तो यमराज बढो शानसँग अघि बढे र सरासर आफ्नो आशनमा गएर बसे । यमराजसँगै आएका ४ तरुनी सुसारेहरु पनि उनकै सामुन्नेमा…
Added by Shiva Adhikari on June 17, 2012 at 2:30pm — 1 Comment
‘कोहीलाई के धन्दा, कोहीलाई के धन्दा ?, घरज्वाईंलाई खाना धन्दा ।’ बुढी च्याँट्ठी ।
–‘हैन, त्यो ७ सय कोस टाढा हुने ‘गेम’का लागि तिमी किन यति मरिहत्ते गर्छौ, हँ ?’ म के भनौं भनेर सोच्दै थिएँ, बुढी आफै बोली ।
–‘के पाउँछौं, रातभरी नसुति–नसुति गेम हेरेर ? अर्कैले खेल्छ, अर्कैले हार्छ–जित्छ, पुरस्कार लान्छ, तिमलाई के…
Added by Shiva Adhikari on June 10, 2012 at 10:30pm — No Comments
‘वीरेन्द्र वीरबिक्रम शाहदेव, एड एज अ फ्रेन्ड’ भन्दै फेसबुकको दाहिने कुनोको माथीपट्टि एउटा पेज देखा प¥यो । पूर्वराजा ‘वीरेन्द्र’ भन्ने बितिक्कै एकैपटक बाढी आएझैं २०५८ साल जेठ १९ गतेको त्यो रात र घटना मेरो दिमागमा फन्फन्ती घुम्न थाल्यो । केही बेरमा म सम्हालिएँ । र, हतार नगरी पूर्वराजा ‘वीरेन्द्र’लाई ‘एड फ्रेन्ड’ गरें ।…
Added by Shiva Adhikari on June 3, 2012 at 7:30am — 1 Comment
त्यसको २ दिनअघि मेरी श्रीमती मरी
जुन दिन संविधानसभा मर्यो
हो, श्रीमतीले अन्तिम पटक भनेकी थिई–
संविधानसभा संविधान नबनाई भङ्ग हुन्छ
किन ? मैले सोधिन
श्रीमतीसँगको मेरो अन्तिम कुराकानी त्यही थियो
त्यही दिन मेरी श्रीमती छट्पटिएको अवस्थामा
अस्पताल पुगेकी थिई
जुन दिन…
Added by Shiva Adhikari on June 1, 2012 at 2:30pm — 3 Comments
६० वर्षको सकसपछि सम्भव भएको संविधानसभाको निर्वाचन अन्ततः ‘लिग’ चरण नै पार नगरी ‘घर’ फर्कियो । संविधानसभाले ४ वर्षको खेलमा उपस्थिति जनाए स्वरुप दिएको ‘गणतन्त्र’ भन्दा अर्को कुनै दमदार खेल देखाउन सकेन । अन्ततः लिग चरणबाट बाहिरिने समयमा संविधानसभाका खेलाडीहरुको ‘मैदान’मा आँसु रोकिएन, जुन कुरा सो समयमा…
Added by Shiva Adhikari on May 29, 2012 at 1:00pm — No Comments
लिम्बुवान आयो, खुम्बुवान आयो
बाहुन, क्षेत्री, गुरुङ, मगर
तामाङ, नेवार, राई, लिम्बु
थारु, चेपाङ, कुसुन्डा, राउटे
प्रत्येक सम्प्रदायको
एक–एक टुक्रा आयो
अखण्ड नेपालको
खण्ड–खण्ड मानचित्र बोकेर
हेलो जनता ! नयाँ संविधान आयो
पहिलो पटक आयो
तर, ‘अन्तिम’ भएर आयो
दुई दल, तीनदल र चार दलको
‘गोप्य’–गोप्य भएर आयो
नेपाली जनताको बलीदान
बलीको बोका भएर आयो
राज्यकोषको ढुकुटी ‘शून्य’
भइसकेपछि आयो
ताली बजाउ हेलो जनता !
आउन त…
Added by Shiva Adhikari on April 21, 2012 at 8:04pm — 1 Comment
धिक्कार छ ! हामीलाई
अनि, हाम्रो दिमागलाई
धिक्कार छ ! हाम्रो–
मिहिनेत, पसिना र इमानलाई
हामी आफैले आफ्नो झारा टा¥यौ
समय फाल्यौं
हाम्रो कमाई, आम्दानी
रुपैयाँ, पैसा
कागजको खोस्टा सम्झी बाल्यौं
बिबेकहीन हामी, हुतिहारा,
नालायक, अन्धा र लाटाहरु
अनि, पूर्ण अपाङ्ग र अशक्त
धिक्कार छ ! हामीलाई–
६ सय १ वटा कुकुरहरुलाई
‘फोकट’मा पाल्यौं
रचना मितिः २०६७÷०१÷१६
Added by Shiva Adhikari on April 2, 2012 at 5:03pm — No Comments
समान्नित सर्वोच्च अदालतले संविधानसभाको म्याद पुनः थप्न नपाउने निर्णय बुधबार (चैत्र १५ गते) गरिदियो । सर्वोच्चले यस अघि थप गर्न भनेको ‘अन्तिम’ ६ महिने अवधिले संविधानसभाको क्षेत्राधिकारलाई हस्तक्षेप गरेको भन्दै त्यतिखेरको फैसलालाई पुनरावलोकन गर्न पाउँ भनी परेको निवदेन दरपीठ भएको थियो । सोही दरपीठ बदरलाई सदर…
Added by Shiva Adhikari on March 29, 2012 at 11:30am — No Comments
राष्ट्रिय फुटवलको सर्वोच्च संस्था अखिल नेपाल फुटवल संघ (एन्फा)को अफिसियल वेभसाईटले जो कसैलाई उल्लु बनाउँछ । यो लेख तयार पारिरहँदा सम्मको मिति (चैत्र १० गते)मा समेत एन्फाको वेभसाईट खोलेर हेर्ने हो भने माथीको देव्रे कुनोमा नेपाल पुलिस क्लब र मनाङमस्र्याङ्दी क्लबबीचको खेलको ‘लाइभ’ स्कोर भनेर लेखिएको छ । त्यो खेल भने चाँही कुन हो, थाहा छ ? खेल हो–राष्ट्रिय लिग प्रतियोगिताको बुटवल (माघ ८ गते)मा भएको नेपाल पुलिस र मनाङबीचको अन्तिम खेल । सबैलाई थाहा छ–राष्ट्रिय लिग प्रतियोगिता सकिएको धेरै नै…
ContinueAdded by Shiva Adhikari on March 23, 2012 at 9:21am — No Comments
मैले आफ्नो जीवनमा देखेको र बुझेको सबैभन्दा उदार सरकार भनेकै वर्तमान सरकार हो । जसले जसरी, जहाँबाट र जे गरेर जे–जे मागे पनि त्यो तत्काल दिई हाल्ने वर्तमान सरकार भन्दा उत्तम सायद यो जुनीमा अर्को सरकार देखिएला ! तर, यसको लागि थोरै कसरत भने गर्नैपर्छ । नेपथ्यबाट कसैले मलजल भने…
ContinueAdded by Shiva Adhikari on March 18, 2012 at 11:30am — 1 Comment
© 2013 Created by Equal Access.