Puza Pariyar's Blog (17)

मैले कसरी सहयोग गर्ने ?

शारीरिक सम्बन्ध रहदैंमा, सिउँदोमा सिन्दुर भर्दैमा कोही कसैको श्रीमानश्रीमती बन्न सक्दैन । यसका लागि विश्वास, भरोसा, माया, समझदारी अनि एकअर्कोबीच सम्मान चाहिन्छ । यदिविवाह जस्तो सम्बन्धमा एकअर्कोलाई नबुझने, विश्वास नगर्ने अनि सम्मान नदिने हो भने विवाहको अर्थ के लाग्ला ।

फेसबुकमा आएको साथीको एसएमएसलाई…

बाँकी

Added by puza Pariyar on May 31, 2017 at 1:30pm — No Comments

A success story of Rural Lady

It has been such, if we observe the success of Puja in terms of education she was from so-called untouchable and minority community girl. She was sponsored child once too. She was curious in her childhood days to learn anything. RCDC time and again used to give different orientation to her and her child clubs.…

बाँकी

Added by puza Pariyar on February 15, 2015 at 3:30pm — No Comments

नेपाल जेसिज राष्ट्रिय उपाध्यक्षमा अर्याल निर्वाचित

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा लमजुङ जेसिजका डिलबहादुर (राजु) अर्याल निर्वाचित हुनुभएको छ । नेपाल जेसिजको आइतवार काभ्रेमा सम्पन्न ४१ औं अधिबेशनबाट ९ सय २२ मतकासाथ अर्याल राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । अर्याल लमजुङको जेसिजको पूर्व अध्यक्ष रहनुभएको छ । अर्याल सँगै राष्ट्रिय उपाध्यक्षमा १२ जना जेसीहरु चयन भएको लमजुङ जेसिज बर्ष २०१४ का अध्यक्ष सुरेश प्रधानले जानकारी दिनुभयो । 

यस्तै, नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा धनञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । पोखरा जेसिजका…

बाँकी

Added by puza Pariyar on December 30, 2014 at 5:00pm — No Comments

चार महिनामा लमजुङमा २५ घरेलु हिंसा

लमजुङमा चालु आर्थिक वर्षको चार महिनामा २५ वटा घरेलु हिंसाका घटना घटेका छन् । चालु आर्थिक बर्षको चार महिनामा २५ घरेलु हिंसाका घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार साउनमा ८, भदौमा ४, असोजमा ४ र कात्तिकमा ९ वटा घरेलु हिंसाका उजुरी परेका छन् ।

प्रहरीले मंसिरको पहिलो सातासम्म २ वटा घरेलु हिंसाको उजुरी आएको जनाएको छ । प्रहरीले केही घटनाको मिलापत्र समेत गराएको जनाएको छ । हालसम्म परेका २७ उजुरीमा ११ उजुरीको…

बाँकी

Added by puza Pariyar on November 28, 2014 at 5:30pm — No Comments

महिला हिंसा न्युनिकरण गर्न सबै जुटौं ।

महिला हिंसा न्युनिकरण गर्न सबै जुटौं ।
गाउँ अनि शहर देखि एक भई उठौं ।
देशका लागि महिलाले कति त्याग गरे ।
एक्काइसौं शताब्दिमा महिला पछि परे ।

Added by puza Pariyar on November 27, 2014 at 1:15pm — No Comments

२५ औं अन्तराष्ट्रिय बालअधिकार दिवस मनाइयो

२५ औँ अन्तराष्ट्रिय बालअधिकार दिवस बिहिवार लमजुङमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सबैको लगानी सबैको सरोकार, बालमैत्री लमजुङ पूर्ण बालअधिकार भन्ने नाराका लमजुङमा अन्तराष्ट्रिय बालअधिकार दिवस मनाइएको हो ।

जिल्ला बालकल्याण समितिको आयोजनामा, ग्रामिण सामुदायिक विकास केन्द्र आरसिडिसी सुआहरा कार्यक्रम, सेतोगुराँस बालविकास केन्द्र र लक्ष्मीनारायण बालविकास केन्द्रको संयोजनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बालकल्याण समितिका अध्यक्ष तिमिल्सीनाले जिल्लामा बाल श्रमिकहरुको…

बाँकी

Added by puza Pariyar on November 20, 2014 at 5:30pm — No Comments

सहयोगको लागि आग्रह

लमजुङको बेसीशहर नगरपालिका वडा नम्वर ५ निवासी ५० बर्षिय माया बि.कको स्तन क्यान्सर भई उपचार गर्नुपर्ने भए पनि परिवारको आर्थिक अवस्था कमजोर भएकाले उहाँको परिवारद्धारा सहयोगका लागि अनुरोध गरेको छ ।

तपाईको सानो सहयोगले उहाँको जीवन बच्न सक्छ । त्यसैले सके सम्मको आर्थिक सहयोग गर्नु होला यदि सक्नु हुन्न भने पनि यो…

बाँकी

Added by puza Pariyar on August 3, 2014 at 3:00pm — No Comments

शब्द शब्द उनेर

शब्द शब्द उनेर मात्र हुने वाला केहि छैन ।
सच्चै जाल बुनेर मात्र हुने वाला केहि छनै ।।
निरन्तर बगीरहन्छु रकिने छैन म कतैपनि ।
डोकोले खोली थुनेर मात्र हुने वाला केहि छैन ।।

Added by puza Pariyar on August 2, 2014 at 5:00pm — No Comments

सबैभन्दा बढी राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले आर्थिक बर्ष २०७०/०७१ मा अहिले सम्मकै बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष ०६९/०७० मा कूल २ हजार ७ सय ४९ वटा सवारी कारबाहीबाट ६ लाख ४३ हजार ४ सय ५० रुपैयाँ राजस्व संकलन गरेकोमा ०७०/०७१ मा १३ लाख ७३ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको हो । 

एक वर्षको अवधिमा कूल ५ हजार ३ सय ५१ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी सहायक निरिक्षक रेशमबहादुर रानाभाटले जानकारी दिनुभयो । कार्यालयका अनुसार सवै भन्दा बढी…

बाँकी

Added by puza Pariyar on July 27, 2014 at 1:30pm — No Comments

साउन महिना शुरु भइसक्दा लमजुङमा ५५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सकियो,

साउन महिना शुरु भइसक्दा लमजुङमा ५५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सकियो,

साउन महिना शुरु भइसक्दा समेत लमजुङमा ५५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ गरिएको छ । जिल्लामा अझैं ४५ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालय लमजुङले जनाएको छ ।

जिल्लाका केही गाविसमा संचालित सिँचाई आयोजना भएका क्षेत्रहरुमा मात्रै धान रोपाइँ गरिएको छ । लमजुङको भोर्लेटार, रम्घा, सोतिपसल, लगायतका फाँटमा मात्रै धान रोपाइँ कार्य सकिएको कृषि कार्यालयले जनाएको हो ।

असार…

बाँकी

Added by puza Pariyar on July 19, 2014 at 11:45am — No Comments

बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै लमजुङमा घरेलु हिंसाको क्रम बढ्दो

महिला तथा बालबालिका माथि हुने हिंसा न्युनकिरणका लागि चौतफी पहल भएपनि लमजुङमा हिंसामा परेर न्यायको माग गर्दै प्रहरी समक्ष पर्ने उजुरीको सङ्ख्या बढ्दो छ । आर्थिक बर्ष २०७०÷०७१ मा मात्रै घरेलु हिंसाको ७१ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमजुङको महिला सेलले जनाएको छ । 

आर्थिक बर्ष २०६९÷७० मा घरेलु हिंसाका ४६ वटा उजुरी दर्ता भएको चाल ७०÷७१ मा ७१ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयको महिला सेल प्रमुख नन्दु अधिकारीले बताउनुभयो । साउन महिनामा घरेलु हिंसाको ७ वटा उजुरी…

बाँकी

Added by puza Pariyar on July 19, 2014 at 11:30am — No Comments

लमजुङ जेसिसद्धारा विरामी बृद्धाका लागि रकम संकलन

लमजुङको श्रीमञ्ज्याङ गाउँ विकास समिति वडा नम्वर ४ निवासी एक बृद्धाको उपचारका लागि शुक्रवार सदरमुकाम बेसीशहरमा सहयोग रकम संकलन गरिएको छ ।

लमजुङ जेसिसका निर्वतमान अध्यक्ष राजु अर्याल र बर्ष २०१४ का अध्यक्ष सुरेश प्रधानको नेतृत्वमा रकम संकलन गरिएको हो । लमजुङ जेसिसका सदस्य समेत रहेका संचारकर्मी जनक श्रेष्ठका हजुरआमा…

बाँकी

Added by puza Pariyar on June 22, 2014 at 12:00pm — No Comments

शान्ति निर्माणमा स्थानिय शान्ति समिति

लमजुङको ६१ वटा गाउँ विकास समिति मध्ये ३८ गाउँ विकास समितिमा स्थानिय शान्ति समिति गठन गरिएको छ । आर्थिक बर्ष २०७०÷ ०७१ मा मात्रै २० वटा गाउँ विकास समितिमा स्थानिय शान्ति समिति गठन गरिएको छ ।  



गत अािर्थक बर्ष  २०६९÷ ०७० मा १५ वटा गाउँ विकास समितिमा शान्ति समिति गठन गरिएको थियो । यसैगरी आर्थिक बर्ष २०६८÷०६९ मा ३ गाविस मात्रै समिति गठन गरिएको हो । प्रत्येक गाविसमा गठन गरिएका गाविस स्तरीय शान्ति समितिले शान्ति निर्माणका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् । यस्तै,…

बाँकी

Added by puza Pariyar on June 17, 2014 at 4:00pm — No Comments

पेप्सीको बोतलमा फलामे नटबोल्ट

लमजुङको सदरमुकाम बेसीशहरमा बिक्रीका लागि पसलमा राखिएको चिसो पेयपदार्थ पेप्सीको बोतलमा फलामको ‘नटबोल्ट’ फेला परेको छ । बेसीशहर नगरपालिका वडा नं ११ मनाङ्गेचौतारोमा रहेको शिव किराना स्टोर्समा बिक्रीका लागि राखिएको पेप्सीको बोतल सफा गर्ने क्रममा ‘नटबोल्ट’ देखिएको हो । २ सय ५० एमएल बोतलको मुखमा विर्को सँगै टाँसिएको अवस्थामा ‘नटबोल्ट’ फेला परेको छ ।

करिब ८ महिना अघि डिलर सँग खरिद गरिएको पेप्सी बिक्रीका लागि सफा गर्दा त्यस्तो देखिएको शिव किराना स्टोर्सका सञ्चालक लक्ष्मण श्रेष्ठले बताउनु भयो…

बाँकी

Added by puza Pariyar on June 10, 2014 at 5:00pm — No Comments

चितुवासँग कुस्ती खेल्दा एक घाइते,

चितुवासँग कुस्ती खेल्दा एक घाइते, चितुवा म¥यो

जेठ २६, लमजुङ

बेसीसहर नगरपालिका वडा नम्वर ५, तालफाँट चालिसेमा आज विहान चितुवाको आक्रमणमा परि एक ब्यक्ति घाइते भएका छन भने प्रतिकारमा चितुवा मरेको छ । चितुवा र मानिसविच केहीबेर कुस्ती चलेको स्थानियबासीले बताएका छन् ।

      विहान ८ बजे चालिसेका दिपक धितालको घरमा बाख्रालाई आक्रमण गर्न लागेको चितुवासँग सोही गाउँका रामप्रसाद गुरुङले कुस्ती खेल्नुभएको हो । बाख्रालाई झम्टदै गरेको देखेपछि कराउँदै त्यहाँ पुग्नुभएका गुरुङमाथी नै चितुवा…

बाँकी

Added by puza Pariyar on June 9, 2014 at 7:07pm — No Comments

मेरो लागि आइतबार

बिगतको त्यो दिन मेरो लागि आज पनि उस्तै छ । जब म त्यो दिनलाई सम्झन्छु तब मनमा कताकता डर लागेर आउँछ अनी अनायासै आँखाहरु रसाउन थाल्छन् । आज फेरि मलाई त्यो दिनको याद आयो ।लमजुङ जिल्लाको पुर्वी क्षेत्रमा मेरो गाउँ पर्छ । त्यही गाउँको मुलबाटो नजिकै मेरो घर ।  मेरो परिवार मेरा बुबा, आमा, भाइ अनि म गरी ४ जना थियौं । हाम्रो परिवार सानो थियो । अनि बुबा आमाले दिनभरी मजदुरी गरेर कमाएको पैसाले मेरो घरको चुलो बल्ने गर्थ्यो  । त्यसैमा हामी खुशी थियौं ।…

बाँकी

Added by puza Pariyar on June 9, 2014 at 11:30am — 3 Comments

दोषीलाई कारवाहीको माग गर्दै लमजुङे महिलाहरु सडकमा

लमजुङमा पछिल्लो समयमा बलात्कारका घटनाहरु बढ्दै गइरहेका छन् । जेठ ७ गते दिउँसो १ बजे लमजुङ सदरमुकाम बेसीशहरको त्रिवेणीटोलमा १७ बर्षिय किशोरी माथि दिन दहाडै सामुहिक बलात्कार भएको छ । सामुहिक बलात्कार पछि १७ बर्षिय आइतमाया तामाङको हत्या गरिएको छ । यो घटना सेलाउन नपाउँदै बेसीशहर नगरपालिका भित्रै अन्दाजी १३ बर्षिय किशोरी माथि…

बाँकी

Added by puza Pariyar on June 2, 2014 at 6:30pm — 1 Comment

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service