Encouraging and supporting citizen journalism in Nepal
छाउपडी प्रथा न्युनिकरण गर्न सबै सरोकारवाला जुट्नुपर्ने एक कार्यक्रमका सहभागिको भनाई ।।
अछाम, कात्तिक २३ । अछाम जिल्लामा कुप्रथाको रुपमा रहेको छाउपडी प्रथा न्युनिकरण गर्न सबै सरोकारवालाले अभियानकै रुपमा लिनुपर्ने एक कार्यक्रमका सरोकारवालाले बताएको छन् । छाउपडी प्रथा महिलाको मात्र समस्या नभई यसले पुरुष र समग्र समाजलाई नै असर गर्ने भएकोले सबै सरोकारवालाले प्रथा हटाउन रचनात्मक सहयोग गर्नुपर्नेे बताएका हुन् । छाउपडी प्रथा मुक्त घोषित जनालीवण्डाली गाविसको वडा नम्बर १ ठुलासैनमा रेडियो रामारोशनले गरेको सुदूर सवाल बहसमा छाउपडी प्रथा महिला हिंसाको एक रुप भएकाले यसलाई हटाउनु पर्नेमा…
ContinueAdded by Tekraj Bhandari on November 8, 2012 at 6:00pm — No Comments
साँफेबगरमा झाडापखाला नियन्त्रण गर्न काठमाण्डौबाट चिकित्सकको टोली अछाममा
असार ५ अछाम
अछाम जिल्लाको साँफेबगरमा रहेको सशस्त्र प्रहरी बल खप्तड गुल्ममा आईतवार रातीबाट फैलिएको झाडापखालाका कारण ३७ जना विरामीको अझै वयालपाटा अस्पतालमा उपचार भैरहेको छ ।
गुल्ममा झाडापखाला फैलिएपछि ८२ जना बिरामी भएका र ती मध्ये हाल ३७ जनालाई अस्पतालमै राखी उपचार भैरहेको वयालपाटा अस्पतालले जनाएको छ । प्रहरी जवानहरुमा एक्कासी झाडापखाला फैलिएको र हाल अवस्था खतरा मुक्त रहेको डाक्टरले बताएका गुल्म प्रमुख प्रहरी नायब उपरिक्षक बेनुप्रसाद पाठकले बताउनुभयो…
ContinueAdded by Purna Bahadur Khadka on June 19, 2012 at 5:00pm — No Comments
मदिरा बेच्न पाउनुपर्ने माग गर्दै अछामका व्यापारी आन्दोलनमा
अछाम, चैत्र १,मदिराको व्यवस्थित कारेवारको लागि जिल्ल परिषदले निर्णय नगरेको भन्दै अछाम उद्योग वाणिज्य संघको अगुवाईमा अछाममा आजबाट अनिश्चितकालिन आम हड्तालको घोषणा गरिएको छ ।
२५ वर्ष अघि मदिरा निषेधित गरेको अछामका व्यापारीहरुले मदिरा खुल्ला बिक्री वितरण गर्न पाउनु पर्ने माग गर्दै आफैले आम हड्ताल घोषणा गरेका छन् । मंगलवार साझ व्यापारीले मदिरा खोल्न माग गर्दै मदिराका खाली बोत्तल लिएर नाराजुलुश गरेका थिए भने अछामको आर्थिक वर्ष २०६९।७० काृ लागि जिल्ला परिषद चलि रहदा व्यापारीहरुले…
Added by Tekraj Bhandari on March 14, 2012 at 8:00am — No Comments
विभिन्न योजनाका बारेमा छलफल गर्दै एकीकृत योजना तर्जुमा गोष्ठि सम्पन्न
अछाम, जिल्लाको आर्थिक वर्ष २०६९।७० को जिल्ला परिषदका लागि छनौट गरिएका योजना तथा कार्यक्रमको बारेमा व्यापक छलफल गर्दै एकीकृत योजना तर्जुमा समितिको बैठक सकिएको छ । जिल्ला विकास समितिका विभिन्न विषयगत समितिका योजना तथा कार्यक्रमको बारेमा सरोकारवालावीच छलफल गर्दै बैठक सकिएको हो ।
कृषि, उर्जा तथा वातावरण, वन तथा उद्योग, शिक्षा स्वास्थ्य तथा वातावरण, गैर सरकारी संस्था समन्वय र विकास निर्माण समितिले आ आफ्नो विषयगत समितिमा छलफल भएका कार्यक्रम, योजना तथा बजेटको बारेमा सरोकारवालालाई जानकारी…
ContinueAdded by Tekraj Bhandari on March 6, 2012 at 8:30am — No Comments
कक्षा ६ को परिक्षामा टेस्टको प्रश्न
अछाम, गंगा मावि तेसिंगेमा कक्षा ६ मा अध्ययनरत सुशिल भण्डारी सोमबार दोस्रो दिन पनि परिक्षा दिन गए । सदा झै आज पनि आफूले पढेको किताबबाट सोधिएका प्रश्नको उत्तर लेख्न भनेका उनले परिक्षमा सोधिएका प्रश्न नै बुझ्न सक्नुभएन । बुझ्नु पनि कसरी ? कक्षा ६ मा अध्ययनरत उनले त्यो प्रश्न कहिल्यै पढेका थिएनन् न त शिक्षकबाट सुनेका नै थिए ।
अछाम जिल्लामा संचालन भैरहेको बार्षिक परिक्षामा सोमबार संचालन भएको अनिवार्य अंग्रेजी विषयमा मंगलसैन स्रोत केन्द्र अन्तर्गतका विद्यालयमा कक्षा ६ को अनिवार्य अंग्रेजी…
ContinueAdded by Tekraj Bhandari on March 6, 2012 at 8:30am — No Comments
एचआईभी कसरी हुन्छ महिलालाई थाहा छैन
सुदूर पश्चिम नेपालको अछाम जिल्ला देशमै सबैभन्दा बढी HIV प्रभावित जिल्लाका रुपमा चिनिन्छ । गरिबीका कारण भारतमा नोकरी गर्न जाने र त्यहाँ जोखिमपूर्ण व्यवहार गर्दा HIV संक्रमित हुने र घरमा आउँदा श्रीमतिलाई समेत सार्ने कारण अछाममा यसको बढी प्रभाव परेको हो । यसको अवस्था बुझ्न र ठोस कार्ययोजना बनाउन हिजो राष्ट्रिय योजना आयोगको टोलीले कार्यशाला गोष्ठि गरि ७ बुँदे मंगलसैन घोषणापत्र जारी गरेको छ ।
सहभागीका तर्फबाट आफ्ना केही कुरा राखिदिन सञ्चालकले अनुरोध गरेपछि ज्क्ष्ख् संक्रमित भएर पनि खुलेरै…
ContinueAdded by Tekraj Bhandari on February 18, 2012 at 8:00pm — No Comments
अछाममा विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती, सम्बन्धित निकाय गैरजिम्मेवार
२०५२ सालमा अछाम जिल्लाको कैलाशखोलामा ६०० किलोवाट विद्युत उत्पादन गर्ने उद्देश्यले सुरु भएको साना जलविद्युत केन्द्रबाट जम्मा ४०० किलोवाट मात्र विद्युत उत्पादन भयो । शुरुमा जिल्लाको सदरमुकाम मंगलसैन र व्यापारिक केन्द्र साँफेबगरलाई लक्षित गरी उत्पादन गरिएको विद्युत हाल जिल्लाका १६ गाविसमा फैलिएको छ । यो संगै अहिले कैलाशखोको विद्युत चरम अनियमित त भएको नै छ त्यसैमाथि विद्युतको कम र अति बढी भोल्टेजका कारण ग्राहकहरुका लाखौंका विद्यूतीय उपकरणमा पनि क्षति पुगिरहेको छ । सरोकारवालाको…
Added by Tekraj Bhandari on January 24, 2012 at 9:00am — No Comments
अछाम जिल्लाको बुढाकोट गाविस खुला दिशामुक्त घोषणाको तयारीमा
अछाम जिल्लालाई वि. सं. २०६९ साल भित्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुसार अछाम जिल्लामा सरसफाई कार्य तिब्र रुपमा अगाडि बढिरहेको छ । सरसफाई अभियान अन्तर्गत हालसम्म अछाम जिल्लाका १८ वटा गाविस खुल्ला दिशा मुक्त घोषणा भईसकेका छन् ।
यसैबिच बुढाकोट गाविसलाई यहि माघ १३ गते जिल्लाको १९ आंै गाविसको रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिदैछ । गाविसका सम्पुर्ण घर, विद्यालय, सार्वजनिक स्थलमा शौचालय निर्माण भईसकेपछि गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न लागिएको हो । सेवक…
ContinueAdded by Tekraj Bhandari on January 24, 2012 at 8:30am — No Comments
एस.एल.सि. परिक्षा केन्द्रको माग गर्दै ज्ञापनपत्र
पटक –पटक एस.एल.सी केन्द्रको माग गर्दा जिल्ला स्थित बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु र जिल्ला शिक्षा कार्यालय अछामले ति माग हरुको बेवास्ता गर्दा रहफबासीहरु ले आन्दोलनको घोषणा गदै शुक्रबार जिल्ला शिक्षा कार्यालय र आईतबार जिल्ला प्रशासन कार्यालय अछाममा सात बुदेमाग सहीतको ज्ञापन पत्र बुझाएका छन ।
अछाम जिल्लाको सुदुर पुर्वको अति बिकट जिल्लाको ७५औं स्थानमा पर्ने रहफ गाबिस मा अवस्थित बिन्द्राशैनि मा.बि ले बिगत देखी हाल सम्म तिन पटक सम्म एस.एल.सी.केन्द्रको माग गर्दै आउदा यो बर्ष…
ContinueAdded by Tekraj Bhandari on January 24, 2012 at 8:30am — No Comments
प्रथम अछाम जिल्ला खेलकुद महोत्सवको उद्घाटन ।
Added by Purna Bahadur Khadka on January 2, 2012 at 8:55pm — No Comments
शिक्षकद्वारा आफ्नै तलवबाट खेल मैदान मर्मत
पूर्णबहादुर खड्का, रेडियो रामारोशन, अछाम
अछाम जिल्लाको बिनायक गाविसमा रहेको मष्टामाण्डु प्राथामिक विद्यालयमा निजि तथा राहत शिक्षकहरुले १ महिनाको तलब कट्टा गरि विद्यालयको खेलमैदान मर्मत गरेका छन । विद्यालयका ६ जना शिक्षकले आफ्नो तलबबाट डोजर मार्फत विद्यालयको खेल मैदान मर्मत गरेका हुन ।
विद्यालयमा खेल मैदान नहुदाँ विद्यार्थीहरुलाई खेल खेल्न र अन्य क्रियाकलाप गर्न पनि समस्या भएकोले सजिलोका लागि शिक्षकहरुले आफ्नो तर्फबाट खेल मैदान मर्मत गरेका विद्यालय व्यवास्थापन समितिका अध्यक्ष…
ContinueAdded by Purna Bahadur Khadka on December 9, 2011 at 8:30am — No Comments
सुन्तली धामी बलात्कार घटनाको २ बर्ष पछि फैसला, पीडकलाई जेलसजाय
पूर्णबहादुर खड्का
जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत महिला प्रहरी जवान सुन्तली धामी माथि २०६६ साल असोज ११ गते सहकर्मी प्रहरीबाटै सामुहिक बलात्कार भएको घट्नाको आज फैसला भएको छ ।
जिल्ला अदालत अछामका न्यायधीश प्रकाश खरेलको एकल इजलाशले पिडित सुन्तली धामीको पक्षमा फैसला गरेको छ । अदालतमा भएको बहसले पिडितको शारिरिक चेकजाँच स्वास्थ्य परिक्षणको आधारमा प्रतिबादीहरु बिरेन्द्र बहादुर बमलाई मुलुकी ऐनको जवरजस्ती करणीको महलले दफा ३ र ५ बमोजीम जगदिश पोण्डे र करबिर थलाललाई दफा ४ बमोजिम ३…
ContinueAdded by Purna Bahadur Khadka on December 8, 2011 at 8:30pm — 3 Comments
नेपाल राष्ट्रिय शिक्षक संगठन अछामद्धारा पदोन्नती प्रक्रिया अगाडि बढाउन माग
पूर्णबहादुर खड्का, रेडियो रामारोशन अछाम
प्रेस विज्ञप्ती निकालेको छ । शिक्षक सेवा आयोगले अधिकांश जिल्लाका शिक्षकको पदोन्नती गरिसकेको अवस्थामा अछाममा कार्यरत पदोन्नती हुने शिक्षकका फाईल जिल्ला शिक्षा कार्यालयको लापरवाहीका कारण आयोगमा पुग्न नसकी कार्यालयमा थन्किएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले विरोध गरेको छ ।
यो अवसरबाट अछामी शिक्षकहरु केहि समयका लागी वञ्चित हुनु पर्ने अवस्था आएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रत्न प्रसाद ढुंगाना र सचिव हर्कराज शर्माद्धारा…
ContinueAdded by Purna Bahadur Khadka on December 8, 2011 at 9:00am — No Comments
साँफेबगर महोत्सव गरिने
स्थानिय उत्पादन र संस्कृतिको प्रवद्र्धनका लागि अछाम जिल्लाको साँफेबगरमा दोस्रो साँफेबगर महोत्सव आयोजना गरिने भएको छ । अछाम जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको जिल्लाको साँफेबगरमा आउँदो माघ २ गतेदेखि १० गतेसम्म महोत्सव गर्न लागिएको हो ।
अछाम जिल्लामा उत्पादन हुने विभिन्न वस्तुहरु तथा सुदुरपश्चिमकै लोकप्रिय डेउडा सस्कृतिको जगेर्ना तथा प्रवद्र्धन, दक्षिण एसियामै अछाम जिल्लामा मात्र पाईने नौमुठे अछामी गाईको प्रचारप्रसार तथा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न…
ContinueAdded by Tekraj Bhandari on December 5, 2011 at 7:00pm — No Comments
बालबालिकाको क्षेत्रमा जुट्ने अछामका सरोकारवलाको प्रतिबद्धता !!
प्रारम्भिक उमेर समुहका बालबालिकाको सर्वाङगिण विकासका लाई ध्यानमा राखी उनिहरुको अधिकार सुनिश्चित गर्न तथा उमेर पुगेका बालबालिकालाई बालविकास केन्दमा भर्ना गराउन थप गति दिन सुदुरपशिचमकै अछाम जिल्लामा पहिलो पटक प्रारम्भिक बालविकास महोत्सव गरियो । महोत्सवले बालबालिकाको क्षेत्रमा जुट्न सबैलाई घच्घचयाएको छ ।
जिल्लाका सरोकावालाले पनि बाल बालिका भविष्यका कर्णधार भन्दै आफु बालबालिकाको क्षेत्रमा जुट्ने र सबैलाई समंवेदनशिल हुन आग्रह गरेका छन । तर बोली जस्तो व्यवहार हुनेपर्ने त्यतिकै जरुरी छ…
ContinueAdded by Tekraj Bhandari on December 4, 2011 at 9:30am — No Comments
अछाममा संक्रमित कसरी पुग्लान शुन्यमा ?
अझै अछाममा संक्रमित माथि लाग्ने लाञ्छनाको डरले अधिकाँस व्यक्तिहरु संक्रमित हुदा पनि रोग लुकाएर बसेका छन । गाँउ समाजबाट लाञ्छीत र अपहेलीत हुनु भन्दा रोग लुकाउनु नै बेश सम्झन छन ।
भारत बाटकै घर परिवारको दैनिक गुजारा चलाउने यहाँको मुख्य पेशा हो साथीभाई सितको लहैलहमा कोठी सम्म पुगी संक्रमित भएपछि रिपोट च्यातेर घर फर्कि श्रीमती समेतलाई संक्रमित पार्छन र बच्चा सम्म जन्माउन पुगछन ।
रगत जाँच गर्ने सल्लाह दिदा उल्टै झपार्ने हुन्छन । समाजबाट तिरस्कूत हुने डरले यो परिस्थितिको सूजना भएको…
ContinueAdded by Him Shah on December 2, 2011 at 9:00pm — No Comments
अछाममा मापदण्ड विपरित खोटो निकालिएका सल्लाका रुख सुक्दै
२०५६ सालमा अछाम जिल्लाका सामुदायिक बनमा खोटो संकलन कार्य शुरु भयो । जिल्लाका विभिन्न सामुदायिक बनका सल्लाको रुखबाट खोटो संकलन कार्य शुरु भएपछि विभिन्न ठाउँमा सल्लाका रुखहरु सुक्न थाले । कारण बुझ्दा सल्लाका रुखबाट मापदण्ड विपरित खोटो निकालिएको पाईयो । खोटो संकलन गर्न थालेको १० वर्षपछि २०६४ सालमा खोटो संकलन निर्देशिका तयार भयो । तर अझैपनि मापदण्ड अनुसार खोटो निकाल्ने काम नभएको सरोकारवालाको भनाई छ ।
अछाम जिल्लाका विभिन्न सामुदायिक बनमा खोटो संकलन गर्न थालिएको कार्य हाल ९१ वटा सामुदायिक…
ContinueAdded by Tekraj Bhandari on November 30, 2011 at 7:30pm — No Comments
अछाममा बालविकास केन्द्र सुधारका लागि पहल
बालबालिकालाई भविष्यको कर्णाधार भनिन्छ । बालबालिकाको समग्र विकासका लागि नेपालमा वि.सं २०५३ सालदेखि समुदायमा आधारित बाल विकास केन्द्रको अवधारणा अनुरुप बाल विकास केन्द्र स्थापना गरि प्रारम्भिक बाल विकास शिक्षा सुरु गरियो । शुरुमा ५ वटा जिल्लामा शुरु भएको बालविकास केन्द्र हाल ७५ वटै जिल्लामा २६ हजार ७ सय त्रिहत्तर समदाय तथा विद्यालयमा आधारित बाल विकास केन्द्र छन् ।
यतिको संख्यामा बाल विकास केन्द्र संचालन भएपनि यिनीहरुको प्रभावकारिता नभएको सरोकारवाला नै स्वीकार गर्छन् । ४१७ बाल विकास…
ContinueAdded by Tekraj Bhandari on November 30, 2011 at 7:30pm — No Comments
जेठदेखि अवरुद्ध सड्क मर्मत नहुदा स्थानियलाई सास्ती
पूर्णबहादुर खड्का रेडियो रामारोशन अछाम
अछाम जिल्लाको बयालपाटा जमालगाँउ कैलाशखोला सड्क खण्ड गत जेठ देखि अवरुद्ध भएको छ । सड्क मर्मतका लागी कसैले पनि पहल नगर्दा सड्क अवरुद्ध भएको हो ।
यसरी सड्क अवरुद्ध भएपछि स्थानियबासीहरुलाई आवतजावत गर्न कठिनाईका साथै बजारमा खाध्यान्नको समस्या भएको छ । साँफे मंगलसैन भन्दा करिव आधा घण्टाको दुरी छोटो भएपनि सड्क ममर्त कार्यमा कसैको ध्यान नगएको स्थानिय लक्ष्मण कुवँरले बताउनु भयो । सड्क अवरुद्धका कारण स्थानियबासीहरु झण्डै दोब्बर दुरीको यात्रा गर्न…
ContinueAdded by Purna Bahadur Khadka on November 25, 2011 at 6:00am — No Comments
पर्यटन वर्ष सकिनै लाग्दा पनि अछाममा कार्ययोजना नै नभएको खुलासा
सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखी सन् २०११ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्यो । तर पर्यटकीय क्षेत्रको ठुलो सम्भावना बोकेको अछाम जिल्लामा पर्यटन वर्षले खासै प्रभाव पारेन । जिल्लमा पर्यटन प्रबद्र्धनका लागि कुनै ठोस योजना नै नबनेको सरोकारवालाले बताईरहँदा योजना नै बनाउँनु पहिलो कार्य भएको सर्बसाधारणले जोड दिएका छन् ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष सकिनै लाग्दा पर्यटकी सम्भावना बोकेको अछाम जिल्लामा भने पर्यटन प्रबद्र्धनका लागि योजना नै नबनेको खुलासा भएको छ । त्यसैले सबैभन्दा…
ContinueAdded by Tekraj Bhandari on November 24, 2011 at 7:30am — 1 Comment
2013
2012
2011
1999
© 2013 Created by Equal Access.