Featured Blog Posts (942)

सिनेमाका कलाकार डेरामा, टिभीका कलाकार घरबेटी !

पर्दामा शानदार जीवन बिताउने कलाकारहरु मध्ये धेरैको वास्तविक जीवन डेरामा सिमित छ । तर, टिभीका मुन्द्रे, माग्नेबुढा र धुर्मुस मात्रै हैनन्, पान पसले, फिस्टे लगायत पनि काठमाडौका घरबेटी भइसके । दर्शक रुवाउन भन्दा हँसाउन गाह्रो हुन्छ । त्यहि गाह्रो छिचोलेका हाँस्य व्यग्य कलाकारले दर्शक मात्र हँसाएका छैनन् । आफ्नो घर व्यवहारलाई पनि हँसिलो बनाएका छन् । राजधानी बाहिरबाट काठमाडौमा दुनियाँ हँसाउने सपना बोकेर भित्रिएका अधिकांश कलाकार घरबेटी भैसकेका छन् । हाँस्य विधालाई यस्तो बनाउने श्रेय भने मदनकृष्ण…

बाँकी

Added by Hari Jang Thapa on July 30, 2015 at 7:00am — No Comments

प्रसुती सेवा केन्द्र थप्ने जिल्ला स्वास्थ्य कार्यालयको तयारी

पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणाको अभियानमा लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले प्रसुती सेवा केन्द्र विस्तार कार्यलाई तिव्रता दिने भएको छ । २०७४ असार मसान्तभित्र जिल्लालाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणाको लक्ष्यलाई सार्थकता दिनका लागि प्रसुती सेवा केन्द्र स्थापना कार्यलाई तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

स्वास्थ्य संस्थाभन्दा बाहिर सुरक्षित प्रसुती सेवा केन्द्र भनेर एकै गाविसमा ३ ओटा ठाउँबाट सुरक्षित सुत्केरी सेवा…

बाँकी

Added by bhagirathawasthi on July 20, 2015 at 3:30pm — No Comments

दाङमा आकाशे पानीको भरमा खेती गर्नेलाई राहत

लमही नगरपालिका वडा नं. ७ सेम्रहवाका किसानलाई सिंचाईका लागि पम्पिङसेट सहयोग गरिएको छ । सिंचाई सुविधा नहुँदा बगर खेती गर्दै आएका किसानलाई समस्या पर्दै आएको थियो । स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम भाग दुई मार्फत लमही नगरपालिकाले नागरिक सचेतना केन्द्रमा आवद्ध किसानहरुलाई पम्पिङसेट सहयोग गरेपछी सिंचाई नहुदा आकासे पानीको भरमा तरकारी खेती गर्दै आएका किसानलाई राहत मिलेको छ ।

‘यस वर्ष कुलो पनि भत्किएको छ, आकासे पानीको भरमा खेती गर्दै आएका थियौं तर, अब बारैमास पम्पिङ सेटबाट सिंचाई…

बाँकी

Added by dashrath ghimire on July 16, 2015 at 8:30am — 1 Comment

सिन्धुपाल्चोकको दुर्गम भेगका बालबालिका शिक्षाबाट बञ्चित

भूकम्पले क्षतिग्रस्त बनेका सिन्धुपाल्चोकको दुर्गम भेगका विद्यालय अझैं सञ्चालन हुन सकेका छैनन् । जसका कारण तीन हजार बालबालिका शिक्षाबाट बञ्चित भएका छन् । पहिरोमा परेका र जमिन धाजा फाटेर विद्यालय जाने बाटो बन्द भएका दुई दर्जन विद्यालय भूकम्पपछि पूर्णरुपमा बन्द भएका हुन् । मानसरोबर बोर्डिङ स्कुल तातोपानी र ब्लेस इङ्लिस् स्कुल फुल्पिङ्कट्टी भूकम्पपछि बन्द रहेका नीजि क्षेत्रका विद्यालय हुन् । दुई बोर्डिङमा अध्ययन गर्ने तीन सय विद्यार्थीमध्ये आधाजसो राजधानी गएर विभिन्न विद्यालयमा भर्ना भएका छन् ।…

बाँकी

Added by Sundar Shireesh on July 12, 2015 at 8:30am — No Comments

भग्नावशेषसँगै मिल्काइयो महत्वपूर्ण कागजात

भग्नावशेष पन्छाउँदा सरकारी कार्यालयका महत्वपूर्ण कागजातसमेत मिल्काइएको पाइएको छ । १२ बैशाखको पहिलो भूकम्पबाटै जिल्लाका धेरैजसो सरकारी कार्यालय क्षतिग्रस्त भएका थिए । जिल्ला विकास समिति, जनस्वास्थ्य, कृषि विकास, कारागार, प्रशासन र मालपोतको पुरानो भवन, भूसंरक्षण र सदरमुकाम बाहिर रहेका कतिपय सरकारी कार्यालयको कागजपत्र भग्नावशेषसँगै फोहरको डंगुरमा फालिएको हो ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सदरमुकामस्थित भत्किएका सरकारी कार्यालयको…

बाँकी

Added by Sundar Shireesh on July 12, 2015 at 8:30am — No Comments

दश गाविसमा ४७ लाख बढी अनुदान

घर  नजिकैको  सडक बनाउन लमही नगरपालिका वडा नं। ६ नारायणपुर  निवासी पवित्रा डाँगी लगातार  एक हप्ता काममा खटिनुभयो  । राप्ती नदीबाट ट्रेक्टरमा गिट्टी लोड गर्ने देखि बिछ्या्उने सम्म उहाँको  भूमिका रह्यो  । हातमा ठेला पर्दासम्म गाउँको  सामाजिक काममा यसरी खटिएको  उहाँ पहिलो  पटक हो  । ‘पहिले  त थाहै  हुँदैनथ्यो , कहाँबाट योजना आउँछ, कसरी खर्च हुन्छ भने र  । तर  अहिले  गाउँमा बजेट आएछ, त्यो  बजे ट सदुपयो ग गर्न म पनि श्रमदान गर्न खटिएकी …

बाँकी

Added by dashrath ghimire on July 4, 2015 at 7:00am — No Comments

बैतडीमा योजनाहरुको अनुगमन कार्य जारी

बैतडीमा जिल्लाभरी सरकारी तथा गैरसरकारी निकायद्वारा चालु आर्थिक बर्षमा संचालित योजनाहरुको अनुगमन गर्ने कार्य आज पनि जारी रहेको छ । अनुगमन टोलीले आजपनि जिल्लाका विभिन्न स्थानमा योजनाहरुको अनुमगन गरेको अनुगमन समितिले जनाएको छ । अनुगमन गर्नेक्रममा गोकुलेश्वर मठैराज सडकखण्डको अनुगमन गरिएको छ ।

१५ मिटरको सो सडकको निर्माण कार्य जारी रहेको त्यसलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउन अनुगमन समितिले सुझाव दिएको छ । यस्तै जिल्ला विकास समितिको साढे पाँचलाखको लागतमा निर्माण गरिएको गोकुलेश्वर डिलाशैनी…

बाँकी

Added by indrasara khadka on June 28, 2015 at 8:00pm — No Comments

रोल्पा र ‘युद्ध पर्यटन’ योजना

दाङ घोराहीबाट उकालो चढेपछि केही घण्टामै रोल्पाको होलेरी बजार आउँछ । २०५२ साल फागुन १ मा तत्कालीन माओवादीले प्रहरी चौकी आक्रमण गरी ध्वस्त बनाएको होलेरी प्रहरी चौकीको भग्नावेश पनि बजारभित्रै पर्छ । यहाँ पुग्दा सबै देख्न सकिन्छ र तत्कालीन युद्धको सम्झना गर्न सकिन्छ । युद्धकालदेखि नै निर्माण थालिएको ‘सहिद मार्ग’ को दाङ-थबाङ खण्ड अन्तर्गत पर्ने होलेरी बजारमै रहेको प्रहरी चौकी कहाँ थियो भन्ने थाहा हुन्छ यहाँ पुग्दा । तर कस्तो थियो भन्ने जानकारी चाहि छैन । हुन सक्दैन ।…

बाँकी

Added by Kashiram Dangi on June 16, 2015 at 6:00pm — 1 Comment

On the Lap of Nature !

Sitting on the lap of nature, there I was.

Adrenaline of emotions rushing through the veins.

Laying  down beneath the blue sky, there I was.…

बाँकी

Added by Manoj Bohara on June 15, 2015 at 2:00pm — No Comments

दिल्लीको नेपाली ठग

अपोलो अस्पतालको चौथो तल्लाको बेड नम्बर ३२। म,आमा र दाई, बुवाको उपचारको लागि दिल्लीमा थियौं। बुवा,आमा र दाई काठमाडौंबाट आउनु भएको थियो म भने अमेरिकाबाट सिधै दिल्ली आएको थिए। बुवाको पहिलो चरणको किमो सकिएको करीब पाँच दिनपछि हाम्रो वार्डमा एकजना ४०/४५ बर्षको नेपाली जस्तै देखिने ब्यक्ति दाईको साथमा आए। ती ब्यक्ति मेरो अन्दाज जस्तै नेपाली नै रहेछन् । झापा घर बताउने ती ब्यक्तिले बुवाको स्वास्थ्य अबस्थाबारे धेरै चासो दिए जस्तै गरी कुरा राखे। उनको प्रस्तुतीहरु सुन्दा र देख्दा वास्तब मै तिनी निकै…

बाँकी

Added by Bishwa Chautari on June 8, 2015 at 10:00am — No Comments

परोपकारी प्रतिस्पर्धा

बाबुरामले दिनभरी ढुङ्गा बोकेको अनि प्रचण्डले गलले खन्दा अग्नी सापकोटाले माटो निकालेको समाचारहरु संचार माध्यममा छाउँदा नेपालमा पनि परोपकारको प्रतिस्पर्धै सुरु भएको प्रष्टै देखिन्छ । भूकम्पले ल्याएको एउटा सकारात्मक परिवर्तनको रुपमा यो परोपकारी प्रतिस्पर्धालाई पनि लिन सकिन्छ । सुरुमा सबै हताहत भएपनि पछिका दिनमा राहतमा अघि सरेका अनि उद्धारमा लागेकाहरुको तस्वीरले सामाजिक सञ्जालका भित्तो कहिल्यै खाली भएन । यसका बारेमा अनेकानेक टिका टिप्पणीहरु पनि सुरु भए । सानो सहयोग गरेर बढि प्रचार गरेको भन्ने…

बाँकी

Added by Raman Paneru on June 6, 2015 at 1:00pm — No Comments

बाढीको मानसिक दबावमा राप्ति नदी आसपासका पिडितहरु

वर्षौंदेखि बाढीको समस्या खेप्दै आइरहेका बाँकेको राप्ती नदी आसपास क्षेत्रका बासिन्दा मनसुन सुरुवात नहुँदै फेरी के होला भनेर मानसिक रुपमा दबाव महशुस गरिरहेका छन् । जिल्लाका मटेहिया, फत्तेपुर, गंगापुर, बेतहनी, वनकट्टी र होलिया गाऊँ विकास समितिका बासिन्दाहरु वर्षेनी राप्ती नदीको प्राकृतिक वहाव रोकिएर डुवान र खेतियोग्य जमीन कटान हुने समस्याबाट पिडित भएपनि राज्यको तर्फबाट समयमै उद्धार र राहत हुन नसक्दा अरु केही गर्न सक्ने अवस्थामा छैनन् ।

जिल्ला जन स्वास्थ्य कार्यालयबाट खटिएका गाऊँमा मच्छर…

बाँकी

Added by Basant Sharma on June 2, 2015 at 3:00pm — No Comments

पुरुषसँगै  फरुवा खेलाउँदै  महिला

कुममा फरुवा बोकेर  महिलाहरु यता र उता गरि रहेका छन् । केही महिला कुलोमा पसे र झाडी सफाई गर्दै माटो सोरेर बाहिर फालिरहेका छन् । जेठ महिनाको प्रचण्ड गर्मीको पर्वाह नगरी महिलाहरु पुरुषसरह गाउँको सामाजिक काममा खटिएको दृश्य हो यो । बितेका वर्षमा गाउाको  सामाजिक काम गर्न पर्यो भने  पुरुषहरु मात्रै  सहभागी हुने  गर्थे  ।

पहिले महिलाले गरुंगो काम गर्न सक्दैनन् भन्ने मान्यता थियो, काममा आएका महिलाहरुलाई पनि फर्काइन्थ्यो  तर  अहिले  त्यही समाजमा पुरुषसरह महिलाहरु पनि गाउँको  कुलो  खन्ने,बाटो …

बाँकी

Added by dashrath ghimire on May 31, 2015 at 7:30am — No Comments

भगवान नसम्झेको दिन

दिन बिताउन एकदमै मुस्किल थियो । झण्डै एक महिना हुन लागेको थियो घरमै बस्न थालेको । वाक्क दिक्क लाग्थ्यो घरमा बस्दा । कोही हुदैनथ्यो, सबै आ–आफ्नै काममा व्यस्त बिरामी कुरेर बस्ने फुर्सद कस्लाई थियो र ?

शनिबारको दिन म दंग परेकी थिए । किनकी त्यो दिन सबै जना घरमै हुन्थे र थोरै भएपनि मसँग समय विताउथेँ ।बिहानैदेखि अन्टि(आमो बहिनी)सँग थिए । बिहानको मौसम देख्दा लाग्थ्यो दशै आउन लागेको छ । चिसो चिसो मौसमले दशैंको याद दिलाईरहेको थियो । दशैंको याद दिलाउने रमाईलो मौसम भए पनि किन किन रमाईलो भने…

बाँकी

Added by sabita Acharya on May 19, 2015 at 2:30pm — No Comments

योजना छनोट प्रक्रियामा सहभागिता बढ्दै

यो जना छनो टका  १४ चर ण छन् । यी चर णहरुलाई पुरा गरेर  मात्र विकासका योजनाहरु तय गरि न्छ । गाउँमा बाटो  ग्रावे लका लागि गाविस, नगर पालिका तथा जिल्ला विकास समितिले  बजे ट छुट्याउन पनि बस्तिस्तर बाट यो जना छनो ट गर्नुपर्छ ।

त्यस्तै  के न्द्रबाट पुल, सडक कालो पत्रे जस्ता ठूला विकासे  यो जना तयार  गर्न पनि बस्तिस्तर बाटै  यो जना छनो ट भएको  हुनुपर्छ । बस्तीस्तर बाट कहाँ, कसरी यो जना छनो ट गरि न्छ भन्ने  विषयमा नागरि कलाई खासै  जानकारी हुँदै न । पछिल्लो  समय स् थानीय विकास र  सुशासनका लागि…

बाँकी

Added by dashrath ghimire on May 15, 2015 at 7:30am — No Comments

त्रासदीपुर्ण यात्राको सम्झना !

बैसाख १२ गतेका दिन भुकम्प आउँदा म दाङमा थिएँ । भुकम्पको कम्पन खुट्टामा मात्रै हैन सोसल मिडियामा समेत ब्यापक रुपमा आउन थालेपछि तत्कालै काठमाण्डौँ सम्पर्क गरेँ । फोन लाग्दै लागेन । अनि सुर्खेत घरमा फोन लगाएँ । बुवा आमाले त्यहाँ पनि भुकम्पको झड्का महसुस गरेको तर केही नभएको जानकारी दिनुभयो । मलाई चिन्ता काठमाण्डौँकै लागिरह्यो किनकी छोरी र श्रीमति त्यहिँ थिए । केहि घण्टाको प्रयास पछि फोन लाग्यो र उनीहरुले ठुलो भुकम्प आएको र आफूहरु बाहिर खुला स्थानमा सुरक्षित रहेको जानकारी गराए ।

त्यतिन्जेल…

बाँकी

Added by Prakash Lamichhane on May 8, 2015 at 10:29am — No Comments

कहालि लाग्दो त्यो बैशाख १२ र विश्वका केही ठूला भू–कम्प

बैशाख १२ गते शनिबार (अप्रिल २५) ११ः५६ मा गएको ७.६ रेक्टर स्केलको शक्तिशालि भू-कम्प र त्यसपछि गएका सयौंको संख्याका लगातारका भू-कम्पका झट्काहरुले राजधानी काठमाडौं सहित देशभरि हजारौं जनाले ज्यान गुमाएकाछन भने कति सर्वसाधारणहरु वेपत्ता भएका छन कहिकतै यकिन तथ्याकं छैन ।

घाइतेहरुको संख्या दिन प्रतिदिन थप हुँदैै गइरहेको छ । समग्रमा देश शोकमा डुबेको छ । प्राचिनकालदेखिका साँस्कृतिक महत्वका धरोहर भौतिक संरचनाहरु समेत ध्वस्त भएकाछन । भू-कम्पपछि स–साना बालबालिका आफ्ना आमा बाबु खोजिरहेका र…

बाँकी

Added by Basant Sharma on May 5, 2015 at 10:00am — No Comments

Rural devastation by Earth Quake in Nepal

As of 5 pm of May 3, devastating Nepal quake claims seven thousands plus lives. Thousands of people injured and houses are destroyed. People are taking shelter in open field. Recovery & relief programs led by Nepal government and non-state sectors are widened nevertheless still more to go to reach to the un-reached. The pictures below are taken in Jyamdi VDC Kavre, some 35 miles away from Kathmandu. MeroReport team reached there after 72 hours of killing quake and no relief programs are…

बाँकी

Added by MeroReport on May 3, 2015 at 6:03pm — 2 Comments

भक्तपुरमा युवाहरूले भुकम्प पिडीतहरूको खाना जुटाए

कृपया साथीहरू तपाँर्इहरूका पनि यस्ता भए खबर पाउँ न । 

यसले थप अरू साथीहरूलार्इ पनि सानै भए पनि केही गरौँ भन्ने हुन्छ कि ?

बाढी पहिरो भएको भए एक ठाउँलार्इ समस्या पर्दा अर्को सहयोगी नेपाली मनले हाम फालेर सहयोग गर्न जान्थ्यो । तर आज सारा नेपालीहरू समस्या र शंकटमा छौँ । जति काशीस गरे पनि मानविय स्वभाव हो, पहिले आफु जोगीनु पर्यो, बाच्नु त पर्यो नी ।।
देशमा यस्तै विपत परेका बेला हामीले संगठीत भएर केही गर्ने कोशीस…

बाँकी

Added by santosh pandey on April 28, 2015 at 3:26pm — No Comments

बन्द डायरी

मिति २०७१ चैत २४ गते

बन्दका कारणले कलेज जान नपर्दाको एउटा आनन्द विहान अबेर सम्म सुत्न पाउनु तै पनि अर्को फाइदा पनि छ । आज कलेज जान नपर्ने हुँदा हिजो राती अलिकती सोमरसमा मेहफिल जमाइयो ।

विहान उठ्दा अबेर नौ बजेको थियो । खाना पकाएर खाइयो अनी सुरु भयो कोठाभित्र बन्दको सास्ती ।

गोजि चिसो थियो । मोवाईलमा व्यालेन्स नभएको घरमा फोन गरेर पैसा मगाउँ भने पनि रिचार्ज हाल्न पसल बन्द । हिजो सँगै सोमरसमा जमेको साथीको मोवाईलमा घर रहेको दाजुलाई फोन गरे ।

मः दाई यार पैसा छैन यसो पैसा पठाइ दे न… बाँकी

Added by अल्टर कान्छो’ on April 7, 2015 at 6:25pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service