Featured Blog Posts (942)

रामनामी सल ओढेका सामाजिक फ्रडहरु

३१ डिग्री तातो घाम, कोटेश्वरको बसपार्क छेउ । मिती ४ जेठ हुनुपर्छ । मध्यघाम, मध्यान्ह १२ बजे । झट्ट हेर्दा १७ की जस्तो देखिने किशोरी झोला सिरानी हालेर तीनकुनेपट्टि क्वाँक्वाँ रूँदै थिइन् । पुरानो र मैलो झोलामा सायद केही कपडा थिए । झोला सिरानी हालेर दिउँसै एउटी किशोरी छाती पिटिपिटी रोइरहँदा काठमाडौ‌ं भूकम्पबाट ब्युँतिर हाँस्न खोज्दै थियो । त्यहीँ बाटो हुँदै कोही विमानस्थल छिर्न हतारमा थिए । कोही संविधानसभा आउन । सडक किनारामा एउटी किशोरीको चिच्याहट सुन्न सक्ने धैर्यता र फुर्सद शहरसँग थिएन…

बाँकी

Added by RAMKUMARELAN.COM on January 9, 2016 at 1:00pm — No Comments

''पुननिर्माणको काम ढिलो भयो''

पूर्व राष्ट्रपति डा. रामवरण यादवले सरकारको काम गराई ढिलो भएको गुनासो गर्नुभएको छ । आईतबार ललितपुरको बुङ्गमतिमा फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालको आयोनजामा २०७२ वैशाख १२ को भूकम्पमा परेर दिवंगत हुनुभएकाहरुको सम्झनामा मृत आत्तमाको चिर शान्तिको कामना सहित दिप प्रज्वलन कायृक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भई दिप प्रज्वलन पछि पूर्व राष्ट्रपतिले उक्त गुनासो गनुभएको थियो ।…

बाँकी

Added by santosh pandey on April 30, 2016 at 12:00am — No Comments

विपद जोखिम न्यूनिकरणका लागि जनचेतना कार्यक्रम सम्पन्न

वैशाख ११ गते शनिवार, महालक्ष्मी नगरपालिकाको लुभुमा, २०७२ वैशाख १२ को विनासकारी भूकम्पको सन्दर्भ र उक्त भूकम्पमा परेर दिवंगत हुनुभएकाहरुको सम्झना तथा चीर शान्तीका लागि महालक्ष्मी नगरपालिका र फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा  “श्रद्धान्जली तथा स्मृती सभा र विपद जोखिम न्यूनिकरणका लागि जनचेतना कार्यक्रम”  सम्पन्न भयोे ।

पुर्व मन्त्री एंवम माननिय सभासद सिद्धिलाल सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  उक्त कार्यक्रमको अध्यक्षता…

बाँकी

Added by santosh pandey on April 25, 2016 at 9:30pm — No Comments

चाफामाण्डौ शत प्रतिशत जन्मदर्ता घोषणा गाविस हुँदै !

बालबालिकाको पहिलो परिचयका रुपमा रहने जन्मदर्ता कार्य प्रति पछिल्लो समयमा जनचेतना बढ्दै गैरहेको छ । सबै बालबालिकाको अनिवार्य जन्मदर्ता गर्नुपर्ने अभियान अन्तर्गत अछामको चाफामाण्डौं गाविसमा शत प्रतिशत जन्मदर्ता गरेको गाविस घोषणाको अभियान शुरु भएको छ ।

गाबिसलाई सत प्रतिसत जन्मदर्ता भएको गाविस घोषणा यहि वैशाख मसान्त भित्र गर्न सरोकारवाला जुटेका छन् । जसका लागि मिन बहादुर परियारको सँयोजकत्वमा १५ सदस्य रहेको अनुगमन समिति गठन गरेको छ । बालबालिकाको पहिलो परिचय र अधिकारका रुपमा जन्मदर्ता रहेको…

बाँकी

Added by Tek Raj Bhandari on April 19, 2016 at 2:00pm — No Comments

कसरी गुजरा चलाउन सक्छु र अब म !

म घर नजिकैको स्कुलमा अध्ययन गर्थे । सोही स्कुलमा मेरो बुवा शिक्षक हुनुहुन्थ्यो । म कक्षा ८ मै अध्यान गर्दा सोही स्कुलमा पढाउने बिएसि शिक्षकले मलाई मनपराउन थाल्नुभएको रहेछ । मलाई थाहै थिएन म। कक्षा १० मा अध्यान गर्नेबेला उहाले मलाई भन्नु भयो । म तिमीलाई साह्रै मनपराउछु तिमीसंग बिहे गर्छु यो कुरा मेरा बुवालाई भनेपछी बुवाले पनी केटा केटीको मन मिलेपछी मेरो भन्नु केहि छैन केटा पनी राम्रै हो भनेर २०५८ फागुन २७ गते परम्परा अनुसार बिहे भयो ।

बिहे भएको १, २ बर्षमा श्रीमानले राम्रै गर्नु भयो ।…

बाँकी

Added by indrasara khadka on April 6, 2016 at 11:30am — No Comments

अछाममा एसएलसी परिक्षाको तयारी तीब्र, २२ वटै केन्द्रमा प्रश्नपत्र पुगे

आउँदो चैत्र १८ गतेबाट शुरु हुने प्रवेशिका एसएलसी परिक्षाको अछाममा तयारी तिब्र रुपमा भैरहेको छ । परिक्षाका लागि केन्द्र निर्धारण गर्ने, उत्तरपुस्तिका परिक्षा केन्द्रमा पुर्याउने लगायतका कार्य भैसकेका छन् भने अन्य आवश्यक कार्य पनि भैरहेको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ ।

गत बर्ष झै यो बर्ष पनि २२ वटा केन्द्रमार्फत परिक्षा संचालन हुने जिल्ला शिक्षा अधिकारी झंकर बिष्टले बताउनु भयो । परिक्षा केन्द्र र त्यसमा रहने अन्य विद्यालयको टुंगो लगाईसकिएको छ । अछाममा यो बर्ष नियमित, आंशिक र…

बाँकी

Added by Tek Raj Bhandari on March 21, 2016 at 9:00am — No Comments

बाढी पिडित विद्यार्थीकाे बिजोग: खुला आकाश मुनि शिक्षा

खोलाको किनार । किनारा मै केही चौडा ठाउँ । त्यसकै माथिल्लाेपट्टी भित्ताको आडमा केही झुप्राहरु । यी झुप्राहरुको अगाडिपट्टीको एउटा दृश्य । जहाँ शिक्षाको याचना गरिएको छ । अघिल्लो वर्षको साउन २८ र २९ गते सुर्खेतमा बाढि पहिरो जाँदा एक सय २५ जनाको मृत्यु भयो । हजारौं विस्ताथापितहरु अहिले पनि त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरुले अहिले आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनन । आफन्तहरु र सबै सम्पत्तीसमेत गुमाएर पीडित बनेकाहरु अहिले सरकारसँग गुनासो गरिरहेका छन् ।…

बाँकी

Added by Khem Raj wali (awichhinna) on February 17, 2016 at 4:00pm — 1 Comment

छाउ हुँदा आटीमा बस्नुपर्छ

छाउपडी कुप्रथा अछाम लगायत सुदूरपश्चिममा अहिले पनि छ । छाउ भएपछी सात दिन घरभन्दा अलग्गै बनाएको सानो छाप्रोमा बस्नु पर्छ । घरका कसैलाई छुन हुदैँन । अनी घरमा पालेका गाई गोरु भैंसिलाई पनि छुन हुदैँन । यदि गाई भैंसिलाई छोई हाल्यो भने पनि मरिहाल्छन भन्ने मान्यता अहिले ब्याप्त छ ।

मेरो घर अछाम जिल्लाको शोडशादेबि गाविस वडा नम्बर ८ नवाघर हो । यस्तो चलन अनुसार म पनि अहिलेसम्म नै चलेको छु । म अछाम जिल्लाको छिमेकी जिल्लामा रहेको रेडियो निंगलासैनीमा काम गरीरहेकी छु । र अहिले पनी घरमा भेटघाटको लागी…

बाँकी

Added by indrasara khadka on February 20, 2016 at 10:30am — 1 Comment

कस्तो छ बाँकेमा आचारसंहिताको पालना ?

राज्यको चौथो अ‌ंग हो पत्रकारिता,जसलाई मर्यादित र आकर्षित पेशाको रुपमा लिने गरिन्छ । पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउनुपर्ने आवाज नेपालको हकमा अविछिन्न उठिरहेको छ । पत्रकारहरुलाई अनुशासित बनाउन नेपालमा वि.सं.२०५५ साल भन्दा अघि देखी नैं आचारसंहिता निर्माण र पालनाका लागि पहल गरेको पाईन्छ । नेपाल पत्रकार महासंघको संलग्नता र सहमतिमा वि.सं. २०६० सालमा बृहद् खालको पत्रकार आचारसंहिता प्रेस काउन्सिल नेपालले जारी गरेको थियो । जसलाई वि.सं. २०६४ मा संसोधन र परिमार्जन…

बाँकी

Added by Namaskar Shah on November 27, 2015 at 12:30am — No Comments

खाना पकाउने ग्याँसको विकल्प 'दाउरा'

भारतले गरेको अघोषित नाकाबन्दीले खाना पकाउने ग्याँसको अभाव भएपछि सुर्खेतमा विकल्पको रुपमा दाउराको प्रयोग गर्न थालिएको छ ।

खाना पकाउने ग्याँस पाउदै नपाउने भएपछि सुर्खेतका सर्वसाधारणहरुले दाउराको प्रयोग गर्न लागेका हुन् । ग्याँस आएपनि ७ किलो ग्याँसको सिलिण्डर लिन तीन÷चार दिन लाइनमा बस्नु पर्ने भएकोले सर्वसाधारणहरुले खाना पकाउन लाउराको पैयोग गर्न थालेका हुन् । अहिले सुर्खेतका नाम चलेकै होटेलहरुले समेत अहिले दाउरा बालेर होटेल संचालन गरेका छन् । खाना पकाउने ग्याँसको अभाव भएपछि आरा मिलबाट…

बाँकी

Added by Khem Raj wali (awichhinna) on November 30, 2015 at 8:30pm — No Comments

महिला हिंसा बिरुद्धको १६ दिने अभियान र मेरो भनाई

"घर शान्ति नै विश्व शान्तिको आधारः पुनर्निर्माण, शिक्षा र समान व्यवहार" भन्ने नाराका साथ आज देखि महिला हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । के यसले सार्थकता पाएको देख्नुहुन्छ तपाई? कति बर्ष भयो यस्तो अभियान सुरु गरिएको? यस बारेमा भनिरहनु पर्दैन तर मेरो बिचारमा यो नारा नारामै सिमित रहेको छ । भन्नेहरु भन्लान् नेपालमा राष्ट्रपति महिला, सभामुख महिला मुख्यमुख्य पदमा महिला नै महिला । अब महिलाले अधिकार प्राप्त गरीसके भनेर तर खोई समाजमा महिलाले आफ्नो हक अधिकार पाएको? खोई समाजमा महिला हिंसाको…

बाँकी

Added by indrasara khadka on November 25, 2015 at 9:00am — 2 Comments

युवा सञ्जाल र सामुदायिक व्यबस्थापन समिति बेलवा गठन

बर्दियाको बाँसगढी नगरपालिकाको साविक बेलवा गाविसमा हालै युवा सञ्जाल र सामुदायिक व्यवस्थापन समिति गठन गरिएको छ ।

बर्दियाको बाँसगढी नगरपालिकाको साविक बेलवा गाविसमा हालै युवा सञ्जाल र सामुदायिक व्यवस्थापन समिति गठन गरिएको छ । बर्दियामा संचालित साझेदारी विकास परियोजना अतर्गत युवा अभियान बर्दियाको आयोजनामा खलबहादुर वलीको अध्यक्षतामा युवा सञ्जाल र नैन बहादुर खत्रीको संयोजकत्वमा व्यवस्थापन समिति बेलवा गठन गरिएको हो । सञ्जाल गठन कार्यक्रमको अध्यक्षता गरेका बाँसगढी नगरपालिकाका वडा सचिव…

बाँकी

Added by Kshitiz Paudel on November 20, 2015 at 8:00pm — No Comments

चेतनाको महासागरमा मानवीय अस्तित्व

चेतना [Consciousness] शब्द ल्याटिन भाषाका दुइ शब्द [Con] तथा [Scire] ले मिलेर बनेको छ | यसको अर्थ जान्नु अथवा बुझ्नु भन्ने हुन्छ | आधुनिक विज्ञानमा यसको अर्थ बोध या अभिज्ञा Awareness हुन्छ | प्रख्यात विज्ञानविद रोजर पेनरोज का अनुसार चेतनालाई Awareness को समानार्थी मान्दछन यद्यपि मन र आत्माले पनि यसको अर्थलाई व्यक्त गर्दछन तर यी सबै स्पष्ट रुपमा परिभाषित छैनन |

  कोहि यसलाई सचेतनाको रुपमा प्रतिपादित गर्दछन | यिनीहरुका अनुसार चेतना…

बाँकी

Added by Kamal Paudyal on November 20, 2015 at 12:24pm — No Comments

मुटु किन थाक्दैन !

कोल्टे फेर्दा नि निदाउन सकिन,

तिमी भएको ठांउ धाउन सकिन ।

रातभर खोजे जताततै सानु

खै तिम्रो नासो पाउन सकिन ।।

                             

                              बगरमा छोडेको ढुँगाको के अर्थ

                              झरि गएको थुँगाको के अर्थ ।

                             संगै बस्छु सास रहुन्जेल भन्थेउ

                             छोडिगयौं साइनो लाको के अर्थ ।।

के गल्ती गरे हुँला छोडिदियौ

गन्तब्य नपुग्दै…

बाँकी

Added by Kp anmol on October 30, 2015 at 2:30pm — No Comments

सोसल मिडिया कार्यशाला सम्पन्न ।

यही अश्विन २७ गते बुधबार दाङको घोराहीमा सोसल मिडिया सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ । गाउँघरमा सुशासन र स्थानिय विकासका सवालमा काम गर्ने युवाहरूलाई उक्त कार्यशालामा सोसल मिडियाको उपयोगिता सम्बन्धी सीप सिकाईएक हो । साझेदारी विकास परियोजनाका लागि ईक्वल एकस्सेसले उक्त तालिम दिएको हो ।

२२ जना युवाको सहभागी रहेको तालिममा ईक्वेल एक्सेसका कार्यकारी निर्देशक उपेन्द्र अर्याल, नायब कार्यक्रम निर्देशक विनय गुरागाई, बरिष्ठ कार्यक्रम अधिकृत प्रकाश लामिछाने, सुचना प्रविधि अधिकृत श्रुति…

बाँकी

Added by Sita Chaudhary on October 14, 2015 at 5:30pm — 1 Comment

पहिचान

“टिमी ?” चिनेझैँ गरेर उसले बोली फोर्याे।

“तिमी ??” चिनेको पक्का गर्दै मैले प्रतिप्रश्न गरेँ ।

चारै तिर कोलाहल छ । मानिसहरु घरेलु हात हतियार लिएर चोकमा उत्रिएका छन् । पृष्ठभूमिमा धुवाँका मुस्लाहरु अझै उठिनै रहेका छन् । एक आपसमाथि भएको अन्यायको विरोधमा दुबै पक्षका जनताहरु जम्मा भएका छन् । अस्ति पहाडी मरेको झोकमा हिजो थारुका घर जलाइए अनि हिजो घर जलेको झोकमा आज पहाडी फेरी चलाइए । यो सृंखलाको चरम चोकमा देखिएको छ । थरुहटका नारा अनि अखण्डका नारा लाउँदै भिड जम्मा भएको छ…

बाँकी

Added by Raman Paneru on August 26, 2015 at 4:30pm — No Comments

देशलाई अनिर्णयको बन्दी बनाउनेहरु

देशमा प्रजातन्त्र आएको भनेको निकै धेरै भइसक्यो । ००७ सालमा पहिलो पटक देशले प्रजातन्त्रको स्वाद चाख्ने मौका पायो । त्यसको मनग्गे अभ्यास हुन नपाउँदै १७ साल देखि पञ्चायती व्यवस्था सुरु गरियो । पञ्चायती व्यवस्थाले प्रजातान्त्रिक अभ्यासलाई तीन दशकसम्म रोक लाएपछि ४६ सालमा फेरी प्रजातन्त्रको पुनरागमन भयो । ६२/०६३ को जनआन्दोलनले त निरंकुशताको अन्तिम कडि भनेर मानिएको राजतन्त्रलाई समेत विदा गरेर जनताको शासनको सुनिश्चितता गर्‍यो ।

देशमा सम्बिधान निर्माणको उद्देश्यले दुई पटक सम्म निर्वाचन भए ।…

बाँकी

Added by Raman Paneru on August 15, 2015 at 6:00pm — No Comments

गेरी भर्च्यूद्वारा काठमाडौंको समिक्षा

अष्ट्रेलियामा बस्दै आएका न्यूजिल्याण्डका गेरी भर्च्यूको नेपालसँग गहिरो सम्बन्ध छ । पर्यटन व्यवसयायीका रुपमा नेपाल आएका भर्च्यूले काठमाडौंमा व्यालुनिङ्ग कम्पनी खोलेका थिए साथै गोक्यो लेकबाट तिब्बतसम्म सन् १९८७ मा सगरमाथामाथि ब्यालुन पनि उडाएका थिए । यिनले ब्यस्त काठमाडौंको आकाशमा ब्यालुन उडाइरहन त सकेनन् तर अष्ट्रेलियामा फर्केर काठमाडौंको सेटिङ्गमा काठमाण्डू नामक उपन्यास लेखे जसको एक भाग वजारमा उपलब्ध छ र यसलाई उनले “ड्रिमर्स स्किमर्स, हिरोज एण्ड होलीमेन”को किताब भनेका छन् र अर्को भाग आउने…

बाँकी

Added by Raju Baral on August 11, 2015 at 10:00am — 1 Comment

पूर्वाग्रहबाट माथि उठौँ !

कुनै समय थियो, एउटा राजनितीक पार्टीको नेता, कार्यकर्ता वा समर्थक अर्काे राजनितीक पार्टीको नेता, कार्यकर्ता वा समर्थकसंग फरक आस्था भएकै कारण पानी बाराबार हुने, बोलिचाली बन्द हुने, एक अर्काको झण्डा च्यात्ने, जलाउने, अर्काे पार्टीको कार्यक्रम बिथोल्ने । १२ बर्षे जनयुद्ध संचालन गर्ने तत्कालिन एकिकृत नेकपा माओबादीले बिभिन्न पार्टीहरुलाई शत्रुको रुपमा लिई बर्गीकरण समेत गरेको थियो । 

तर अहिले समय बदलिएको छ, सबै पार्टीहरुका बिचमा सैद्धान्तिक…

बाँकी

Added by Namaskar Shah on August 4, 2015 at 10:30pm — No Comments

यसरी बन्दैछ धुर्मुस, सुन्तलीको एकिकृत पहरी बस्ती (भिडियोसहित)

धुर्मुस र सुन्तलीले काभ्रे डाँडागाउँमा बनाईरहेको एकिृत पहरी बस्तीका बारेमा तपाईँ हामी धेरैले सुनेका छौँ । कतिपयले नयाँ एकिकृत बस्तीमा बनाइएका भूकम्प प्रतिरोधी घरका तस्वीर पनि देखि सक्नुभएको होला । बैशाख १२ र २९ गतेको भूकम्पले लडाएको धेरै घर उठाउन सकेका छैनौँ । यता, पर्दामा उट्पट्याङ काम गर्ने कलाकार धुर्मुस, पहरी बस्तीका २० घर भूकम्प प्रभावितका पिडालाई चट्टै बनाउने औषधी बनेका छन् । एउटै औषधी सबैको पहुँचमा नपुग्न सक्छ । धेरैले बाँडेर खायो भने त्यसले गतिलो काम नगर्न…

बाँकी

Added by Hari Jang Thapa on July 31, 2015 at 5:00pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service