Featured Blog Posts (942)

२० बर्षपछि डाक्टर पाएको अछामको कमलबजार स्वास्थ्य केन्द्र डेढ महिनादेखि डाक्टरविहीन !

२० बर्षपछि डाक्टर पाएको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र १ बर्षपछि नै फेरी डाक्टर बिहिन भएको छ । ढेड महिना अघि सरकारले बिना विकल्प कार्यरत डाक्टर नवीनचन्द्र भट्टलाई सरुवा गरेपछि केन्द्र डाक्टर बिहिन भएको छ भने बिरामी सेवाबाट बञ्चित भएका छन् । अछामको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र १ महिनादेखि चिकित्सक बिहिन भएको छ । २०५२ सालमा स्थापना भएर एक बर्ष अघि मात्रै नियमिति चिकित्सक पाएको प्राथमिक स्वास्थ्य केन्द्र फेरी चिकित्सक बिहिन भएको हो । 

२०७२ साल माघ ८ गते डाक्टर नवीनचन्द्र भट्ट…

बाँकी

Added by Tek Raj Bhandari on March 1, 2017 at 5:00pm — No Comments

ए सरकार ! कि दरबार देउ, कि तरबार...

हामीले धेरै पटक आवाज उठायौं, महिला हिंसा अन्त्य गरिनु पर्छ भनेर । हामीले एकातिरबाट आवाज उठायौं, अर्कोतिरबाट महिलामा प्रहार गरिन्छ । हामी वारी बसेर महिला हिंसा अन्त्य हुनुपर्छ भनेर आवाज उठाउछौं, पारी महिला माथि हिंसा गरिन्छ । हामी जव पारी पुग्छौं, वारी फेरि महिला माथि हिंसा गरिन्छ । न वारी हिंसा रोकियो न पारी । जस्ताको तस्तै छ हिंसा आजपनि । बिगत र वर्तमान तुलना गर्दा उस्तै देखिन्छ महिला हिंसा । तर सरकार भन्छ– महिलामाथि हुने हिंसा अन्त्यको लागि प्रयास जारी छ । कहिलेसम्म यस्तो भन्ने सरकार…

बाँकी

Added by Sarala Sunuwar on March 8, 2017 at 2:30pm — No Comments

ट्वीट (Tweet) रिट्वीट (RT) र फेवरेट (Favorites)

मानौ तपाईका फलोअर धेरै छन् र तपाई कुनै एउटै बिषय, उही कुरा, लगातार ट्वीट गर्नुहुन्छ । आफ्नो ब्लग लिंङ्क अनावश्य रुपमा सेयरीङ गर्नुहुन्छ, अरुका ट्वीटलाई रिट्वीटमात्र गर्नुहुन्छ? यसोगर्दा तपाईका फलोअरले नयाँ सूचना पाउलान्? उनीहरुले के बुझ्लान् र तपाईलाई कस्तो प्रतिकृया देलान्? अरुले के सोच्छन् होलान्? पहिले @iPagalbasti हाल @MadsArea भन्छन्, “मलाई त त्यस्तो बेलामा इरिटेट हुन्छ । यस्तो अवस्थामा म पहिले त्यसो गर्ने साथीहरुलाई तर्क सहित सुझाव दिन्छु, र पनि सुनेन भने ब्लक हान्दिन्छु…

बाँकी

Added by Binaya Shekhar on February 13, 2017 at 12:30pm — 2 Comments

मन मनमा मनरुपा !

महिना दिन जति अघिको कुरा हो । चितवन भण्डाराका  खेमराज डल्लाकोटी सपरिवार बुटवल गए । बाटैमा पर्ने दाउन्नेमा एकछिन बिसाइ फेरे । मनले खाजा खोज्यो, आँखाले मनरुपा होटेल । होटेलहरुको लस्करमा ससर्ती आँखा डुलाए, देखेनन । वरिपरीका होटेलवालाहरुलाई सोधे भेउ पाउन सकेनन,भेटिएन मनरुपा होटेल । नभेटिदाँ सम्म खोजिबस्ने समय पनि भएन उनीसँग । दाउन्नेकै कुनै होटेलमा खाजा खाए, पेट भरियो, तर मन भरिएन । कारण स्पष्टै थियो मनले खोजेको मनरुपा होटेल भेटिएन । डल्लाकोटीको जस्तै चितवन, नवलपरासी…

बाँकी

Added by Binu Subedi on January 27, 2017 at 10:00am — 1 Comment

लैङ्गिक हिंसा या दुर्ब्यवहार भएमा कहाँ सम्पर्क गर्ने !

भर्खरै मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर यो अभियान विभिन्न कार्यक्रमहरु गरेर मनाईन्छ । यहि अभियानका बिचमा अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस (नोभेम्बर २५) र अन्तरराष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) जस्ता महत्वपुर्ण दिवसहरु पनि पर्दछन् । यस बर्ष  'घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसारहित समाज' भन्ने नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस विश्वव्यापी रुपमा बनाईयो ।  …

बाँकी

Added by Prakash Lamichhane on December 14, 2016 at 12:30pm — No Comments

सुदूरका पाँच जिल्ला स्वास्थ्यमा देशकै उत्कृष्ट !

बिगत ३ बर्षदेखि सुदूरपश्चिमका विभिन्न जिल्ला स्वास्थ्य सूचकको आधारमा देशभरमै उत्कृष्ठ बन्दै आएका छन् । यो बर्ष सुदूरपश्चिमकै पहाडी जिल्ला अछाम देशभरमै उत्कृष्ठ बन्न सफल भएको छ भने अन्य पाँच जिल्ला उत्कृष्ठ दशमा पर्न सफल भएका छन् । भौगोलिक रुपमा बिकट भएर पनि यस क्षेत्रका जिल्लाले स्वास्थ्य क्षेत्रमा सफलता पाउँदै गएका छन् ।

आर्थिक बर्ष २०७२÷७३ को कार्यसम्पादन मूल्यांकनमा अछाम जिल्ला स्वास्थ्य कार्यालय देशभरमै उत्कृष्ठ बनेको छ । स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य सेवा प्रवाह र…

बाँकी

Added by Tek Raj Bhandari on November 27, 2016 at 5:30pm — No Comments

भलो यसैमा हुनेछ...

केही समय अगाडि कमलामाई नगरपालिकामा दर्जनौ मानिस भूकम्प पीडित हौं भन्दै राहतका लागि फारम हातमा बोकेर नगरपालिकाको कोठा कोठा चहारिरहेका थिए । नगरपालिकाको गेट अगाडीको भिडभाड छिचोल्दै बिस्तारै म पनि नगरपालिका भित्र प्रवेश गरें । सूचना अधिकारी बिनोदबाबु खकुरालसंग भूकम्पकै बारेमा सुचना लिन म त्यस कार्यालय पुगेको थिएँ ।

ढोकामा पुग्दा सेतो बोर्डमा लेखिएको थियो, सुचना अधिकारी बाहिर गएको समय । अनुगमनको लागि भिमान गएको ८ बजे, आउने समय १२ बजे र नआउदा सम्म सट्टामा काम गर्ने ब्यक्ति उद्धव थापा ।…

बाँकी

Added by Sarala Sunuwar on October 1, 2016 at 3:30pm — No Comments

फूलमती

“हेर त जुन कस्तो राम्रो देखिएको”

आकाश तिरको दृश्य देखाउँदै बोल्यो सन्तमान । सन्तमानले सन्नाटा तोडेपछी बल्ल होसमा आइ फूलमती पनि । आफुलाई सम्हाल्दै अलि पर सरी र आकाश तिर हेरि । साँच्चै आज उसले जुन राम्री देखेकी थिई । उसलाई लाग्यो त्यो आकाशमा टल्किने जुन उसको मुहारमा सुन्दरता छरिरहेछ । जुनले उसलाई राम्री हुन मद्धत गरिरहेछ ।उसलाई किन किन जुन तिरै हेरिरहुँ जस्तो लागिरहेको थियो आज । जुन नभएको भए उसको सुन्दर मुहार सन्तमानले कसरी देख्न सक्थ्यो होला र? उसले कल्पना गरिरही ।

“किन लाटी…

बाँकी

Added by Rejina Rai on October 2, 2016 at 5:00pm — 2 Comments

सामुदायिक मेलमिलाप कार्यक्रम र समुदायको शान्ति

दाङ जिल्लाको सदरमुकाम घोराही देखी ९ किलोमिटर पश्चिममा पर्छ नारायणपुर गाउँ । विगतमा गाविस भएपनि हाल यो त्रिपुर नगरपालिकामा रुपान्तरण भैसकेको छ । यहि नारायणपुरमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र(सेलर्ड) ले USAID को सहयोगमा साझेदारी विकास परियोजना मार्फत विकासका लागि शान्ति र शान्तिका लागि विकास चाहिन्छ भन्ने उद्देश्यले गत २०७२ साल असोज २१ गते एउटा स‌ंयन्त्रको गठन गर्‍यो । समुदायका विवाद समुदायमै मिलाप गराई गाउँघरलाई दिगो शान्तितर्फ उन्मुख गराउने र समग्रमा विकासतर्फ अग्रसर बनाउने…

बाँकी

Added by nirajan chaudhary on September 23, 2016 at 12:00pm — 1 Comment

जुन र तारा जस्तै अटल

यूएसएआईडीको आर्थिक सहयोगमा साझेदारी बिकास परियोजनाले बेस मार्फत दाङमा सञ्चालन गरेको महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत २०७३ साल २ महिना २० गते हाम्रो समूहको स्थापना भएको हो । म यो समूहको सचिव छु । हाम्रो समूहमा २७ जना सदस्य हुनुहन्छ । हामी समूहको बैठक हरेक महिनाको चौथो हप्ता बिहिवार बस्ने गर्छौँ । समुहको मुख्य उदेश्य महिलालाई शशक्त बनाउनु हो । जसका लागि यस समूहलाई बिभिन्न किसिमका तालिमहरु पनि दिईएको छ । जसमा :

१) व्यवसाय तालिम

२) साक्षरता तालिम

३) ग्राामीण बैँक स्थापना तालिम,…

बाँकी

Added by dilmayamagar on September 23, 2016 at 12:00pm — 6 Comments

वाल क्लवको सदस्य भएर सुरु भएको मेरो यात्रा........

पाँच बर्ष पहिलेको कुरा हो, कञ्चनपुर जिल्लाको दैजी गाविसमा एनएनएसडब्लुएले गठन गरेका वडास्तरिय बाल क्लवहरुलाई समेटेर गाविस स्तरिय वाल क्लव संजाल पनि गठन गरेको थियो । यी बाल क्लवहरुले हरेक महिना बैठक बसेर बालबालिकाका समस्याहरुका बारेमा एक आपसमा छलफल गर्दथे ।

संयोग नै…

बाँकी

Added by maya bhatt on September 23, 2016 at 12:00pm — 2 Comments

Conference on “Role of youth in sustainable development and humanitarian support”

A youth conference on “Role of youth in sustainable development and humanitarian support” was successfully organised by FSCN in its training center located in Imadol, Lalitpur on 12 August, Friday.

12 August is celebrated as…

बाँकी

Added by santosh pandey on August 14, 2016 at 10:44am — No Comments

Invisible Migrants

When I asked Dil Bahadur (Name Changed), who is currently working in one of the fast food restaurants behind my college in Delhi University, “When did you migrate to India ?”, his response was, “ I am not a migrant, I go back home once in 2 years.”

Nepal has had an extended history of migration. This country over the years has faced immense poverty, underdevelopment, political turmoil and a ten year long civil war. These factors have undoubtedly been one of the major driving forces of…

बाँकी

Added by Swasti Gautam on August 3, 2016 at 11:33am — 1 Comment

सत्ता

देश लुट्न खारिएका उनै फेरी सत्तामा

जनता लुट्न खारिएका उनै फेरी सत्तामा

कति चुप लागि बस्नु सधैँ, सधैँ लुटिएर

जनता लुट्न खारिएका उनै फेरी सत्तामा

कति विश्वास गर्नु,सधैँ झुट बोल्नेलाई

जनता लुट्न खारिएका उनै फेरी सत्तामा

भन्छन् सधैँ सजिलै जनताका लागि हौँ

विश्वास घातमा खारिएका उनै फेरी सत्तामा

झुपडिमा बस्नेको नि बास भयो महलमा

जनता लुट्न खारिएका उनै फेरी सत्तामा

आँखा चिम्ली विश्वास गर्दा घरि घरि लुटियौँ

विश्वास लुट्न खारिएका उनै फेरी…

बाँकी

Added by sabita Acharya on July 29, 2016 at 3:32pm — No Comments

नहिँडेका बाटाहरु!!!

“उ बेला बिहे गर भन्दा हामी सँग रिसाइस्,ऐले यस्तो दु:ख त भोग्न पर्दैन थ्यो”

छिमेकी दाई आँगनमा आएर सम्झाइरहेका थिए,सम्झाएको के भन्नु ?छिमेकी त्यसैमाथी इर्श्यालु स्वाभावको आगोमा घ्यु थप्न कोशीस गरिरहेका थिए,मैले पनि सोँचेको थिएन,जीवनको यो पचासौँ वसन्त पार गरिसक्दा आफ्नै साक्खै भाइले घरबाट निस्केर जा भन्छ भनेर ।

स्मृतिपटमा झलझली विगत नाँच्न थाल्यो, ति त्यस्ता दिन पनि थिए जहाँ घरमा मेरो विवाह भन्दा बढी घर मैले सम्हाल्नु पर्ने जरुरत थियो । बा पंचायत कालको वैदार लेखापढी गर्दै फुर्सद…

बाँकी

Added by Rejina Rai on July 1, 2016 at 12:28pm — No Comments

The morning cup of tea

Ah! My back hurts”, she murmured typing the report with one hand while nursing the baby on the other. A moment later, hearing her husband complain about the pile of not ironed clothes, she shut her laptop. Recently, she had found a great job with an impressive pay check. But her family was unable to appreciate her new position.…

बाँकी

Added by Swasti Gautam on June 28, 2016 at 1:07pm — 2 Comments

"हो, त्यो साँच्चिकै युनिभर्सिटी थियो"

ढलेर फ्याक्क फ्याक्क गर्दा,

उस्को सहानुभुती थियो, हेर आफै सम्हालीनुपर्छ ।

हामीले पो कसरि उसका सामु गोहीका आँशु निकाल्ने ?

ए सिकान यार,

तँ त ड्रामा गर्ने मान्छे ।। 

भो जाँउ, पछि आउला । हिँड आज त त्यो गधेनीको ट्रिट खानुछ,

हुन त यो मान्छे बडां टाईलेन्ट छ यार, 

धत् ! तेसो भन्नु हुन्न । 

माथि उठेसी हाम्लाई छिटा पर्छ नी, 

सल्लाह हुन्छ उनिहरुमा ।। 

ओ, गुरु आज जजिमानी गर्न नजाने ? 

मिनीरल वाटरमा,

गाँउबाट जजिमानले पठाइदेका छन् ।।

धन्य…

बाँकी

Added by Kp anmol on June 26, 2016 at 1:00pm — 2 Comments

योजना तथा रकम विनियोजन भएपनि प्रभावकारी विकास हुन सकेन ।

जिल्लामा विकास निर्माणका लागि योजना तथा रकम विनियोजन भएपनि प्रभावकारी विकास हुन नसकेको अछाम जिल्लाका सरोकारवालाहरुले बताएका छन् । जिल्लाको विकास निर्माणको अवस्था, समस्या र एण्टेना फाउण्डेशनले उत्पादन गर्ने विकासको बाटोको प्रभावका बारेमा सदरमुकाम मंगलसैनमा गरिएको अन्तक्रियाका सहभागीहरुले जिल्लाको विकासका लागि हरेक बर्ष बढ्दो क्रममा योजना तथा बजेट बिनियोजन गरिएपनि प्रभावकारी विकास नभएकोले सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताएका हुन् ।…

बाँकी

Added by Tek Raj Bhandari on June 24, 2016 at 5:30pm — No Comments

मासु, बोसो र स्वास्थ्य

मासु सन्तुलित भोजनको एक अभिन्न अंग हो | विश्व स्वास्थ्य संगठनका अनुसार नियमित मासु खाने व्यक्तिमा शरीरलाई आवश्यक शक्तिको १०-२५ % शक्ति मासु र मासुजन्य परिकार हरुले नै पुरा गर्दछन् | मासु चाहे जे सुकै को होस् त्यो रोजाई र छनोट ठाउँ, समुदाय, चालचलन, रहनसहन र खाद्य व्यवहार अनुसार फरक पर्न सक्छ तर यो शाकाहारी परिवार बाहेक अन्यका लागि केहि बिशेष महत्वको नै हुन्छ | हुन पनि मासु र यसका परिकारहरु स्वाद र मिठासमा मात्र हैन पौष्टिक तत्व र पोषणका हिसाबले पनि उत्कृष्ट मानिन्छन् | बैज्ञानिक तथ्य र…

बाँकी

Added by Dinesh Subedi on June 2, 2016 at 1:37pm — 1 Comment

हावाको बिजुली र हावादारी गफ

लोडसेडिङले आक्रान्त अवस्थामा रहेको देशका हामी नागरिकलाई गत माघ १५ गते शुक्रबारको सचिवस्तरीय सम्झौताले नेपालमा भारतबाट थप विद्युत् आयात हुने भनेपछि केही खुसी छाएको थियो । अर्थ मन्त्रीले नै त्यतिबेला उर्जा संकटकालबारे केही चर्चा गरे र सुनाए वर्षको एक हजार मेघाबाट विद्युत् उत्पादन गर्दै जाने । विगतमा पनि यस्ता संझौता एवम् उद्घोषहरु नभएका होइनन् र हरेक वर्ष लोसेडिङ बढ्न छोडेको पनि छैन। सरकारको विद्युत् आयातको सम्झौता र अर्थमन्त्रीको विद्युत् उत्पादनको कुरा लगतै सोही साता विद्यत् प्राधिकरणले…

बाँकी

Added by Tika Raj Panta on February 3, 2016 at 11:30am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service