December 2012 Blog Posts (150)

अछामको भागेश्वर गाविस सुदूरपश्चिमकै पहिलो छाउपडी मुक्त गाविस

अछाम जिल्लाको भागेश्वर गाविस सुदूर पश्चिमकै पहिलो छाउपडी प्रथा मुक्त गाविस घोषणा गरिएको छ । गाविसका छाउ हुने उमेर समुहका ३ सय ३२ सबै महिला तथा किशोरी घर बस्न थालेपछि गाविसलाई एक कार्यक्रमका वीच छाउपडी प्रथा मुक्त घोषणा गरिएको हो । २०५२ सालदेखि थालिएको यो अभियानले १७ बर्षपछि बल्ल सार्थकता पाएको हो । अभियानलाइ एक कार्यक्रमका बिच औपचारिक रुपमै घोषणा भएको हो ।

कार्यक्रमका प्रमुख अथिति निवर्तमान सभाषद शेर बहादुर कुँवरले अछाम जिल्लाको भागेश्वर गाविसलाई छाउपडि प्रथा मुक्त गाविस घोषणा गर्न…

बाँकी

Added by Tek Raj Bhandari on December 31, 2012 at 8:00pm — No Comments

मेडियाको वजारवाद।

मेडियाको वजारवाद

-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com





४-५ बर्षदेखि प्रत्येक सरकारले ठूलठूलै संख्यामा अपराधीका मुद्दाहरु फिर्ता लिएकोलिऐ ग-यो। अधिकांस जघन्य अपराधका (हत्या, बलात्कार, अपहरण, डाँका) मुद्दाहरु थिए। पीडितहरु झन्-झन् अपमानित र अपराधीहरु सम्मानित भएको देखियो। नेपाल अपराधीका लागि स्वर्गभूमि बन्यो। अपराधीका मुद्दा फिर्ता लिएको विरोधमा "अपराध, भ्रष्टाचार र आतङ्कवाद विरुद्ध अभियान-नेपाल(म्याकाट-नेपाल)" का पदाधिकारीहरु पुस ६ र ७ गते रत्नपार्कमा अनसन बसेका थिए।… बाँकी

Added by Ananda Ram Paudel on December 31, 2012 at 2:13pm — No Comments

थाँती छ पुनःनिर्माण

राज्यले ध्वस्त भौतिक संरचना पुनर्निमाणका लागि करोडौ रुपैयाँ खर्च भएको बताउँछ तर त्यो खर्च कहाँ गयो ? सोध्दै छन्, द्वन्द्वको चरममार खेपेको रुकुमका खण्डरजस्तै बनेका संरचनाले ।

रुकुम, द्वन्द्वकालमा जिल्लामा ध्वस्त भएका अधिकांश भौतिक पूर्वाधारको अवस्था उस्तै छ । राज्यले ध्वस्त भौतिक संरचना पुनर्निमाणका लागि करोडौ रुपैयाँ खर्च भएको बताउँछ तर त्यो खर्च कहाँ गयो ? सोध्दै छन्, द्वन्द्वको चरममार खेपेको रुकुमका खण्डरजस्तै बनेका संरचनाले । आधा दशक पहिल्यै विस्तृत शान्ति संझौता…

बाँकी

Added by megraj khadka on December 31, 2012 at 12:30pm — No Comments

धु्रवे अझै नियन्त्रणबाहिर

कसरा । माडी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको धु्रवे हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जले अझै पनि नियन्त्रणमा लिन सकेको छैन । ध्रवेलाई नियन्त्रणमा लिन हेलिकप्टरको समेत प्रयोग गरिएको दावी गरिएको छ ।



विगत १५ दिनदेखि हात्तीलाई मार्न वा नियन्त्रणमा लिन खटिएका नेपाली सेना र निकुञ्जका प्राविधिकहरुले अझै धु्रवेलाई नियन्त्रणमा लिन सकेका छैनन् । धु्रवेलाई नियन्त्रणमा लिनका लागि निकुञ्जले थप जनशक्ति परिचालन गरेको छ ।



अहिले धु्रवे…
बाँकी

Added by अल्टर कान्छो’ on December 31, 2012 at 9:14am — No Comments

हजारको लगानीमा मासिक १२ देखि १५ हजार सम्म आम्दानी ।।

जागिर खाए मासिक कति कमाईएला? १२ हजार देखि १८ हजार सम्म । तर हातमा सीप र शरीरमा जोश जाँगर भए यतिका पैसा कमाउन सरकारी जागिर र विदेशी भुमितिर मजदुरी गर्न दौड्नु पर्दैन् । पढाई लेखाई नभएपनि र लाखौ पैसा नभएपनि एक हजार रुपैयाको लगानीमै मासिक १५ हजार बढी कमाउन सकिन्छ अव स्वदेशमा । यस्तै उदाहरणीय रुपमा काम गर्दै मासिक १५ हजार बढी कमाउन सफल भएका छन् कोहलपुरमा सञ्चालित शैलुन व्यवसायीहरु । कोहलपुरमा सञ्चालित दुई दर्जन बढी कपाल काट्ने शैलुन व्यवसायीहरुले मासिक १२ देखि १५ हजार सम्म आम्दानी गर्दै आएका छन्…

बाँकी

Added by Keshav Rana on December 30, 2012 at 9:00pm — No Comments

शिक्षा क्षेत्रमा व्यापक बिकृति, समाधानका लागि पहल गर्ने जिशिअ को प्रतिवद्धता ।।

अछाम जिल्लाका शैक्षिक क्षेत्रका समस्या समाधानका लागि जिल्ला शिक्षा कार्यालयले विभिन्न सुधारका कार्य गर्ने जिल्ला शिक्षा अधिकारी श्याम सिंह धामीले प्रतिवद्धता जनाउनु भएको छ । जिल्लामा शैक्षिक क्षेत्रमा विभिन्न समस्या रहेका र तिनीहरुको सुधारका लागि जिल्ला शिक्षा कार्यालले पहल गर्ने उहाँको भनाई छ । राज्यको सबैभन्दा ठुलो लगानी रहेको शैक्षिक क्षेत्रमा बिकृति पनि बढी नै रहेको भन्दै यसको सुधारका लागि सबै पक्षले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनु भयो । रेडियो रामारोशनको सुदूर सवाल छलफलमा बोल्दै…

बाँकी

Added by Tek Raj Bhandari on December 30, 2012 at 7:59pm — No Comments

मानव भैसकेपछि मानवीय काम गर्नुपर्ने ः बिदेश विभाग प्रमुख अरोडा ।।

अछाम पौष १५

सन्त निरंकारी मण्डलका बिदेश विभाग प्रमुख हरवंशलाला अरोडाले मानव भैसकेपछि मानवीय काम गर्नुपर्ने बताउनु भएको छ । मानव भन्नु नै मानविय काम गर्ने व्यक्ति भएकोले आफुलाई परोपकारी काममा समर्पण गर्नुपर्ने बताउनु भयो । सन्त निरंकारी मण्डल अछामको आयोजनामा आज मंगलसैनमा भएको बृहत सत्संग कार्यक्रममा बोल्दै सन्त निरंकारी मण्डलका विदेश विभाग सचिव तथा अन्तराष्ट्रिय सचिव अरोडाले खाने सुत्ने र बस्ने काम त सबै गर्छन तर मानव भैसकपछि परोपकारी काम गर्नुपर्ने बताउनु भयो । सबैमा प्रेमको भावना फैलाएमा… बाँकी

Added by Purna Bahadur Khadka on December 30, 2012 at 6:16pm — No Comments

कालिका गाविसलाई आज एक कार्यक्रमका बिच ३८ औं खुल्ला दिशामुक्त घोषणा ।।

अछाम पौष १५

अनिवार्य तथा निशुल्क शिक्षा तथा बाल विबाह मुक्त गाविस घोषणा भैसकेको अछाम जिल्लाको कालिका गाविस आज खुल्ला दिशामुक्त क्षेत्र पनि घोषणा भएको छ । एक कार्यक्रमका बिच जिल्लाको ३८ औ. गाविसका रुपमा कालिका गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरीएको हो । घोषणा कार्यक्रमका प्रमुख अथिति निवर्तमान सभाषद शेर बहादुर कुवँरले सरसफाई अभियान संगै समाजमा रहेका कुप्रथाको अन्त्य गर्न अछामी जनता जुट्नु पर्ने बताउनु भएको छ । उहाँले अब समाजिक क्रान्तिको खाचो रहेको उल्लेख गर्नु भयो । अछाम जिल्लाका दुर… बाँकी

Added by Purna Bahadur Khadka on December 30, 2012 at 6:15pm — No Comments

अधिकारकर्मीहरुको आन्दोलनपछि प्रधानमन्त्रीको निर्देशन

महिलामाथि बढीरहेको हिंसा अन्त्यको माग गर्दै महिला अधिकारकर्मीहरुले आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिए । उनीहरुले प्रधानमन्त्री र सुरक्षाको जिम्मा लिने गृह मन्त्रालयले महिलामाथि बढ्दो हिंसाको जिम्मा लिनुपर्ने भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् । 
विहान १० वजेदेखि सुरु भएको धर्ना कार्यक्रम दिउँसो १ वजेसम्म कायम रहेको महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले जनाएको छ । उनीहरुले महिलालाई सुरक्षित…
बाँकी

Added by Binod Sharma on December 30, 2012 at 6:00pm — No Comments

रामारोशन गन्तव्य ।।

पर्यटन कार्यदल अछामको बैठकले अछाम जिल्लाका पर्यटकीय क्षेत्र रामारोशनमा आगामी बैशाख महिनामा रामारोशन गन्तव्य कार्यक्रम गर्ने भएको छ । थुप्रै पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रकै रमणीय स्थान रामारोशनको पर्यटकीय प्रवद्र्धनका लागि रामारोशन गन्तव्य २०७० को आयोजना गर्न लागिएको पर्यटन कार्यदलका अध्यक्ष चन्द्र प्रसाद ढुंगानाले बताउनु भयो ।

आफैमा प्रकृतिले बरदान दिएको रामारोशन क्षेत्रमा अब थप वनावटी सजावटको कुनै आवश्यक्ता नपरेको तर गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार र प्रवद्र्धन गर्न सकेमा…

बाँकी

Added by Purna Bahadur Khadka on December 30, 2012 at 6:00pm — No Comments

खेल्दै रमाउदै विद्याल्य तिर ....................

उमा मगर

हामी दुई परेवा साथी साथी,

दिनभरी उड्छौं हामी माथी माथी

किन होला हामीलाई ढुङ्गा हानेको

हामीले त छैन कसैको केही बिगारेको ..............…

बाँकी

Added by uma thapamagar on December 30, 2012 at 8:30am — No Comments

जिल्लाको ३७ औं गविसको वैजनाथ गाविस खुल्ला दिशामुक्त गाविस घोषणा ।।

पूर्ण बहादुर खड्का, पौष २३ अछाम

पूर्व सञ्चार राज्य मन्त्री गोविन्द बहादुर शाहले जब सम्म अछाम जिल्ला पूर्णरुपमा खुल्ला दिशामुत्तः घोषणा हुदैन तव सम्म विकासले गति लिन नसक्ने बताउनु भयो । अछाम जिल्लामा खुल्ला दिशामुत्तः घोषणा अभियान जस्ते अन्य छुवाछुत, छाउपडिप्रथामुक्त जिल्ला घोषणा गर्नुपर्ने उहाँको भनाई थियो । बैजिनाथ गाविको खुलला ३७ औँ खुल्ला दिशामुत्तः घोषणा कायृक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै शाहले अछामको विकासका लागी र सरसफाई अभियानका लागी आफु अग्रणी भुमिका निर्वाह गर्ने बताउनु…

बाँकी

Added by Purna Bahadur Khadka on December 30, 2012 at 6:43am — No Comments

प्रेस यूनियनको सेति अञ्चल अबिधेशन अछाममा

पूर्ण बहादुर खड्का, पौष २३ अछाम

नेपाल प्रेस यूनियन अछाम शाखाको आज बसको बैठकले सेती अञ्चलको अबिधेशन अछाम जिल्लामा हुने अबिधेशनलाई सफल पार्नका लागी तयारी गर्ने भएकाले निर्णय गरेको छ । नेपाल प्रेस यूनियन जिल्ला शाखा अछाका अध्यक्ष यज्ञराज ढुंगानाको अध्यक्षतामा बसको बैठकले यहि पौष २३ गते हुने सेति अञ्चलको अबिधेशन अछाममा सफल पार्न आर्थिक व्यवस्थापन तथा अथिति सत्कार उपसमित पनि गठन गरेको छ । जसमा प्रेस यूनियन पूर्व अध्यक्ष खड्क बिष्टको अध्यक्षतामा आर्थिक व्यवस्थापन तथा गिता कुवँरको अध्यक्षतामा…

बाँकी

Added by Purna Bahadur Khadka on December 30, 2012 at 6:43am — No Comments

साधारण सभा तयारीका लागी नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको बैठक सम्पन्न ।।

पूर्ण बहादुर खड्का, पौष २३ अछाम

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको बैठक आज सम्पन्न भएको छ । जिल्ला शाखा अछामका अध्यक्ष बेदप्रकाश तिमिल्सैनाको अध्यष्तामा भएको बैठकले जिल्ला शाखाको साधारण सभा यहि पौष २५ गते गर्ने निर्णय गरेको छ । बैठकले साधारण सदस्यता नविकरण गर्ने र साधारण सभालाई सफ पार्नका लागी विभिन्न उपसमितीहरु गठन गरेको छ । जसमा जिल्ला सचिव पहल साँउदको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिती, जिल्ला सदस्य पूर्ण बहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय प्रचार प्रसार उपसमिती,…

बाँकी

Added by Purna Bahadur Khadka on December 30, 2012 at 6:42am — No Comments

रकम अभावमा बजार अनुगमन प्रभावित

भरतपुर । समयमा नै बजेटको निकासी नहुँदा बजार अनुगमनसमेत प्रभावित भएको छ । सरकारले गत साउनदेखि लागू गरेको संयुक्त बजार अनुगमन निर्देशिकामा व्यवस्था भएबमोजिमको बजेट निकासा नहुँदा जिल्लामा हुँदै आएको बजार अनुगमन प्रभावित भएको हो ।



सरकाले पारित गरेको निर्देशिका अनुरुप आउनुपर्ने बजेट नआउँदा समितिले बजार अनुगमनमा पहिलेजस्तो तदारुकता दिन छाडेको छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संयुक्त बजार…
बाँकी

Added by अल्टर कान्छो’ on December 29, 2012 at 11:44pm — No Comments

अछामको भागेश्वर नेपालकै पहिलो पुर्ण खोप गाबिस घोषणा ।।

नेपाल सरकारको राष्ट्रिय खोप निर्देशिका अनुसार अछाम जिल्लाको भागेश्वर गाबिसलाई नेपालकै पहिलो गाविसका रुपमा पुर्ण खोप गाबिस घोषणा गरीएको छ । बिगत ३ वर्षदेखि गाविसका १२ महिनादेखि २३ महिनासम्मका शत प्रतिशत बालबालिका र सबै गर्भवती महिलाले खोप लगाएपछि गाविसलाई नेपालकै पहिलो गाविसका रुपमा पूर्ण खोप गाविस घोषणा गरीएको हो । आज एक कार्यक्रका बीच जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख तथा घोषणा कार्यक्रमका प्रमुख अथिति डाक्टर राम ब. केसीले भागेश्वर गाबिसलाई नेपालकै  पहिलो गाबिसको रुपमा पुर्ण खोप घोषणा…

बाँकी

Added by Tek Raj Bhandari on December 29, 2012 at 9:16pm — No Comments

अछामको शिक्षा क्षेत्रमा व्यापक समस्या, समाधानकालागि पहल गर्ने जिशिअ को प्रतिवद्धता ।।

अछाम जिल्लाका शैक्षिक क्षेत्रका समस्या समाधानका लागि जिल्ला शिक्षा कार्यालयले विभिन्न सुधारका कार्य गर्ने जिल्ला शिक्षा अधिकारी श्याम सिंह धामीले प्रतिवद्धता जनाउनु भएको छ । जिल्लामा शैक्षिक क्षेत्रमा विभिन्न समस्या रहेका र तिनीहरुको सुधारका लागि जिल्ला शिक्षा कार्यालले पहल गर्ने उहाँको भनाई छ । राज्यको सबैभन्दा ठुलो लगानी रहेको शैक्षिक क्षेत्रमा बिकृति पनि बढी नै रहेको भन्दै यसको सुधारका लागि सबै पक्षले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनु भयो । रेडियो रामारोशनको शनिवारको सुदूर सवाल छलफलमा…

बाँकी

Added by Tek Raj Bhandari on December 29, 2012 at 9:13pm — No Comments

मरणीदेवीदेखि बिन्दूकुमारीसम्म : नेपाली नारीको सकस

वि.सं २०५८ ताका महोत्तरीकी मरणीदेवी साहलाई बोक्सीको आरोपमा मरणासन्न हुनेगरी भकुरियो । जबर्जस्ती मलमूत्र ख्वाउने, जिउँदै जलाउने, मुखमा एसिड हुत्याइदिनेजस्ता आततायी घटनाहरु यो मुलुकमा २०५८ सालयता मात्रै हुन शुरु गरेका होइनन् । तर अघिका त्यस्ता घटिया घटनाहरुलाई कुनै खास घटना होइन, एउटा स्वाभाविक नियति मानिन्थ्यो । गाउँको कुनै ठूलोठालुका आँखामा कोही आईमाई बिझायो भने बोक्सीको बात लगाइदियो...टन्टा खलास् । ठालूले बोलेपछि बोल्यो बोल्यो, सारा गाउँ जुरुक्क उचालिएर त्यो बिचरीलाई तातै निल्न…

बाँकी

Added by Subhas Lamichhane on December 28, 2012 at 9:00pm — No Comments

गाँजान्यूनिकरणमा दलहरु एकमत ‘सडक सञ्जाल नै गाँजा निरुत्साहित गर्ने उपाय’

मनहरी । प्रहरीले मकवानपुरको पश्चिम क्षेत्रमा सुरु गरेको गाँजा फँडानी अभियानलाई राजनीतिक नेतृत्वले स्वागतगर्दै गाँजाको बिकल्पदिन सरकारसँग माग गरेको छ । ४ नं निर्वाचन क्षेत्रमा रहेका सबै राजनीतिक नेताहरुले गाँजामुक्त क्षेत्र नि

र्माण

का ला

गि राजनीतिक प्रतिबद्धता जनाउँदै 

भौतिकपूर्वाधारको माग गरेको हो । 

नेकपाएमाले ४ नं क्षेत्रीयकार्यालय मनहरीमा बसेको सर्बदलीय÷सर्वपक्षीय बैठकले सडक सञ्जाललाई प्रमुखमानीविकास निर्माण कार्यलाई तिब्रतादिनुपर्ने…

बाँकी

Added by Shiva Kumar Kashi on December 28, 2012 at 6:23pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service