Featured Blog Posts – November 2014 Archive (11)

चार महिनामा लमजुङमा २५ घरेलु हिंसा

लमजुङमा चालु आर्थिक वर्षको चार महिनामा २५ वटा घरेलु हिंसाका घटना घटेका छन् । चालु आर्थिक बर्षको चार महिनामा २५ घरेलु हिंसाका घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार साउनमा ८, भदौमा ४, असोजमा ४ र कात्तिकमा ९ वटा घरेलु हिंसाका उजुरी परेका छन् ।

प्रहरीले मंसिरको पहिलो सातासम्म २ वटा घरेलु हिंसाको उजुरी आएको जनाएको छ । प्रहरीले केही घटनाको मिलापत्र समेत गराएको जनाएको छ । हालसम्म परेका २७ उजुरीमा ११ उजुरीको…

बाँकी

Added by puza Pariyar on November 28, 2014 at 5:30pm — No Comments

छुटका लागि सम्पत्तिमा देखावटी महिला स्वामित्व

“श्रीमानले आफ्नो नाममा भएको जग्गा आफुखुसी बेच्नुहुन्छ तर मेरो नाममा भएको मलाई बेच्न दिनुहुन्न । ” - भगि सार्की

"लोग्नेमानिसको नाममा जग्गा भए बेच्दिन्छन् भनेर दुई बहिनीको साझेमा जग्गा पास गर्न धाएका हौं । "- दुई बहिनी कमला पुन र भीमकली पुन

“नाममा गरिदिएको जग्गा खेर गएको आरोप लगाउदै आफ्नो श्रीमानले जग्गा विक्री गर्नका लागि दबाब दिने गरेका…

बाँकी

Added by sunita panta on November 27, 2014 at 3:30pm — No Comments

महिला बेचबिखनको आरोपमा दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले महिला बेचबिखन गरेको आरोपमा बुधवार मकवानपुरको गढी गाविसका दुई जनालाई पक्राउ गरेको छ । स्थानीय एक २० वर्षीया युवतिलाई बेचबिखन गरेको आरोपमा मकवानपुर गढी–९का ४० वर्षीय राजु घिमिरे र उनका श्रीमती ३८ वर्षीय सावित्री घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिपक थापाले बताए ।

५ वर्षअघि राजुका दम्पत्ति मिलेर युवतीलाई भारतको कोलकातामा बिक्रि गरेको पिडितको आरोप छ । गत ५ मंसिरमा ती युवतीलाई विभिन्न संघसंस्थाहरुको सहयोगमा…

बाँकी

Added by Anil Parajuli on November 27, 2014 at 3:30pm — No Comments

बालबिवाहले भत्काएको जीवन

गीता थापा, सुर्खेत । सुर्खेत गर्पनका तिलक विक र सीता सुनारले ०६७ मा कक्षा सातमा पढ्दापढ्दै प्रेमविवाह गरे । त्यतिबेला तिलकको उमेर १६ र सीताको १४ वर्ष थियो । विवाह भएको दुई वर्ष बित्दासम्म यो जोडी निकै खुसी रह्यो । घरको कामले गर्दा सीताले आफ्नो पढाइलाई कक्षा ९ मा नै रोक्नुपर्‍यो । दुई वर्षअघि प्रवेशिका परीक्षा उत्तीर्ण गरेका तिलक भने अहिले कमाउनको लागि भारत जान्छन् ।…

बाँकी

Added by MeroReport on November 27, 2014 at 1:00pm — No Comments

टिएफसी (TFC) नेपाल पुरस्कृत

ट्विटर मार्फत नेपालमा बिभिन्न सामाजिक काम गरिरहेको समूह टिएफसी नेपाल पुरस्कृत भएको छ ।…

बाँकी

Added by MeroReport on November 23, 2014 at 12:00pm — No Comments

अनुशिक्षण सम्पन्न

२५ औ अन्तराष्ट्रिय बाल दिवसको अवसरमा धरानमा बाल अधिकार अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

युवा सञ्जाल सकारात्मक परिवर्तनका लागि (Youth Network Change For Positive)  धरानले संयोजन गरेको अनुशिक्षण कार्यक्रममा धरानका २० वटा बाल समुहहरुको सहभागिता रहेको थियो । उनीहरुलाई बालबालिका र बालमैत्री वातावरण लगायतका विषयमा कार्यक्रममा प्रशिक्षण दिइएको थियो ।

जिल्ला बाल कल्याण समिति सुनसरीकी अधिकृत पूर्णमाया राई, धरान नगरपालिकाका सामाजिक विकास शाखाका अधिकृत सुनिल नेपाल र इलाका…

बाँकी

Added by Aayushma limbu on November 23, 2014 at 9:30am — No Comments

कुरुप होइन सुन्दर सुदूरपश्चिम !

अचेल फेसबुकमै सारा समाचार पढिन्छ । साथीभाइका हालखबर देखि देशको खबरसम्म त्यतै मिल्छ । प्राय: छापामाध्यमहरुले फेसबुकमा आफ्नो उपस्थिति कायम राखेकाले बेलाबेलामा लेखहरु पनि यतै पढिन्छ । त्यसै क्रममा अरुणा उप्रेतीको ‘सुन्दर होइन कुरुप सुदूरपश्चिम’ शीर्षकको लेख सेतोपाटीले प्रकाशित गरेको रहेछ । शीर्षक देख्दे बित्तिकै कन्सिरी  तात्यो । सुदूरपश्चिमलाई सँधै गरिबी र कुरितीको…

बाँकी

Added by Raman Paneru on November 21, 2014 at 11:00am — No Comments

नागरिक बडापत्र: हात्तीको देखाउने दाँत

पहिलो पटक सन् १९९१ जुलाई २२ (वि.स.२०४८) मा बेलायती प्रधानमन्त्री जोन मेजरले देशबासीलाई पुर्‍याउने सेवाको गुणस्तर बढाउन, सेवाग्राहीको आवश्यकता र ईच्छा अनुसार सेवा प्रवाह गर्न नागरिक बडापत्रको सुरुआत गरेका हुन् । नागरिक बडापत्रको आधारभूत उद्देश्य सार्वजनिक सेवा प्रवाहका लागि नागरिकलाई सशक्त बनाउनु हो । नागरिक बडापत्रलाई असल शासनकै एक अभियानको रुपमा पनि लिईन्छ ।

प्रारम्भमा ६ वटा सिद्धान्तले नागरिक बडापत्रको शुरुवात गरेको पाईन्छ-पहिलो सेवाको गुणस्तर, दोश्रो विकल्प प्रस्तुत, तेस्रो गुणस्तर…

बाँकी

Added by Namaskar Shah on November 17, 2014 at 10:30pm — No Comments

रेडियो सुन्दै गाउँको बिकासको लागी जागरुक बन्दै युवाहरु

'हाम्रै लागी हो' रेडियो श्रोता क्लब गंगापरस्पुर-५ अजगढवा दाङमा रहेको छ ।“सुरुका दिनमा रेडियो सुन्ने र रेडियोबाट प्रसारण भएका बिषयवस्तुहरुलाई छलफल गर्ने भनेर हामीले यो क्लब गठन गरेका थियौ,क्लबमा आबद्ध भएपछि हामी साथीहरु बीच एकता र हामी एक अर्काका कुरा साटासाट गर्न सक्ने साझा चौतारीको रुपमा हाम्रो क्लब भयो ।” यी भनाइ हुन 'हाम्रो लागी हो' रेडियो श्रोता क्लबका सहजकर्ता हेमन्त पाण्डेका ।

यस क्लबले गाविसलाई खुल्ला दिसामुक्त अभियानको लागी पनि सहयोग गर्दै आएको छ । 'आफ्नो ठाँउ आफैं स्वच्छ…

बाँकी

Added by Humhari Bhattarai on November 6, 2014 at 11:00am — No Comments

मधेश, बाँके र सामाजिक द्वन्द्व

देशको उत्तरी क्षेत्रमा हिमाली पर्वत श्रृखंला, पहाडी क्षेत्र र दक्षिण तराई-मधेशमा समतल भू-भाग सहित जैविक र सामाजिक विविधताले भरिएको मध्यपश्चिम क्षेत्र सामाजिक रुपमा निकै संवेदनशिल र समस्याग्रस्त क्षेत्र हो । हिमाल पर्वतको शिवालिक वा चुरे पर्वत श्रृखंलाबाट शुरु भई भारतको पश्चिम बगांल, विहार र उत्तरप्रदेश सिमासम्म भित्रको सामाजिक परिवेशले भरिएको क्षेत्रका रुपमा रहेको यस बाँके जिल्लाको सामाजिक स्तर मध्यम खालको छ । जहाँबाट मधेशको नाममा आन्दोलन शुरु भयो। पछिल्लो समय संघियतामा देश जाने भएपछि कतिथ…

बाँकी

Added by Basant Sharma on November 4, 2014 at 1:30pm — No Comments

साया र म

तिहारको रमझम, जताततै झिलिमिली बत्तीहरु । वल्लोपल्लो घरमा तिहारका लागि पकाइएका सेलरोटीको बास्ना । रमाइलो समय, रमाईलो वातावरण। तर यसै-यसै मनमा नरमाइलो लागिरहेको थियो । तिहारमा घरजानेहरु देखेर मन खिन्न भैरहेको थियो । घरिघरि घरको आँगनमा फूल्ने मखमली र सयपत्रीले बोलाइरहेको जस्तो आभाष भैरहेको थियो, कसैले बोलाए जस्तो, कोहीसँगै बसेर कुरा गरे जस्तो, दिदीहरु जोडजोडले हाँसे जस्तो, कस्तो–कस्तो । सम्झना र कल्पनामा म मेरो आँगनीमै पुगेकी थिएँ । तिहारको दुईदिन अघि घरबाहिर बसेकी चेलीको मन किन चरिजस्तै उडेर…

बाँकी

Added by sabita Acharya on November 3, 2014 at 3:30pm — 6 Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service