Featured Blog Posts – November 2013 Archive (7)

जुम्लामा हवाइ यातायात व्यबस्थित गर्न समिति

जुम्लामा हवाई यातायातलाई व्यबस्थित गर्ने विषयमा अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चेतन कुमार खत्रीको संयोजकत्वमा एक समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलबाट समिति गठन गरिएको हो । समितिमा पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष बरम बहादुर महत, जय मातृभूमी कर्णाली जमाक का अध्यक्ष यमराज कार्की, क्षेत्रीय होटल व्यबसायि संघका प्रतिनिधि र सबै वायुसेवा कम्पनीका तर्फबाट एक एक जना प्रतिनिधि रहने व्यबस्था गरिएको छ ।
 
यो…
बाँकी

Added by Binod Sharma on November 30, 2013 at 8:30am — No Comments

जूनताराहरु पनि रोएको जुनेली रातमा

हिउँदयामको ठिहिर्‍याई, बुँरासेको लेक ! नाङ्गा खुट्टाले तुसारो छिचोल्दै सेन्ट्री पोष्टकै छेऊमा छोटो भलाकुसारी गरेको त्यो बिहान नै उनीसँगको अन्तिम भेट भयो । थाहा त थियो मलाई- हामी सबैलाई । एक न एकदिन जरुर छुट्टिनुपर्नेछ । पृथ्वीको भार भएपनि, प्रकृतिको उपहार भए नि, जसले जे भने पनि यो धर्तीमा पाइला टेकिसकेपछि एक न एकदिन जरुर जानुपर्छ नै- सांसारिक झमेलाबाट मुक्त भएर । तर, यति छिट्टै, यति सजिलै र यति आकस्मिक छुट्टिनुपर्ला भन्ने मैले सोचेकै थिइँन ।…



बाँकी

Added by Dilli Malla on November 29, 2013 at 5:00pm — No Comments

चुनाव यात्रामा तनाव

साप्ताहिक रेडियो कार्यक्रमको उत्पादनका क्रममा केही नागरिकसंग टेलिफोनबाट कुराकानी गर्ने र सामाजिक संजालका अदृष्य कोठे बहसमा सामेल हुने बाहेक यसपालीको संविधानसभा निर्वाचन प्रति आम नागरिकका अभिब्यक्तिहरु बुझ्ने मौका मिलिरहेको थिएन । यस्तैमा चुनावको मिति नजिकिँदै जाँदा मत हाल्न कोको जाने भनेर साथीहरुसंग छलफल पनि भयो तर लामो समयदेखिको हिँसाको छाँयामा हुर्केको हुनाले पनि हुनसक्छ धेरै चिनजानका साथीहरु भोटहाल्न नजाने भएछन् । मलाई पनि भोट दिएर के हुन्छ भन्ने कुराको ठेट उत्तर आफैमा…

बाँकी

Added by Prakash Lamichhane on November 25, 2013 at 3:08pm — No Comments

बैद्यको बन्द : फोटो फिचर

संविधानसभाको निर्वाचनको मुखमा आएर नेकपा-माओवादी सहितको ३३ दलीय मोर्चाले आव्हान गरेको आम हड्ताल सहितको बन्दको पहिलो दिन दिउसोसम्मको अवस्था हेर्दा बन्दको प्रभाव केही मात्रामा भएपनि त्यस्तो ठुलो अप्रिय घटना भने हुन पाएको छैन । बन्दका बारेमा पक्ष-विपक्ष बिचको जुहारी सुन्दा र सडकमा बिहानैदेखि सेनाको गस्ती समेत हेर्दा बन्दका क्रममा केही हुन्छ कि भन्ने डर आम नागरिकमा भने थियो  नै । सोही बन्दका क्रममा थापाथलीदेखि पुल्चोक आकाशेपुलसम्म आईपुग्दा देखिएका केही फोटोहरु यहाँ राखिएको छ…

बाँकी

Added by Prakash Lamichhane on November 11, 2013 at 3:00pm — No Comments

ढुंगे क्यानभासमा चित्र बनाउने को होला !

केहि समय अघि लुम्बिनी घुमघाम गर्न भनेर हिँडे । चितवनको रामनगर पुगेपछि देबघाट पुगेर जलयात्रा (र्‍याफ्टिङ्) गर्ने उत्कण्ठा यो मनमा पलायो अनि लागेँ देबघाटतिर । नारायणी नदीको किनारै किनार हुँदै पुगेँ बाटोमा लाश पोल्ने र नदीबाट ढुंगा बालुवा झिकेको दृश्य हेर्दै सुन्दर पहाडको खोँचबाट नागबेली बनेर बगेको कालीगण्डकी नदीको मनोरम दृश्य हेर्न कालीगण्डकी नदीको रामनदीधाम (राम्दीघाट) देवघाट क्षेत्र सम्म पुगे ।स्याङ्जा, पाल्पा, तनहुँ, नवलपरासी र चितवनको झण्डै एकसय ५० किलोमिटरको लामो दुरीको यस खण्डमा मानिसहरु…

बाँकी

Added by Gopal siwa on November 9, 2013 at 4:30pm — No Comments

निर्वाचन, बालबालिका र भविष्य

'हामी पतिपत्नी नै भोट माग्न हिँड्नुपर्दा घरमा छाराछोरीको विजोग छ, बालअधिकारको हनन् मेरै घरमा पनि भैरहेको छ' एमाओवादीका भोजपुर जिल्ला स्तरीय एक नेताको भनाइ हो यो हालै जिल्लामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा । संविधानसभा निर्वाचन २०७० नजिकिँदै जाँदा विभिन्न अधिकारको कुरा संगसंगै बालअधिकारको कुरा पनि उठिरहेको छ । तर यसको सवाल जति भाषणमा गरिन्छ त्यति कार्यान्वयन भएको पाँईदैन ।

हुन त अधिकारको कुरा गर्दा त्यसका धेरै पक्षलाई केलाउन आवश्यक छ । संविधानसभा निर्वाचन आचारसंहितामा बालबालिकालाई…

बाँकी

Added by Eksan Rai on November 7, 2013 at 12:00pm — No Comments

पूर्वाञ्चलकै नमुना सगरमाथा प्रज्ञा पीठ

सरकारी र निजी विद्यालयमा आजभोली निकै खस्कदो शैक्षिक अवस्था देखिन्छ । आफ्नो मर्यादा के हो? मैले गर्ने काम के हो? आफ्नो कर्तब्य के हो? भन्ने कुराको सोच नै मान्छेहरुबाट हराई राखेको छ र यस्ता नैतिक शिक्षाहरु बुढापाकाको मुखबाट मात्र सुन्न पाइन्छ, बच्चालाई असल भन्दा ठूलो बनेको देख्न चाहने समाज बनिसकेको अवस्थामा । यस्तो खालको समाजका बिचमा पनि एउटा पृथक सोच र संस्कारको छनक दिने स्कूल देख्न सकिन्छ सिरहा जिल्लाको धनगढी गाविस वार्ड नं १ नैनपुर सोनापुरमा । सगरमाथा प्रज्ञा पीठ नामक उक्त विद्यालयले कक्षा…

बाँकी

Added by Kamal Paudyal"बालक बबुरो " on November 4, 2013 at 6:00pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service