Featured Blog Posts – November 2012 Archive (38)

इन्टरनेट, हाम्रा नेता र अन्तरक्रिया

इन्टरनेटको लोकप्रीयतासँगै हाम्रा नेताहरुले पनि बिभिन्न किसिमले इन्टरनेटको उपयोग गरिरहेकाछन् । नेकपा एमालेका नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल र केपी ओलीका आ—आफ्नै वेवसाइट छन् । www.jnkhanal.com अध्यक्ष खनालको वेवसाइट हो । केही महिना पहिले बन्द भयो भन्ने खबर छापिएपनि खनालको वेवसाईट हिजोआज अद्यावधिक देखिन्छ । त्यसैगरी एमालेकै बरिष्ठ नेता माधव नेपालको व्यक्तिगत वेवसाईटको ठेगाना www.madhavenepal.com हो । यो साइट…

बाँकी

Added by Binaya Shekhar on November 29, 2012 at 8:30pm — 6 Comments

हौसिंदै रष्टिक हाउसतिर

समुदाय जुटे विकास सजिलै हुन्छ भन्ने उदाहरण हेर्ने हो भने मकवानपुरको दामन डाँडागाउँ गए हुन्छ । डाँडागाउँ दामन गाविस वडा नं. ३ मा पर्छ । धेरै बजेटमा थोरै काम गरी कागजमा विकास गर्नेहरुको लागि डाडाँडागाउँको संयूक्त आलु विकास समूह पाठशाला भएको छ । त्यस्ता व्यक्तिहरुको लागि यस समूहले चुनौती थपिदिएको छ । उनीहरुले करिब नौ लाख रुपियाँबाट बीस लाख बराबरको रष्टिक हाउस बनाएकाछन् । ४५ फिट लम्बाइ र साढे १९ फिट चौडाइ रहेको रष्टिक हाउसको भण्डारण क्षमता ३० टन रहेको छ । डाडाँगाउँलाई जिल्ला कृषि…

बाँकी

Added by suraj Kumar Bhujel on November 29, 2012 at 2:00pm — No Comments

कहिले पुरा होला दक्षिणी कञ्चनपुरका जनताको सपना !

कच्ची सडक भएका कारण दक्षिणी भेगका सर्वसाधारण जनताहरु कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन । राज्य बाट उपेक्षित गरिएको र नेताहरु बाट भोटको केन्द्र बिन्दु बनाईएको कञ्चनपुरको दक्षिणी भेगका जनताहरु कच्चि सडक र वर्षाका लगायत कारण दैजी–बेल्डाँडी सडकखण्ड अवरुद्ध भए पछि कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन । …

बाँकी

Added by mohan bist on November 29, 2012 at 9:30am — No Comments

चर्पी नबनाउने घरमा पर्चा टाँसियो

अछामको सदरमुकाम मंगलसैनलाई खुल्ला दिशामुक्त बनाउन गाविसले अभियानलाई तिव्र पारेको छ । मंगलसेन गाविसले आफ्नो अगुवाईमा समाजसेवि, पूर्व जनप्रतिनिधी, महिला समुह र राजनितिक दललाई परिचालन गरेको छ ।

अभियानका क्रममा बुधवार मंगलसेन वडा नं. ६ का विभिन्न टोल, मंगलसेन बजारमा रेखदेख एवं अनुगमन गरी शौचालय बनाउन र आफ्नो घर आँगन सफा राख्न दवाव दिईएको छ । नेकपा एमालेका नेता पूर्व जनप्रतिनिधि पदम बोहरा, राप्रपा नेपालका उदयराम ढुंगाना, मंगलसेन गाविस प्रतिनिधी नरेश कठायत लगायतको एक टोलीले बुधवार मंगलसेनका…

बाँकी

Added by Tek Raj Bhandari on November 29, 2012 at 9:30am — No Comments

व्यक्तिगत स्वार्थमा चलेको देश

राजनीति, राज्य सञ्चालनको नीति भनेर किताबा पानाहरुमा केरिएका परिभाषाहरुलाई पढेको याद आँउछ । एघार बाह्रमा पढ्दा राजनीतिशास्त्रको विद्यार्थी भएको कारणले पनि मन नलागि नलागी यी परिभाषा हरु घोक्नुपर्ने बाध्याता थियो । पछि राजनीति नगर्ने मान्छे किन चाहियो यो पढाई छाडियो । आज देशको हालत, सम्झँदा राजनीतिले राज्य सञ्चालन गर्ने भन्ने कुराको पत्यार लाग्न छाडेको छ ।



कुनै नीति नै छैन् यतिबेला राज्य सँग नत कानुन नै छ । राज्य कसरी चलेको छ भन्ने प्रश्न सजिलोसँग पाउँछन्…

बाँकी

Added by अल्टर कान्छो’ on November 29, 2012 at 8:30am — No Comments

राष्ट्रिय गान गाउन जान्दैनन फोरम अध्यक्ष यादव

मंसिर १३ गते बुधबार मधेशी जनाधिकार फोरमले चितवनको भरतपुरस्थित जिविस सभाहलमा आयोजना गरेको अन्तक्रिया उद्घाटनका लागि उद्घोषकले राष्ट्र गान गाउन मञ्चमा आसिन केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहितका पधाधिकारी तथा उपस्थित सबैलाई आग्रह गरे । तत्पश्चात सबैले राष्ट्र गान गाए तर यादवले गाएनन् । सहभागीले राष्ट्र गान गाँउदा गाँउदै विचमा अड्किएपछि उद्घोषकले धन्यवाद भनिहाले ।…

बाँकी

Added by अल्टर कान्छो’ on November 28, 2012 at 5:00pm — No Comments

एउटै क्याम्पसमा दुई विश्वविद्यालयको भर्ना खुला !

रामपुर कृषि क्याम्पसलाई नै केन्द्रित गरी देशकै पुरानो त्रिभुवन विश्वविद्यालय र भरखरमात्रै स्थापना भएको कृषि तथा पशु विज्ञान अध्ययन विश्वविद्यालयले छुट्टाछुट्टै रुपमा भर्ना अभियान सुरू गरेपछि अहिले विद्यार्थीहरुमा अन्यौलता छाएको छ । विश्वविद्यालय हस्तान्तरण प्रक्रियामा विवाद देखिएपछि दुबै विश्वविद्यालयले आफ्नै ढङ्गले विद्यार्थी भर्ना अभियान थालेपछि विद्यार्थीहरुमा अन्यौलता छाएको हो ।



‘एउटै कलेजलाई केन्द्रित…
बाँकी

Added by अल्टर कान्छो’ on November 28, 2012 at 8:00am — 1 Comment

कबुलियती बनले बिपन्न समुदाय लाभान्वित

जिल्लास्थित सरोकारवालाको टोलीले मकवानपुरको राक्सिराङमा रहेको खवासे कबुलियती वन समूहको अवलोकन तथा अनुगमन गरेको छ । टोली समूहका अध्यक्ष मानवहादुर चेपाङ र अर्का सदस्य जैसीलाल चेपाङले आफ्नो क्षेत्रमा संरक्षण गरेको वनष्पति तथा आयमूलक बिरुवाहरुबारे अवलोकन गरेको हो ।

अवलोकनका क्रममा कबुलियती वन बनेपछि आयमा बृद्धि भएको, पशुचौपायाका लागि घाँसका लागि सजिलो बनेको र वातावरणीय र भू संक्षरणका दृष्टि…

बाँकी

Added by Shiva Kumar Kashi on November 25, 2012 at 2:00pm — No Comments

बाजुराको स्वास्थ्य कहाली लाग्दो

“कठै हामिलाई कसले हेरिदेला ! सामान्य उपचार नपाएर पनि कयौ बालबालिका र महिलाले अकालै ज्यान गुमाए । हाम्रा लागि ईश्वरको भरसा छ, मर्नु र बाच्नुमा पनि” । एकसाता अगाडी रिपोटिङ्गका क्रममा दहकोट ७ मल्दुगनमा पुग्दा स्वयसेबिका भानमति बोहाराले गाँउको पिडा यसरी पोखिन ।

हुनपनि हो राज्यले आधारभुत स्वास्थ्य सेवा निशुल्क गरेको छ । तर बाध्यता भनौ या भोगोलिक बिकटताले पनि होला त्यहि देबि देबताको आस्थामा भर पर्नु । मल्दुगन गाँउमा कोहि बिरामी पर्दा ४ घण्टा भन्दा टाढा रहेको स्वास्थ्य चौकी पुग्नु पर्छ ।…

बाँकी

Added by Prakash Singh on November 23, 2012 at 3:30pm — No Comments

असफल राज्य।

म्याक्स वेभरले सफल राज्यको मानक विधिको शासन भनेका थिए। सफल र असफल राज्यको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने संस्था ‘फण्ड फर पिस’ले सामाजिक, आर्थिक र राजनीतिक अवस्थालाइ आधार मानेर सफल र असफल राज्यको सूचि बनाउने र प्रकाशित गर्ने गरेको छ।

फण्ड फर पिसलगायत धेरै अन्तर्राष्ट्रिय संस्थाहरुले नेपाल असफल राज्यको डीलैमा आइपुगेको निस्कर्ष दिएका छन्। ती संस्थाहरुले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रका लक्षणहरुलाइ सुक्ष्मतवरले केलाएर निस्कर्ष निकालेपनि त्यस्का कारकतत्व पत्ता लगाउने कामचाहीं अझै…

बाँकी

Added by Ananda Ram Paudel on November 23, 2012 at 1:00am — 1 Comment

विद्यालय सुधारका लागि नेपाली सेना सक्रिय

 मकवानपुरको मनहरी ९ देवकोटस्थित श्री प्राथमिक विद्यालय भवन बिस्तारका लागि नेपाली सेना सक्रिय भएको छ ।

मनहरी २ सुनाचुरीस्थित नेपाली सेनाको दुर्गाबक्स गणले विद्यालयको नयाँ भवन बिस्तार तथा खेलमैदान निर्माणमा सघाउ पु¥याएको हो । विद्यालयको अनुरोधपछि नेपाली सेनाले आ फ्ना जवान परिचालन गरी खेल मैदान बिस्तार तथा घडेरी…

बाँकी

Added by Shiva Kumar Kashi on November 21, 2012 at 9:00pm — 1 Comment

सीसीटीभीले अपराधी पक्रन सजिलो

भरतपुर । जिल्लाका विभिन्न स्थानमा राखिएको सीसीटीभीका कारण अपराधी पक्राउ गर्न प्रहरीलाई सहयोग पुगेको छ । प्रहरीले सीसीटीभीमा कैद भएको दृष्यका आधारमा शनिबार मात्रै तीन जना अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीद्वारा अभियुक्तहरू सार्वजनिक

गत कात्तिक २९ गते भरतपुर…
बाँकी

Added by अल्टर कान्छो’ on November 19, 2012 at 8:30am — No Comments

१० जना उसु खेलाडीलाई सम्मान

उसुका पदक विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई सिअ उसु क्वान मनेहराले आज सम्मान गरेको छ । क्वानको छैटौ वार्षिकोत्सवको अवसरमा १० जना उसुका खेलाडीहरुलाई सम्मान गरिएको हो ।

गएको भदौ २५ गतेदेखि २८ गतेसम्म आयोजना भएको प्रथम राष्ट्रिय जुनीयर उसु प्रतियोगितामा स्वर्ण पदक विजेता हिरा चौधरी दिव्या रावत पदम ठकुल्ला नरेश चौधरी रजत पदक विजेता गंगा थापा लीलाधर पार्की र भोजराज चोधरीलाई सम्मान गरिएको हो ।

त्यस्तै कान्छी खेलाडी अस्मीता जोशी २०६८ र ६९ की बर्ष खेलाडी एलीना चौधरी र २०६९ की बर्ष…

बाँकी

Added by Purna Bahadur Khadka on November 19, 2012 at 8:00am — No Comments

छाउपडी प्रथा र भागेश्वरको अनुगमन !!

"हामीले त आफ्नो जिवन दुःखमा बितायौं । समय बदलिएको छ । समय अनुसार चल्नुपर्छ । छाउ भएको बेला छोरी बुहारीलाइृ बाहिर गोठमा बसाल्दा कुनै व्यक्तिले केही गरी दियो भने आफ्नो ईज्जत भन्ने कुरा कहाँ पाईन्छ, बाबु ।"



आफ्नो पुरै जीवन महिनावारी (छाउ) भएको बेला चिसो गोठमा बिताउनु भएकी अछाम भागेश्वर ४ की सुर्जादेवी रावल अहिले भने आफ्नी छोरी बुहारीलाई घरमै सुरक्षित बस्न सल्लाह दिनु हुन्छ । उमेरले ७२ वर्ष…

बाँकी

Added by Tek Raj Bhandari on November 18, 2012 at 7:00pm — No Comments

हाजिर जवाफ खेल्दै केश फूलेका वृद्धवृद्धा

भरतपुर । हाजिरिजवाफ भन्ने वित्तिकै सबैले स्कुले वा क्याम्पसका विद्यार्थीहरुको प्रतियोगिता सम्झिने गर्छन् तर अब यो विद्यार्थीहरुको मात्र प्रतियोगिता रहेन । शनिबार भरतपुरमा कमाल सेताम्मै भएका वृद्धहरुसमेत हाजिरीजवाफमा सोधिएका सवालहरुको जवाफ दिँदैथिए ।



विश्व मधुमेह दिवसको अवसरमा मधुमेह समाज चितवन, मधुमेह सस्वयमसेवक समाज चितवन र भरतपुर सामुदायीक अस्पतालको संयुक्त आयोजनामा सम्पन्न भएको हाजिरजवाफमा सोधिएका प्रश्नहरुको जवाफ दिएर अंक बटुल्ने होडमा देखिन्थे ।…

बाँकी

Added by अल्टर कान्छो’ on November 17, 2012 at 5:30pm — No Comments

देउसी बाट डेढ लाख संकलन ।

अछामको सोकट गाबिसमा रहेको दशपल्ले माध्यामीक बिद्यालयले देउसी भैलो कार्यक्रम बाट १ लाख ५५ हजार रुपयाँ संकलन गरेको छ । माध्यामीक बिद्यालय लाई पल्सटु बनाउँनका लागी बिद्यालयले देउसी भैलो कार्यक्रम सञ्चालन गरेको हो । छिमेकी गाबिसहरुमा पनि उच्च माध्यामीक बिद्यालय नभए पछि दशपल्ले माध्यामीक बिध्यालय लाई उच्च माध्यामीक बिद्यालय बनाउँने भन्दै बिद्यालय ब्यस्थापन समिती शिक्षक बिद्यार्थी र अबीभाकहरु देउसी भैलो कार्यक्रम बाट आर्थीक संकलनको अभीयानमा जुटेका हुन । अछामका सोकट, सिउँडी र दुनी गाबिसका…

बाँकी

Added by Purna Bahadur Khadka on November 15, 2012 at 1:00pm — No Comments

ट्याक्टर ड्राइभर देखि पत्रकारसम्म

सानोमा आफूले देख्ने सपनाहरु पूरा गर्ने चाहना, सोच र इच्छशक्ति सबैले राखेका हुन्छन । सबैले आफूले देखेका सपनाहरु पूरा हुन् भन्ने पनि चाहन्छन् तर पनि समयले ति सपनाहरुलाई परिवर्तीत गर्दै लाने यथार्थ हामीसँग ल्याई पुर्याउँदछ।

देखेका सपना पूरा हुन पनि सक्छन नहुन पनि सक्छन् । सबै पूरा हुने सपनाहरु पनि देखिँदैनन् । मानिस सबै सपनाहरु पूरा भएको हेर्न भने…
बाँकी

Added by अल्टर कान्छो’ on November 12, 2012 at 9:00am — No Comments

पापाचमा अछामी किशोरी लिने प्रयास, व्यवहार शंकास्पद ।

अछाम, कात्तिक २६ । एचआईभी प्रभावित किशोरीलाई बाल गृहमा राख्ने भन्दै पापाच हाउस नामक बाल गृहका व्यक्ति अछाम आएका छन् । एक भारतीय बाल गृहले अछामका एचआईभी प्रभावित किशोरीलाई लिन भन्दै आएको खुलाशा भएको छ । १२ देखि १४ वर्ष उमेर समुहका किशोरीलाई मात्र लिने गरेको भन्दै गलत कार्यका लागि लिने गरेको पो हो की भनी आशंका गरीएको छ ।

काठमाण्डौमा रहेको बाल गृहमा लिने र त्यसमा कुनै पनि अरु व्यक्तिलाई प्रवेश निषेध गरीएको श्रोतले जनाएको छ । यसै सन्दर्भमा आज पायल गाविसमा एक किशोरीलाई लिन गाविसको सिफारीस…

बाँकी

Added by Tek Raj Bhandari on November 12, 2012 at 8:00am — No Comments

सडक सुधारमा ध्यान नदिदा यातायात सञ्चालनमा समस्या

बाजुरा, २६ कार्तिक । साँफे – मार्तडी सडक खण्ड सुधारमा ध्यान नदिदा यातायाता सञ्चालनमा समस्या भएको छ । साँफे – मार्तडी सडक खण्ड अन्र्तगत बेतालमाण्डौ देखि तिपाडासम्म कच्चि सड्क र स्थानीय बासीले ठाउँ ठाउँमा पानी छोड्ने गरेका कारण यातायात सुचारुमा समस्या भएको छ ।

एकातिर कच्ची सडक अर्कोतिर सड्कमा पानी छोडेका कारण…

बाँकी

Added by Prakash Singh on November 11, 2012 at 12:00pm — No Comments

गोलभेडाको खेती गरेका पवटीका किसानहरुले १५ लाख गाउँ भित्र्याए

मेरा गाउँका अनि म सँगै पढेका मेरा केही साथीहरु अहिले अरबको खडीमा पसिना चुहाउँदै महिनाको २०/२५ हजार कमाउँछन् होला । तर यही गाउँका बा–आमाहरुले गाउँमै सजिलै चार महिना दुःख गरेर लाखौं कमाएका छन् ।

दोलखाका दक्षिणी गाउँ पवटीका किसानहरु अहिले गोलभेडाको बीऊ उत्पादनतिर आकर्षित भएका छन् । गोलभेडाको बीऊ उत्पादनबाट यस वर्ष पवटीका किसानहरुले १५ लाखभन्दा बढी गाउँ भित्र्याएका छन् । एक वर्ष अघि परीक्षणको रुपमा किसानहरुले बीऊ उत्पादन गरेका थिए ।…

बाँकी

Added by sherbhhadur bhujel on November 11, 2012 at 9:00am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service