Featured Blog Posts – November 2011 Archive (23)

अन्तरजातीय विवाहमा बाधा हाल्नेहरुलाई ८ महिना जेल सजाय

अमर सुनार दैलेख, १३ मंसिर –दैलेखमा अन्तरजातीय विवाह गरेका जोडीको सम्वन्ध टुटाउने ६ जना व्यक्तिलाई दैलेख जिल्ला अदालतले जनही ५ हजार रुपैंयाँ नगद जरिवाना र सबैलाई ८–८ महिना जेल सजाय तोकेको छ । दैलेखको जगनाथ गाविस वडा नं। ६ निवासी अमृत बिक र त्यही कै सविता शाहीको अन्तरजातीय विवाह सम्वन्धलाई जातीय हिसावले सहन नसकिने भन्दै केटालाई कुटेर भाग्न बाध्य बनाएका र केटीलाई आफ्नै जातको अर्को केटासंग विवाह गराइएको विषयमा दैलेख जिल्ला अदालतले  मंगलवार सो सजाय तोकेको हो ।अन्तरजातीय विवाह गरेका जोडीको सम्वन्ध…

बाँकी

Added by Binaya Shekhar on November 30, 2011 at 12:13am — No Comments

पागल र सद्दे मान्छेहरु

आज धेरै दिन पछी ब्लग लेख्ने मुड भो, थापाथली चोकमा सधैं टोपी लगाएर कुद्ने पागल लाई देखेर ! हुन त मैले त्यो पागललाई लगभग दिनहु देख्न थालेको लगभग तीन बर्ष भो,कहिले ज्याकेट लगाको हुन्छ, कहिले सर्ट मात्रै लगाउछ, कहिले पुरै कोट प्यान्ट मा हुन्छ । तर सधैं को त्यस्को समानता के हो भने त्यल्ले उनले बनाको प्रचन्डले जनयुद्द कालमा लाउने जस्तो टोपी (अहिले त बिर्सिसके होलान हाम्ले चाँही तस्बिर मा देखेको) लगाउछ, जाडो होस् या गर्मी, झरी होस् या सितल, टोपी लगाउन छोड्दैन ।

तपाईंले उस्लाई बिभिन्न मुद्रामा…

बाँकी

Added by JawKnockRaazaa on November 28, 2011 at 2:33pm — 10 Comments

भारतमा बनेका असुरक्षित साना ग्यास सिलिन्डर रौतहटमा बिक्री

फणि महत/ रौतहट - सुरक्षा मापदण्ड पूरा नगरि निर्माण गरिएका भारतिय साना ग्यास सिलिण्डरहरु रौतहटका प्रमुख बजारहरुमा बिकि्र भैरहेको छ । पाच केजीसम्म ग्यास अटाउने सिलिन्डरहरु रौतहटको गौर, गरुडा, कटहरीया, चन्द्रनिगाहपुर बजारमा विक्री भइरहेका छन ।



सिमावर्ति भारतिय बजारबाट ल्याइएका साना सिलिन्डरहरुमा ठूला सिलिन्डरबाट जोखिमपूर्ण तरिकाले ग्यास भरेर बिकि्र हुदै आएको छ । ठूला सिलिन्डरहरु १४.२ किलोको हुने भएकोले सो बाट ग्यास निकालेर ३ केजी दखी ५ किलोका साना भारतिय सिलिन्डरहरुमा भरिन्छ ।…

बाँकी

Added by phani mahat on November 28, 2011 at 1:00pm — No Comments

ब्लगबाटै नाम र दाम

केहि महिना अघि अन्तराष्ट्रिय स्तरको Social Media शीर्षकको निबन्ध प्रतियोगितामा सुरथको निबन्धले तेस्रो स्थान पायो । उनी भन्छन्, यो सबै ब्लगले सम्भव बनाएको हो । समृद्धी फाउन्डेशनमा अनुसन्धानकर्ताको काम गर्ने सुरथ गिरीलाई आज भोलि भ्याइनभ्याई छ । अनुसन्धान संगै उनको ब्लग लेखन कार्य पनि अघि बढेको छ ।

३ वर्ष अघि…

बाँकी

Added by Devi sapkota on November 28, 2011 at 11:30am — 2 Comments

काठमाडौं विश्वविद्यालयमा दक्षिण एशियाकै पहिलो ‘टर्बाइन टेष्टिङ ल्याब’

बनेपा । नेपालमा जलविद्युत उत्पादन गर्न चाहने कम्पनीहरुले ‘टर्बाइन टेष्ट’का निम्ति अबदेखि विदेशकै भर पर्नु नपर्ने भएको छ ।

काठमाडौं विश्वविद्यालय(केयू)को स्कूल अफ इन्जिनियरिङले सुरु गरेको टर्बाइन टेष्टिङ ल्याबबाट नेपालमै यस्तो टेष्ट गर्न सम्भव भएको हो । नर्वे सरकारको प्रमुख सहयोगमा बनेको यो ल्याब दक्षिण एशियामै पहिलो भएको केयूको दाबी छ ।

‘मुलुकमै टेष्टिङ ल्याब नहुँदा र हाइड्रोपावरका दक्ष जनशक्तिको कमीले गर्दा विदेशमै टेष्ट गर्नु पर्ने र उतैबाट प्राविधिक ल्याउनु पर्ने बाध्यता…

बाँकी

Added by MadhuSudhan Guragain on November 27, 2011 at 7:30am — 2 Comments

सरकारी स्वीकृतिमा पोहोरबाटै अमेरिकी मकै नेपालमा

बनेपा, मंसिर १० । अमेरिकी बहुराष्ट्रिय कम्पनी मन्सान्टोले विकसित गरेको मकैको बीउलाई नेपाल भित्र्याउन हुन्न भनेर विरोध चलिरहँदा सरकारले गत वर्षबाटै सो कम्पनीको बीउलाई दर्ता गरेर ल्याउन दिइरहेको खुलासा भएको छ । 

सरकारी स्वीकृतिमै मन्सान्टोका डिकाल्ब सुपर ९०० एम, डिकेसी ७०७४ र ९०८१,  डिकाल्ब अलराउण्डर गरी चार जातका मकैका बीउहरु नेपाल भित्रिरहेको…

बाँकी

Added by MadhuSudhan Guragain on November 27, 2011 at 7:00am — 1 Comment

बर्दियामा धानको उत्पादनमा बृद्धि

बर्दियामा गत वर्षको तुलनामा यस बर्ष २० देखि २२ प्रतिशतले धान उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।

अन्नको भण्डारको रुपमा चिनिएको बर्दिया जिल्लामा यस वर्ष कृषकहरुले मकै खेति छोडेर धान खेति तर्फ लाग्नु,उन्नत जातका बिउ प्रयाप्त मात्रामा उपलव्ध हुनु समयमै वर्षा हुनु समयमै विउ राखिनु र सिचाइको व्यवस्था भएका कारण यस बर्ष धान बढि उत्पादन हुने भएको हो ।

बर्दियामा कुल ६० हजार १ सय हेक्टर…

बाँकी

Added by Anu Adhikari on November 25, 2011 at 8:30pm — 1 Comment

मुस्ताङ यात्राको ‘डेस्टिनेशन’

माधव नेपालको ‘डेस्टिनेशन कलापत्थर’ लाई विश्वले देख्यो । त्यस्तै बाबुरामको ‘मुस्ताङ यात्रा’ लाई पनि देख्ने सुयोग मिल्यो । अतः दुवै सम्झन लायक छन् नेपाली राजनीतिमा । तर प्रतिफल र परिणामका हिसाबले ‘कालापत्थर’ को यात्रा भन्दा बढि ‘मुस्ताङ यात्रा’ नै सार्थक देखियो, देखिदैंछ पनि । तर ‘मुस्ताङ यात्रा’ बाट निस्किएका प्रधानमन्त्री डा.बाबुराम भट्टराई यतिबेला अर्का ‘परिस्कृत मुस्ताङ’ यात्रामा सामेल छन् । अर्थात् उनी सुधारिएको र सुविधायुक्त मुस्ताङ गाडी चढ्दैछन् यतिबेला । तर भ्रष्टचार न्यूनिकरण र आर्थिक…

बाँकी

Added by Prabin Baniya on November 25, 2011 at 8:00pm — No Comments

प्रस्तावित खप्तड प्रदेशमा तराईका जिल्ला छुट्न नहुने सरोकारवालाको जोड

टेकराज भण्डारी

रेडियो रामारोशन अछाम



नयाँ नेपालको राज्य पुनसंरचना अन्तर्गत प्रस्तावित खप्तड प्रदेशमा हालका शुदुरपश्चिमका कैलाली र कञ्चनपुर जिल्ला छुट्याई अर्कै प्रदेशमा राखिएको प्रति अछाम जिल्लाका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । अबको राज्य पुनसंरचनामा सुदरपश्चिमका हालका जिल्लालाई अलग पार्न नहुनेमा उहाँहरुको जोड थियो । आगामी संविधानमा जनताको अधिकार सुनिश्चितताका लागि निर्वाचन क्षेत्र स्तरीय लोकतान्त्रिक सम्बाद कार्याक्रममा अछाम जिल्लाका सरोकारबालाहरुले सबै समुदायका हक…

बाँकी

Added by Tek Raj Bhandari on November 24, 2011 at 6:30pm — 1 Comment

कुखुरापालनमा दोलखा आत्मनिर्भर

दोलखामा २ वर्षअगाडीसम्म वजारमा हुने कुखुराको मासुको माग काठमाण्डौले धान्ने गर्दथ्यो । वजारमा कुनै कार्य गर्नका लागि १, २ हप्ता अगाडी नै व्यापारीहरुसंग मासु अर्डर गर्नुपर्ने अवस्था थियो । तर अहिले अवस्था फेरीएको छ । अहिले दोलखामा खपत हुने कुखुराको मासूको पूर्ण हिस्सा दोलखाले नै आपुर्ती गर्ने गर्दछ । सदरमुकाम चरिकोटमा रहेका २७ ओटा मासु पसलमा खपत हुने कुखुराको मासुका लागि अहिले दोलखाका कुखुरापालकहरुले पर्याप्त रुपमा कुखुरा खपत गरेर काठमाण्डौमा समेत निर्यात गर्न सक्षम भएका छन…

बाँकी

Added by Arjun Apawad on November 23, 2011 at 12:30pm — 1 Comment

समय, परिवर्तन र लेखक

समय परिवर्तनको एउटा श्रृंखला हो । समय हिजो पनि थियो । आज पनि छ । अनि भोलि पनि हुन्छ । समयको गति एकै हुनु उसको साश्वत् सत्य हो । समय कहिले अघि र कहिले पछि हुने चिज होइन । समय फेरिदै जानुु भनेको परिवर्तन हु“दै जानु हो । समय जतिजति आनन्द र सुखद् हु“दै जान्छ देश त्यति नै परिवर्तन र अग्रगमनको दिशामा अघि बढ्दै जान्छ ।

समय आनन्दमा बद्लिनु भनेको संसारमा परिवर्तन हुनु हो । विकास देखिनु हो । मानवीय मुटुहरुले अलिकति पनि समयस“ग खुसी लिन सक्ने र आनन्द हुने क्षिण पाए भने त्यसलाई समय सकारात्मक…

बाँकी

Added by Prabin Baniya on November 22, 2011 at 11:00am — No Comments

नेताज्यू ! साइट कहिले अपडेट गर्ने ?

प्रमुख दलका नेताहरु सञ्चार माध्यममा खुब छाउँछन् । सञ्चार माध्यममा सँधैजसो समाचार बन्ने प्रमुख दलहरुका आफ्नै वेबसाइट भने निकै कममात्र अपडेट हुने गर्छन् । आफ्ना गतिविधि सबैजसो सञ्चार माध्यमा पठाएर समाचार बनाउने दलका आफ्नै वेबसाइटमा भने ति गतिविधि कहिल्यै अद्यावधिक हुँदैनन् । 

संविधानसभाको ठुलो दल एकीकृत नेकपा माओवादीको आधिकारिक वेबसाइट…
बाँकी

Added by Shuphal Kafle on November 20, 2011 at 8:54pm — 3 Comments

पहिलो दिनको काहालीलाग्दो अनुभब

नर्बेको विदेश मन्त्रालयको अनुदानबाट संचालित ( Fredskorpset ( FK ) Exchange Program )  एक देशबाट अर्को देशमा विकाशक्रमीहरु आदान प्रदान गर्छ । काठमान्डुको कोटेश्वरमा अवस्थित कलेज अफ जनालिजम एण्ड मास कम्युनिकेशन यसको साझेदार मध्येको एक हो । भाग्यबस म यस संस्थाबाट छनौट भइ १० महिनाका लागि जाम्बियाको लुसाकामा अवस्थित जाम्बियन महिला संचारीका संस्था( Zambia Media Women Association ZAMWA )का लागि काम गर्ने अवसर पाए । २०११ र्माच ३ तारिखको दिन म एक्लै काठमान्डुबाट मेरा लागि नितान्त नौलौ जाम्बिया…

बाँकी

Added by Gita Chaudhary on November 20, 2011 at 2:30pm — 2 Comments

An ill practice : Witchcraft

Women in Nepal are accused of witchcraft. The term witchcraft denotes to the witches having the supernatural power or black magic for evil intension which can harm and can even lead to death of the victim.  And this concept is rigidly believed in many rural parts of Nepal. In Nepal, many women are severely beaten to death, fed the human excreta and expelled from the society and stigmatized.   …

बाँकी

Added by Ajeeta Sigdel on November 14, 2011 at 4:30pm — No Comments

आज फेरी भुइचालो गएछ । कत्रो गयो? कस्तो गयो?

एका बिहानै भुइचालो आएछ । ट्वीटरमा लगइन भाथे, कसैले अपडेड गरेको रहेछ । एका बिहान ५ बजेर ३५ मिनेटको हाराहारीमा गएको भुइचालो ५ रेक्टर स्केलको थियो रे । केन्द्रबीन्दुचाँही गोरखा । read more here; http://tyamkeview.blogspot.com/2011/11/blog-post_13.html

Added by Binaya Shekhar on November 13, 2011 at 11:20am — No Comments

नयाँ नेपालको नेतृत्व बाहिर हामी लेखक

इतिहास त्यसै लेखिने होइन् । केही हुन्छ र लेखिन्छ । केही गरिन्छ र लेखिन्छ । इतिहास भनेको विजेताहरुको दस्तावेज हो । हार्नेहरु नामेट भएर जान्छन् । जित्नेहरु समयलाई जितेर बाँचिरहन्छन् । यसरी बाँचिरहने र जितीरहने संसरमा कमै मात्र हुन्छन् । कतिले समयलाई स्थापित गरिदिन्छ । कतिलाई आन्दोलन, सघर्ष र क्रान्तिले । अतः आज हामी उभिइरहेको यो समय त्यस्तै कुनै प्राप्तीको अनुभूति हो । जसलाई समयको स्थायीत्व भने पनि हुन्छ । अथवा संघर्षबाट उपलब्ध भएका प्राप्ती भने पनि हुन्छ ।

२०४६ सालको पहिलो जनआन्दोलनपछिको…

बाँकी

Added by Prabin Baniya on November 13, 2011 at 9:18am — 1 Comment

भाडामा मनपरी : खोई अनुगमन ?

सरकारसँग यातायात व्यावसायीहरुले केहि समयअघि देखि नै सरकारसँग भाडा बढाउनका लागि चर्को दबाब दिदैं आइरहेको थिए । त्यही अनुसार सरकारले गत कार्तिक १८ गते सार्वजनिक यातायातका साधनहरुमा शुक्रबारदेखि  लागू हुनेगरी ९ दशमलब ९ प्रतिशतका दरले भाडा बृद्धि गर्ने निर्णय गरेको थियो । तर व्यावसायीहरुले बिहीबारदेखि नै बढेको भाडा असुल्न थाले । त्यो पनि तोकिएको भाडा भन्दा बढि दरमा ।

मूलतः प्राराम्भमा यो समस्या उपत्याकाभित्र देखिए पनि यसले विस्तारै मोफसलमा पनि उही असर पार्यो । केन्द्रमा भाढा बढ्ने…

बाँकी

Added by Prabin Baniya on November 10, 2011 at 12:30pm — 1 Comment

एउटा दुखान्त कहानी

एकजना दाइको सानोतिनो अपरेशनका लागि पर्खिने क्रममा संगैको बेडमा एउटा पुरानो नभइसकेको जस्तो जोडी थियो जसमा केटा चाहिं बिरामी थिए र उनकी श्रीमती निकै प्रेमपुर्वक उनको सेवा गर्दै थिइन् ।

बिरामी गलित र थकित देखिन्थे तर रोग छिट्टै निको हुने विश्वासमा दुवै जना हँसमुख नै लाग्थे । श्रीमती चाहिंलाई श्रीमान्को रोगको चिन्ता भन्दा पनि महिनौंपछि काखमा सुताउन पाएकोमा खुशी लागेको आभास हुन्थयो । श्रीमान्का निधारमा भने निराशा र बेचैनीका गाढा धर्साहरु कोरिएझैं लाग्थ्यो । 

ज्यान सुकेर खिरिलो र…

बाँकी

Added by Jiwan Kshetry on November 9, 2011 at 12:44pm — 1 Comment

आफ्नै शब्द ।

मुलधारको पत्रकारिता पेशा नगरेको ठ्याक्कै ४ बर्ष नाघेछ । यसविचमा एउटा उपलब्धी भनेको आमसंचार तथा पत्रकारितामा एमए चाहिँ गरिएकै हो । तर मनको धोको पुग्नेगरी पत्रकारिता गर्ने रहर हुँदाहुँदै मुलधारको पत्रकारिता पेशाले मलाई भने रोज्न सकेन । त्यसैले त सुर्खेतबाट काठमाण्डौ हान्निएर केक्केन गरुँला भनेर आएको म, आउने बित्तिकै नेपाली सिनेमाको भुत सवार भएर सिनेमाका निर्देशकहरुका पछाडि पछाडि कुद्न थालेँ ।

विहान सातबजे देखि साँझ ११ बजेसम्म डाईरेक्टरहरुकै पछाडि दगुरियो, उनीहरुलाई रक्सी सर्भ गरियो,…

बाँकी

Added by Prakash Lamichhane on November 8, 2011 at 1:00pm — 3 Comments

कहाँ गइस दिदी?

यो कथा तिहारमा लेखिएको हो, तर खै केमा व्यस्त रहेर हो, विविध कारणले समयमा पोष्ट गर्न सकिन । अनगिन्ती घटनाहरुको संकलन हो मानिसको जीवन । बिचमा धेरै घटनाहरु भए, र धेरथोर सिर्जनाहरु पनि । यहाँ जोड्न मिल्ने केही घटनालाई समय मिल्यो भने अवश्य शेयर गर्ने नै छु । यस अघि नै दुइ कथाहरु क्रमश: "दौराको फेर" र "इसरत" पनि लेखेर राखेको छु, टाइप गर्न भ्याएको छैन, समय मिलाएर छिटै टाइप गरी पस्कने छु । अहिलेलाइ यो कथा --

 

 …

बाँकी

Added by Krishna Thapa on November 7, 2011 at 10:16pm — 8 Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service