September 2015 Blog Posts (12)

KOICA organizes a workshop for KOICA Volunteers Partner Organizations

The Korea International Cooperation Agency (KOICA) has organized a workshop on KOICA Volunteers Program (KOV) for its Partner Organizations on September 25, 2015 in Kathmandu.

This workshop aimed to review and evaluate KOICA’s…

बाँकी

Added by Shekhar KC on September 25, 2015 at 3:30pm — No Comments

Voluntary Work of KAAN in Bolde, Kavrepalanchowk



बाँकी

Added by Shekhar KC on September 22, 2015 at 9:00am — No Comments

"नियतका चार शब्द"

१– सबैथोक हुन्छ यहाँ पर्दा पछाडी नै,

पिडाले रुन्छ कोहि पर्दा पछाडी नै।

ति सब देखाउटी कुरा हुन यार,

था छ थुन्छ कोहि पर्दा पछाडी नै ।।

२– कोहि राज्य माग कोहि अधिकार,

खै किन हुदैछ यहाँ मारामार ।

तिमी रमिता मात्रै हेर्नु हुस्सु,

कर्तुत छोड्न के को आइतबार ।।

३– तिमी बिटुलो पार्न आइन,

छोइन्छ पानी सार्न आइन ।

मन रुन्छ सारै के गरु,

रिस उठेर मार्न आइन ।।

४– समानताको खोल ओढी पशु नियत जानियो,

मानव हौं…

बाँकी

Added by Kp anmol on September 18, 2015 at 11:00am — No Comments

अब देश यस्तो बनोस!!!

"लौ दुबै जना लिम्बु ? लौ यहाँ पनि समावेशी चाहियो"

"यस्तो मा प्राय जनजाती बाहेक अरु हुन्नन के बुझ्नुभएन,किनभने तिनीहरुलाई मेकअप गर्न आफुलाई श्रृङ्गार बाहेक केहि आउँदैन र आर्यन केटीहरु प्राय इन्टेलिजेन्ट हुन्छन र धेरै जस्तो अरु प्रोफेसनमा हुन्छन्"

"वौद्द्दिक क्षमता भनेको जातले हुने होईन बुझ्नुभएन के ? होला केहि जन्मिँदै लिएर आएका गुण पनि हुन्छन तर त्यस देखी बाहेक आफुले मेहनत गरेर पनि क्षमता वृद्दी गर्न सकिन्छ"

"तरपनी प्राय मत्वाली केटिहरु त्यस्ता हुँदैनन के, तिनिहरु अलिक बढी…

बाँकी

Added by Rejina Rai on September 18, 2015 at 10:00am — No Comments

तिम्रो गल्ती के ?

पत्थरको थुम्कोमा बनेको

पत्थरमाथी पत्थरले टालेको

पत्थरैले बारेको त्यो घरमा;

सुन्तला रंगको ऊनी टोपीमा

ढोकाको छेवैमा बसेर

आँशुका थोपा झार्दै

आमा आउने बाटो हेर्दै

सुँक्क सुँक्क गर्दै गरेको

बालकको ब्यथा

बुझ्न सकेनौ त तिम्रो गल्ती के ?

हजुरबुबाको छडि टेक्दै

हजुरआमाको पटुका कम्मरमा बेरेर

चञ्चले पारामा

साना पाइलाले धर्ती नाप्दै

बाबाको प्रतिक्षामा

आँगनीमा एक्लै खेलिरहेको

बालकको चाहना

बुझ्न सकेनौ त तिम्रो गल्ती के…

बाँकी

Added by Mahesh Pant on September 17, 2015 at 7:36pm — No Comments

"हो, त्यसैले त म धोती, तिमी नेपाली"

तिमी भन्छौं म मात्रै नेपाली मेरो मात्रै देश

म भन्छु हामी सबै एक

यस मै समानता खोजौ

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

तिमीलाई तिम्रो नाम पछाडी झुन्डिएको

अक्षरमा गर्भ लाग्छ,

तर मलाई नेपाली लेख्नमा ।

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

एक ब्यतmी, एक समुदायका लागि होइन

सिंगो देश विकशित होस भन्छु

तिम्लाई आफ्नो जात भए पुग्यो

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

हो म मधेषीका लागि बोल्छु

थारु आदिवासीका लागि…

बाँकी

Added by Kp anmol on September 17, 2015 at 12:52pm — No Comments

नेता ज्यूहरु लाई खुला पत्र

आदरणीय नेता ज्यूहरु !!

देश दुखेको बेला मलाई झै तपाईहरुलाई पनि दुखेकै होला भन्ने आशा गर्दछु .

संबिधान बनाउन कम्मर कसेर लाग्नुभाको मा खुसि नै लागे पनि देश को वर्तमान अस्तब्यस्ता प्रति कम चासो देखिएकाले यो पत्र लेख्दै छु .

सहमति र सहकार्य गरेर नै देशमा प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भयो . दश वर्षको गृहयुद्दको अन्त्य  संबिधान सभाको दुई निर्वाचन र अब नयाँ नेपालको नयाँ संघिय संबिधान जारी को खबर सुनिनुको साटो दिनहुँ राष्ट्र सेवक प्रहरी, अबोध बालक र सर्बसाधारण…

बाँकी

Added by Dinesh Subedi on September 13, 2015 at 1:39pm — No Comments

माया

 बेचैनीपुर्ण जीन्दगीबाट मुक्ती पाउन तथा आफ्नो मनबाटएक्लोपन हटाउनको निम्ती मायाको अावश्यकता पर्दोरहेछ यसैले होला हाम्रो समाजमा नायक तथा खलनायक दुवैलाई मायाको अावश्यकता पर्या।मायाको शुरुवाती सन्दर्भ अझै कसैलाई पनि ज्ञात छैन, न त पछाडीनै हुनेछ।यो त केवल एक भाव हो जसले महशुस गर्यो त्यहि मायाजालमा पर्यो।तरपनि मायाको व्यापकता अहिले यसरीफस्टाउँदै छ कि यसबाट नै मानिस महामानब हुन पुगे। 

वास्तवमा हुन पनि हो,माया ईश्वरीय शक्ति हो…

बाँकी

Added by Rabin on September 9, 2015 at 10:30pm — No Comments

पृथक जन्म दिन

धेरै जसोले आफ्नो वा आफ्ना सन्तानको जन्म दिन केक काटेर, भोज, भतेर गरेर, रेष्टुँरामा फजुल खर्चेर मनाउँछन् तर कोहलपुर स्थित चार बालबालिकाका अभिभावकले भने बालगृहलाई सहयोग गरेर जन्म दिन मनाएका छन् ।

कोहलपुर स्थित नोवेल प्रि मण्टेश्वरी स्कुलले बालबालिकाहरुको जन्मदिन पृथक मनाउने वातावरण तयार गरिदिएपछि उनीहरुले जन्मदिन पृथक रुपमा मनाएका हुन् ।

उक्त मण्टेश्वरीमा रहेका ४ बर्षिया प्रस्नेहा घतांग, ५ बर्षिया हिमाँशु भट्राई, २ बर्षिय निरज बुढाथोकी र ३ बर्षिय अश्विन थापाका अभिभावकहरुले जन्मदिनका…

बाँकी

Added by Namaskar Shah on September 8, 2015 at 10:54pm — No Comments

माया गरेको पो त लाटी !

‘आज बल्ल यो बोकाले पालो पाउने भो’ साथीहरुले उल्याउँदै थिए ।

विवाहको पहिलो रात । त्यसै पनि डर लागेको थियो । ग्रामीण भेगमा जन्मेपनि सहरको रहनसहनले प्रेम विवाह गर्ने निकै ठूलो रहर थियो । जति प्रयास गर्दा पनि सम्बन्धहरु खासै अगाडि बढाउन सकिएन । खाली आफैलाई प्रयोग गरिएको भान मात्रै हुन्थ्यो । अनि एउटा ग्लानी बोधले मनमा डेरा जमाउँथ्यो । पढाइ पनि खासै गर्न सकिएन । जेनतेन मास्टर कटाएर एक निजी बैंक को जागिर सम्म हात लाग्यो । काम मात्रै रातदिन, पैसा पाउने बेलामा उही हो ।

आमाबाबुको निकै…

बाँकी

Added by Raman Paneru on September 5, 2015 at 12:00pm — No Comments

साहित्य

सब भ्रम हुन्,

सब नाटक,

सब

नौटङ्की समाज

नौटङ्की संबन्ध

अनि

नौटङ्की साहिनो...!

उफ !! ...

छोरी बावुबाट लुटीन्छे

भतीजी काकाबाट

अनि

बहिनी दाईबाटै...।



अझ पिडितलाई

कुलङ्धारको संज्ञा ?

किन अन्यौल ??

किन कुठाराघात ???

निस्कलङ्कीत आँखाहरुमा

सजिएका ती

अबोध सपनाहरुमा

किन तुषारापात ??



खै कस्ले बुझ्या ?

कस्ले जान्या…

बाँकी

Added by Rabin on September 3, 2015 at 11:12pm — No Comments

बाबुराम र टिकापुर घटना

बाबुराम भट्टराई देशका एकदमै आशलाग्दा नेताहरु मध्ये पर्दछन् । उनको विद्वताका कारण उनी पहिले देखि नै आशाका केन्द्र थिए । माओवादी भएतापनि हर कोही राजनीतिक दल प्रति आस्था राख्नेका लागी उनी एक आदर्श जस्तै थिए । कतिपयका लागी उनी अझै पनि आदर्श नै छन् । आफ्नो प्रधानमन्तृत्वका बेला जनतासँग नजिकिने धेरै उदाहरण उनीले स्थापित…

बाँकी

Added by Raman Paneru on September 3, 2015 at 1:30pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service