Featured Blog Posts – September 2012 Archive (49)

मलेसियामा नेपाली कामदारलाई मृत्युदण्डको फैसला-नातिको जीवनरक्षा माग्दै ८३ वर्षिय धनबहादुर

नुवाकोट जिल्ला बर्सुन्चेत गाविस वडा नं १ स्थायी घर भएका हरि बहादुर घले रोजगारीका सिलसिलामा सन् २००१ मा मलेसिया गएका थिए । रोजगारी सम्झौता सकेर नेपाल फर्कने क्रममा उनी पक्राउ परेका थिए । रोजगारी सकेर घर फर्कने क्रममा पक्राउ परेका निजको झोलामा लागु औषध भेटिएको भन्दै मलेसिया सुरक्षा निकायले उनलाई पक्राउ…

बाँकी

Added by Bishnu B. Khatri on September 29, 2012 at 2:30pm — 8 Comments

आम्स्टर्डम डायरीः जंगली जनावरका लागि आकाशे पुल

इको ब्रिज! इको कोरिडोर, इको फ्रेण्डली आदि शव्द त सुनेकै थिएँ तर यहाँ आयो इको ब्रिज । के रहेछ यो भन्ने कौतुहलता त आउने नै भयो । तर हामीले सोध्नुभन्दा अगाडि नै हाम्रो तालिम सँयोजक टोनी यसबारे बताउन तम्सिए ।

खासमा कुरो के रहेछ भने नेदरल्याण्ड्स युरोपको सबैभन्दा बढी जनघनत्व भएको देश रहेछ । हामीकहाँ भन्दा…

बाँकी

Added by Indra Dhoj Kshetri on September 27, 2012 at 4:00pm — 6 Comments

तपाईको देशको सदरमुकाम कति टाढा छ ?

हुन त कर्णाली यात्राको मेरो कथा अहिले हैन एक वर्ष भन्दा अगाडी नै सुरु भएको हो । ठूलै सपना देखेको थिएँ रारा पुग्ने...मुगुको मान्छेहरूको थयार्थ बुझ्ने...एक हप्ता भन्दा बढी नेपालगञ्जको विमानस्थलमा मुगुको लागी उड्ने प्लेनको दिनदिनै प्रतिक्षा पनि गरेकै हो...र हरेसै खाएर मुगु नपुगी नै फर्किएकै पनि…

बाँकी

Added by SwaRnima on September 27, 2012 at 12:00pm — 2 Comments

गगन थापाहरु; पसल बन्द होला सावधान!

यूवा नेताहरु केहि आशालाग्दा छन्। त्यसमध्ये गगन थापा तथा उनका समवयी नेताहरु योगेश भट्टराई, हेमराज भण्डारी, राजकिशोर यादवहरुले आशाको कुरा गरेर नेपाली जनतामा केहि रक्तसञ्चार गरेका पनि हुन। यि लगायत कैयन नेताहरु थिए। जसमा नेपालीहरुले भरपर्न खोजेका थिए। तर यो आशाको खेति गरेको नि हेर्दा हेर्दै दशक पुग्न थालेछ तर नेपाली नागरिकले भर पाउँन सकेका छैनन। शुरुका पाँच वर्षलाई आन्दोलनको समयको रुपमा वुझ्ने हो भने वाँकी पाँच वर्ष उनीहरुको पार्टी सरकारमा भएको वेला भनेर गणना गर्न सकिन्छ। तर यो आशाको व्यापार यो…

बाँकी

Added by Gaurav Pokhrel on September 26, 2012 at 5:46pm — No Comments

नेकपा माओवादीको भारतीय वस्तुमाथि अवरोध

नारायणगढ

नवगठित नेकपा–माओवादीको अवरोधका कारण बिहीबार चितवनमा भारतीय नम्वर प्लेटका यातायातका साधनहरु चल्न सकेनन् भने भारतीय चलचित्र एवम् टेलिभिजन च्यानलहरु समेत प्रशारण भएनन् । माओवादीको तामसालिङ् राज्यले असोज १० गते वीहिबारबाट मंसिर १० सम्म राज्यमा भारतीय नंवर प्लेटका सवारी साधन, भारतीय चलचित्र, टेलीभिजन च्यानल, भारतीय प्रकाशन र उत्पादन भित्राउन रोक लगाएको हो ।

माओवादीको अवरोधका कारण चितवनमा सञ्चालित केवल च्यानलहरुले भारतीय च्यानल प्रशारण वन्द गरेका छन् । त्यस्तै…

बाँकी

Added by अल्टर कान्छो’ on September 26, 2012 at 4:00pm — No Comments

कतारमा भेटिएको "मिनी नेपाल"

अर्काको देशमा पाईला राख्ने बित्तिकै दिनै जसो बोल्दै आएको भाषा विरानो बन्न थाल्छ । दिनदिनै खादै आएको स्वादे जिब्रो बेस्वादिलो हुन थाल्छ । वरिपरिको वातावरण र रहनसहन पराई लाग्न थाल्छन् । आक्कल झुक्कल हुने विदेश यात्रामा मलाई सबैभन्दा बढी बिझ्ने कुरा यिनै र यस्तै हुन । तर यसपटकको कतार यात्रा अरु यात्रा भन्दा विल्कुलै भिन्न भयो । आफ्नै भाषामा कुराकानी गर्ने दाजुभाई प्रसस्तै भेटिए, आफ्नै देश र स्वादका खानेकुराले पेट भरियो र आफ्नै परिवेशमा हिडेको, डुलेको महशुष भयो ।   
दुवई एयरपोर्टको…
बाँकी

Added by Krishna Guragain on September 26, 2012 at 3:00pm — No Comments

चितवनमा उच्च ज्वरोको प्रकोपः एकै दिनमा दिदीबहिनीको मृत्यु

भरतपुर । उच्च ज्वरोका कारण चितवनमा एकै दिन एकै घरका दुई दिदी–बहिनीको मृत्यु भएको छ । माडी गर्दी–८ की १९ वर्षीया लेखा रेग्मी र १७ वर्षीया मेनुका रेग्मीको मंगलबार मृत्यु भएको हो ।

 

दिदी लेखाको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको हो भने बहिनी मेनुकाको थप उपचारका क्रममा काठमाडांै लगिएपछि…

बाँकी

Added by अल्टर कान्छो’ on September 26, 2012 at 8:00am — No Comments

एक इन्च जमीन बाँझो रहँदा मन दुख्ने किसान

"अलिकती जमीन पनि बाँझो राख्न हुदैन, जमिनको महत्व नबुझेकाले मात्र यस्तो गर्दछन । मलाई अलिकती जमीन बाँझो राख्दा पनि मन दुख्छ" भन्छन लिलाराम शर्मा ।  

दुइ कटठा जग्गामा बिभिन्न जातका उनले घाँसहरु  लगाएका छन, बारेमास हरियो घास गाइ भैसीलाई खुवाएर पशुपालन ब्यवसाय गर्नु उनको अर्को बिषेशता हो । लिलाराम शर्मा गुल्मीको मेलपोखरी गाबिसमा जन्मेका हुन। अहिले उनी निकै लगनशील ,मेहेनिती अगुवा कृषकका रुपमा समेत परिचित हुदै आएका छन । उनको धरमा जाने जोकोहीलाई पनि एक गिलास दुध वा दही खुवाएर नै…

बाँकी

Added by Humhari Bhattarai on September 25, 2012 at 1:30pm — No Comments

त्यो "शानदार डाबर च्यवनप्राश चौका"

[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ..

बहुत बढिया शाट...सिधे फिल्डरके हातो में शानदार स्ट्रोक..और ए गेदं हावामे, बाउन्ड्री लाईन के बाहर.....की तरफ..और ए शानदार फिल्डिङ...

और ए बेहतरिन गेदं, अफस्टंप के बाहर टप्पा खाके अन्दर कि तरफ आती हुई, और उतनी हि…

बाँकी

Added by sabinsingh on September 25, 2012 at 12:00pm — No Comments

कार्वन संचिती बापत दोलखाका सामुदायिक वनलाई ३८ लाख

जलवायु परिवर्तनको असर न्युनिकरणका लागि वन विनास रोक्न योगदान  गरेका दोलखाका सामुदायिक वन उपभोक्ता समुहले रकम प्राप्त गरेका छन् । वन बिनास र क्षयिकरण हुनबाट जोगाई वनको दिगो व्यवस्थापन गरी कार्वन डाईअक्साईड ग्यास उत्सर्जन कटौती गर्ने कार्यमा योगदान पुर्‍याएकोले सामुदायिक वन उपभोक्ता समुहले रकम पाएका हुन् ।…

बाँकी

Added by sherbhhadur bhujel on September 25, 2012 at 10:30am — No Comments

स्वप्न नगरी सम्मको यात्रा –भाग १

अँ स्वप्न नगरी नै भन्दा उचित होला । धेरैले इच्छाएको ठाउँ । गगनचुम्बी महलहरुको सहर, चिल्ला गाडी गुड्ने सहर, झिलिमिली सहर अनि लाखौँ सपना पुरा गर्ने आशा बोकेको सहर । नयाँ ठाउँ नयाँ अपेक्षाहरु । अनि जहिले पनि उही त हो, आफ्नो अवस्था भन्दा अरुको अवस्था नै राम्रो लाग्छ ।   

विदेश पुग्ने दुई उपाय छन्ः कि कामदारका रुपमा प्रवेशाज्ञा लिएर अरव तिर लाग्ने…

बाँकी

Added by Raman Paneru on September 25, 2012 at 4:00am — 2 Comments

कर्पोरेशन, ठगी र लिट्फेस्ट #Ncell

Nepal's first international literary extravaganza को नारा लिएर काठमाडौंमा एनसेल नेपाल साहित्य महोत्व चलिरहेको छ । साथै एनसेलसित जोडिएर आएका अरु केही नराम्रा समाचार पनि सोसल मिडियातिर चर्चामा छन् । तिनै बहस र विवादबारे छोटो चर्चा गर्नु र तिनको सार्थकता खोज्नु यो लेखको उद्देश्य हो ।



संयोग कस्तो पर्यो भने नेपालमा एनसेलले कर छली गर्यो भन्ने चर्चासँगै उसको मातृ कम्पनी टेलियासोनेराले उज्बेकिस्तानमा सरकारलाई ठुलो मात्राको वैध रकम तिर्नुको सटटा त्यहाँका तानाहाशाहकी छोरी कारिमोभालाई करोडौं…

बाँकी

Added by Jiwan Kshetry on September 22, 2012 at 8:00pm — No Comments

भालुको आतंक

लेकाली जंगलमा भेटीने भालु यति बेला गाँउ बस्तीमा आतंक मच्याउन थालेको छ । गाँउमा मकै र कोदो पाक्न थाले पछि लेकाली जंगलमा बस्दै आएको भालु गाँउमा आतंक मच्याउन थालेको हो ।

भालुको आतंक यतिबेला जिल्लाका दहकोट, मनाकोट, जुगाडा, कुल्देवमाण्डौ, बुढीगंगा, डोगडी काँडा, बाह्रबिस , गुदुखाति गाविसमा बढेको छ । गाँउमा पाक्न थालेका कोदो र मकैबाली खानलाई भालु राती राती गाँउमा आउने गरेको स्थानीय बासीले बताएका छन् । राति राती गाँउ नजिकैको जंगलबाट बथान सहित जंगली भालु बारीमा पस्ने गरेका छन्…

बाँकी

Added by Purna Bahadur Khadka on September 22, 2012 at 7:30pm — No Comments

कसले सुन्ने मैनाको दुःखेसो

सबैले सोचेका हुन्छन् । आफ्ना छोराछोरी हुर्के बढे पछि सुख शान्ति देलान र भविष्यको साहरा बन्लान भनेर । तर आफ्नै सन्तान आफ्नै लागि पिडा दिने सुल जस्तै भए पछि कसको के नै पो लाग्छ र । अहिले यस्तै भएको छ मैना श्रेष्ठलाई ।

आफ्नी छोरी भगवतीले नातामा काका गर्ने सोही ठाउँका राजु श्रेष्ठ सँग विहे गरे पछि मैनाका दुःख दिन सुरु भएका हुन् । छोरीले हाडनाता पर्ने सँग विहे गरेपछि छुटाउन भन्दै हिडेका मैनाका श्रीमान् १० वर्षदेखी बेपत्ता छन् । 

कृतिबहादुर बेपत्ता भए सँगै सुरु भएको…

बाँकी

Added by sherbhhadur bhujel on September 22, 2012 at 2:30pm — No Comments

जातीय विभेद र छुवाछूतविरुद्धको अभियान टोलीलाई चितवनमा स्वागत

भरतपुर । जातीय विभेद र छुवाछूत अन्त्यका लागि राष्ट्रव्यापि सामूहिक अभियान–२०६९ को टोलीलाई शुक्रबार चितवनमा स्वागत गरिएको छ । विभिन्न ४२ वटा संघसंस्थाको संयुक्त आयोजनामा सञ्चालित अभियानको २५ सदस्यीय टोलीलाई चितवनमा क्रियाशील विभिन्न १२ वटा संघसंस्थाले संयुक्त रुपमा स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै…

बाँकी

Added by अल्टर कान्छो’ on September 22, 2012 at 7:30am — No Comments

हेफरको ‘स्वर्णिम प्रतिभा’बाट छमीकुमारी पुरस्कृत

शक्तिखोर । शक्तिखोर–८ देवीटारकी छमीकुमारी रानामगर हेफर इन्टरनेशनलको स्वर्णिम प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । शुक्रबार शक्तिखोरको गैरीबारीमा आयोजित १५ औं हेफर दिवसको अवसरमा छमीकुमारीलाई पुरस्कृत गरिएको हो ।

महिलाहरुलाई समूहमा आवद्ध गराइ आर्य आर्जनमार्फत गाउँलेको जीवनमा परिर्वतन ल्याउन…

बाँकी

Added by अल्टर कान्छो’ on September 22, 2012 at 7:30am — No Comments

मनु पनि हामीजस्तै मनुवा हुन् ?

कुन कविता हो ? मलाई था छैन । कविताको शीर्षक मुन्तिर लेखिएको थियो मनु मञ्जिल ।

कुवाका भ्यागुताहरुलाई कुवा नै सबै संसार लाग्छ रे, त्यो भन्दा बाहिर संसारै छैन होलाझैं । र, जोड–जोडले कराउँछन् रे भ्यागुताहरु– संसारमै हाम्रोजति ठूलो र राम्रो स्वर अरु कसैको छैन भन्दै ।

दुई/चार महिनादेखि किन–किन मन भड्किरहेको छ मेरो । लाग्छ– हामी पनि कतै मान्छेरुपी कुवाका भ्यागुता त होइनौं ? साँच्ची ! हामी किन कुवामै रमाइरहेका हँ ?

अँ, मैले कुरा गर्दै थिएँ– कवि मनु मञ्जिलका । अस्ति…

बाँकी

Added by Dilli Malla on September 21, 2012 at 11:00am — No Comments

प्रधानद्वारा आँखा अस्पताललाई दुई करोड सहयोग

भरतपुर आँखा अस्पताललाई नारायणगढका व्यवसायी तथा समाजसेवी महेन्द्रलाल प्रधानले दुई करोड एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । अस्पतालको सुविधा थप्ने र आँखा सम्बन्धी दक्ष जनशक्ति तयार गर्ने अध्ययन संस्था स्थापना गर्ने योजना सार्वजनिक भएपछि सो सहयोग दिन प्रधान तयार हुनुभएको हो ।

नेपाल नेत्रज्योति संघ चितवन शाखाले सो अस्पताल सञ्चालन गरेको छ । प्रधान संघको संस्थापक तथा वर्तमान कार्यसमितिका सल्लाहकार हुनुहुन्छ  । आँखा अस्पतालको नयाँ योजनाका लागि छ करोड रुपैयाँ…

बाँकी

Added by अल्टर कान्छो’ on September 21, 2012 at 8:00am — No Comments

जलविद्युतका लागि वन

रसुवा जिल्ला जलविद्युतका लागि सम्भावना भएको जिल्ला हो भनेर सबैको नजर पर्न थालेको छ । हुन पनि रसुवामा जलविद्युत उत्पादनका लागि प्रशस्त सम्भावनाहरू रहेका छन् । रसुवामा हिमाल छ, पानीका मुहानहरू छन् र पानीको लागि जंगलहरू छन् । पानी संरक्षणका लागि प्रशस्त जंगल भएको जिल्लामा जलविद्युत व्यवसाय फस्टाउन सक्छ ।

रसुवा जिल्लामा मात्र नभई देशकै लागि नमुना चिलिमे जलविद्युत केन्द्र छ । २२ मेगावाट क्षमता भएको चिलिमेले रसुवालीलगायत नेपाली नागरिकलाई मालिक बनाएर नमुना प्रदर्शन गरेको छ । तर यसको…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on September 20, 2012 at 10:00pm — No Comments

सानो तर सम्वेदनशिल कुरा

धेरैलाई यो कुरा सानो लाग्ला, यती जाबो कुरामा नि के सिरियस भको भन्लान्, तर मलाई चै व्यस्तता र बानी परेकोले साधारण सम्वेदना पनि गुमाउन लागेका हौं कि भन्ने डर लाग्यो।

आज म्याटरनिटी वार्ड/ सुत्केरीहरु राखिने वार्डमा नवजात शिशुहरुको राउण्ड लिदैथिएँ। भर्खर जन्मिएका बच्चाहरुले भरिएको वार्डमा प्राय: सबै नै खुशी थिए, कसैकसैको बच्चाको यो भयो, त्यो भयो भन्ने सामान्य समस्याहरु मात्रै थिए। एउटा बेडमा पुगेपछी मैले बच्चा देखिनँ, तर आफ्नो रजिष्टर हेर्दा बच्चा पाउनको लागि…

बाँकी

Added by Samir Lama on September 20, 2012 at 6:00pm — 1 Comment

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service