Encouraging and supporting citizen journalism in Nepal
सुन खोज्दै रौतहटमा भारतीय महिलाहरु
फणि महत /रौतहट
सुनको मुल्य बढ्दै गएको बेला सुन खोज्न भारतीय महिलाहरु रौतहट आईपुगेका छन् । उनीहरुले सुनचादी पसल छेउछाउका माटो चालेर सुन निकाल्ने गरेका छन ।
सुन खोज्न भारतको महाराष्ट्रप्रान्त स्थित जवलपुर देखि भारतीय महिलाहरु रौतहटको चन्द्रनिगाहपुर आईपुगेका हुन ।
बीरगजमा डेरा लिएर बसेका उनीहरुले तराईका बिभिन्न जिल्लाहरुमा घुमेर सुनचादी पसल अगाडीको माटो चालेर सुन निकाल्ले गरेको बताए ।
भारतमा सोनारी जातले परिचित रहेका यी महिलाहरु समुहमा सुन खोज्दै हिड्ने गरेको बताउछन…
Added by phani mahat on September 9, 2011 at 2:45pm — No Comments
सदरमुकामकै सडक हिलाम्मे
रविन भट्टराई
ताप्लेजुङ, भदौ २३
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ्ग बजार भित्रकै व्यस्त सडक ढल निकासको व्यवस्था भएको कारण हिलाम्मे भएको छ ।
बीच बजारमै सडक हिलाम्मे हुँदा सदरमुकामको सोभा त घटेको छनै यहाँका व्यापारी तथा आवत जावत गर्नेलाई समेत असहज भएको छ । सदरमुकामको टेलिकम कार्यालय देखि जिल्ला कृषि विकास कार्यालय सम्मको करीव १ किलोमिटर सडक जीर्ण भएको छ भने माथिल्लो बजारको शिक्षा कार्यालय अगाडिको सडक हिलाम्मे हुँदा यातायात सञ्चालनको साथै आवत जावतमा असहज भएको स्थानिय…
Added by रविन भट्टराई on September 9, 2011 at 2:30pm — No Comments
रकम लिएपनि शिक्षकहरुले बिधालय पोसाक सिलाउन पाएनन
फणि महत / रौतहट
पोसाक किन्नका लागी शिक्षकहरुले रकम बुझेको महिना दिन बढी भएपनि कस्तो पोसाक सिलाउने भन्ने थाहा नहुँदा शिक्षकहरुले पोसाक सिलाउन पाएका छैन ।
सरकारले तोके बमोजिमको पोसाक सबै अन्य कार्यालयका कर्मचारीले साउन १ गते देखि नै लगाइ सकेका छन तर पोसाकको रकम पाइसकेका शिक्षकहरुले लगाउने पोसाकको टुङ्गो भने अहिलेसम्म नलाग्दा कस्तो र कुन रङ्गको पोसाक लगाउने हो भन्ने जानकारी नहुँदा शिक्षकहरु अन्यौलमा परेका हुन ।
जिल्ला शिक्षा कार्यालयले असार मसान्त भित्रै जिल्लाका…
Added by phani mahat on September 9, 2011 at 1:00pm — No Comments
A brutal darkness
A Brutal Darkness
Beyond the ocean
there lies what you seek
This side, you get what you try to avoid
hunger, strife and famine
All in a package of never-ending cycle
That side of world
the sun rises early and sets late
this side, the darkness rules the day
Amidst the chaos,
the mob decides the fate of many
men in combat decide the fate of millions
That side, people choose who will lead…
Added by Jiwan Kshetry on September 8, 2011 at 8:07pm — 1 Comment
Gender based Violence in Kanchanpur.
कंचनपुर जिल्लामा पछिल्लो समयमा लैङिक् हिंसाको नयाँ रुपले व्यापकता पाउन थालेको छ । मोबाइलको दुरुपयोग गरी आफ्नै केटी साथीको अन्तरङ् सम्बन्ध राखेको भिडियो सार्वजनिक गरेको घटना बाहिर आएको छ । गएको २,३ महिनामा ६ वटा भिडियो बाहिर निस्केको थाहा भएको छ । हिजो पनि एउटा नयाँ घटनामा महिला अधिकारकर्मीहरुले एक केटालाइ नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन ।
Added by Dhirendra Sinal on September 8, 2011 at 3:30pm — No Comments
राहत रकम फ्रिज अधिकांस द्वन्द् पीडितहरुले राहत पाएनन
फणि महत
रौतहट
सरकारले १० बर्षे द्धन्द्धको समयमा पिडित बनेकाहरु लाइ राहत स्वरुप बितरण गर्न रौतहटमा पठाएको करिव ८५ लाख रकम बितरण हुन नसकेपछि रकम फ्रिज भएको छ ।
स्थानीय शान्ति समितिमा रहेका दलका प्रतिनिधि एकिकृत माओवादी र नेपाली काँग्रेसको विवादका कारण आन्तरिक बिस्थापितको लागि आएको ८३ लाख रकम बितरण गर्न नसकेर दुईपटक फिर्ता भइसकेको छ भने द्धन्द्ध पिडितहरुले थाहा नपाउँदा द्वन्द्का क्रममा मृत्यु भएका व्यक्तिका श्रीमती एकल महिलालाई २५ हजारका दरले बितरण गर्न जिल्ला विकास…
Added by phani mahat on September 8, 2011 at 11:00am — No Comments
यसकारण महंगो बन्दैछ तामाकोसी
पूर्ण रुपमा स्वदेशी लगानीमा वन्न लागेको तामाकोसीको शिलान्याश गरेर चरिकोट फर्किएपछि २०६८ जेष्ठ ५ गते लक्ष्मी होटलमा भएको एक भेटघाटमा एमाले पोलिटब्युरो सदस्य पशुपति चौंलागाँइले भनेका थिए , “तामाकोसी अव विद्युत प्राधिकरणलाई सुम्पिएका छौं । आजभन्दा अगाडी भएका क्रियाकलापले गर्दा तामाकोसी महंगो भयो भने त्यसको जिम्मा अरुले लिनुपर्छ । तर अव तामाकोसी महंगो भयो भने विद्युत प्राधिकरणका कारण हुनेछ ।उनले विद्युत प्राधिकरणका कार्यकारी…
ContinueAdded by Arjun Apawad on September 7, 2011 at 8:30pm — No Comments
जिल्लाकै सुविधा सम्पन्न होटल स्थापना
रविन भट्टराई
ताप्लेजुङ,भदौ २१
ताप्लेजुङ जिल्लाकै सुविधा सम्पन्न होटल “जरा” आजबाट औपचारीक रुपमा सञ्चालनमा आएको छ । पर्यटकिय जिल्ला ताप्लेजुङमा सुविधा सम्पन्न होटल नभएको कारण चौविसै घण्टा विद्युत, ८० जनाले एकैपटक खान र बस्न सक्ने सुविधा भएको होटल जराको आज एक कार्यक्रमका बीच होटल व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष छिरीङ्ग लामाले उद्धघाटन गर्नुभयो ।
राष्ट्रिय गायक डम्बर नेपाली र चर्चित कलाकार विल्सन विक्रम राईको समेत उपस्थिति रहेको सो उद्धघाटन कार्यक्रमलाई सम्बोधन…
ContinueAdded by रविन भट्टराई on September 7, 2011 at 8:00pm — No Comments
प्राचार्य विवादको कारण पठन पाठन प्रभावित
रविन भट्टराई
ताप्लेजुङ, भदौ २१
ताप्लेजुङ जिल्लाकै जेठो भानु जन उच्च माविमा केहिमहिना देखि प्राचार्य विवाद चुलीएपछि पठन पाठन प्रभावित बनेको छ ।
प्रध्यानाध्यापक मातृका प्रसाद भट्टराई र मोहन बगाले बीच विद्यालयको प्राचार्य को बन्ने भन्ने विषयमा विवाद चुलिएपछी विद्यार्थीको दैनिक पठन पाठन प्रभावित भएको हो ।
प्राचार्यको विषयलाई लिएर व्यवस्थापन समिति र शिक्षकहरु नै दुई खेमामा विभाजित भएपछि यो विषय अहिले आएर जिल्ला शिक्षा कार्यालय सम्म आईपुगेको छ । केहि दिन…
Added by रविन भट्टराई on September 7, 2011 at 8:00pm — No Comments
नमुना महिला कृषक सहकारी भवन निर्माण
रविन भट्टराई
ताप्लेजुङ .भदौ २१,
महिला सम्बन्धी हुने गरेका कृयाकलापहरुको समीक्षा, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनको लागि ताप्लेजुङको दोखु गाविसमा नमुना महिला कृषक सहकारी भवन निर्माण गरिएको छ ।
जिल्ला विकास समिति, विभिन्न संघ संस्था र जनश्रमदान गरी कुल ३ लाख ७ हजारको लागतमा सो भवन निर्माण गरीएको हो । उक्त भवनको स्थानिय विकास अधिकारीले एक कार्यक्रमको बीच उद्धघाटन गर्नुभएको छ ।
Added by रविन भट्टराई on September 7, 2011 at 8:00pm — No Comments
दशैँ नजिकि सक्दा पनि अखाद्य बस्तुको अनुगमन भएन
रविन भट्टराई
ताप्लेजुङ, भदौ २१
नेपालीहरुको महान पर्व दशैँ नजिकै आईसकेको छ । बजारमा विभिन्न किसिमको अखाध्य बस्तु भित्रिएको स्थानियको गुनासो आइरहँदा पनि ताप्लेजुङमा भने जिल्ला प्रसासन कार्यालयले अहिले सम्म अनुगमन गरेको छैन । दशैँ पर्व आउन एक महिना पनि बाँकी नरहँदा र स्थानिय नागरिकले पर्वको लागि सामान खरीद गर्ने समय भईसक्दा पनि बजार अनुगमन नहुँदा खरीद गरेको बस्तु अखाध्य हुने हो कि भन्ने डरमा स्थानियबासी रहेका छन् ।
ताप्लेजुङ् फुङ्लिङ्गका एक होटल व्यवसायी प्रदिप…
Added by रविन भट्टराई on September 7, 2011 at 8:00pm — No Comments
चन्द्रनिगाहपुर नगरपालिकामा गाबिस थप गर्ने नगर्ने बिषयमा विवाद
फणि महत / रौतहट
चन्द्रनिगाहपुर नगरपालिकाको वडा बिभाजन तथा छिमेकी गाबिस थप्ने बिषयमा नै स्थानियतहमा सहमती हुन नसक्दा बिवाद उत्पन्न भएको छ ।
सरकारले वजेट भाषणमा चन्द्रनिगाहपुर गाबिस लगाएत पौराइ जुडिवेला सन्तपुर मटिऔन गाबिसलाइ समेटेर चन्द्रनिगाहपुर नगरपालीका बनाउने घोषणा गरेको थियो । जिल्ला बिकाश समितीले भने १५ वटा वडा को सिमान्कन गरी मन्त्रालयमा फाइल पठाइसकेको छ । स्थानियतहमा राजनैतिक दलहरुको कुरा भने मिल्न सकेको छैन । भुगोल अनुसार वडा सिमान्कन नगरेको भन्दै पौराइ गाबिसले बिरोध…
ContinueAdded by phani mahat on September 7, 2011 at 7:00pm — No Comments
अलैची चोरी गरी बेच्ने ४ पक्राउ
भदौ १९,
गत साल फागुनमा ताप्लेजुङ फुङलिङ्ग ५ स्थित अलैची व्यापारी रोशनलाल अग्रवालको अलैची गोदामबाट १ सय ४७ केजी अलैची चेरी बेचेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
अलैची चोरीको सुचना पाएको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गबाट खटिएको प्रहरी गस्ती टोलीले आईतबार ताप्लेजुङ्ग फुङलिङ्ग ७ का प्रकाश लिम्बु, सुरेन लिम्बु, रोहीत लिम्बु र फुरुम्बु १ का हाङनारायण लिम्बुलाई पक्राउ गरेको हो ।
फुङलिङ्ग ७ का प्रकाश लिम्बु, सुरेन लिम्बुलाई शंकाको आधारमा पक्राउ…
Added by रविन भट्टराई on September 6, 2011 at 12:30pm — No Comments
करमा आबद्ध व्यापारी सबै भन्दा बढि रहेको जिल्ला ताप्लेजुङ - आन्तरिक राजश्व कार्यालय
विन भट्टराई
ताप्लेजुङ,चदौ १९
मेची अञ्चलमै सबैभन्दा बढि प्रतिशत व्यापारी करमा आबद्ध रहेको जिल्ला ताप्लेजुङ रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरले जनाएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाका प्रमुख कर अधिकृत नारायण ढकालका अनुसार ताप्लेजुङका ९० प्रतिसत व्यापारी करमा आबद्ध रहेकोले यो जिल्ला मेचीमै नमुना बनेको हो ।
आज सदरमुकाम फुङ्लिङ्गमा उद्योग वाणिज्य संघ ताप्लेजुङको सहकार्य तथा आन्तरीक राजस्व कार्यालय भद्रपुर झापाको आयोजनामा संचालित एक दिने तालिम तथा…
Added by रविन भट्टराई on September 6, 2011 at 12:30pm — No Comments
ताप्लेजुङको फुङ्लिङ्गमा दुलर्भ उड्ने लोखर्के फेला पर्यो
रविन भट्टराई
ताप्लेजुङ,भदौ १९
ताप्लेजुङको फुङ्लिङ्गमा आज विहान लोप हुदै गएको उड्ने लोखर्के फेला परेको छ । सदरमुकाम फुङ्लिङ्गको टुक्रे स्थित एक घरमा नजिकैको जंगलबाट उडेर आएको दुर्लभ मानिने रातो रङ्गको उड्ने लोखर्के फेला परेको जिल्ला बन कार्यालय ताप्लेजुङले जनाएको छ ।
मुसा वर्गमा पर्ने यो प्रजाती हावा पानीको अवस्था हेरी चुरे पहाडका छेउछाउ तिर देखि महाभारत पहाडका खोच तिर पाईने तर अहिले आए हावा पानी र बाक्लो बस्तिको कारण लोप हुदै गएको वन्य जन्तु विषेशज्ञको भनाई छ…
Added by रविन भट्टराई on September 6, 2011 at 12:30pm — No Comments
पहिरोमा परि एक बालक सहित ६ बेपत्ता
मेगराज खड्का
रुकुम २० भदौ
गए राती पहिरो जाँदा एक बालक सहित ६ जना वेपत्ता भएका छन् । जिल्लाको पुर्वि हुकाम गाविस वडानम्वर ७ मा गएको पहिरोमा परि ५२ वर्षीया जकमारी बुढा, १९ वर्षीया सुनीता घर्ती उनको एक वर्षको छोरा हिमाङसु घर्ती रहेका छन् । त्यस्तै १० वर्षीया चाहाना बुढा, ९ वर्षीया सरीता बुढा र ८ वर्षकी पुजीनि बुढा पनि पहिरोमा परि बेपत्ता भएका छन् । काचरजंग खोलामा रहेको घट्टमा मकै पिध्न गएको बेला माथीबाट पहिरो खसेको हो ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय रन्मामेकोटबाट राती…
Added by megraj khadka on September 6, 2011 at 7:00am — No Comments
बेपत्ता आयोग गठन हुनुपर्ने माग
नेपालगन्ज १८ भदौ
बेपत्ताहरुको यर्थात बिवरणका लागि बेपत्ता आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनुपर्ने माग गरिएको छ । रेडियो कृष्णसार एफ एमले आईतबार बाँकेको कोहलपुरमा आयोजना गरेको रेडियो कार्यक्रम पश्चिम सरोकारको रेर्कडिङका क्रममा सहभागिहरुले बेपत्ता सम्बन्धी बनेको कानुन संसदमा छलफल गरि पास गर्नुपर्नेमा जोड दिएका थिए ।…
ContinueAdded by uma thapamagar on September 5, 2011 at 2:30pm — No Comments
नेपालकै प्रसिद्ध मन्दिर वीरगजको गहवा माई मन्दिरको निर्माण कार्य शुरु भएको ४ बर्ष हुन लाग्दा पनि मन्दिरको पुन निर्माण कार्य पुरा हुन सकेन .
वीरगंज १८ भदौ
नेपालकै प्रसिद्ध मन्दिर वीरगजको गहवा माई मन्दिरको निर्माण कार्य शुरु भएको ४ बर्ष हुन लाग्दा पनि मन्दिरको पुन निर्माण कार्य पुरा हुन सकेको छैन । मन्दिरको निर्माण कार्य अहिले सम्म सुस्त गतिमा काम हुदै आएको प्रति स्थानियवासीहरु चिन्तित बनेका छन । २०६५ साल देखि पुर्न निर्माण काम शुरु भएको थियो तर अहिले २०६८ सालको वडा दशै नजिकिदै जाँदा पनि अहिले सम्म निर्माण कार्यले पुर्णता पाउन नसकेको स्थानियवासीहरुले गुनासो गरेका छन । मन्दिरको पुर्न निर्माण समितिका अध्यक्ष मदन गुप्ताले एक…
ContinueAdded by Manisha Rayamajhi on September 4, 2011 at 6:30pm — No Comments
व्यावसायिक फोटोपत्रकारहरु प्रेस विज्ञप्ती
विभिन्न छापा सञ्चार माध्यममा कार्यरत व्यावसायिक फोटोपत्रकारहरुले शनिबार नेपाल फोटो पत्रकार समुह (एनएफपिजे) मा गैह् फोटो पत्रकार हावी भएको विरोधमा एनएफपिजेको छैटौ साधारणसभा वहिस्कार गरेका छन ।
एनएफपिजेमा गैह् फोटोपत्रकार हावी भएकाले विधानमै सदस्यताको पुर्नव्याख्याको लागि साधारणसभामा समय माग गर्दा वर्तमान कार्यसमितिले आफ्ना माग सम्बोधन नगरेकाले बहिस्कार गर्नुपरेको फोटो पत्रकारहरुले बताए । विभिन्न दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रिकाहरुमा कार्यरत ३० व्यावसायिक फोटो पत्रकारले…
Added by रविन भट्टराई on September 4, 2011 at 6:35am — No Comments
सार्बजनिक स्थानमा धुम्रपान गर्नेलाई पाँचजोर डेक्स बेन्च बनाउने सजाय
रविन भट्टराई
ताप्लेजुङ,साउन ३०
ताप्लेजुङ जिल्लाको दोखु गाविसका विभिन्न सार्बजनिक स्थानमा धुम्रपान गर्नेले अब स्थानिय विद्यालयमा पाँच जोर डेक्स र बेन्च बनाउनुपर्नेछ । यस्तो नियम स्थानिय बासीको संयुक्त भेलाले निणय गरेको हो ।
स्थानिय पसल, सार्बजनिक स्थान अनि चोकमा धुम्रपान गर्नेको संख्या बढेको र सरकारले पनि यस्तो कृयाकलापलाई निरुत्साहित गर्न नियम र सजायको व्यवस्था गरेकोले यहाँका स्थानियबासीले यस्तो नियम बनाएको स्थानिय प्रविण पालुङ्वाले बताउनुभयो ।
केहि दिन…
Added by रविन भट्टराई on September 4, 2011 at 6:30am — No Comments
2013
2012
2011
1999
© 2013 Created by Equal Access.