All Blog Posts (5,755)

asdfasd fasd sdf

asdfasd fasd

sdf

बाँकी

Added by Rabi Ghimire on September 14, 2017 at 12:34pm — 1 Comment

Ambassador of South Korea through KOICA distributed Hygiene Kit and First Aid Kit to the flood affected families of Ratnanagar Municipality of Chitwan

September 11, 2017,

The Ambassador of the Republic of Korea H.E. Park, Young - sik made a symbolic hand over of the hygiene kit and first aid kit to the Mayor of the Ratnanagar Municipality Mr. Narayan Ban. The Korean Government through KOICA will distribute about 9000 kits to the flood affected families of Chitwan, Kailali, Nawalparasi and Rauthat. The Korean Government spent USD 200000 for preparing 9000 hygiene kit and first aid kits. Out of 9000 kits about 2000 kits will be…

बाँकी

Added by Shekhar KC on September 11, 2017 at 5:01pm — No Comments

मुक्तक

गरे दोस्ती सितसंग
देखे ईष्र्या मितसंग
टाढै बसेको जाती बरै
जरो खन्ने रितसंग

Added by Kp anmol on August 29, 2017 at 12:58pm — No Comments

नागरिक समाजका संस्थाविच सञ्जाल गठन

दोलखाका विपद् जोखिम न्युनिकरणका क्षेत्रका कार्यरत नागरिक समाजका संस्थाहरु सञ्जालमा आवद्ध भएका छन् ।  दोलखामा कार्यक्षेत्र बनाई कार्यरत नागरिक समाजका संस्थाहरु विच अनुभवन आदन प्रदान गर्नुका साथै सिकाई, उपलब्धि र चूनौतीहरुको छलफल गर्दै सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउन सञ्जालमा आवद्ध भएका हुन् ।

शुक्रबार मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले…

बाँकी

Added by Sher Bahadur Bhujel on August 26, 2017 at 5:00pm — No Comments

मध्यरात बिदाईको बात !!

सायद सम्बन्धहरु यस्तै हुन्छन् होला छुट्ने बेलामा कहिँ कतै बिझाएर जाने हुन त जाने हरुको को पनि  आफ्नै बाध्यता होलान् l धेरै प्रश्नहरु अनुत्तरित रहे, जति उत्तरित थिए, जवाफहरु कहालीलाग्दा र कारुणिक लागे चाहे वास्तविक हुन् या काल्पनिक कथा मात्र, उत्तरहरुले मर्माहत मात्र पारेनन् धेरै कुरा  सोच्न बाध्य परे तर बाँकी प्रश्न र गुनासाहरु गर्ने हिम्मत म मा जुटेन र जुटाउन प्रयत्न पनि गरिन !

मेरो मौन स्विकृती छ तिम्रो बिदाई मा.. म न त हात हल्लाएर बिदा गर्न नै सक्छु न त बस अझै भनेर भन्न नै…

बाँकी

Added by Dinesh Subedi on August 24, 2017 at 1:00pm — No Comments

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण



बि.के.शर्मा

नयाँ दिल्ली,भारत ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण कर्मकाण्डीय नहोस,आम नेपालीको साथ र विश्वास उनिसँग छ ।

संसदीय व्यवस्थामा प्रधानमन्त्री विदेश भ्रमण हिंड्नु भनेको केवल प्रधानमन्त्री एउटा व्यक्ती मात्रै नभएर सिंगो देशको प्रतिनिधित्व गर्दै जानु पनि हो । नेपाल भारत सम्बन्धका थुप्रै आयामहरुकाबीच दुई सरकार र दुई देशबीचको सम्बन्धलाई सम्मानपूर्वक निभाउनु पर्ने जिम्मेवारी दुवै…

बाँकी

Added by Basant Sharma on August 18, 2017 at 10:33am — No Comments

पत्रकारिताबारे गुनासै गुनासो !

डा. सुरेश अाचार्य
नेपाली मिडियाबारे नागरिकको बुझाइबारे छलफल गर्ने क्रममा अघिल्लो साता पश्चिम नेपालको यात्रा गरियो। कञ्चनपुर, धनगढी र नेपालगञ्जमा  एकएकवटा मिडिया सुनुवाइ भए। नेपाल पत्रकार महासंघले गरेको सार्वजनिक सुनुवाइको शीर्षकमा थियो– नागरिकको नजरमा मिडिया। यी कार्यक्रममा पत्रकारलाई नेपाली पत्रकारिताकै भाषामा गालीगलौज त गरिएन तर खुलेरै आलोचना भयो। मिडियाबारे यसका पाठक, श्रोता र दर्शकले बनाएको…
बाँकी

Added by Equal Access on August 3, 2017 at 5:00pm — No Comments

श्रीमतीलाइ ब्लड क्यान्सर, श्रीमानको दुवै मृगौला फेल, तिन बालबालिकाको बिचल्ली ।

आफ्नो स्वास्थ्य र आर्थिक अवस्थाले गर्दा दुनियासामु सहयोगको हात फैलाउदै तड्पी तड्पी बाच्नुको बाध्यता सायद कमैलाइ मात्र हुन्छ होला तर विगत २ वर्ष अघिदेखी यही बाध्यतामा गुज्रिरहनुभएको छ, धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ आँपस्वाराका तेजबहादुर मगर र उहाँकी श्रीमती तोपकुमारी मगर । गरिव र निमुखालाइ मात्रै अनिष्ट आइपर्छ भन्ने बुढापाकाहरुको उखान उहाँहरुको जीवनमा भने ठ्याक्कै मेल खान्छ ।

सामान्य घरखर्च चलाउन र लालाबालाको शिक्षा दिक्षाको लागि पैसाको जोहो गर्न साढे ४ वर्ष अघि दुवई पुग्नुभएका तेज…

बाँकी

Added by Manish Duwadi on July 31, 2017 at 2:30pm — No Comments

उम्मेद्वार र जनप्रतिनिधिको पारदर्शिता र जवाफदेही –टङ्कराज आर्याल

–टङ्कराज आर्याल

@arylatanka

नेपालको संविधानको धारा ५६ ले हाम्रो मुलुकको राज्यव्यवस्थालाई संघ, प्रदेश र स्थानीय तहमा विभक्त गरेको छ ।  वर्तमान व्यवस्थाअनुसारको स्थानीय तहलाई प्रक्षेपित अधिकारबाट यस तहबाटै नागरिक र सरकारबीच सर्वाधिक निकटस्थ सम्बन्ध…

बाँकी

Added by Equal Access on June 9, 2017 at 10:44am — 2 Comments

दिपेन्द्र भए जयकाली !

सफलता पाउनको लागि आफ्नो काममा ईमान्दारी, लगनशिलता मेहनती भएर नियमित रुपमा आफ्नो कर्तब्य पुरा गरेमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुराको उदाहरणको रुपमा सर्लाहीका दिपेन्द्र मैनालीलाई लिन सकिन्छ ।

जोश, जागँर अनि दृढ संकल्प लिएर उद्यमशीलता गरेमा स्वदेशमै राम्रो प्रगति गर्न सकिन्छ भन्ने भनाईलाई आत्मसात् गर्दै…

बाँकी

Added by Sanju Paudel on May 31, 2017 at 1:30pm — No Comments

मैले कसरी सहयोग गर्ने ?

शारीरिक सम्बन्ध रहदैंमा, सिउँदोमा सिन्दुर भर्दैमा कोही कसैको श्रीमानश्रीमती बन्न सक्दैन । यसका लागि विश्वास, भरोसा, माया, समझदारी अनि एकअर्कोबीच सम्मान चाहिन्छ । यदिविवाह जस्तो सम्बन्धमा एकअर्कोलाई नबुझने, विश्वास नगर्ने अनि सम्मान नदिने हो भने विवाहको अर्थ के लाग्ला ।

फेसबुकमा आएको साथीको एसएमएसलाई आफ्नो शब्दमा लेखेको छु ।

मेरी साथीको बिहे भएको १ बर्ष मात्रै भएको छ । उनीहरुबीच विवाह अघि लामो समय देखि सामाजिक संञ्जाल फेसबुकमा कुरा हुन्थ्यो । कुरा हुँदै जाँदा उनीहरु एउटा…

बाँकी

Added by puza Pariyar on May 31, 2017 at 1:30pm — No Comments

एकिकृत नागरिक वडा पत्रले सेवाग्राहीलाई सजिलो

जिल्ला स्थित सरकारी कार्यालयहरुमा सेवा लिनको जादा सम्वन्धित सेवा लिनको लागि के कस्ता कागजात आवश्यक पर्छ ? सेवा लिने प्रक्रिया कस्तो हो ? कार्यालयको कुन कोठा वा स्थानमा आफुले चाहे जस्तो सेवा सुविधा पाइन्छ ? भन्ने जस्ता प्रश्नहरु सेवाग्राहीहरुको मनमा आउने गर्छ । अनि सेवा प्राप्तिका क्रममा जाँदा सेवाग्राही अलमलमा पर्ने वा कोही सहयोगी आवश्यक पर्ने गर्छ । सेवाग्राही सेवा लिनु अघि ढुक्क सँग सेवाप्रदायक निकायका अधिकारी सँग आफ्नो कुरा वा समस्या राख्न नसक्ने हुन्छ ।

यस्तै समस्यालाई विचार गर्दै…

बाँकी

Added by Sher Bahadur Bhujel on May 31, 2017 at 8:00am — 1 Comment

नव गायक पवन भण्डारीकोे पहिलो डेउडा गीत मेरी मैनाको म्युजिक भिडियो सार्वजनिक ।।

टेकराज भण्डारी, अछाम बैशाख ३१



ए मेरी मैना हात पुग्दैन हगौसे नाई ए मैना फुल भन्दो पैरी ले

ए मेरी मैना दिनु सम्म धोका दियो ए मैना यै माया बैरीले

ए मेरी मैना मैकी सोत्तर हुन्या हो कि ए मैना खोली गाया जाल

ए मेरी मैना रिटाउन घुमाउन लागी ए मैना बैरी माया जाल…

बाँकी

Added by Tek Raj Bhandari on May 14, 2017 at 2:00pm — No Comments

के सही के गलत? - प्रश्नहरुमा रुमल्लीएका थप प्रश्नहरु

म हिजोआज बिभिन्न प्रश्नहरुले घेरिएको छु । कहिलेकाँही मलाई आफ्नो भविष्यलाई नै प्रभावित पार्नेगरी अनपेक्षित प्रश्नहरुले घोच्छन् । कहिले परिवारका सदस्य तथा साथीभाईहरु प्रश्नहरुको झोला बोकेर मसँग आउँछन् । उनीहरुले सोध्ने कुनैकुनै प्रश्नले मलाई नराम्ररी चिथोर्छ । तर सबै प्रश्न नराम्रामात्र हुन्नन् । कुनैकुनै प्रश्नले भने मलाई आफ्नो लक्षमा पुग्ने बाटो खन्नलाई मजबुत बन्ने प्रेरणा पनि दिन्छन् ।

धेरैतीरबाट अनगिन्ती प्रश्न सुनेपछी, अनौठा अनौठा व्यवहार देखे भोगेपछी हिजोआज लाग्न थालेको छ साच्चिकै…

बाँकी

Added by कामाक्षी शर्मा on May 11, 2017 at 4:00pm — No Comments

काइदाको र फाइदाको

कमलामाई नगरपालिका ७ पुलचोक नजिकै माइलीको चियापसल छ । चिया पसलमा मानिसहरु आवात जावत बाक्लै हुन्छ । अर्को रमाइलो कुरात के छ भने माइलीको चियापसलमा चियाखान आउनेहरुले जुनकुनै समसामयिक बिषयमा खुलेर छलफल बहस गर्छन् । कहिले काँहित चर्काचर्कीनै पर्छ । त्यसैले पनि माईलीको चिया पसलमा बाटो हिन्नेहरु पनि चियाखाने बाहाना आँउछन् । चियाखान आउनेहरुले के के कुरा गर्छन् सबैकुरा माइलीलाई थाहा हुन्छ ।

आजभोली माइलीको चियापसलमा स्थानीय निकायले…

बाँकी

Added by Sarala Sunuwar on April 2, 2017 at 12:41pm — No Comments

रेडक्रस सोसाईटी जनालीवण्डाली उपशाखाको अध्यक्षमा भण्डारी निर्वाचित ।।



टेकराज भण्डारी, अछाम चैत्र ६

नेपाल रेडक्रस सोसाईटी उपशाखा जनालीवण्डालीको सभापतिमा राजेश्वर भण्डारी निर्वाचित हुनुभएको छ । उपशाखाको अधिवेशनबाट भण्डारीको सभापतित्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । सहमति हुन नसकेपछि मतदानबाट छनौट भएको कार्यसमितिमा निर्वाचित सभापति भण्डारीले आफ्ना प्रतिष्पर्धि लालबहादुर बिष्टलाई १८ मत अन्तरले पछि पार्दै बिजयी हुनुभएको हो । भण्डारीले कुल खसेको ५५ मतमध्ये ३६ तथा बिष्टले १८ मत प्राप्त गर्नुभएको थियो ।…

बाँकी

Added by Tek Raj Bhandari on March 19, 2017 at 5:08pm — No Comments

होली

भुल्नै नसक्नेगरी यादगार बनोस होली

सबैले कस्तो राम्रो आहा भनोस होली

रंगहरुको साथमा रमाउन दुख भुलेर

खुसियाली छावस जयजय होस हाली 

                 

   

Added by Sarala Sunuwar on March 11, 2017 at 7:38pm — No Comments

यात्रामा भेटिएको मान्छे

बसको यात्रा उ संगको पहिलो भेट, परिचय अनि केही कुराकानी पछि उस्ले भन्यो डिनर संगै गरौ ।त्यस पछिको दोस्रो भेट काठमान्डुको भृकुटी मण्डप आसपासको कुनै एउटा चिया पसलमा भएको थियो ।दोस्रो भेटघाटमा केही कुराकानी पछि मैले कफी खाएर छुटौ भने

पहिलो भेट साँझको थियो । त्यसैले उस्ले डिनरको लागि अनुरोध गरेको थियो । दोस्रो भेट बिहानको थियो त्यसैले मैले कफी खाउ भनेकी थिएँ ।

त्यस पछिको तेस्रो भेट कुनै एउटा पार्कमा अचानक दिउँसोको चर्को घाममा एक बर्ष पछि भयो । त्यो भेट अगाडि फोनमा झगडा भएको थियो उ…

बाँकी

Added by Sarala Sunuwar on March 9, 2017 at 5:25pm — No Comments

ए सरकार ! कि दरबार देउ, कि तरबार...

हामीले धेरै पटक आवाज उठायौं, महिला हिंसा अन्त्य गरिनु पर्छ भनेर । हामीले एकातिरबाट आवाज उठायौं, अर्कोतिरबाट महिलामा प्रहार गरिन्छ । हामी वारी बसेर महिला हिंसा अन्त्य हुनुपर्छ भनेर आवाज उठाउछौं, पारी महिला माथि हिंसा गरिन्छ । हामी जव पारी पुग्छौं, वारी फेरि महिला माथि हिंसा गरिन्छ । न वारी हिंसा रोकियो न पारी । जस्ताको तस्तै छ हिंसा आजपनि । बिगत र वर्तमान तुलना गर्दा उस्तै देखिन्छ महिला हिंसा । तर सरकार भन्छ– महिलामाथि हुने हिंसा अन्त्यको लागि प्रयास जारी छ । कहिलेसम्म यस्तो भन्ने सरकार…

बाँकी

Added by Sarala Sunuwar on March 8, 2017 at 2:30pm — No Comments

क्याम्पसको स्तरबृद्धिको लागि महायज्ञबाट २ करोड बढी दान संकलन ।।

टेकराज भण्डारी, फागुन १९

अछाम जिल्ला सदरमुकाम मंगलसैनमा रहेको अछाम बहुमुखी क्याम्पसलाई स्तरबृद्धि गर्नको लागि आयोजित महायज्ञबाट २ करोड बढी रुपैँया संकलन भएको छ । क्याम्पसमा स्नातकोत्तर तह सम्म सञ्चालन तथा प्राविधिक शिक्षालय स्थापनाका लागि आयोजित महायज्ञले यसको पूर्वाधार विकास गर्ने सरोकारवालाले बताएका छन् ।



अछाम सदरमुकाम मंगलसैनमा यहि माघ २१ गतेवाट सुरु भएको अछाम शैक्षीक एवम धार्मीक महोत्सव एवम महाँयज्ञमा नगद १ करोड ३ लाख ९३ हजार १ सय ७५, जग्गादानबाट ९७ लाख ७७ हजार ५५ तथा… बाँकी

Added by Tek Raj Bhandari on March 1, 2017 at 5:18pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service