Featured Blog Posts – August 2014 Archive (5)

गाउँको आँगनबाट डिस्कोमा छिरेको तीज

केहि दिन अगाडि म चितवनको एउटा नाम चलेको होटलमा पुगेको थिए। दश/बाह्र दिनदेखि काम विशेषले कुनै न कुनै होटलमा पुग्नु परेको छ । संयोग भनौँ वा दुर्भाग्य म जुन होटलमा पुग्ने गरेको छु, त्यहाँका हलहरु पूरै हाउस फूल भएको देखेको छु । म ती होटलहरुमा संघ संस्थाहरुबाट निमन्त्रणा आएका कारण त्यहाँ पुगेको हुन्छु, होटलमा पुग्दा त्यहाँको तामझाम देखेर टक्क अडिन्छु र एकछिन घोत्लिएर सोच्न थाल्दछु । …
बाँकी

Added by आनन्द पोखरेल on August 28, 2014 at 2:00pm — 1 Comment

अनुभवको भुत

एक दिन अचानक पुरानो साथीलाई भेट्न उसको घर गएको थिए। मेरो एकदम मिल्ने तर निकै भएको थियो नभेटेको उसलाई ।

उसको स्वभाव अलिक चन्चले खालको, जहिले नि रमाइलो गर्ने खालको थियो ।

म उसको घर पुग्दा ऊ आफ्नो कोठामा मोबाइल खेलाउदै बसिरहेको थियो। म गएपछि के छ, सन्चो बिसन्चोको बारेमा सोध खोज भयो । हामी दुईबीच नयाँ नौलो घटनाक्रमको बारेमा सोधपुछ भयो । तर, मलाई यस्तो लाग्यो कि उसमा केही गडबडी भएको छ। किनकी  ऊ पहिले जस्तो…

बाँकी

Added by Nishan Rai on August 28, 2014 at 10:30am — No Comments

‘ हो गल्ती हाम्रै हो ! ’

दिन : आईतबार

स्थान : चक्रपथको माईक्रो

समय : बिहानको १० बजे,

आईतबारको दिन, छुट्टीको दिन । कार्यालय नगएर कि त घरकै काममा व्यस्त हुने, कि त साथीहरु भेट्ने दिन हो आइतबार, मेरा लागि । भदौ १ गते कृष्णाष्टमीको दिन, आइतबार पनि । वर्षौपछि एकजना साथीलाई भेट्ने योजना थियो । म योजनासंगै…

बाँकी

Added by sangharsha panta on August 26, 2014 at 4:30pm — 2 Comments

तिज किन मनाईन्छ ? - थाहा छैन ग्रामीण क्षेत्रका महिलाहरुलाई

हिन्दु नेपाली महिलाहरुको महान पर्ब हरितालीका तिजको चहलपल यतिबेला गाँउदेखि शहरसम्म लहरै फैलीएको छ । साँझपरेपछि गाउँघरका महिला दिदीबहिनी पनि जम्मा भएर तिजका गितमा रमाउदैछन । तर देशैभरी तिजको चहलपहल बढिरहेको बेला अछामका ग्रामिण क्षेत्रमा भने के हो तिज थाहा  छैन । ऋषिदह लगायतका विभिन्न ठाँउमा अझै जानकारी छैन तिज किन मनाईन्छ ?कसरी मनाईन्छ ? उल्टै प्रश्न गर्छन त्यहाँका दिदीबहिनीहरु ।

अछामको सदरमुकाम मंगलसेन अनी प्रमुख ब्यापारी केन्द्र…

बाँकी

Added by indrasara khadka on August 6, 2014 at 1:00pm — No Comments

भ्रष्टाचारीलाई छोरी नदिउँ

भ्रष्ट आचारण नैं वा बिग्रेको मति नैं भ्रष्टाचार हो । व्यक्तिगत स्वार्थपूर्तिका लागि सार्बजनिक पद वा सम्पत्तिको दुरुपयोगलाई भ्रष्टाचार भनिन्छ । भ्रष्टाचारीले अरु काम केही नपाए समुन्द्रको छाल नैं गनेर भएपनि भ्रष्टाचार गर्छ भन्ने जनबिश्वास रहेकोछ भने भ्रष्टाचारीलाई पौरखी  मानेर नाता जोड्नेहरुको पनि यहाँ कमि छैन । 

भ्रष्टाचारले कानुनी शासन र लोकतान्त्र्रिक राज्यको उपहास गर्दछ । यसले सनै सनै समाज र राष्ट्रलाई खोक्रो बनाउँछ । भ्रष्टाचार बढ्दै गएमा देशको अर्थतन्त्र चौपट हुन्छ, बिकास अबरुद्ध…

बाँकी

Added by Namaskar Shah on August 5, 2014 at 12:00am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service