August 2013 Blog Posts (86)

मनहरीका महिलाहरु नाचे छमछमी

हिन्दु नेपाली महिलाहरुको पर्व हरितालिका (तीज) को पूर्वसन्ध्यामा मनहरीमा भब्य तीज गीत तथा दर खाने कार्यक्रम गरिएको छ । राष्ट्रिय रोटरी माविको प्रांगनमा आयोजित कार्यक्रममा गाविसभरका १ हजार ५ सय महिला सहभागी भए । कार्यक्रममा विभिन्न व्यक्ति तथा समूहहरुले तीज गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अनेमसंघ मकवानपुरकी अध्यक्ष गायत्री सुवेदीले नेकपा एमालेले महिलाको अधिकारलाई स्थापित गराउन भूमिका खेलेको बताइन् । उनले महिलामाथि हुने हेपचेपका विरुद्ध अनेमसंघ उत्रने भएकाले…

बाँकी

Added by Shiva Kumar Kashi on August 31, 2013 at 9:00pm — No Comments

चुनाव भएपनि संविधान बन्नेमा विश्वस्त नभएको एक कार्यक्रमका सहभागिको भनाई ।।

आउँदो मंसिर ४ गतेका लागि तोकिएको संविधान सभाको दोस्रो चुनाव भएपनि संविधान बन्नेमा विश्वस्त नभएको एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । संविधान सभा निर्वाचनप्रति जनताको उत्साह र दलको तयारीको विषयमा रेडियो रामारोशनले आयोजना गरेको सुदूर सवाल छलफलका सहभागिहरुले जनताले अझै चुनाव हुने भरपर्दो आधार नभएको र चुनाव भैहाले पनि संविधान बन्ने आधार नभएको बताएका हुन् । कार्यक्रमका सहभागिहरुले अबको संविधान सभामार्फत दलहरुले संविधान बनाउँनै पर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै पूर्व सूचना तथा संचार…

बाँकी

Added by Purna Bahadur Khadka on August 31, 2013 at 6:57pm — No Comments

नेपाली कांग्रेस अछामले ३६ उम्मेद्धवारको नाम सिफारिस गर्यो ।।

पूर्ण बहादुर खड्का, अछाम भाद्र १४

आउदो मंसिर ४ गते हुने भनिएको संबिद्यान सभाको निर्वाचनको लागी उम्मेद्धवारको नाम सिफारिस गर्ने निर्णय गर्दे नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ को बैठक सम्पन्न भएको छ । हिजो देखि साँफेबगरमा जारी बैठकले प्रत्यक्ष तर्फ ७ जना र समानुपातिक तर्फ १३ जनाको नाम सिफारिष गर्ने निर्णय भएको नेपाली कांग्रेस क्षेत्रिय समिती साँफेबगरले जनाएको छ । प्रत्यक्ष तर्फ ३ र समानुपातिक तर्फ ५ जनाको नाम सिफारिष गर्ने भनिएपनि त्यो संख्यामा सहमति नभएपछि १३ जनाकै नाम सिफारिस गरिएको…

बाँकी

Added by Purna Bahadur Khadka on August 31, 2013 at 6:56pm — No Comments

स्टेचर नहुदाँ बिरामीलाई समस्या

अछामको जनाली वण्डाली गाविसको उपस्वास्थ चौकीमा स्टेचर नहुदाँ विरामीहरु समस्या भएको छ । उप स्वास्थ्य चौकीमा उपचार हुन नसक्दा विरामीहरुलाई थप उपचारका लागी अन्यन्त्र तथा जिल्ला स्वास्थ्य कार्यालयसम्म लैजान पनि गाविसमा स्टेचर नहुदाँ बिरामीलाई डोको तथा पिठ्यूमा बोकेर लिनुपर्ने बाध्यता रहेको स्थानिय चन्द्र प्रसाद भण्डारीले बताउनुभयो ।

'विरामीहरुलाई उपचार सेवा त परै जा‌ओस् बोक्नको लागी उपस्वास्थ्य चौकी तथा गाविसमै स्टेचर समेत नहुँदा निकै समस्या झेल्नु परिरहेको छ ।'- जनालीबण्डाली गाविस वडा नं.…

बाँकी

Added by Purna Bahadur Khadka on August 31, 2013 at 6:30pm — No Comments

शिल्पीको रङ्गमञ्च-समीक्षा

सृष्टि नाट्य समूह धरानबाट कलाकारिता सुरु गरेकै समयदेखि नै हो मलाई नाटकको इतिहास बारे जिज्ञासा भएको । फाट्टफुट्ट लेखरचनाबाहेक पढ्नलाई खासै अवसर मिलेको थिएन । रङ्गमञ्चले तत्कालीन समयको समाज र संस्कृतिलाई बोकेको हुन्छ । मलाई समाज र संस्कृतिका बारे अध्ययन गर्न एकदमै मन पर्छ । त्यसैले पनि म यससँग सम्बन्धित लेखरचना खोज्ने प्रयत्न त गर्दथेँ तर पाउन मुस्किल नै हुन्थ्यो ।



केही समयअगाडि शिल्पी कला समूहबाट प्रकाशन भएको 'रङ्गमञ्च समीक्षा'…

बाँकी

Added by Amuna Chapagain on August 30, 2013 at 3:00pm — 1 Comment

खप्तडमा बाढी पहिरोको समस्या ।।

पूर्णबहादुर खड्का, अछाम १२ भाद्र

३ दिन देखिको लगातारको वर्षाले जिल्लाको खप्तड गाविसमा समस्या सिर्जना भएको छ । लगातारको वर्षाका कारण गाविसका विभिन्न ठाउँमा पहिरो गएको तथा बाटोघाटो अवरुद्ध भएका छन् । गाविसका अंग कडायतले दिनुभएको जानकारी अनुसार गाविसका सबै वडाका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण बाटोघाटो अवरुद्ध हुँदा एक ठाउँबाट अर्को ठाउँमा जान नसकिने अवस्था आएको छ । खप्तड गाविसमा यस अघि पहिरो गएको ठाउँमा फेरी पहिरो जान थालेपछि स्थानीय निकै चिन्तित बनेका छन्  भने् जनजीवन पनि निकै…

बाँकी

Added by Purna Bahadur Khadka on August 28, 2013 at 9:14pm — No Comments

विद्यालय शान्ति क्षेत्रका लागि अन्तक्रिया जारी ।।

पूर्णबहादुर खड्का, अछाम १२ भाद्र

अछाम जिल्लाका विभिन्न गाविसहरुमा विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्व्यनका लागि अन्तक्रिया तथा सम्बाद कार्यक्रम संचालन भैरहेका छन् । हालै विद्यलाय शान्ति क्षेत्र निर्देशिका कार्यान्वयनका लागि जिल्ला स्तरका सरोकारवालवीच छलफल गरी यसलाई विद्यालय तहमा लिनुपर्ने सुझाव अनुसरा गाविस तहमा अन्तक्रिया गरीएका्े हो । पीसविन अछामले कार्यक्रम संचालन गरीरहका गाविसहरुमा यसबारे अन्तक्रिया गरीएका छन् । यसै शिलशिलामा आज बुढाकोट गाविसमा अन्तक्रिया तथा सम्बाद कायृक्रम…

बाँकी

Added by Purna Bahadur Khadka on August 28, 2013 at 9:13pm — No Comments

केन्द्रीय विद्युत लाईन विस्तारका लागि तीब्रता ।।

पूर्णबहादुर खड्का, अछाम १२ भाद्र

गत शुक्रबारदेखि विद्युत केन्द्रको नहर भत्केर पूर्ण रुपमा विद्युत सेवा अवरुद्ध भएको अछाममा केन्द्रीय विद्युत प्रशारण लाईन जोड्ने कार्यलाई तीब्रता दिईने भएको छ । ३३ केभी दिपायल सिलगडी विद्युत प्रशारण लाईन अछाममा विस्तारका लागि आज जिल्लाका सरोकारवाला र सुदूरपश्चिम क्षेत्र विद्युत प्राधिकरणका प्रमुख लगायत सरोकारवालहरुको मार्कु गाविसमा बैठक बसी छिटो विद्युत संचादन गर्ने निर्णय भएको छ । मार्कु गाविसमा भएको बैठकले केन्द्रीय प्रशारण लाईन विस्तार गर्न बाँकी रहेको…

बाँकी

Added by Purna Bahadur Khadka on August 28, 2013 at 9:13pm — No Comments

चलचित्र हेर्ने आँखा-चलचित्र सुनगाभालाई बधाई तथा शुभकामना

झण्डै आधा दशक पछि नेपालले चलचित्र सुनगाभालाई संसारकै ठुलो मानिएको एकेडेमी अवार्ड अर्थात ओस्कारमा पठाउने भएको छ । यसलाई विवादको घेरामा पारेर फेरी अर्को आधा दशक यो मौका गुमाउनु भन्दा विवादमा नपारी जान दिन र अहिले भएका कमि कमजोरीलाई सुधार्दै अझ विश्वसनिय बनाउदै लानु नै उचित होला कि ? फेरी पनि चलचित्र सुनगाभालाई बधाई ।

------

"चलचित्र हेर्नु र बुझ्नु दुई फरक कुरा हुन् ।" चलचित्र समिक्षक यज्ञश पण्डितले कुनै बेला फिल्म "हाईवे" को समिक्षा…

बाँकी

Added by Ishwar Rauniyar on August 26, 2013 at 12:30pm — No Comments

सेती प्राबिधिक शिक्षालय दिपायलमा ओभरसेयरको कोटामा अनियमिता भएको खुलासा ।।

सेती प्राबिधिक शिक्षालय दिपायलमा ओभरसेयरको थप ४० कोटामा अनियमिता भएको खुलासा भएको छ । स्रोतका अनुसार सेति प्राबिधिक शिक्षालय दिपायलमा यस बर्ष ४० जनाका लागि थप भएको कोटामा आएसी एजिमा फम भरेकालाई समेत ओभयर सेयरमा निबेदन दर्ता गराएको खुलासा भएको छ । ओभर सेयरका लागि परीक्षा दिएर कटप लिष्टमा परेकालाई सिटिई भिटिले भर्ना गर्न भनि सूचना जारी गरीएको भएपनि शिक्षालयका प्रमुख सुशिल श्रेष्ठले ओभरसेयरमा बैकल्पिक र आएसी ए जिमा परीक्षमा दिई फेल भएकाहरुबाट पनि निबेदन दर्ता गराएको स्थानियको आरोप रहेको छ ।…

बाँकी

Added by Purna Bahadur Khadka on August 25, 2013 at 8:55am — No Comments

डडेल्धुरामा महिला हिंसाका घटना बढे ।।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा गत आर्थिक बर्ष २०६९,७० मा महिला हिंसा सम्बन्धि ९५ निवेदन दर्ता भएका छन । जस अन्तरगत कुटपिट सम्बन्धि ५० ओटा, मानसिक यातना सम्बन्धि १६ ओटा, आरोपलाई गालिगलोच सम्बन्धि १५ ओटा र मदिरा सेवन गरि कुटपिट गर्नेमा १४ ओटा रहेको जिल्ला प्रहरी कार्यालका अवल्दार जनक पन्तले जानकारी दिनु भएको छ । ९५ घटनाबाट प्राय सबै मिलापत्र भएको छन । डडेल्धुरामा महिला हिंसाका घटना आर्थिक बर्ष २०६८,६९ को तुलनामा २०६९,७० बृद्धि भएको छ ।  यस्तै आर्थिक बर्ष २०७०, ७१ को अहिले सम्ममा तथ्थयाङ…

बाँकी

Added by Purna Bahadur Khadka on August 25, 2013 at 8:54am — No Comments

जातीय विभेद हटाउन गैरदलितको सहकार्य बढ्दो ।।



दलित समुदाय माथि भइरहेको जातीय विभेद र छुवाछुत समस्या हटाउन गैरदलित समुदायको सहकार्यता बढ्न थालेको छ । इएसपीको आर्थिक सहयोगमा दलित विकास समाज सल्यानको समन्वयमा दलित महिला संघले दैलेखका ५ गाविस र नारायण नगरपालिकामा सञ्चालित “जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि पैरवी र सचेतना कार्यक्रम” मा सहकार्यता बढेको पाइएको छ । कार्यक्रमको कार्यक्षेत्र तोली, भवानी, गमौडी, छिउडीपुसाकोट, दुल्लू र नारायण नगरपालिका क्षेत्रमा हालै गरेका कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा राजीतिक दल, प्रहरी प्रशासन,…

बाँकी

Added by Purna Bahadur Khadka on August 25, 2013 at 8:54am — No Comments

नेविसंघ अछामको ९ औँ जिल्ला अधिवेशन उद्घाटन काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले गर्ने निश्चित ।।

भदौ १६ गते हुने नेपाल बिद्यार्थी संघ अछामको ९ औँ जिल्ला अधिवेशन उद्घाटन काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन थापाले गर्ने निश्चित भएको छ । लामो समय पछि हुन लागेको निवेसंघको अधिवेशनको तयारी तिव्र पारिएको नेविसंघ अछामका सचिव दिनेश स्वारले जानकारी दिनुभयो । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि आज क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन साँफेवगरमा हुदैछ । क्षेत्रिय अबिधेशनको सम्पूर्ण तयारी पुरा भएको र सबै प्रतिनिधी साँफेबगर पुगिसकेका क्षेत्रिय संयोजक रेबन्त ठकुल्लाले जानकारी दिनुभयो । यता भदौ…

बाँकी

Added by Purna Bahadur Khadka on August 25, 2013 at 8:53am — No Comments

जनसेवा युवा समाजको सातौ आवधिक साधारण सभा ।।

पुर्ब सभासद एवं नेकपा एमाले जिल्ला अध्यक्ष शेर बहादुर कवरले देश बिकास र जनपक्षीय कामका लागी बिभीन्न सरकारी संघ सस्थाले नयाँ कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ । जनसेवा युवा समाज नेपाल अछामको ७ औ साधरण सभामा बोल्दै उहाले सो कुरा बताउनु भएको हो । नयाँ कार्यसमिति चयन गर्दै जनसेवा युवा समाजको सातौ आवधिक साधारण सभा सम्पन्नभएको छ । बन्द सत्रले कर्ण धामीको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको हो । जसको उपाध्यक्षमा हिम विश्वकर्मा, सचिवमा नवराज साउँद, सहसचिवमा घनश्याम लामा तथा कोषाध्यक्षमा जय…

बाँकी

Added by Purna Bahadur Khadka on August 25, 2013 at 8:52am — No Comments

उद्योग वाणिज्य संघको साधारण सभा ।।

अछाममा भित्री रहेको कम गुणस्तरको मदिरा नियन्त्रणको लागि पहल गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । अछाम उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद ढुंगानाको अध्यक्षतामा भएको संघको दोस्रो साधारण सभामा बोल्ने वक्ताहरुले कम गुणस्तको मदिराले जिल्लामा विभिन्न विकृति बढाएको र जनस्वास्थ्यमा समेत असर पुर्याएकोले यसको रोकथामको लागि सरोकारला लाग्नुपर्ने बताएक हुन् । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराई प्रमुख अथिति रहनु भएको कार्यक्रममा प्रमुख अथिति भट्टराईले उद्योग वाणिज्य संघले…

बाँकी

Added by Purna Bahadur Khadka on August 25, 2013 at 8:52am — No Comments

अछाम जिल्लाको विद्युत्त अवरुद्ध भए संगै विद्युत्तिय माध्यम द्धारा हुने कामहरु सबै प्रभाभित

अछाम जिल्लाको विद्युत्त अवरुद्ध भए संगै विद्युत्तिय माध्यम द्धारा हुने कामहरु सबै प्रभाभित भएका छन । कैलाश खोलमा रेहेको विद्युत्त प्राधिकणको नहर भत्किदा शुक्रबार बिहानै देखी अछाम जिल्लाको विद्युत्त सेवा हवरुद्ध भएको थियो । ,विद्युत्त अब रुद्ध भएपपछि सदरमुकाम मंगलसैनमा रेहाको नेपाल टेलीकमको सिडिएम ए र जिएस एम प्रविधीको सेवापनी अवरुद्ध  भएको छ । फोन सेवा अवरुद्ध हुदा अछाम जिल्लाका सेवाग्राही हरुलाई झनै सास्थी भएको छ । विद्युत्त हवरुद्ध भए संगै ठूलासैनमा रहेको नेपाल टेलीकमको नमस्तेको टावरले पनी…

बाँकी

Added by Purna Bahadur Khadka on August 25, 2013 at 8:52am — No Comments

बैतडीका ३ गाविसमा स्थानिय विपद जोखिम योजना लागु

बैतडीका ३ गाविसमा स्थानिय विपद जोखिम योजना लागु भएको छ । विपद व्यवस्थापन तथा विपद आउनुपूर्व गरिने तयारीका साथ योजना लागु भएको हो । योजना अन्तरगत सम्वन्धित गाविस सचिवको अध्यक्षतामा स्थानिय विपद जोखिम व्यवस्थापन समिति र गाउँ गाउँमा उपसमिति गठन गरिएको छ । समितिका सदस्यहरुलाई विपद व्यवस्थापन सम्वन्धि विभिन्न खाले तालिम समेत दिने गरिएको छ । रुडेस, केयर नेपालको पहलमा जिल्लाको सित्तड, कटौजपानी र विजयपुर गाविसमा योजना लागु गरीएको हो ।

Added by Purna Bahadur Khadka on August 24, 2013 at 9:01am — No Comments

अरिङगालले टोकेर डडेल्धुरामा एकजनाको मृत्यु ।।

डडेल्धुरामा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । खोटो संकलन गर्ने कामदारको रुपमा डडेल्धुरा पुगेका अरिङगालको गोलो टिप्न गएका रोल्पाको खमेल गाविस ४ मा घर भएका बुद्धिराम केसीको डडेल्धुराको चिपुरको भुल्कँुडामा मृत्यु भएको हो । अरिङगालको गोलो टिप्न जादा केसीलाई अरिङगालले आक्रमण गरेको थियो । रोल्पाबाट भवानी कम्पनीको खोटो संकलन गर्न गाउँमा गएका केसीले अरिअङगाल टिप्न जाँदा उल्टै अरिङगालले टोकेपछि उहाको घटना स्थलमा मृत्यु भएको थियो ।

Added by Purna Bahadur Khadka on August 24, 2013 at 9:00am — No Comments

बैतडीका विभिन्न निकायमा दलितको पहँुच दुई प्रतिशत मात्रै ।।

बैतडी जिल्लाका विभिन्न निकायमा दलितको पहुच न्युन रहेको पाईएको छ । सरकारी गैरसरकारी निकायमा २२ प्रतिशत दलितको सहभागीता हुनुपर्नेमा जम्मा २ प्रतिशत मात्र दलितको पहुच रहेको छ । जिल्ला प्रशासन कार्यालयमा २१ जना कर्मचारी रहेकोमा एकजना पनि दलित छैनन । यस्तै जिल्ला विकास समितिमा २८ जना मध्ये २ जना, महिला तथा बालबालिका कार्यालयमा ११ जना मध्ये २, जिल्ला कृषि विकास कार्यालयमा ४० जनामा १ जना मात्रै दलित समुदायका प्रतिनिधि छन् । जिल्ला शिक्षा कार्यालय र मालपोत कार्यालयमा १९ जना मध्ये १ र स्थानिय शान्ती…

बाँकी

Added by Purna Bahadur Khadka on August 24, 2013 at 9:00am — No Comments

पहिरोले नहर भत्काएपछि एक महिना अछाममा बिजुली नबल्ने सम्भावना ।।

नेपाल विद्युत प्राधिकरण कैलास खोला साना जलविद्युत केन्द्रको नहर भत्किएपछि अछाममा हिजो बिहानैदेखि विद्युत सेवा ठप्प भउको छ । बिद्युत उत्पादन केन्द्रको नजिकैको बाँधमा करिब ३० मिटर लामो पहिरो गएपछि बिद्युत सेवा अवरुद्ध भउको हो । नहर भत्किएपछि मर्मत गर्न एक महिना लाग्ने भएकाले विद्युत सेवा एक महिनासम्म अनियमित हुने विद्युत प्राधिकरण अछामले जनाएको छ । स्थलगत अध्ययनका लागि प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सहितको टोलीले उक्त ठाँउको निरीक्षण पनि गरेको छ । नहरमा ठुलै पहिरो गएका कारण व्यवस्थीत रुपमा…

बाँकी

Added by Purna Bahadur Khadka on August 24, 2013 at 8:26am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service