Featured Blog Posts – August 2012 Archive (45)

रंग बदल्ने तालः झिलमिले ताल

सुदूरपश्चिमलाई सुन्दर पश्चिममा रुपान्तरण गर्नका निम्ति सुदूरपश्चिममा पर्यटन विकासमा जोड दिनुपर्छ भन्ने उद्देश्यले विगतका दिनमा सुदूरपश्चिमको पर्यटक विकासको क्षेत्रमा थुप्रै प्रयासहरु भइरहेका छन् । त्यस्ता प्रयासहरुको फलस्वरुप सुदूर पश्चिमले नयाँ नाम समेत प्राप्त गरेको छः सुन्दर पश्चिम । सुदूर पश्चिमको पर्यटकीय सम्भावनाका बारेमा थुप्रै कुराहरु अहिले चर्चा परिचर्चाको विषय बनि सकेका छन् । विगतका दिनमा दुर्गमता र रुढीग्रस्त समाजको पर्याय बनेको सुदूरपश्चिम अबका दिनमा भने पर्यटकीय…

बाँकी

Added by Raman Paneru on August 31, 2012 at 8:30pm — No Comments

होलिया, बाढी र सहि सूचना

कुरा २०६३ वर्षातिरको हो । बाँके जिल्लाको राप्ती नदी क्षेत्रमा बाढीले ताण्डब मच्चाएको थियो । लगातार परेको पानीले राप्तीनदि आसपासका सयौं घरपरिवार विस्थापित भएका थिए । त्यसबेला ममा पत्रकारिताको भूत सवार थियो । नेपालगञ्ज र नेपालगञ्ज बाहिरको दैनिकमा संवाददाताको रुपमा कार्यरत थिए । त्यो बखत बाढीको न्यूजको स्कोप भएकोले जे जस्तो अवस्था भएपनि होलिया गएर रिपोर्टिङ्ग गर्नुपर्छ भन्ने लाग्यो ।

त्यसैले अग्रज पत्रकार दाजु प्रेम केसीसँग म पनि बाढी प्रभावित होलिया तिर लागे । बेतहनीसम्म…

बाँकी

Added by Durga Lamichhane on August 31, 2012 at 11:30am — 1 Comment

बेपत्ता नागरिकका पक्षमा

द्वन्द्वको समयमा दोलखाबाट पनि धेरै नागरिकहरु बेपत्ता भएका भएका छन् । तत्कालिन राज्यपक्षा वा विद्रोही पक्ष दुबैबाट बेपत्ता भएका नागरिकहरुको खोजी कार्यमा कहि कतैबाट ठोस पहल भने अहिले सम्म हुन सकेको छैन । वेपत्ता अधिकांस परिवारले राहत पाउन सकेका छैनन् । हराएका नागरिकहरु कहाँ छन् भनेर अहिले सम्म पत्तो लाग्न भने सकेको छैन । “हराएको छोरो कतै टुपलुक्क आइपुग्ने त होइन ” आमा बाटो हेरेर बसेकी छन् । श्रीमान् बेपत्ता भएपछि कति जनाले त दोस्रो घरजम गरे रे । सुनिन्छ अहिले छोराछोरीको विचल्लि छ रे । कोही भने…

बाँकी

Added by sherbhhadur bhujel on August 31, 2012 at 10:00am — No Comments

अनलाइनमा गैँडाकोटको चर्चा, चरित्र हत्या गर्न खोजिएको विद्यालयको भनाइ

गैँडाकोट । केही दिन देखि नवलपरासीको गैँडाकोट अनलाइनमा नेपालबाट निकै खोजिएको शव्द बनेको छ । अनलाइनमा भिडियो अपलोड गर्ने माध्ययमाको रुपमा रहेको युट्यूवमा गैँडाकोट किस नाममा अपलोड गरिएको स्थानीय युवाहरुको अश्लिल भिडियोका कारण चर्चा पाएको हो ।



स्थानीय सरस्वती निकेतन स्कुलमा पढ्ने विद्यार्थीहरुको भिडियो भनेर अपलोड गरिएको भिडियोलाई करिव चालिस हजारले हेरेको बताइएको छ । उक्त भिडियोमा देखिएका युवकहरु सरस्वती निकेतन वोड्ङि स्कुलसँग संवन्धित नभएको भन्दै विद्यालयले आफ्नो प्रतिष्ठामाथि…

बाँकी

Added by अल्टर कान्छो’ on August 29, 2012 at 9:00pm — No Comments

जसले धान्छन् परिवार

एकसयको व्यापार

गंगा सिलवाल ठेलामा व्यापार गर्छिन् । ठाउँठाउँ ठेला डुलाएर फलफूल बिक्री गर्नु उनको दैनिकी हो । यही व्यापारबाट उनी आफू मात्र पालिएकी छैनन्, परिवार पनि धानेकी छिन । नाङ्लोमा बदाम राखेर बिक्री गर्दै ठेला व्यापार सुरु गरेकी उनको व्यापारिक जीवन त्यति सहज भने छैन, जति अहिले देख्नेलाई लाग्छ । उनलाई देख्नेहरु दंग पर्छन्, उनको ठेलामा राम्रो व्यापार छ भनेर, तर यत्तिको अवस्थासम्म आइपुग्न उनले गरेको दुःख, झेलेको कुष्टबारे मानिसहरु अनभिज्ञ छन्…

बाँकी

Added by Bijaya Timalsina on August 27, 2012 at 1:30pm — 1 Comment

दोलखाका पुग्नै पर्ने मनोरम स्थल

बिहानीको मिर्मिरे सँगै आँखा अगाडी देखिने हिमश्रृंखला, नागबेली आकारमा बगेको तामाकोसी सँगै मुसुक्क मुस्कुराई रहेको सेतो गौरीशंकर हिमालको जुन हाम्रो समयको साझी पनि हो । यसको दृश्य हेर्नुको मज्जा त छदैछ । वरीपरीको हरियो वनजंगल हिमाल पहाडले चरिकोट आउने जो सुकैलाई पनि मोहित पार्छ । राजधानीबाट ४ घण्टाको मोटर यात्रा पछि पुगिने दोलखा सदरमुकाम चरिकोट पछिल्लो समयमा नयाँ पर्यटन गन्तव्यको रुपमा विकसित हुँदैछ । 

राजधानी काठमाण्डौबाट १ सय १३ किलोमिटरको दूरीमा रहेको दोलखाका प्रमुख पर्यटकीय…

बाँकी

Added by sherbhhadur bhujel on August 25, 2012 at 10:30am — 1 Comment

रात्री बसको मेरो पर्खाइ

आजभन्दा चार वर्ष अगाडीको केशर महलदेखि लगन टोलसम्मको त्यो मेरो यात्रा निकै खतरायुक्त र अनुभवदायक थियो । डरसँगै एक कदम हिम्मत पनि बढ्दै थियो । नेपाल म्युजिक सेन्टरको आयोजनामा चार दिनसम्म चलेको अन्तर्राष्ट्रिय लोकसंगीत महोत्सवको अन्तिम सन्ध्यामा ।

केशर महलभित्रको 'गार्डेन अफ ड्रिम्स'मा आयोजित कार्यक्रमबाट लगभग टेकु नजिक पर्ने लगन चोकभित्र आइ पुग्नु थियो मलाई । रातको साढे नौ बजेको थियो । काठमाण्डौंमा डेरा जमाउने गरी भर्खर भर्खरै आएकी मलाई थाहा थिएन रात्री बस चल्दैनन् भन्ने । लाग्यो जमल…

बाँकी

Added by Durga Lamichhane on August 24, 2012 at 6:30pm — 3 Comments

जिविसको रु.आठ करोड बढी बेरुजु

भरतपुर । आर्थिक वर्ष २०६८/०६९ मा आठ करोड ३२ लाख ६७ हजार रुपैयाँ बेरुजु रहेको जिल्ला विकास समिति चितवनले जनाएको छ । गत आर्थिक वर्षमा सञ्चालित योजनाबाट उक्त रकम बेरुजु भएको कार्यालयले जनाएको हो ।

चितवन जिल्लामा गत आर्थिक वर्षमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले गरेको प्रगतिबारे भएको दुई दिने समीक्षा कार्यक्रममा यस्तो जानकारी गराइएको हो । जिविस चितवनले गत आर्थिक वर्षमा तर्जुमा गरेका कुल ५६५ योजनामध्ये ५३६ योजनाहरु सम्पन्न भएका छन् ।

सोही अवधिमा सञ्चालित २४ वटा योजना चालु…

बाँकी

Added by अल्टर कान्छो’ on August 24, 2012 at 9:00am — No Comments

युएईमा दुर्गाबहादुर सुनारलाई मृत्युदण्ड दिइदै: बचाऔँ दुर्गाबहादुरलाई

युएईको शारजाहाँमा सन् २००९ जनवरी १४ का दिन सामान्य भनाभन हुँदा चित्रे–४, पर्बत घर भएका दुर्गाबहादुर सुनारले हाँसपोसा–२, सुनसरीका गणेशबहादुर बस्नेतलाई हातपात गरेका थिए । सामान्य कुटाकुटमा गणेशबहादुरको मृत्यु भयो । सधै सबैको दिनदशा एकै हुदैन त्यो दिन त्यस्तै भयो ।

गणेशबहादुरको हत्याको अभियोगमा दुर्गाबहादुर सुनारलाई शारजहाँ प्रहरीले पक्राउ गरी मुद्दा चलायो । सन् २०१० मा अदालतले उनलाई हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनायो । फैसला अनुसार  उनलाई साउदी अरब लगेर फासी दिइने बताइएको…

बाँकी

Added by Bishnu B. Khatri on August 23, 2012 at 11:30pm — 3 Comments

जलवायु परिवर्तन, वन फडानीका सवाल र रेड परियोजना

पछिल्लो समय शैलुङको सुर्य साप्ताहिकका लागि जलवायु परिवर्तन सम्वन्धि जानकारीमुलक सामग्री तयारी गर्दा जिल्लाको एउटा प्रशंगले निकै झस्कायो ।

त्यो हो दोलखाको चर्नावती जलधार क्षेत्रमा पर्ने सामुदाकिय वनहरुमा भइरहेको वन फडानी र त्यसमा सम्वन्धित निकाय र सरोकारवालाहरुको समयमा ध्यान नपुग्नु ।

अनि चासो देखाउने पर्ने निकायहरुले ढिला गरी चासो व्यक्त गर्नु । ‘जलवायु परिवर्तन’ को विश्वव्यापी बहस र चिन्ताबाट दोलखाका पनि मुक्त छैन । जलवायु परिवर्तनमा आधारित रहेर दोलखामा पनि विभिन्न…

बाँकी

Added by sherbhhadur bhujel on August 23, 2012 at 2:00pm — No Comments

'परिचयपत्र' (कथा)

सुइँयऽऽऽ सुसाउँदै देब्रे हात उसले बोकेको ट्याङ्कातीर लैजान्छ । छेउमा उप्किनै लागेको टिनले अघिनै देखि घोचेको घोच्यै छ । ट्याङ्का मालिकलाई उसले सुनायो, "धौ भो मालिक । एकछिन बिसाएर सुस्ताउन पाए हुन्थ्यो ।" आँखीभौ र परेला एकैठाउँमा पर्नेगरी मुख बिगारेर ट्याङ्का मालिकले देब्रे हातको घडि हेर्र्यो ।

"हुँदैन, बेलैमा पुग्नुपर्छ । तँलाई त के भो र ? बसिरहलास् नी मज्जाले ! कामचोर नबन । खुरुक्क हिंड् ।"

"मालिक, यसले घोचेर कम्मरमा डामै बनाएछ ।"  ट्याङ्काको उप्केको छेउ दबाउँदै भन्यो…

बाँकी

Added by Ganesh Acharya on August 23, 2012 at 10:00am — 2 Comments

प्रसुती सेवा नपाँउदा चार महिनामा पाँच सुत्केरीको ज्यान गयो

गत साता बिहिवार कोटिला ८ दैयाकी २० वर्षीय जुना बिकलाई सुत्केरी ब्यथा लाग्ने बित्तिकै प्रसुति सेवा लिन एक घण्टा टाढा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आफन्तले बोकेर लगे । तर उनले स्वास्थ्य केन्द्रमा बच्चा पाउन नसकेर त्यहि साँझ नै स्वास्थ्य केन्द्रमै ज्याउन गुमाईन् ।

जुनाको ज्यान बच्चाउनकालागि प्राथमिक स्वास्थ्य केन्द्रमा लग्यौं, तर पुयाएको केही घण्टामा उनको ज्यान गयो । अवस्था गम्भिर भईसकेको रहेछ, अर्कोतिर स्वास्थ्य केन्द्रमा डाक्टर पनि नभएकाले अकालै ज्यान गयो आफन्त खडक बिकले…

बाँकी

Added by Tek Raj Bhandari on August 22, 2012 at 1:30pm — No Comments

त्यसपछि ऊ फर्किएन

उ ढल्यो ।

अहँ ऊ फेरि बोलेन, हाँसेन अनि कतै देखिएन- जनसेनाका लस्करहरुमा, मान्छेहरुका माझमा ।

अहँ ऊ कतै देखिएन । साँच्ची ! त्यसपछि उसको भौतिक अस्तित्व न त कसैले भेट्यो न त उसले अरु कसैलाई भेटेको खबर नै सुनियो ।

त्यसपछि ऊ फर्किएन ।

आज फेरि उसको यादले पिरोलिरहेछ । जति ओरालो झर्दै जान्छु, मनमथिङ्गलमा खाली उसकै विम्ब नाचिरहेछ । सिस्नेबाट बहेको चिसो सिरेटोले मुटुसम्म छोएर फर्कन्छ । कता–कता जाडोले हिउँदयामको आभाष दिन्छ । पारि डाँडामा अब थोरै मात्र घाम…

बाँकी

Added by Dilli Malla on August 21, 2012 at 8:30pm — No Comments

गिठा भ्याकुरले जीवन धान्नुपर्ने चेपाङको बाध्यता

 भरतपुर । चितवनको पहाडी गाविस सिद्धि देउजरका उमेरले ७० काटेका नरबहादुर प्रजाको नाममा कुनै जग्गाजमिन छैन । ऐलानी जग्गामा बनेको पानी चुहिने छाप्रो नै उनको ओत लाग्ने थलो हो । नरबहादुर आफ्नी पत्नी शुक्रमाया र आठ छोराछोरीसहित त्यही छाप्रोमा खोले, ढिँडो र गिठाका भरमा जीवन गुजार्दै आएका छन् । वर्षको छ महिना भोकमरी हुने भएपछि जङ्गलमा गिठा र भ्याकुर खोज्न चेपाङको भीड नै लाग्ने गर्दछ । पुर्खाका पालामा जङ्गल र ओडारमा बसे पनि आफ्ना पालामा गाउँकै खोरिया फाँडेर छाप्रो बनाएका हुन् उनीहरुले । खोरियामै…

बाँकी

Added by अल्टर कान्छो’ on August 21, 2012 at 9:14am — No Comments

काठमान्डौं चरिकोट यात्रा

 शुक्रबार १ भाद्र,२०६९

‘कत्ति बसिरहनु यो खाल्डोमा, धेरै भयो रमाईलो गर्न बाहिर ननिस्केको, जाऊँ कतै बाहिर’ श्रावण महिना पूरापूर बिरामीकोलागि दौडधुप गर्दै बितेको मलाई यो काठमान्डौं खाल्डोबाट कहिले निस्कुँजस्तो लागेर प्रस्ताव के गरेको थिएँ,…

बाँकी

Added by pawan neupane on August 20, 2012 at 12:00pm — 3 Comments

"तीजको सम्झना आयो बरिलै" अमेरिकामा लोकार्पण

ङिमा पाख्रीन, न्युयोर्क । गायिका पबिता परियारले पहिलो पटक "तीजको सम्झना आयो बरिलै" नामक गिती एल्बम लोकार्पण गरेकी छिन् । हालै न्युयोर्कको ज्याक्सन हाईटमा एक कार्यक्रम गरी उनले आफ्नो नयाँ एल्बम लोकार्पण गरेकी हुन् ।

उनको पहिलो एल्बममा दुईटा गीत राखिएका छन् । एउटा शीर्ष गित "तीजको सम्जना आयो…

बाँकी

Added by MeroReport on August 20, 2012 at 11:30am — No Comments

डियर कल्याणको उपन्यास ‘रेडियो छाप सलाई’को समीक्षा

दाङ, भदौ २ । रेडियोकर्मी डियर कल्याणको चर्चित उपन्यास ‘रेडियो छाप सलाई’को शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि समीक्षा गरिएको छ । मदानी साहित्य समूह, नेपालद्वारा आयोजित कार्यक्रममा लेखक डियर कल्याणको उपस्थितिमा उपन्यासको समीक्षा गरिएको हो ।



कार्यक्रममा समीक्षकहरुले उपन्यासमा वास्तविक पात्रहरुलाई…

बाँकी

Added by Dilli Malla on August 18, 2012 at 11:30pm — No Comments

केराका बोटहरु सुक्दा किसान चिन्तीत

केरा खेतीबाट सोचे जस्तो आम्दानी नएको बुढिगंगाका किसानहरुले बताएका छन् । आयआर्जनको मुख्य पेशाका रुपमा अगाल्दै आएका बुढिगंगा किसानहरुले प्राविधिक ज्ञानसिप कमीका कारण केरा खेतीबाट सोचेजस्तो आम्दानी नभएको गुनासो गरेका छन् । बुढिगंगा ६, ७, ८ र ९का किसानहरु केराखेती ब्यवसाहिक गरदै आएका थिए ।    

लगातारको बर्षा र मौसमी परीर्वतनका कारण बारीमा लगाएका केराहरु बोटमा सुक्न थालेपछी उनीहरुलाई चिन्ता बढेको छ । छोरा छोरीलाई लाग्ने बिद्यालयको खर्च देखी लुगाफाटो किन्न केरा खेतीबाट जोखो गर्दै…

बाँकी

Added by Purna Bahadur Khadka on August 17, 2012 at 11:30am — No Comments

How to retrieve hacked gmail account?

Losing your email account can be considered a disaster as it may contain confidential informations. This post is to help internet users whose gmail account has been hacked or rather compromised. 

GMAIL is considered by most internet users to be the most reputed email account as it associated with several services like Blogger, Orkut, Adsense, Adword, Analytic e.t.c. Losing your Gmail and access to all these services could be hell to some people. So here are few possible ways…

बाँकी

Added by Manorath Aryal on August 16, 2012 at 3:30pm — 1 Comment

What a co-incidence!!! LexLimbu

Hello Meroreport and its readers,

Today i felt like I should write about something in meroreport. Then I thought of topic, all of a sudden I had in mind that I should write about someone who is doing something for Nepal and who is not in Nepal. In my coming days I would really try to find and study people who are doing something for Nepal. Salute.

The only name poped into my mind right now is lexlimbu, the 20 year old guy whom I…

बाँकी

Added by Shaku Limbu on August 16, 2012 at 3:30am — 2 Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service