August 2012 Blog Posts (210)

कथाले नभई पात्रले थ्रिलर फूलस्टप

चलचित्र ः फूलस्टप

कलाकार ः सविन श्रेष्ठ, विनिता वराल, कमलकृष्ण पौड्याल, गजेन्द्र रञ्जित

निर्देशक ः कमलकृष्ण पौड्याल

तह ः १

शुक्रबारबाट नेपाल भर रिलिज भएको नेपाली चलचित्र पूmलस्टम आँफैमा थ्रिलर र सस्पेन्स भएको भनेर नायीका विनिता वरालले दावि गरे पनि झिनो कथावस्तु वोकेको चलचित्र आँफैमा थ्रिलर…

बाँकी

Added by अल्टर कान्छो’ on August 31, 2012 at 10:30pm — No Comments

गाविस सचिवलाई गाउँ पठाउन जिविसलाई परिपत्र, नजानेलाई कारवाही गर्न निर्देशन ।।

अछामका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले गाविस सचिवलाई गाउँ पठाउन जिल्ला विकास समितिलाई निर्देशन दिनुभएको छ । गाविस सचिव गाउँ नजाँदा स्थानीयलाई विभिन्न काममा समस्या परेको र विकास निर्माणका कार्यमा पनि प्रभाव परेको कुरा विविसी मिडिया एक्सन संग मिलेर रेडियो रामारोशनले बिहिवार गरेको सुदूर सवाल नामक छलफल कार्यक्रमबाट पनि छताछुल्ल भएको भन्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले गाविस सचिवलाई गाउँ पठाउन जिविसलाई एक पत्र पठाई निर्देशन दिनुभएको हो । देशमा संक्रमणकाल लम्बिदै गएको र शान्ति…

बाँकी

Added by Tek Raj Bhandari on August 31, 2012 at 9:00pm — No Comments

उसले रोजेको बाटो

यो लेख लेख्नु भन्दा अघि मैले धेरै पटक सोच्नु प¥यो । कतै म कसैको व्यक्तिगत जीवनमा हस्तक्षप त गर्न खोजीरहेको छैन भनी मैले बारम्बार आफैलाई प्रश्न गरे“ । तर एक सचेत नागरिक भएको र शिक्षकको जस्तो अभिभावकत्व…
बाँकी

Added by Raman Paneru on August 31, 2012 at 8:30pm — No Comments

रंग बदल्ने तालः झिलमिले ताल

सुदूरपश्चिमलाई सुन्दर पश्चिममा रुपान्तरण गर्नका निम्ति सुदूरपश्चिममा पर्यटन विकासमा जोड दिनुपर्छ भन्ने उद्देश्यले विगतका दिनमा सुदूरपश्चिमको पर्यटक विकासको क्षेत्रमा थुप्रै प्रयासहरु भइरहेका छन् । त्यस्ता प्रयासहरुको फलस्वरुप सुदूर पश्चिमले नयाँ नाम समेत प्राप्त गरेको छः सुन्दर पश्चिम । सुदूर पश्चिमको पर्यटकीय सम्भावनाका बारेमा थुप्रै कुराहरु अहिले चर्चा परिचर्चाको विषय बनि सकेका छन् । विगतका दिनमा दुर्गमता र रुढीग्रस्त समाजको पर्याय बनेको सुदूरपश्चिम अबका दिनमा भने पर्यटकीय…

बाँकी

Added by Raman Paneru on August 31, 2012 at 8:30pm — No Comments

मृत्यु बिक्रीमा छ - २

फेसबुकमा सागरिकाको मेसेज पढिसक्दा नसक्दै मोबाइलमा मेसेजको घन्टी बज्छ मोबाइल खोज्छु हतार हतार, सिरानीमुनि रहेछ | सिरानीमुनि बाट मोबाइल निकाल्दै थिएँ अर्को पनि मेसेज आउंछ तुरुन्तै ९८४३-XXXXXX नम्बर थियो काठमाडौँको, सायद उसैको हुनुपर्छ- पहिलो मेसेज खोलेर हेर्छु, लेखिएको हुन्छ- “You know what? This number is only for you like my g-mail and facebook account. Don’t be surprised. There are lots of other stuffs to be disclosed.” संगै अर्को पनि मेसेज हेर्छु जहाँ लेखिएको हुन्छ- “and,…

बाँकी

Added by Suraj Kumar Aryal on August 31, 2012 at 11:36am — 4 Comments

होलिया, बाढी र सहि सूचना

कुरा २०६३ वर्षातिरको हो । बाँके जिल्लाको राप्ती नदी क्षेत्रमा बाढीले ताण्डब मच्चाएको थियो । लगातार परेको पानीले राप्तीनदि आसपासका सयौं घरपरिवार विस्थापित भएका थिए । त्यसबेला ममा पत्रकारिताको भूत सवार थियो । नेपालगञ्ज र नेपालगञ्ज बाहिरको दैनिकमा संवाददाताको रुपमा कार्यरत थिए । त्यो बखत बाढीको न्यूजको स्कोप भएकोले जे जस्तो अवस्था भएपनि होलिया गएर रिपोर्टिङ्ग गर्नुपर्छ भन्ने लाग्यो ।

त्यसैले अग्रज पत्रकार दाजु प्रेम केसीसँग म पनि बाढी प्रभावित होलिया तिर लागे । बेतहनीसम्म…

बाँकी

Added by Durga Lamichhane on August 31, 2012 at 11:30am — 1 Comment

बेपत्ता नागरिकका पक्षमा

द्वन्द्वको समयमा दोलखाबाट पनि धेरै नागरिकहरु बेपत्ता भएका भएका छन् । तत्कालिन राज्यपक्षा वा विद्रोही पक्ष दुबैबाट बेपत्ता भएका नागरिकहरुको खोजी कार्यमा कहि कतैबाट ठोस पहल भने अहिले सम्म हुन सकेको छैन । वेपत्ता अधिकांस परिवारले राहत पाउन सकेका छैनन् । हराएका नागरिकहरु कहाँ छन् भनेर अहिले सम्म पत्तो लाग्न भने सकेको छैन । “हराएको छोरो कतै टुपलुक्क आइपुग्ने त होइन ” आमा बाटो हेरेर बसेकी छन् । श्रीमान् बेपत्ता भएपछि कति जनाले त दोस्रो घरजम गरे रे । सुनिन्छ अहिले छोराछोरीको विचल्लि छ रे । कोही भने…

बाँकी

Added by sherbhhadur bhujel on August 31, 2012 at 10:00am — No Comments

अन्तरद्धन्द्ध

̕तिमीलाई थाहा छ त्यो केटी को हो?̕ 

̕थाहा छ, उसको नाम सुमित्रा हो । थर परियार । पल्लोघरमा डेरा गरेर बसेको बर्षौ भयो । पद्मकन्या कलेजमा बिए तेश्रो बर्षमा पढ्छे ....̕

̕ओहोहोहो, मेरो बारेमा तिम्लाई त्यति थाहा छैन, त्यो कालिको बारेमा त्यत्रो इन्फर्मेशन? मैले माने, तिमी पुरुषहरु लभ गरुन्जेलमात्र ठिक पार्छाै, बिहेगरेपछि आफ्नो असलीयतमा आउछौ । मलाई अहिलेसम्म कस्ती राम्री भन्याछौ? त्यो चाँही काली, हिस्सी परेकी, बोल्ड, के के हो के के? हैन स्वास्नीको अगाडि त्यस्ता…

बाँकी

Added by Binaya Shekhar on August 31, 2012 at 7:56am — No Comments

गाविस सचिवलाई यथासिघ्र गाउँ पठाउने सरोकारवालाको प्रतिवद्धता ।।

रेडियो रामारोशनले अबदेखि हरेक हप्ता बहसमुलक कार्यक्रम प्रशारण गर्ने भएको छ । स्थानीय स्तरमा रहेका समस्याको पहिचान गरी समाधानका लागि विकल्पको खोजी गर्ने उद्देश्यले वीवीसी मिडिया एक्सनसंग मिलेर उत्पादन गर्न लागेको सुदूर सवाल नामक कार्यक्रमको पहिलो भाग आज रेकर्ड गरीएको छ । कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले गाविस सचिवलाई गाउँ जान तत्काल परिपत्र गर्ने बताउनु भएको छ । गाविस सचिव गाउँ नजाँदा जनतालाई परेको अप्ठेरो र विकास निर्माणका काममा परेको प्रभाव सम्बन्धि…

बाँकी

Added by Tek Raj Bhandari on August 30, 2012 at 8:11pm — No Comments

एमालेको खानाः माओवादीको गानाः महेश बस्नेत

युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले एमालेका केही असन्तुष्ट नेताले एमालेको खाना खाएर माओवादीको गाना गाएको बताएका छन् ।

प्रेस चौतारी नेपाल मकवानपुरले बिहीबार हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले पार्टीभित्र मधेसवादी, जातिवादी कुरा झिकेर पार्टीमा केही नेताहरुले बितण्डा मच्चाएको बताउँदै अहिले धेरै नेताहरु पार्टीको मूलधारमा आइसकेको पनि बस्नेतले बताए । उनले भने, ‘केहीदिन उहाँहरुले जातीय नारा लगाउनुभयो, अहिले त्यस्तो अबस्था छैन ।’

प्रेस चौतारी…

बाँकी

Added by Shiva Kumar Kashi on August 30, 2012 at 5:23pm — No Comments

४ बुदे कोहलपुर घोषण पत्र जारी बन्द सदाका लागी बन्द

कोहलपुर भाद्र १४

युवा शान्ति र बिकासका साझेदार हुन बन्द सदाका लागी बन्द गरौ भन्ने मुल उदेश्यले आयोजना गरिएको कार्यक्रम बिहिवार कोहलपुरमा सम्पन्न भयो ।

कार्यक्मम इक्वयल एक्सेस नेपाल को सहयोगमा सुनौलो नया नेपाल क्लब टिटिहिरिया बाकेले आयोजना गरेको हो । कार्यक्रममा नेकाका युवराज पौडेले क्लबले गरेको यो…

बाँकी

Added by Humhari Bhattarai on August 30, 2012 at 4:30pm — No Comments

धनगढी नगरपालिकाद्धारा आर्थिक वर्ष २०६८÷६९ मा १३ करोड १५ लाख खर्च ।।

धनगढी नगरपालिकाले आर्थिक वर्ष २०६८÷६९ मा विकास निर्माणलगायत बिभिन्न शिर्षकमा १३ करोड १५ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ । यो खर्च लक्ष्यको ९५ दशमलव ३० प्रतिशत रकम हो  । आर्थिक वर्ष २०६८÷६९ को १३ करोड ८० लाख ७१ हजार रुपैयाँको अनुमानित बजेटमध्ये ५ प्रतिशत रकम मात्र खर्च हुन सकेन । यो अवधिमा निशर्त अनुदानको १ करोड १८ ५३ हजार रुपैया शतप्रतिश खर्च भएपनि अन्य शिर्षकमा खर्चमा थपघट भएको छ । सशर्त अनुदानको २ करोड ५६ लाख ४ हजार ८७ मध्ये २ करोड ५५ लाख खर्च भएको छ । त्यस्तै राजस्व बाँडफाँडको ७ करोड ८१…

बाँकी

Added by Tek Raj Bhandari on August 30, 2012 at 10:19am — No Comments

इन्जिनियरिङ कलेज स्थापना गर्न सुर्खेत जिल्लामा सम्भाव्यता अध्ययन ।।

त्रिभुवन विश्वविद्यालयले आफ्नो आंगिक क्याम्पस अन्र्तगत इन्जिनियरिङ कलेज स्थापना गर्नका लागि सुर्खेत जिल्लामा सम्भाव्यता अध्ययन गरिएको छ । कलेज स्थापनाका लागि सुर्खेतका चारवटा ठाउँहरु अनुगमन गरि सिफारिस गरिएको अनुगमन टोलीका सदस्य तथा जिल्ला शिक्षा कार्यलयका ईन्जिनियर मनोज सुवेदीले जानकारी दिनुभयो । निरीक्षण गरिएका ठाउँहरुमा सबै भन्दा राम्रो कृष्णमुदायिक वन रहेको  टोलिले जनाएको छ । सरकारले असार महिनामा  त्रिभुवन विश्व विद्यालय अन्र्तगत आंगिक क्याम्पसका रुपमा ईन्जिनियरिङग क्याम्पस स्थापनाका…

बाँकी

Added by Tek Raj Bhandari on August 30, 2012 at 10:18am — No Comments

सुर्खेतमा कवरस्थानका लागि छुट्याइएको रकम दुरुपयोग ।।

सुर्खेत लाटिकोइली–९ वेलघारीमा मुस्लिम समुदायले प्रयोग गर्ने कवरस्थान अर्थात च्यान घाटमा तारबारको व्यवस्था नहुँदा पवित्र स्थल दुर्गन्धमय बनेको छ ।  तारबार नहुँदा कवरस्थानमा स्याल तथा कुकुरले खोर्सने साथै घरपालुवा जनावरको रजाई हुने गरकोे छ । कवरस्थानमा तारबार निर्माण गर्न जिल्ला विकास समिति र गाउँ विकास समितिको कार्यालयबाट छुट्याइएको रकम प्रयोगमा नआउदा विजोग भएकोे हो । जिल्ला विकास समितिले आर्थिक वर्ष २०६७÷०६८ मा दुई लाख र लाटिकोइली गाउँ विकास समितिको कार्यालयले २७  हजार रुपैयाँ निर्माण तथा…

बाँकी

Added by Tek Raj Bhandari on August 30, 2012 at 10:17am — No Comments

क्षेत्रीय रंगशाला परिसरमा पानी जमेपछि कैलालीमा खेलकुद गतिविधि गर्न समस्या ।।

कैलालीको धनगढीमा रहेको एक मात्र खेलकुद मैदान क्षेत्रीय रंगशाला परिसरमा पानी जमेपछि खेलकुद गतिविधि संचालन गर्न कठिनाई भएको छ । छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि गत फागुन महिनामा रंगशाला निर्माण थालेपछि फुटबल मैदान र ट्रयाक बाहेकका सबै भाग डुवानमा परेका छन् । फुटबल मैदानमासमेत पानी जमेका कारण त्यहाँ हुने फुटबलका खेलहरु हुन सकेका छैनन् । त्यसै गरि अन्य खेलकुदहरु पनि रंगशालाको कभर्डहल भित्र हुन नसक्दा बाहिरै खेलाउनु पर्ने बाध्यता भएको प्रशिक्षकहरुले बताए । ब्याडमिण्टन बाहेकका अन्य…

बाँकी

Added by Tek Raj Bhandari on August 30, 2012 at 10:16am — No Comments

अनलाइनमा गैँडाकोटको चर्चा, चरित्र हत्या गर्न खोजिएको विद्यालयको भनाइ

गैँडाकोट । केही दिन देखि नवलपरासीको गैँडाकोट अनलाइनमा नेपालबाट निकै खोजिएको शव्द बनेको छ । अनलाइनमा भिडियो अपलोड गर्ने माध्ययमाको रुपमा रहेको युट्यूवमा गैँडाकोट किस नाममा अपलोड गरिएको स्थानीय युवाहरुको अश्लिल भिडियोका कारण चर्चा पाएको हो ।



स्थानीय सरस्वती निकेतन स्कुलमा पढ्ने विद्यार्थीहरुको भिडियो भनेर अपलोड गरिएको भिडियोलाई करिव चालिस हजारले हेरेको बताइएको छ । उक्त भिडियोमा देखिएका युवकहरु सरस्वती निकेतन वोड्ङि स्कुलसँग संवन्धित नभएको भन्दै विद्यालयले आफ्नो प्रतिष्ठामाथि…

बाँकी

Added by अल्टर कान्छो’ on August 29, 2012 at 9:00pm — No Comments

रहरलाग्दा भ्रष्टाचारी।

    केही बर्षअघि खुमबहादुर खँड्काजीको अस्वाभाविक सम्पतिको बिषयमा जनचर्चा चल्यो। पत्रपत्रिकाले लेख्यो र अख्तियारले छानविन ग-यो। अलि ढिला गरेर सर्वोच्चले भर्खरै पुष्टी    ग-यो। भ्रष्टाचार गरेर कमाएको ठहर भयो। सर्वोच्च अदालतको फैसला सुनेर नेपाली काङ्ग्रेसका नेताहरु अत्तालिए। अस्वाभाविक सम्पतिमाथि नजर लगाउने होभने त भीमबहादुर तामाङ, रामहरि जोशी, बलदेवप्रसाद मजगैया, नरहरि आचार्य जस्ता २-४जना बाहेक हामी कोहीपनि वच्नेछैनौं भन्ने सोचेर खङ्ग्रङ्गै भए। केन्द्रीय कमिटीको बैठक बस्यो। खुमबहादुर जस्ता…

बाँकी

Added by Ananda Ram Paudel on August 29, 2012 at 5:00pm — No Comments

अझै व्यवस्थित हुन सकेन नारायणगढ बजार





नारायणगढ

पटकपटको निर्णय र प्रयास गर्दासमेत नारायणगढ बजार अझ व्यवस्थित हुन सकेको छैन । बजार क्षेत्रलाई सुन्दर बनाउने अभियान बेलाबखतमा सञ्चालन गर्ने भरतपुर नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी निकायहरु केही समय तातिने र फेरि सेलाउने गर्दा बजारलाई व्यवस्थित गर्ने कार्य…

बाँकी

Added by अल्टर कान्छो’ on August 29, 2012 at 12:30pm — No Comments

अर्को वैधानिक सरकार नआएसम्म राजिनामा नदिने ः प्रधानमन्त्री

कपिल भट्ट÷काठमाडौ

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो एक बर्षे यात्रा सफल भएका दावी गरेका छन् । प्रधानमन्त्री भएको एक बर्ष समीक्षासहित मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो नेतृत्वको सरकारले चुनौतिहरूको पहाडबीच जनतालाई प्रसस्त राहत दिएको बताए ।

नगर विकास, सडक विस्तार, बजार अनुगमन, ट्राफिक व्यवस्थापन, भ्रष्ट्राचार नियन्त्रण, तत्काल राहत, सीमा सुरक्षा, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन जस्ता विषयमा सरकारले सफलता हाँसिल गरेको उनको भनाइ छ ।…

बाँकी

Added by Kapil Bhatt on August 28, 2012 at 6:59pm — No Comments

दोलखाका वालवालिकालाई सुआहारा

वालस्वास्थ्यमा सुधार ल्याउन भन्दै दोलखामा एकिकृत पोषण कार्यक्रम (सुआहारा) परियोजना सञ्चालन हुने भएको छ । 

दुई बर्ष भन्दा कम उमेरका वालवालिकाहरुलाई पर्याप्त पोषणयुक्त आहारा खुवाई बालमृत्युदर घटाउन परियोजना सञ्चालन गर्न लागिएको हो । अमेरिकी सहायता नियोग युएसआईडीको सहयोगमा नेपाल सरकार वाल स्वास्थ्य महाशाखा, जिल्ला…

बाँकी

Added by sherbhhadur bhujel on August 28, 2012 at 1:30pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service