August 2011 Blog Posts (134)

मकवानपुरमा तीजको रौनक

www.greaterhetaua.com

हेटौँडा, १४ भदौ

मकवानपुरमा तीजको अवसरमा जागरुक महिलाहरु सम्मानित भएका छन् । जीवनमा संघर्ष गरेर सफलताको सिँढीमा चडिरहेका महिलाहरुलाई रेडियो मकवानपुरले तीजको अवसर पारेर जागरुक महिला सम्मान गरेको हो । जीवनमा आएको पीडालाई उग्राउँदै स्वरोजगार बनेर कि्रयाशील मकवानपुरकी एकमात्र महिला टेम्पो चालक सरिता चौलागाइँलाई सम्मान गर्दै रेडियो मकवानपुरले आफ्नो कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो । विगत ३ वर्षदेखि टेम्पो चलाउँदैं…

बाँकी

Added by RAMKUMARELAN.COM on August 31, 2011 at 2:03pm — No Comments

लागु औषधसहित एक पक्राउ

www.greaterhetauda.com
हेटौँडा, १४ भदौ
हेटौँडा बजारमै प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्ला फुलबारी घर भएका २५ वर्षीय विकास कुमाल रहेका छन् । उनी हेटौँडामै बसेर काम गर्ने युवा हुन् । उनीबाट प्रहरीले लागुऔषध सेवन गर्न प्रयोग हुने सिरिन्जसहित लागुऔषध फेनारगनका बोत्तलहरु बरामद गरेको छ । उनलाई थप कार्वाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Added by RAMKUMARELAN.COM on August 31, 2011 at 1:54pm — No Comments

युवा पत्रकारीता सम्मान कृष्ण चन्द्र लाई

जन प्रतिरोध साप्ताही द्धारा स्थापीत युवा पत्रकारीता पुरस्कार ग्रहण गर्दै पत्रकार कृष्ण चन्द्र

Added by Krishna Chandra Banjara on August 31, 2011 at 1:33pm — No Comments

सभासदको श्राद्ध गर्ने समातिए

 www.greaterhetauda.com

हेटौँडा, १४ भदौ

संविधान सभाका ६ सय १ सभासद्को श्राद्ध गर्ने राकेशकुमार शर्मा हेटौँडामा समातिएका छन् । हेटौँडाको अखन्ड हरिकीर्तन मन्दिरबाटै प्रहरीले धरपकड गरेर उनलाई समातेको हो । आज बिहानै हेटौँडामा शर्माले श्राद्ध गर्ने भनेर हल्ला चलेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी सहायक निरीक्षक नारायण थापाको नेतृत्वमा करिब दुईदर्जन प्रहरीलाई सिभिल ड्रेसमा परिचालन गरेको थियो । हेटौँडाको लोकतान्त्रिक चोकमा श्राद्ध…

बाँकी

Added by RAMKUMARELAN.COM on August 31, 2011 at 12:58pm — No Comments

सायद संसारमा माया भन्ने कुरा नभएको भए के हुन्थो होला ?

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

Added by Binod thapa on August 31, 2011 at 12:30pm — No Comments

सिन्धुलीको वन्दीपुर र नाँगीमा आलु नरोपीकनै फल्छ

१४ भदौ,
सिन्धुली जिल्लाको पुरानाझागाझोली गाँउ विकास समितीको वन्दीपुर मझुवा गाँउ विकास समितीको नागीमा आलु नरोपिकनै फल्ने गरेको छ । पुस्तौ भयो त्यहाँका कृषकहरुले आलु वारीमा रोप्ने गरेका छैनन् । मझुवाको नागी र वन्दीपुरमा आलु रोप्दै नरोपी मौषम अनुसार उमि्रने र मर्ने गरेकेा नागीकी सिता तामाङ्गले वताउनुभयो । रोप्दै नरोपी नागीको प्रत्येक घरमा पाँच देखी सात मुरी सम्म आलु उत्पादन हुने गरेको तामाङ्गको भनाई छ…
बाँकी

Added by एसवी गौतम on August 31, 2011 at 12:24pm — No Comments

सिन्धुलीबाट सभासद्हरुलाई १ पैसा पारिश्रामिक

१४ भदौ,

समयमा नै संविधान जारी नभएको भन्दै सिन्धुलीमा कि्रयाशील मानवअधिकार शिक्षा क्लव रिलेक नेपाल सिन्धुली शाखाले मङ्लगवार सभामुखलाई व्यंग्यस्वरुप पारिश्रमिक रकम पठाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत् रिलेक नेपाल सिन्धुली शाखाले ज्ञापनपत्रसहित प्रति सभासद् १ पैसाका दरले ५ सय ९४ जना सभासद्का लागि ६ रुपैयाँ पठाएको हो ।

 

काम नगरी ज्याला लिने कार्य भनेको मागेर खानु वा चोर्नु बराबर…

बाँकी

Added by एसवी गौतम on August 31, 2011 at 12:22pm — No Comments

शान्तिका लागि तीज गीत प्रतियोगिता सम्पन्न

फणि महत / रौतहट

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला कार्यालय रौतहटको आयोजनामा ०६८ भदौ १३ गते चन्द्रनिगाहपुरमा तीज पर्व २०६८ को अवसर पारेर शान्तिका लागि तीज गीत प्रतियोगिता र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रशासकिय अधिकृत गोपालप्रसाद बरालको प्रमुख आतिथ्य र स्थानीय मानवअधिकार तथा महिला अधिकार संघसंस्थाहरुको आतिथ्यमा सम्पन्न सो प्रतियोगिता कार्यक्रममा मानवअधिकार द्वन्द्व पीडितहरुको अवस्था शान्ति तथा संविधानसंग…

बाँकी

Added by phani mahat on August 31, 2011 at 8:11am — No Comments

छोरीलाई बादलपारिबाट पत्र

तिम्रो जन्मको घोषणापत्र लिएर  

आईपुगेको छु   

समृद्धीको मध्यान्तरमा उभिएको कोरियामा   

 

यो भुमण्डलका पुर्विय केन्द्रमा  

बगिरहेको हान नदि   

सोलको मधुरो घाम   

सबै सबै हेरिरेछु म केबल तिम्रै आँखाबाट   

 

भदौरे संक्रान्तिको पर्दा च्यातेर   

सिमसिमे झरी थामिदैं थियो   

प्रसुती वार्डको एक कुनाबाट   

तिम्री आमाको प्रथम प्रसव पिडा सुनेर  

वार्ड बाहिर काम्दै थिएँ म -   

एउटा लामो यात्राको तयारीमा…

बाँकी

Added by Brabim Kumar on August 30, 2011 at 4:04pm — No Comments

युवा श्रमको मूल्याङ्कन खोइ ?

अहिले पनि दरबार सङ्ग्रहालयको पश्चिम ढोकामा प्रत्येक दिन पासपोर्ट लिनेहरूको लाइन लामै हुन्छ । झरीमा रुझ्दै पासपोर्ट लिनका लागि लाम लाग्नेमा मकवानपुरका माइला स्याङ्तान पनि एक थिए । २०६५/२०६६ को बजेटले युवालाई विना धितो दुई लाखसम्म ऋण दिने भनेपछि हेटौंडा बजारमा हार्डवेयर पसल राख्न निवेदन दिएका स्याङ्तानले कतै ऋणका लागि दुई वर्षसम्म कुरे । सरकार नामको चरा व्यावसायिक सपना बुनेका स्याङ्तानको आँगनमा दुई वर्षसम्म पनि नआएपछि पासपोर्ट बनाई अरबतिर उड्ने योजना बनाएका हुन्…

बाँकी

Added by Brabim Kumar on August 30, 2011 at 4:03pm — No Comments

इक्वल एक्सेस नेपालको दोस्रो सोसिअल मिडिया सर्जरी

इक्वल एक्सेस नेपालले भाद्र १३ गते मंगलवार  दोस्रो सोसिअल मिडिया सर्जरिको आयोजना गर्ने भएको छ । अपडेट नेपाल नामक संस्थामा आयोजना गर्न लागिएको सोसिअल मिडिया सर्जरी सत्रमा २५ जना यूवाहरुसँग नागरिक पत्रकारिता, यसको प्रयोग र फाइदाहरुको बारेमा छलफल गरिनेछ ।  सोसियल मिडिया सर्जरी एउटा अन्तर्कृयात्मक सत्र हो जसमा सोसियल मिडिया एक्स्पर्टहरुद्वारा नागरिक पत्रकारिता को लागि जान्न पर्ने वेब टूल्सहरुको प्रयोग गर्न सिकाइन्छ । नागरिक पत्रकारिताको बढ्दो लोकप्रियता र प्रभावकारीतालाई ध्यानमा राखी इक्वल एक्सेस…

बाँकी

Added by MeroReport on August 30, 2011 at 12:10pm — No Comments

माउसको क्लिकमा बारा

आजको विश्व सागुरिदै गरेको छ । माउसको एक क्लिकले संसारलाई हामि सामु पस्कि रहेको छ । छिमेकि पर्सा जिल्लाले आफनो एउटा छुट्टै आयामिक पहिचान बनाई सक्दा पनि बिकाशको प्रबल सम्भावना बोकेको बारा जिल्लाले आफनो पहिचानको लागि संर्घषरत नै रहेको छ । इलेक्ट्रोनिक मिडियाले संसारलाई एउटै सुत्रमा बाधेको छ । बारा जिल्लालाई…

बाँकी

Added by Aarun Kumar Sah on August 30, 2011 at 12:10pm — No Comments

निर्वाचन क्षेत्र बिकाश कार्यक्रम अन्र्तगतको रकम सभासदद्धारा हिनामिना

 

फणि महत / रौतहट निर्वाचन क्षेत्र बिकाश कार्यक्रम का लागी रौतहट ज्ािल्लामा आएको लाखौ रकम सभासदहरुले बिभिन्न शिर्षकमा काम गरेको भन्दै हिनामिना गरेको आरोप लागेको छ ।

जिल्ल्ाा बिकाश समिती रौतहटले यस बर्ष निर्वाचन क्षेत्र बिकाश कार्यक्रम अन्र्तगत एक करोड ४९ लाख २१ हजार दुइ सय ६१ रुपैया बिनियोजन गरेको छ ।

जिल्लामा ६ वटा निर्वाचन क्षेत्र भएपनि प्रत्यक्ष तथा समानुपातीक गरी १४ जना सभासद रहेका छन । एकिकृत नेकपा माओवादीका तनहुका सभासद भिम प्रसाद गौतमले पनि आफ्नो कोषमा आएको रकम रौतहट…

बाँकी

Added by phani mahat on August 30, 2011 at 9:45am — No Comments

Baburam Bhattarai elected new PM

Ajeeta Sigdel

 

Baburam Bhattarai, chairperson of UCPN Maoists, has been elected as new Prime Minister of Nepal. He is 35th Prime Minister of Nepal and the fourth of Republic Nepal. Out of 575 votes, Bhattarai won by securing 340 votes while his rival Ram Chandra Poudel secured 235 votes. Bhattarai was strongly supported by The United Democratic Madhesi Front (UDMF) which paved the way for his victory.

 …

बाँकी

Added by Ajeeta Sigdel on August 29, 2011 at 12:30pm — 1 Comment

तीन बन्दकर्ता समातिए

www.greaterhetauda.com
ग्रेटरहेटौँडा संवाददाता
हेटौँडा, १० भदौ
बन्दको पूर्वसन्ध्यामा राँके जुलुश निकाल्ने तीनजना समातिएका छन् । भोलिदेखि बन्द आव्हान गर्दै मनहरीमा साँझ जुलुश निकाल्ने तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । भोलिदेखि बन्द आव्हान गरिएपछि हेटौँडामा सुरक्षाकर्मी व्यापक परिचालन भएको छ ।

Added by RAMKUMARELAN.COM on August 27, 2011 at 10:26pm — No Comments

खोलाले बगाएर सन्तोषको मृत्यु

www.greaterhetauda.com
ग्रेटरहेटौँडा संवाददाता
हेटौँडा, १० भदौ
पश्चिम मकवानपुरको मनहरीमा खोलाले बगाएर एकको मृत्यु भएको छ । मनहरीको रजैँयामा रापती खोलाले बगाउँदा सन्तोष नेपालीको मृत्यु भएको हो ।

Added by RAMKUMARELAN.COM on August 27, 2011 at 10:22pm — No Comments

चट्याङले महिलाको मृत्यु

www.greaterhetauda.com
मनोज ढोडारी
हेटौँडा, १० भदौ
मकवानपुरको चुरियामाईमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार साँझ परेको चट्याङ लागेर चुरियामाई गाविस ५ की ३५ वर्षीया सरस्वती लामाको मृत्यु भएको हो । आफ्नै घरमा बसेकी लामालाई चट्याङ लागेपछि उपचारको लागि हेटौँडा अस्पतालमा ल्याइएको र उनको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Added by RAMKUMARELAN.COM on August 27, 2011 at 10:20pm — No Comments

पाँच जना सम्मानित

www.greaterhetauda.com

ग्रेटरहेटौँडा संवाददाता

हेटौँडा, १० भदौ

भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले पाँचजनालाई सम्मान गरेको छ । वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा स्थापित पाँचवटा पुरस्कारहरु प्रदान गरिएको हो । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी नारी सृजनशील पुरस्कार २०६६ मकवानपुर पदमपोखरीकी शान्तिमाया मोक्तानलाई प्रदान गरेको छ । यस्तै, कमला भवानी संगीत पुरस्कार गौरव केसीलाई, हर्षनर बज्राचार्य स्मृति पुरस्कार सुजिल…

बाँकी

Added by RAMKUMARELAN.COM on August 27, 2011 at 10:16pm — No Comments

वार्षिक समीक्षा जरुरी

www.greaterhetauda.com

ग्रेटरहेटौँडा संवाददाता

हेटौँडा, १० भदौ

उद्योगी तथा व्यवसायीहरुले पनि वार्षिक समीक्षा कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले यस्तो बताउनुभएको छ । आइरन तथा स्क्र्याप व्यवसायी संघ नेपाल इशान को चौथो वार्षिक साधारण सभामा अध्यक्ष सुमार्गीले वर्षभरि भएका उपलब्धी आएका चुनौति भोग्नु परेका समस्याहरुलगायत विषयलाई समेटेर समीक्षा गर्न सक्नुपर्ने बताउनुभएको छ ।…

बाँकी

Added by RAMKUMARELAN.COM on August 27, 2011 at 10:14pm — No Comments

भीरवाट लडेर १ जनाको ज्यान गयो

विष्णु पौडेल

गुल्मी, भदौ १०

भीरवाट लडेर गुल्मीको ह्वाङ्दीमा १ जनाको ज्यान गएकेा छ । ह्वाङ्दी गाविस वडा नम्वर ८ मा रहेको तारेभीरवाट लडेर सोही  गाविसको वडा नम्वर ८ महाभीरका ४५ वर्षीय दुर्गावहादुर अर्यालको ज्यान गएको हो । घरवाट हिजो दिउसो घाँस काट्न उक्त भिरमा गएका अर्यालको झण्डै २०० मिटर तल मृत अवस्थामा शव फेला परेको स्थानीय रमेश वुढाले जानकारी दिनुभएको छ । अर्यालको शव स्थानीय वासी र निस्ती मदाने युवा क्लवका सदस्यहरुले गएराती फेला पारेका थिए ।

 

 

Added by Bishnu Paudel on August 27, 2011 at 3:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service