Featured Blog Posts – July 2015 Archive (7)

यसरी बन्दैछ धुर्मुस, सुन्तलीको एकिकृत पहरी बस्ती (भिडियोसहित)

धुर्मुस र सुन्तलीले काभ्रे डाँडागाउँमा बनाईरहेको एकिृत पहरी बस्तीका बारेमा तपाईँ हामी धेरैले सुनेका छौँ । कतिपयले नयाँ एकिकृत बस्तीमा बनाइएका भूकम्प प्रतिरोधी घरका तस्वीर पनि देखि सक्नुभएको होला । बैशाख १२ र २९ गतेको भूकम्पले लडाएको धेरै घर उठाउन सकेका छैनौँ । यता, पर्दामा उट्पट्याङ काम गर्ने कलाकार धुर्मुस, पहरी बस्तीका २० घर भूकम्प प्रभावितका पिडालाई चट्टै बनाउने औषधी बनेका छन् । एउटै औषधी सबैको पहुँचमा नपुग्न सक्छ । धेरैले बाँडेर खायो भने त्यसले गतिलो काम नगर्न…

बाँकी

Added by Hari Jang Thapa on July 31, 2015 at 5:00pm — No Comments

सिनेमाका कलाकार डेरामा, टिभीका कलाकार घरबेटी !

पर्दामा शानदार जीवन बिताउने कलाकारहरु मध्ये धेरैको वास्तविक जीवन डेरामा सिमित छ । तर, टिभीका मुन्द्रे, माग्नेबुढा र धुर्मुस मात्रै हैनन्, पान पसले, फिस्टे लगायत पनि काठमाडौका घरबेटी भइसके । दर्शक रुवाउन भन्दा हँसाउन गाह्रो हुन्छ । त्यहि गाह्रो छिचोलेका हाँस्य व्यग्य कलाकारले दर्शक मात्र हँसाएका छैनन् । आफ्नो घर व्यवहारलाई पनि हँसिलो बनाएका छन् । राजधानी बाहिरबाट काठमाडौमा दुनियाँ हँसाउने सपना बोकेर भित्रिएका अधिकांश कलाकार घरबेटी भैसकेका छन् । हाँस्य विधालाई यस्तो बनाउने श्रेय भने मदनकृष्ण…

बाँकी

Added by Hari Jang Thapa on July 30, 2015 at 7:00am — No Comments

प्रसुती सेवा केन्द्र थप्ने जिल्ला स्वास्थ्य कार्यालयको तयारी

पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणाको अभियानमा लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले प्रसुती सेवा केन्द्र विस्तार कार्यलाई तिव्रता दिने भएको छ । २०७४ असार मसान्तभित्र जिल्लालाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणाको लक्ष्यलाई सार्थकता दिनका लागि प्रसुती सेवा केन्द्र स्थापना कार्यलाई तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

स्वास्थ्य संस्थाभन्दा बाहिर सुरक्षित प्रसुती सेवा केन्द्र भनेर एकै गाविसमा ३ ओटा ठाउँबाट सुरक्षित सुत्केरी सेवा…

बाँकी

Added by bhagirathawasthi on July 20, 2015 at 3:30pm — No Comments

दाङमा आकाशे पानीको भरमा खेती गर्नेलाई राहत

लमही नगरपालिका वडा नं. ७ सेम्रहवाका किसानलाई सिंचाईका लागि पम्पिङसेट सहयोग गरिएको छ । सिंचाई सुविधा नहुँदा बगर खेती गर्दै आएका किसानलाई समस्या पर्दै आएको थियो । स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम भाग दुई मार्फत लमही नगरपालिकाले नागरिक सचेतना केन्द्रमा आवद्ध किसानहरुलाई पम्पिङसेट सहयोग गरेपछी सिंचाई नहुदा आकासे पानीको भरमा तरकारी खेती गर्दै आएका किसानलाई राहत मिलेको छ ।

‘यस वर्ष कुलो पनि भत्किएको छ, आकासे पानीको भरमा खेती गर्दै आएका थियौं तर, अब बारैमास पम्पिङ सेटबाट सिंचाई…

बाँकी

Added by dashrath ghimire on July 16, 2015 at 8:30am — 1 Comment

भग्नावशेषसँगै मिल्काइयो महत्वपूर्ण कागजात

भग्नावशेष पन्छाउँदा सरकारी कार्यालयका महत्वपूर्ण कागजातसमेत मिल्काइएको पाइएको छ । १२ बैशाखको पहिलो भूकम्पबाटै जिल्लाका धेरैजसो सरकारी कार्यालय क्षतिग्रस्त भएका थिए । जिल्ला विकास समिति, जनस्वास्थ्य, कृषि विकास, कारागार, प्रशासन र मालपोतको पुरानो भवन, भूसंरक्षण र सदरमुकाम बाहिर रहेका कतिपय सरकारी कार्यालयको कागजपत्र भग्नावशेषसँगै फोहरको डंगुरमा फालिएको हो ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सदरमुकामस्थित भत्किएका सरकारी कार्यालयको…

बाँकी

Added by Sundar Shireesh on July 12, 2015 at 8:30am — No Comments

सिन्धुपाल्चोकको दुर्गम भेगका बालबालिका शिक्षाबाट बञ्चित

भूकम्पले क्षतिग्रस्त बनेका सिन्धुपाल्चोकको दुर्गम भेगका विद्यालय अझैं सञ्चालन हुन सकेका छैनन् । जसका कारण तीन हजार बालबालिका शिक्षाबाट बञ्चित भएका छन् । पहिरोमा परेका र जमिन धाजा फाटेर विद्यालय जाने बाटो बन्द भएका दुई दर्जन विद्यालय भूकम्पपछि पूर्णरुपमा बन्द भएका हुन् । मानसरोबर बोर्डिङ स्कुल तातोपानी र ब्लेस इङ्लिस् स्कुल फुल्पिङ्कट्टी भूकम्पपछि बन्द रहेका नीजि क्षेत्रका विद्यालय हुन् । दुई बोर्डिङमा अध्ययन गर्ने तीन सय विद्यार्थीमध्ये आधाजसो राजधानी गएर विभिन्न विद्यालयमा भर्ना भएका छन् ।…

बाँकी

Added by Sundar Shireesh on July 12, 2015 at 8:30am — No Comments

दश गाविसमा ४७ लाख बढी अनुदान

घर  नजिकैको  सडक बनाउन लमही नगरपालिका वडा नं। ६ नारायणपुर  निवासी पवित्रा डाँगी लगातार  एक हप्ता काममा खटिनुभयो  । राप्ती नदीबाट ट्रेक्टरमा गिट्टी लोड गर्ने देखि बिछ्या्उने सम्म उहाँको  भूमिका रह्यो  । हातमा ठेला पर्दासम्म गाउँको  सामाजिक काममा यसरी खटिएको  उहाँ पहिलो  पटक हो  । ‘पहिले  त थाहै  हुँदैनथ्यो , कहाँबाट योजना आउँछ, कसरी खर्च हुन्छ भने र  । तर  अहिले  गाउँमा बजेट आएछ, त्यो  बजे ट सदुपयो ग गर्न म पनि श्रमदान गर्न खटिएकी …

बाँकी

Added by dashrath ghimire on July 4, 2015 at 7:00am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service