Featured Blog Posts – July 2014 Archive (9)

सरकारी कर्मचारीलाई खुला पत्र

प्रिय यथास्थितीवादी सरकारी कर्मचारी मित्रहरु, नमस्ते ।

मैले यो पत्र लेख्दै गर्दा सम्बोधन नैं प्रिय सरकारी कर्मचारी मित्रहरु भनेर गरेको छु । यसो लेखेको हेर्दै गर्दा आफुलाई हाकिम साप भनेको रुचाउनेहरुको पारो ताति सकेको हुनु पर्छ । तर यो पत्रको उद्धेश्य कसैको पारो तताउने र कसैलाई गालि गर्ने पनि होईन, यो पत्र त मात्रै अहिलेको यथार्तता हो र आम नागरिकको आवाजको सानो हिस्सा मात्रै हो । अनि यसो गरे कसो होला भनेर सचेत नागरिकका तर्फबाट जाहेर गरेको ईच्छा मात्रै हो । बिश्वका हरेक राष्ट्रहरुमा…

बाँकी

Added by Namaskar Shah on July 31, 2014 at 6:00pm — No Comments

न्युनतम शर्त पुरा नहुँदा गाविसको अनुदान गुम्दै

स्थानीय निकाय वित्तिय आयोगको सचिवालयले सार्वजनिक गरेको स्थानीय निकायहरुको आ.व. २०६९।७० को न्युनतम शर्त तथा कार्यसम्पादन मापनको नतिजा अनुसार जिविस, नगरपालिका र गाविसले अनुदान गुमाउने भएका छन् । आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस बर्ष ८ वटा जिल्ला विकास समिति १ नगरपालिका तथा ८३७ गाउँ विकास समितिले न्युनतम शर्त पुरा गर्न नसकेपछि असफल भएका हुन् ।

स्थानिय निकाय वित्तिय आयोगले स्थानीय निकायहरुको न्यूनतम शर्त तथा कार्य सम्पादन मापनका सूचकहरु बनाई मूल्यांकन गरी सो अनुसार पाउने अनुदान…

बाँकी

Added by Lok Bahadur Thapa Magar on July 30, 2014 at 9:30am — 1 Comment

गायक प्रेमप्रकाश मल्ल प्रतिका सहयोगी हातहरु

लोकप्रिय गायक प्रेमप्रकाश मल्ल महेन्द्र मधुकर लामो समयदेखि अस्वस्थ छन् । सुप्रसिद्ध गायक, गीतकार, साहित्यकार प्रेमप्रकाश मल्ल राष्ट्रका प्रतिभा हुन्, देशका धरोहर हुन् । थुप्रै कालजयी गीतका श्रष्टा प्रेम प्रकाशका बारेमा जति चर्चा गरेपनि कम हुन्छ, उनी उच्च कोटीका साहित्यकार हुन्, कलाकार हुन् । ‘बनकिमा चरी कैले........’, ‘पोखरा त साँच्चिकै नै पोखरा नै रैछ’ लगायतका गीतका गायक मल्ल जब सम्म स्वस्थ थिए, सक्रिय थिए, सबैका थिए । जब उनी अशक्तताले गलेर ओछ्यानमा परे, उनी सबैका…

बाँकी

Added by Namaskar Shah on July 28, 2014 at 12:30pm — 3 Comments

लक्षित वर्गको बजेट हुनेखानेकै हातमा

गोवरडिहा-२ पत्रिङ्गा निवासी शुसीला थापा विहान उठेदेखी साँझ नपरुञ्जेल सम्म घरधन्दामै ब्यस्त हुनुपर्छ ।  घाँस, दाउरा, मेलापात गर्दैमा दिनहरु वितीरहेका छन् ।

तर, उहाँलाई महिला अधिकार र गाविसमा आउने बजेटका वारेमा केही थाहा छैन् ।‘गाविसमा एक पटक पनि जान परेको छैन्, त्यसमा पनि अरु थाहा हुने कुरै भएन’ उहाँले भन्नुभयो–‘घरको काम गर्दा गर्दै फुर्सद मिल्दैन्, त्यसमा पनि कसैले पनि गाविसमा कार्यक्रम आएको छ, सहभागी हुन आउनु भनेर जानकारी दिदैनन् ।’

स्थानीय निकायमा लक्षित वर्गकालागी आउने…

बाँकी

Added by dashrath ghimire on July 20, 2014 at 12:30pm — No Comments

बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै लमजुङमा घरेलु हिंसाको क्रम बढ्दो

महिला तथा बालबालिका माथि हुने हिंसा न्युनकिरणका लागि चौतफी पहल भएपनि लमजुङमा हिंसामा परेर न्यायको माग गर्दै प्रहरी समक्ष पर्ने उजुरीको सङ्ख्या बढ्दो छ । आर्थिक बर्ष २०७०÷०७१ मा मात्रै घरेलु हिंसाको ७१ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमजुङको महिला सेलले जनाएको छ । 

आर्थिक बर्ष २०६९÷७० मा घरेलु हिंसाका ४६ वटा उजुरी दर्ता भएको चाल ७०÷७१ मा ७१ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयको महिला सेल प्रमुख नन्दु अधिकारीले बताउनुभयो । साउन महिनामा घरेलु हिंसाको ७ वटा उजुरी…

बाँकी

Added by puza Pariyar on July 19, 2014 at 11:30am — No Comments

राजनैतिकमैत्री भएकै हो त नेपाली आमसंचार ?

एक बिहान ललितपुरको इमाडोलको एक चिया पसलमा चिया खादै पत्रिका पढ्दै बसिरहेको थिए | एकजना अधवैसे पुरुष आएर मेरो नजिक बस्यो अनि मलाई सोध्यो "भाई आजको के छ ताजा?" "खासै केहि छैन अंकल, त्यस्तै त हो |" भन्ने जवाफ के दिएको थिए उनले एक्कासी भने "भाई के हुन्छ र अखबारमा आजकल, नेताको भाषण र रिवन काटेको मात्र समाचार बन्छ, यो देखेर मैले त पत्रिका नै पढ्न बन्द गरिसके" | उनले थपे "खाली नेताको बोलि असो टिभी रेडियो सुन्यो नेताकै बोलि मात्र, यो सुन्नु भन्दा त बरु मा त हिन्दी सिरियल पो हेर्छु" |

यो त एक…

बाँकी

Added by Nishan Rai on July 16, 2014 at 10:30am — No Comments

एक्कासी सुक्दै गए मदन

आफ्ना  छोरा छोरी राम्रो हुन,ज्ञानी हुन भन्ने कसको आमाबुवाको मन हुदैंन ? सबैको हुन्छ । छोराछोरी राम्रो मान्छे भएर भोली आफ्नो र आफ्नो देशका लागी केहि गर्न सकोस भन्ने तर अछाम जिल्ला सरा गाबिस वडा नम्बर ४ निवासी गणेश सुनारका २२ महिनाका छोरा मदन सुनारको भने अवस्था फरक छ । उनी अहिले   जिल्ला अस्पताल अछाममा जिवन र मरणको दोँसाधमा छन् । 

कुरा २०७१ साल असार २५ गतेको हो । जिल्ला सवास्थ्यकार्यलय अछामले जनसंख्या सम्बन्धी पत्रकारहरुसंग अन्तक्रीया…

बाँकी

Added by indrasara khadka on July 11, 2014 at 12:30pm — No Comments

धेरै धन कमाउने आशमा बिदेश पुगेपछि.....

अर्काको देशमा पुगेर कसैले राम्रो लुगा लगाएर ठुलो घरको अगाडि डिजिटल क्यामराले खिचेको चिटिक्क परेको फोटो फेसबुकको भित्तामा छरपष्ट पारेको देख्दा लाग्छ साँच्चिकै जिन्दगी यही नै हो । अनी हामी पनि सोच्न थाल्छौँ जिन्दगीको नयाँ–नयाँ सपनाहरु । अनि म पनि त्यही ब्यक्ति जस्तै राम्रो लगाउने, राम्रो कमाउने त्यो ठुलो सहरमा जानुपर्छ भन्ने सोच बनाईसकेका हुन्छौँ, र जान्छौँ पनि । 

जब हामी त्यहाँ पुग्छौँ, अनि बल्ल थाहा हुन्छ त्यो फोटो खिचेको ठुलोघर भित्रको वास्तविकता । त्यो रहरको सहरमा कोही बाध्यताले…

बाँकी

Added by Jivan Nepal on July 2, 2014 at 3:00pm — No Comments

प्रबास र काम

“जर्मन भाषा बोल्न आउँछ?” मैले प्रश्न सोझ्याएँ । 
“अँअहँ ।” एकछिन छेऊकोसाथीसँग मुखामुख गरेर हाँस्दै र लजाउँदै उत्तर दिई । 

“त्यसो भए त भाँडा माझ्ने काम मात्रै पाइन्छ ।” मैले उल्याउनलाइ भनेँ । 

“त्यो त गरि हालौँला नी । बरु भाँडा पो कत्रा माझ्नु पर्ने हो?” छेउकीले ठट्टा गर्दै सोधी । 

“डराउनु पर्दैन । त्यहाँ त भाँडा माझ्ने पनि मसिन  हुन्छ रे !” हाँस्दै भनेँ । अनि आफ्नै पीर लागेर आयो । 

म…
बाँकी

Added by Raman Paneru on July 1, 2014 at 9:30pm — 1 Comment

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service