July 2013 Blog Posts (95)

स्कुल जाने उमेरमा बाउको उपचार खर्च जुटाउन ‘भिख’ माग्दै बालक

अघिअघि चार वर्षका छोरा किरण, पिठ्यूमा तीन वर्षकी छोरी पार्वती अनि ४५ वर्षका श्रीमान सन्तराज पुन मगरलाई ह्विलचियरमा गुडाउँदै हिँडेकी एक महिला । श्रीमानको उपचार खर्च र साँझविहानको छाक टार्न घोराही नजिक सर्रागाउँकी विष्णु पुन मगर सोमवार लमही बजारका पसल-पसल पैसा माग्दै थिईन् । बिष्णुका अनुसार उनको श्रीमानको उपचार खर्चमा अहिलेसम्म एकलाख रुपिँया भन्दा वढी रकम सकिइसकेको छ । अँझै कति लाग्छ थाहा छैन् ।

‘उपचारमा अहिलेसम्म उठाएको रकम सिद्धियो’ उनले भनिन्–‘अझै माग्दैछम, साँझ विहान के खाने के…

बाँकी

Added by dashrath ghimire on July 31, 2013 at 6:30pm — 1 Comment

उत्तराखण्ड गएकाहरु घर नफर्केपछि काजकिरिया

एक महिनाअघि भारतको उत्तराखण्डमा आएको बाढी पहिरोमा हराएका नेपालीहरु नफर्केपछि घरपरिवारले मृत्यु भएको ठानेर उनीहरुको काजकिरिया गरिरहेका छन् । परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरी धार्मिक परम्परा अनुसार काजकिरिया र शुद्ध शान्ति गरिरहेका छन् । राप्तीका पहाडी जिल्लाहरु सल्यान, रोल्पा, रुकुम तथा भेरीको पहाडी जिल्ला जाजरकोटबाट धेरै नेपाली उत्तराखण्डको गौरीकुण्ड गएको बेला बाढी पहिरोमा परेका थिए ।

जसमध्ये ४० भन्दा बढीको मृत्यु भइसकेको ठानेर परिवारले काजकिरिया गरिसकेका छन् भने कयौं बेपत्ताका…

बाँकी

Added by aahasanchar.com on July 31, 2013 at 4:00pm — No Comments

The game of words: Public Health Politics

 Once, I have been told about the game of words: the way you link them determines your truth. The way you perplex the things in and around the words will make your existences; the only thing needed is evidence. Any subjects or fields rely on the final output, outcome and impacts of the input. In Social sciences, our goal is social development. Each and every field is related to each and every issues; the only thing that differ is how you link and prioritize.  Public health is the…

बाँकी

Added by Surendra Kumar Bohara on July 31, 2013 at 4:00pm — No Comments

माया सार्की माथि भएको बलात्कारको प्रयास प्रति अछाम स्थित दलित संघ संगठनका अगुवाहरुले आपत्ती ।।

मोरंग जिल्लाको बेलबारी गाविस वडा नं. ३ का २३ बर्षिय माया सार्की माथि भएको बलात्कारको प्रयास र उनि माथी भएको अपमानको बिरुद्धमा अछाम स्थित दलित संघ संगठनका अगुवाहरुले आपत्ती जनाउदै ज्ञापन पत्र बुझाएका छन । दोसीलाई कारबाहीको माग गर्दे आज १ घण्टा जिल्ला प्रशाशनमा धर्ना सहित प्रजिअ मार्फत मन्त्रीपरिषद कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । साउन ७ गते साझ बेलबारी ३ कै जीवन भेट्वालल लगायत अन्य गैर दलित समुदायले बलत्कारको प्रयास गरेका र पछि उल्टै पिडित सार्की र स्थानिय पत्रकार मजोज विश्वकर्मा लगायतलाई… बाँकी

Added by Purna Bahadur Khadka on July 31, 2013 at 8:03am — No Comments

अछाममा पछिल्लो समयमा झाडापखाला र टाईफाईटड बिरामीको संख्यामा बृद्धि ।।

जिल्ला अस्पताल अछाममा झाडापखाला र टाईफाईटड बिरामी आउने क्रम बढेको छ । पछिल्लो समयमा अस्पतालमा उपचारको क्रममा आउने बिरामी मध्ये झाडापखाला र टाईफाईडका बिरामी बढेको जिल्ला अस्पताल अछामले जनाएको छ । अस्पतालमा उपचारको लागी दैनिक ८०÷९० जना बिरामी आउने गरेकोमा ति मध्ये आधा बढी झाडापखाला र टाईफाईडका बिरामी रहेका जिल्ला अस्पतालका बहिरंग सेवाका तिर्थराज जोशीले बताउनु भयो । ८०÷९० जना बिरामीमा ४०÷४५ जना बिरामी झाडापखाला र टाईफाईडका रहेका बताईएको छ । यस्तै अस्पतालमा भर्ना भएका बिरामीमा पनि झाडापखाला र…

बाँकी

Added by Purna Bahadur Khadka on July 31, 2013 at 8:01am — No Comments

जिल्लाका विभन्न ठाउँमा वृक्षारोपण ।।

वर्षायाम संगै अछाम जिल्लाका विभिन्न राष्टिय, सामुदायिक तथा कबुलियती वनमा वृक्षारोपण भैरहेको छ । जिल्ला वन तथा विभिन्न नर्सरीबाट प्राप्त विरुवा विभिन्न क्षेत्रमा रोपिएका बताईएको छ । यसै शिलशिलामा जिल्लाको जनालीवण्डाली गाविसको मालिका सामुदायिक वनमा वृक्षारोपण गरीएको छ । वन क्षेत्रको खाली रहेको नाचनथली भन्ने डाडाँमा रुख रोपिएका हुन् । जिल्ला वन कार्यालयबाट प्राप्त १ सय ५० विरुवा रोपिएका वनका सचिव दिपक भण्डारीले बताउनु भयो । वनका अध्यक्ष महादेव भण्डारीको अगुवाईमा वन उपभोक्ता समितिका पदाधिकारीको…

बाँकी

Added by Purna Bahadur Khadka on July 31, 2013 at 8:01am — No Comments

बिजुली बाल्ने स्थानियको आशा निराशामा परिणत ।।

अछामको बाटुलासैन गाविसमा निर्माणाधिन गोगनछडा लघुजलबिद्युत परियोजनाको कुलोमा ठुलो पहिरो गएको छ । परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा पहिरोले कुलो भत्केपछि बिद्युत बाल्ने स्थानियको आशा निराशामा परिणत भएको हो । तिन दिन देखि लगातार आएको पहिरोले परियोजनाको ४ सय मिटर पक्कि कुलो बगाएको परियोजनाका सल्लाहाकार संयोजक मान बहादुर गिरीले बताउनु भयो । केहि दिनमै बिजुलीबाट गाँउ झिलीमिली बनाउन तयारी भईरहेको थियो । कुलोमा पहिरो लागेपछि बिजुली बल्ने कुरा अनिश्तच भएको उहाँको भनाई छ । १ हजार…

बाँकी

Added by Purna Bahadur Khadka on July 31, 2013 at 7:58am — No Comments

द्धन्द प्रभावितको आय आर्जनका लागि लिएको रकम तत्काल फच्र्यौटका लागि पहल थालिने ।।

 गत वर्ष अछाम जिल्लामा आएको द्धन्द प्रभावित विशेष कार्यक्रम अन्तर्गतको पेश्की स्वरुप लिएको रकमको एक आर्थिक वर्ष बितिसक्दा समेत फच्र्यौट नभएको खुलासा भएको छ । द्धन्द प्रभावित व्यक्तिहरुका लागि आयआर्जनमा सहयोग पुग्ने कार्यक्रम संचालन गर्न जिल्ला कृषि विकास कार्यालय मार्फत लिईएको रकम हाल सम्म पनि पेश्की फच्र्यौट नभएको सुदूर सवाल कार्यक्रम मार्फत खुलाशा भएको हो । आर्थिक वर्ष २०६८।६९ मा आएको द्धन्द प्रभावित विशेष कार्यक्रम मार्फत अछाम जिल्लाका १४ वटा समिति मार्फत १६ लाख ३२ हजार रुपैंया लिएपनि…

बाँकी

Added by Purna Bahadur Khadka on July 31, 2013 at 7:57am — No Comments

विद्यालय शान्ति क्षेत्र घोषणाका लागी प्रतिबद्धता कार्यक्रममै बिद्यालय तोफोडको धम्कि ।।

विद्यालय शान्ति क्षेत्र घोषणाका लागी प्रतिबद्धता जाहेर गर्ने कार्यक्रममै नेकपा–माओबादीले भने बिद्यालय तोडफोड गर्ने धम्कि दिएको छ । हिजो एक कार्यक्रम मार्फत डोटी स्थित राजनीतिक दल र सरोकारवालाले बिद्यालय शान्ति क्षेत्रका लागी प्रतिबद्धता जनाएका छन् । विद्यालय शान्ति क्षेत्र घोषणाका लागी प्रतिबद्धता जाहेर गर्ने क्रममा नेकपा–माओबादी र राष्ट्रिय जनमोर्चा पार्टी लगायतले आफ्नो फरक मत राख्दै बिद्यालय शान्ति क्षेत्र घोषणा भन्दा यसको नियमनकारी निकाय नै कार्यान्वयनमा प्रतिबद्ध हुन आवश्यक रहेको बिचार…

बाँकी

Added by Purna Bahadur Khadka on July 31, 2013 at 7:53am — No Comments

बाढी पीडितको राहत नपाएको गुनासो ।।

अछामको कालिकास्थानका बाढी पीडितले राहत नपाएको गुनासो गरेका छन् । गत असार १ गते देखिको अविरल वर्षाका कारण कालिकास्थान गाविसको कुज्जेडा, रानीवन गाविसको आली तथा भैरवस्थान लगायतको गाविस बासीको खेतीयोग्य जमीनमा गरेको क्षतिप्रति कुनै वास्ता नगरीएको स्थानीयको गुनासो छ । क्षतिपूर्ति तथा राहतको माग गर्दै जिल्ला सदरमुकाम मंगलसैन आई स्थानीय प्रशाशनलाई जानकारी गराएका उनीहरुले कुनै राहत नपाएको गुनासो गरेका हुन् । उनीहरु जिल्लामै आई घटनाबारे जानकारी गराएपछि अछामका सहायक प्रमुख जिल्ला अधिकाी कृष्ण गिरीले…

बाँकी

Added by Purna Bahadur Khadka on July 31, 2013 at 7:52am — No Comments

अछाममा बर्षेबालीमा जंगली जनावरको बिगबिगी ।।

अछाम जिल्लाको कालिकास्थान गाविसमा जंगली जनावर बँदेलको बिगबिगी बढेको छ । गाविसका वडा नं. ३, ४ र ५ को बिच सिमानामा पर्ने खालीगडामा जंगली जनावर बँदेलले त्यस क्षेत्रका स्थानियको खेतबारीमा आतंक मच्चाउन थालेको छ । राती जंगलबाट बँदेलको बथान संगै आएर मकै, धान, कोदो लगायतको बर्षेबालीमा खाईदिने र बाँकी भाँचेर नष्ट गरिदिने गर्नाले किसानहरु मर्कामा परेका छन । यसरी हरेक रात जंगली जनावर बँदेलले खेतीबाली नष्ट गर्दा त्यस क्षेत्रका किसानहरुलाई भोकमरी हुने चिन्ता बढेको छ । जिल्लाका अन्य लेकाली भेगमा पनि बाँदर…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2013 at 9:17pm — No Comments

बझाङमा बलत्कारपछि हत्या गरी फरार रहेका एक अभियूक्त प्रक्राउ ।।

झण्डै एक वर्ष पहिले बझाङको भैरबनाथ ९ का १९ वर्षीय ललुदेवी जेठाराको बलत्कारपछि हत्या गरी फरार रहेका अभियूक्तलाइ प्रहरीले पक्राउ गरेको छ । मौलाली ४ रकैलका वर्ष १९ का धनराज खत्रीलाई प्रहरीले नियन्त्रणमा लिइ आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।  गएको कात्तिकमा थलारामा लागेको रामनवमी मेला हेरी फर्की आउने क्रममा अभियुक्त खत्रीले जेठाराको बलात्कार गरेर हत्या गरेका हुन् । स्थानिय झोता बजारबाटसँगै गएर जुइलको भिटा रकैल जाने बाटो नजिकै बलत्कार गरी हत्या गरेको प्रहरी अनुसन्धानको प्रतीवेदनमा…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2013 at 9:17pm — No Comments

अपांग विश्व साईकल यात्री अछाममा ।।

दुबै खुट्टा गुमाएर अपांग बनेका विश्व ह्विल चियर यात्री तेजबहादुर कार्की अछाम आईपुग्नु भएको छ । अपांगले केही गर्न सक्दैनन् भन्ने भनाईलाई चुनौति दिँदै विश्व ह्विल चियर यात्रामा निस्कनु भएका कार्की आज साँझ ५ बजे सदरमुकाम मंगलसैन पुगेका हुन् । विश्वमा शान्तिको कामना गर्दै नेपालको नाम चिनाउन तथा गिनिज बुकमा नाम लेखाउन विश्व भ्रमणमा निस्केको उहाँले बताउनु भएको छ । २०५८ माघ २३ गते धादिंगको कृष्ण भिरमा बस दुर्घटनामा परी दुबै खुट्टा गुमाएका उहाँले २०६१ जेठ ४ गतेबाट यात्रा शुरु गरी हाल नेपाल बाहेक…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2013 at 9:16pm — No Comments

नेकपा– माओवादीका कारण निर्वाचन नरोकिने पूर्व उपसभामुख सुवेदीको भनाइ ।।

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व उपसभामूख पूर्णकुमारी सुवेदीले नेकपा– माओवादीकै कारण चुनाव नरोकिने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ डोटीले आज दिपायलमा गरेको पत्रकार सम्मेलनमा सुवेदीले अधिकांश नेपाली जनताको चाहना चुनाव नै भएकाले अव चुनाव कसैले रोकेर नरोकिने बताउनुभयो । सुवेदीले नेकपा –माओवादीले चुनावमा भाग नलिए उसको अस्तित्व समाप्त भएर जाने बताउनुभयो । अहिले देश र सम्पूर्ण राजनैतिक दलहरु चुनावमा होमिसकेकाले आफूहरु पनि चुनावी अभियानमा लागेको बताउनुभयो । पार्टी भित्र…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2013 at 9:15pm — No Comments

काग्रेस र एमालेले देश लाई हरिकगाँल बनाईरहेको केन्द्रिय सदस्य बस्नेतको आरोप ।।

एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य खडग बहादुर बस्नेतले काग्रेस र एमालेले वर्षौ सम्म सरकार चलाएर देश लाई हरिकगाँल बनाईरहेको आरोप लगाउनु भएको छ । ऐकिकृत नेकपा माओवादि लाई विभिन्न क्षेत्रमा अनियमित्तत्ता गरेको भन्दै कांग्रेस र एमालेले भ्रम पुर्ण प्रचारबाजी गर्दै आएको बताउनु भयो । हिजो सदरमुकाम मगलसेनमा चुनावी अभियान कार्यक्रमको पत्रकार सम्मेलनमा उहाले आगामी मसिर ४ गते हुने सविधान सभाको निर्वाचन काग्रेस एमालेले जस्तो चल खेल गर्न खोजे पनि चुनाव नरोकिने दावी गर्नु भयो । त्यस्तै अर्का केन्द्रिय…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2013 at 9:15pm — No Comments

अछाममा झडपपछि एक जनाको ज्यान गयो, चारजना पक्राउ

रकम लेनदेनका बिषयमा दुई पक्षबीच भएको झडपमा परी घाइते भएका एक जनाको ज्यान गएको छ । साथै प्रहरीले उक्त घटनाका अभियुक्तहरु भन्दै अछामको बारलाका चार जनालाइ पक्राउ गरेको छ । गएको शुक्रबार बारला-४ मा स्थानियको दुई समूह बीच रकम लेनदेन बारे भएको विवादमा परी घाइते भएका स्थानिय होटल ब्यवसायी झंकर शाहीको उपचारका क्रममा ज्यान गएपछि झडपमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

५१ बर्षिय शाहीको उपचारका क्रममा कोहलपुर मेडिकल क्लेज नेपालगंज गएको आइतबार ज्यान गएको हो । स्रोतका अनुसार दुई समूहबीच…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2013 at 9:00pm — No Comments

उपचारकालागी सहयोग याचना

चैलाही–१ शान्तिनगर दाङकी प्रमिला थापाले आफ्नी चार महिनाकी छोरी मनिषा थापाको उपचारकालागी सहयोग गरीदिन सवैसंग अनुरोध गरेकी छिन् । चार महिनाकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो भएको र टाउको पानी जम्मा भएकाले औषधी उपचारका लागी सहयोग गरीदिन अनुरोध गरेकी छिन् ।

चैत्र ३० गते नेपालगञ्जको अस्पतालमा जन्मीएकी थापकी छोरी मनिसाको टाउँको अस्वभावीक रुपमा ठुलो छ । घरको अर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकिएको भन्दै प्रमिलाले आफ्नी छोरीको ज्यान वचाईदिन अपील गरीन् । प्रमिलाका श्रीमान यमबहादुर थापा…

बाँकी

Added by dashrath ghimire on July 30, 2013 at 6:00pm — No Comments

Instant Impact: The Power of Social Media

A video of a woman thrashed brutally by her neighbors in Morang district recently surfaced in the social networking site Facebook. The lady was beaten until she fainted. Irrespective of the reason for the provocation, there can be no denying that the act itself was inhumane. The lady and a rights worker supporting her were assaulted. Later they were paraded in public with soot smeared on their faces and shoe garlands around their necks.

A young boy in the area had captured the whole…

बाँकी

Added by Ishwar Rauniyar on July 29, 2013 at 5:00pm — No Comments

काममा लागेको तिन दिनमै मृत्यू वरण !


वसको सहचालकको रुपमा काम गर्न थालेको तिन दिन नहुदै एक जनाले मृत्यू वरण गर्नु परेको छ । तर, त्यही काममा राख्दा ब्यक्तिगत विवरण पुरै संकलन नगरी काममा लगाउने कस्ता मालीक । आज विहान ३ बजे ट्रक संग ठोकएिको वसका सहचालकको अझै सम्म पहीचान हुन सकेको छैन् । वसका चालकलाईनी थाहा छैन् को मान्छेलाई काममा राखीएको थियो भन्ने । कस्तो विडम्वना ! 

वस काठमाडौँबाट धनगढी का लागि छुटेको ना ४ ख ३९८१ !

Added by dashrath ghimire on July 28, 2013 at 2:45pm — No Comments

इन्टर्न आवश्यकता

जागरण मिडिया सेन्टर विं.सं २०५७ सालमा दलित समुदायका सक्रिय युवा सञ्चारकर्मीहरूको पहलमा स्थापना गरिएको गैरसरकारी संस्था हो । यस संस्थाले दलित अधिकार सुनिश्चितताका लागि जातीय समानता, मानवअधिकार, लोकतन्त्र, समावेशीकरण, सामाजिक तथा वातावरणीय न्याय र दिगो विपद् व्यवस्थापनका क्षेत्रमा सञ्चार वकालत गर्दै आइरहेको छ ।

जागरण मिडिया सेन्टरले आफ्नो सञ्चार अभियानका क्रममा रेडियो पत्रिका कट्वाल र हलिया अधिकारका लागि रेडियो कार्यक्रम मुक्तिको उत्पादन तथा प्रसारण, ‘दलन’ टेलिश्रृाङ्खलाको निर्माण, मिडिया…

बाँकी

Added by Jagaran Media Center on July 28, 2013 at 1:41pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service