Featured Blog Posts – July 2012 Archive (52)

हातिले गर्यो बन्द !!! लौ खत्म ?

छक्क पर्नु भयो हो ? हाहाहा ... म त तिन छक्क परेको थिए कि हातिले बन्द गर्यो भनेर ? मान्छेहरुले आफना मागहरु पुरा गर्नको लागि बन्द गर्छन भनेर त थाहा थियो तर यस्तो त कहिल्यै पनि सुनेको थिईन मैले शायद समाचार कम सुन्ने भएकोले होला ?   

कामको सिलसिलामा सप्तरी जिल्लाबाट सुनसरी जिल्लातिर जाने क्रममा, कोशीका…

बाँकी

Added by Sabin Singh on July 31, 2012 at 4:00pm — No Comments

सुरुङभित्रका विद्यार्थीहरु

के विद्यार्थीहरु पढ्छन्?

के विद्यार्थी संगठन त्यसरी स्वतन्त्र छन्, जसरी धेरैको नाममा लेखिएको हुन्छ ?

के विद्यार्थीहरुले समाजलाई निर्माण र सिर्जनशीलतातिर डोर्याएका छन् त?

विद्यार्थीहरु सुरुङको यात्रामा छन् कि रोबोटझैं सञ्चालित?

विदेशी नामका स्कुलका होर्डिङ बोर्ड मेटाउने र स्कुल बस जलाउने काम गरेर विद्यार्थी संगठनहरु केही हप्ता यता चर्चामा छन् । यी गतिविधिहरु बारे मनग्य चर्चा भए पनि आम रुपमा नेपालका विद्यार्थी संगठनहरुको प्रकृति र तिनका गतिविधिहरुमा देखा पर्ने…

बाँकी

Added by Jiwan Kshetry on July 31, 2012 at 9:30am — No Comments

१७ हजार घर धुरी विद्युत सेवाबाट बञ्चित

बझाङका १७ हजार भन्दा बढी घरधुरी विद्युत् सेवा पाउनबाट बञ्चित छन् । विद्युत सेवा नभएपछि यी गाविसका स्थानयवासिन्दा टुकीको प्रयोग गर्ने गर्दछन् ।

जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरु ग्रामीण भेगमा विद्युतीकरण गर्न लामो समयदेखि काम गर्दै आएका भए पनि अझसम्म २० गाविसका नागरिकले विद्युत् सेवा पाउन सकेका छैनन् । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले ग्रमीण क्षेत्रका गाविसमा लघु जलविद्युत आयोजना र पेल्ट्रीसेटमार्फत् विद्युत् उत्पादन गरी वितरण गरेका भए पनि ती गाविसका सबै…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2012 at 7:30pm — No Comments

बाबुराम सरकार र कालो झण्डा

(दृष्टिकोण)- नेपालको संसदीय राजनीतिमा थुप्रै राजनीतिक पार्टीका दलालहरुले सरकार बनाए र जनतालाइ सास्ती दिनु सम्म दिए । देश र जनताको हितमा काम गर्ने सवालमा सवै सरकारहरु ले केहीपनी उपलब्धी मुलक काम गर्न सकेनन । तर प्रत्यक सरकारले जनतालाइ दुख दिने काम मा बडो राम्रो अंक पाउन सफल भएका छन ।



कसैले मस्त भ्रष्टाचार गरेर नाम कमाए, कसैले नदिनाला बेचेर नाम कमाए, कसैले अपराधीहरुलाइ मन्त्री बनाएर नाम कमाए, कसै पार्टीले त झन जनताबाट कलंकीट व्यक्तिलाइ सरकारको…

बाँकी

Added by Sonu Kumar Sunar on July 30, 2012 at 7:30pm — No Comments

सन्दर्भः विश्व हेपाटाइटिस दिवस

पृष्ठभूमिः

आज विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्व हेपाइटाइटिस दिवस मनाइरहेको छ । नेपाल पनि हेपाटाइटिसको उच्च जोखिममा रहेको देश हो । हिजोआज यसको संक्रमण पनि ह्वात्तै बढेको छ ।विश्व स्वास्थ्य संगठन स्वास्थ्य क्षेत्रको सर्वाधिकार सम्पन्न निकाय हो, जसले स्वास्थ्यका विविध नीति–नियम बनाउने,कार्यान्वयन गर्ने र मूल्याङ्कन गर्ने गर्दछ । एड्सको बारेमा काम गर्ने संघसंस्था धेरै छन् र जनचेतनामूलक कार्यक्रमहरु प्नि धेरै गरिएका छन् तर हेपाटाइटिसको सन्दर्भमा त्यति धेरै चासो लिइएको पाइँदैन…

बाँकी

Added by Dr. Surya B. Parajuli on July 29, 2012 at 12:00pm — 2 Comments

बर्तमान अवस्था र जनपक्षिय सञ्चारकर्मीहरुको भूमिका

अहिलेको अबस्था भनेको नेपाली जनक्रान्ति एउटा उचाइ चुम्दै अगाडी बढिरहेको बेला १० बर्षे जनयुद्धको नेतृत्व गरेको मूल नेतृत्वले नै आन्दोलनको करिव–करिव बिसर्जन गरेको अबस्था हो । माओबादी अध्यक्ष प्रचण्ड लगाएतको आत्मसमर्पणबादी नेतृत्वले क्रान्तिकारी कार्यकर्ता, जनसेना र जनतालाई ढाँटेर क्रमश एकपछि अर्को गरी जनयुद्धको उपलब्धीहरुलाई नामेट पार्ने अभियानमा लागीरहेको छ । संघर्ष, त्याग देखि डराएर अनि भौतिक सुख–सुबिधा, मान–प्रतिष्ठाबाट लोभिएर एकदमै चलाखीपूर्ण तवरले प्रचण्ड पक्षधरहरुले जनक्रान्तिप्रति धोका र…

बाँकी

Added by Arjun Gc on July 28, 2012 at 2:00pm — 1 Comment

I met her

She is a doctor, she is a wife and she is a mother. She has few other identities as well but they have minor effect on her present life . I know being a doctor is not easy, I remember my own college days, the nights I had spent with the bones and cadavers, the enormous volumes of books that I had to know by heart. Really not an easy job, which I am sure she had gone through as well. And I am sure she also dreamed of being a great specialist just like me, thought that she would not put…

बाँकी

Added by Dr Anubha Singh on July 27, 2012 at 10:34am — 2 Comments

समयमै पुल नबन्दा यातायातका साधन अछाममै रोकियो

सम्झौता भएको अबधि भित्र  पुल नबन्न सक्दा बाजुराको तिपाडा सम्म चल्ने यातायातका साधनहरु अछाममै रोकिने गरेको छ ।

साँफे मार्तडी सड्क खण्ड अन्र्तगत अछामको आरदला खोलमा पुल निर्माण कार्य शुरु भएको तिन बर्ष भन्दा बढि समय बितिसक्दा पनि काम सम्पनन् नहुँदा यातायातका साधनहरु अछामको तासी र साँफेबगरमै रोकिएका छन् ।  आर्थिक बर्ष ०६७÷०६८ मा पुल निर्माण कार्य सम्पनन हुनुपर्ने भएपनि एक बर्ष ढिला भईसक्दा सम्म पनि पुल नबन्दा बाजुराबासीले यातायात सेवा लिन सधैका बर्षायाममा झै यसपालि पनि अछाम पुग्नु पर्ने…

बाँकी

Added by Purna Bahadur Khadka on July 25, 2012 at 5:00pm — No Comments

ट्रिपर र ट्रक अत्याधिक दुर्घटना

हेटौंडा- पल्टिने, ठोक्किने, नालीमा पर्ने र मानिसलाई ठक्कर दिने मामलामा ट्रिपर र ट्रक अगाडी रहेको तथ्यांकमा देखिएको छ । कूल दुर्घटना  मध्ये यी सवारीहरु अग्रपंक्तीमा रहेको नारायणी यातायात व्यबसायी संघले जनाएको छ । संघको तथ्यांक अनुसार कूल दुर्घटनामध्ये ट्रक, कन्टेनर र ट्रिपरको हिस्सा ९३ प्रतिशत छ ।



आव २०६८-०६९ मा संघ सदस्य सवारीको दुई हजार तीन सय दुर्घटनाका घटना घटेको थियो । यो त्यसअघिको बर्षको भन्दा केही थोरै कम हो । जसमध्ये साढे दुई सयका दुर्घटना सवारी पल्टिएर भएका थिए भने एक…

बाँकी

Added by Bijaya Timalsina on July 25, 2012 at 8:30am — No Comments

कांग्रेसको समाजवाद।

“सरकारले वीपीलाइ विभुती घोषणा गर्न लाग्यो। सङ्ग्रहालयको लागिपनि बजेट थप्नेभयो, यो सुनेर तपाईं प्रसन्न हुनुभएको होलानि ?” पत्रकारले पहिलो प्रश्न यही ग-यो। चक्र वाँस्तोलासँग शुरुमै यो प्रश्न राख्छु र उहाँ खुशी भएको अनुहार हेर्छु भनेर पत्रकारले डेराबाट निस्कँदै सोचेको थियो। वीपी स्मृति दिवस भएकोले सम्पादकले वीपीमै केन्द्रित रहेर अन्तर्वार्ता लिन अह्राएका थिए। सधैं अन्तर्वार्ता लिंदा अन्तर्वार्ता दिने व्यक्तिको स्मृतिको गहीराईमा खाटा बसेर रहेको घाउमा टच हुन पुग्ने र त्यस्ले चसक्क दुखाएको पीडाका…

बाँकी

Added by Ananda Ram Paudel on July 24, 2012 at 12:30pm — No Comments

मैले देखेको, मेरो नेपाल

लगभग दुई घण्टाको पर्खाई पछि हुम्ला जाने टिकट सुर्खेत बिमानस्थलमा पाइयो.., मनमा एक किसिमको उत्साह, डर अनि कौतुहुलताको समिश्रण थियो । “हुम्ला, जुम्ला जाने हवाइजहाजहरु त डर लाग्दा हुन्छन् रे...सिधै डाडामा नै लगेर ढोक्काउँछ की जस्तो लाग्छ” यस्तै यस्तै भनाइहरुले मन आत्तिरहेको त थियो नै तर त्यती नै बेला हुम्लाको मनोरम दृष्यका कुराहरुले चाहिँ मन रमाइरहेको थियो । यस्तै यस्तै सोच्दै, साथीहरु सँग रमाइला रमाइला गफगाफ गर्दै हाम्रो हवाइजहाज चढ्ने बेला पनि आयो ।

हवाइजहाज देख्दा त खासै केही लागेको…

बाँकी

Added by Kala Dahal on July 23, 2012 at 1:30pm — 5 Comments

शहिद

अमर ! आज आन्दोलनमा नजाउ ल ! छरपष्ट परेका पुस्तकहरुलाई एकत्रित गरेर मिलाउँदै दिव्याले आफ्नो पतिलाई आग्रह गरी ।
मुसुक्क मुस्कुराउँदै अमरले…
बाँकी

Added by Arjun Gc on July 22, 2012 at 3:00pm — 1 Comment

बाबुरामको छायाँमा प्रचण्डको तस्वीर

संविधान सभाको विघटन पछि नेपाली राजनीतिको दायरा र यसका पात्रहरुको भूमिका फेरिएको छ । देश संवैधानिक लीक छाडेर शुन्यप्रायः अवस्थामा हिडिंरहेको छ । दोष एकले अर्कामाथि थुपार्ने नेपाली राजनीतिको सनातनी परम्परा आजका नेताहरुले पनि थामिरहेकै छन् । संविधान सभा विघटनका कारण अरु पनि छन् तर प्रचण्ड र बाबुरामको महत्वकाँक्षा एउटा जर्बजस्त कारण हो भन्ने कुरामा अब कुनै द्धिविधा छै्रन । लोकतन्त्रको झ्याली पिटेर लोकतन्त्रकै धज्जी उडाउने आफ्नो रोडम्यापको कार्यान्वयन बाबुरामले गरिरहेकै छन् तर प्रचण्ड भने आफ्नै…

बाँकी

Added by Narayan Bhandari on July 22, 2012 at 12:00pm — No Comments

जोसीको जोस

तपाई जिद्धि गर्नुहोस् ,अटेर गर्नुहोस,जे गर्न मन लागेको छ त्यही गर्नुहोस्– अठोटका साथ गर्नुहोस् ’–यही भन्छन् महाजराजगंजका बालकृष्ण जोसी । उनै जोसी, जो ठमेल डटकमका संस्थापक हुन्, अनि, प्रबन्ध निर्देशक पनि । साधारणतया जिद्धि , अटेर गर्ने  जोसी जस्ता मानिसहरुलाई हामीकहाँ सनकी भनिन्छ । यस्ता मानिसहरुलाई कसैले सहन सक्दैन, उनीहरु जीवनमा सफल हुँदैनन् भन्ने गरिन्छ । हुन पनि जोसीको हकमा पनि यस्तै भयो ।

जब उनले, आज भन्दा ११ बर्ष अगाडि नेपालमा ई–बिज्नेस गर्छु भनेर हदै गरे,त्यही दिनदेखि…

बाँकी

Added by Bhawana Gurung on July 21, 2012 at 6:00pm — 1 Comment

चुरा

सुमना खै तिमीले त हरिया चुरा लगाएन छौ त , लगाउने हो म किनी दिन्छु ? सरिताले सुमनाको खालि नाडि लाई संकेत गर्दै बोलि, होइन होइन नलगाउने मलाइ चुरा मन पर्दैन सुमना खिस्स हांस्दै बोली । यस बखत उसको चेतन मन लाई निकै हम्मे पर्यो अचेतन मनको उथल पुथल रोक्न अनुहारमा देखिन देखिन लागेको अशान्ती का रेखालाई बलैले छोपेर सुमनाले…

बाँकी

Added by samikshya dahal on July 21, 2012 at 1:30pm — 1 Comment

यौन दुर्ब्यबहार

परिचय 

यौन मानव जीवनको आवश्यकता हो । यौनविनाको संसारको परिकल्पना गर्न सकिन्न । वंश निरन्तरता र आपसी प्रेमलाई गाढा बनाउने काम यौनले गर्दछ । इच्छाविपरीत गरिएको यौन सम्पर्क बलात्कार हो । आज हामी यौन दुर्ब्यबहार र सम्बन्धित कानुनको बारेमा चर्चा गर्दैछौं । 

यौन दुर्ब्यबहारका प्रकारहरु

क)      प्राकृतिक यौन दुर्ब्यबहार

यसअन्तर्गत जबर्जस्ती करणी (Rape), हाडनाता करणी (Incest) र अडल्ट्री (Adultry) आदि पर्दछन् । 

ख)      अप्राकृतिक…

बाँकी

Added by Dr. Surya B. Parajuli on July 21, 2012 at 10:30am — 1 Comment

रामपुर क्याम्पसमा दस दिनदेखि तालाबन्दी

रामपुर,चितवन । करारमा नियुक्ति गर्नुपर्ने माग राखेर आंशिक प्रध्यापकहरुले रामपुर क्याम्पसमा असार २५ गते गरेको तालाबन्दी अझै खुलेको छैन । जसका कारण क्याम्पसमा यस शैक्षिकसत्रको पठनपाठन सुरू हुन सकेको छैन ।    

तालाबन्दी भएपनि संघर्षरत प्रध्यापकहरुले परीक्षा सञ्चालनमा अवरोध गरेका थिएनन् । सो क्याम्पसमा…

बाँकी

Added by अल्टर कान्छो’ on July 20, 2012 at 10:30am — No Comments

नयाँ चुनाव नै उत्तम विकल्प

नेपालको राजनीति यतिबेला संक्रमणको सबैभन्दा विशिष्ठ घडिमा छ । राष्ट्रिय राजनीति केहि दिन बजेटकै वरिपरि घुमिरह्यो, अल्झिरह्यो । तथापी, मतभेद र विवादकै बिचबाट भए पनि सरकारले एक तृतियांश बजेट ल्यायो । यसो हुँदा दलहरुलाई अब बजेटको नाममा राजनीती गर्ने ‘मसला’ छैन । बाबुराम भट्टराईको सरकारले मंसिर ७ गतेका लागि नयाँ निर्वाचनको घोषणा गरेको अवस्था छ । सरकारले शान्ति प्रक्रिया र निर्वाचनलाई मध्यनजर राख्दै बजेट सार्वजनिक गरेको छ । यसको अर्थ, यो सरकारले अबको निर्वाचनलाई प्राथमिकतामा राखेको छ भन्ने प्रष्ट…

बाँकी

Added by Prabin Baniya on July 19, 2012 at 9:00am — No Comments

३२ हजार भन्दा बढी घरपरिवार उच्च जोखिममा

मकवानपुरका २१ वटा गाविस बाढीपहिरोका कारण उच्च जोखिममा रहेको पाइएको छ ।  

जिल्ला विकास समिति तथा विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरुले तयार गरेका तथ्याङक अनुसार जिल्लाका ४३ मध्ये २१ वटा गाविसका बासिन्दा जोखिम मोलेर बसोबास गर्दै आइरहेका छन् ।   

उच्च जोखिममा रहेका गाविसहरुमा…

बाँकी

Added by Shiva Kumar Kashi on July 18, 2012 at 2:30pm — No Comments

फोहोर पानीबाट सडकमै ताल

नारायणगढ

वैकल्पिक राजधानीको रुपमा लिने गरिएको चितवनलाई २०१४ भित्र पूर्ण सरसफाइयुक्त जिल्लाको रुपमा स्थापित गर्ने लक्ष्यलाई नारायणगढका सडक किनाराका नालीहरु चुनौतीका रुपमा खडा भएका छन् । नारायणगढको व्यस्त सडकमा नालीमा बग्नुपर्ने फोहोरपानी सडकमा नै तालिने गरेको छ ।   

 

लायन्सचोकदेखि पुलचोकसम्म सडकको दायाँबायाँ किनारमा बनाइएका नालीका स्ल्याबहरु भत्किएपनि नगरपालिकाले त्यसको मर्मतमा भने चासो देखाएको पाइँदैन । त्यस्तैगरी संगमरोडमा सडक किनारमा रहेका नालीको स्ल्याबहरु भत्किएर…

बाँकी

Added by अल्टर कान्छो’ on July 18, 2012 at 10:00am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service