July 2012 Blog Posts (190)

हातिले गर्यो बन्द !!! लौ खत्म ?

छक्क पर्नु भयो हो ? हाहाहा ... म त तिन छक्क परेको थिए कि हातिले बन्द गर्यो भनेर ? मान्छेहरुले आफना मागहरु पुरा गर्नको लागि बन्द गर्छन भनेर त थाहा थियो तर यस्तो त कहिल्यै पनि सुनेको थिईन मैले शायद समाचार कम सुन्ने भएकोले होला ?   

कामको सिलसिलामा सप्तरी जिल्लाबाट सुनसरी जिल्लातिर जाने क्रममा, कोशीका…

बाँकी

Added by Sabin Singh on July 31, 2012 at 4:00pm — No Comments

कुरो विपदको, चिन्ता च्छो रोल्पाको

दोलखाको गौरिशंकरको वेदिङमा जन्मिएका हिमआरोही पेम्वा दोर्जे शेर्पा निरन्तर वढिरहेको च्छो रोल्पा तालको आकारवाट चिन्तत छन । सानो छँदा आफुहरुले चौंरी चराएको ठाँउमा अहिले वल्लोछेउवाट पल्लो छेउ नै नदेखिने आकारको ताल वनिसकेको छ । यसले त्यसको नजिकै पर्ने वेदिङमात्र हैन देशमा नै असर पर्छ उनले भने । उनको भनाईवाट च्छोरोल्पा तालको उत्पति धेरै अगाडी हैन भन्ने बुझ्न सकिन्छ । सन १९५७ देखी सन १९५९ को विचमा ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको फैलावट सन २००९ मा  १.५३७ वर्गकिलोमिटरमा पुगिसकेको छ…

बाँकी

Added by Arjun Apawad on July 31, 2012 at 3:30pm — No Comments

सुरुङभित्रका विद्यार्थीहरु

के विद्यार्थीहरु पढ्छन्?

के विद्यार्थी संगठन त्यसरी स्वतन्त्र छन्, जसरी धेरैको नाममा लेखिएको हुन्छ ?

के विद्यार्थीहरुले समाजलाई निर्माण र सिर्जनशीलतातिर डोर्याएका छन् त?

विद्यार्थीहरु सुरुङको यात्रामा छन् कि रोबोटझैं सञ्चालित?

विदेशी नामका स्कुलका होर्डिङ बोर्ड मेटाउने र स्कुल बस जलाउने काम गरेर विद्यार्थी संगठनहरु केही हप्ता यता चर्चामा छन् । यी गतिविधिहरु बारे मनग्य चर्चा भए पनि आम रुपमा नेपालका विद्यार्थी संगठनहरुको प्रकृति र तिनका गतिविधिहरुमा देखा पर्ने…

बाँकी

Added by Jiwan Kshetry on July 31, 2012 at 9:30am — No Comments

नयाँ क्रान्तिकारी पार्टि र लालकिल्ला प्यूठान

संसारमा रहेको दुइवटा वर्गविचमा रहेको बर्गिय खाडल र असमानताको कारण सर्वहारा वर्गले आफ्नो मुक्तिको लागी लडाइको सुरुवात ग¥यो । किसान , मजदुरहरुको लडाइ संसारका थुप्रै देशहरुमा पुँजीपति सामन्तहरुका विरुद्ध जारी छ ।



संसारका केही देशमा जनताले जनक्रान्ति सम्पन्न पनी गरे , थुपै्र देशहरुमा लडाइ जारी छ र अरु देशहरुमा लडाइहुने पक्का पक्की छ । नेपाल एक प्राकृतिक हिसाव ले अत्यन्त सुन्दर र धनी देशहो । यँहा पनी पुँजी पतिहरु र गरिव सर्वहारा हरुको विचमा ठुलो वर्गिय खाडल कायम रहेको छ । विभिन्न…

बाँकी

Added by Sonu Kumar Sunar on July 30, 2012 at 9:30pm — No Comments

कैलालीमा सवा ८ करोड बढी राजस्व संकलन ।।



सेती अञ्चल यातायात व्यवस्था कार्यालयले गत आर्थिक वर्ष २०६८÷६९ मा सवारी साधन दर्ता र अनुमतीबाट ८ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो आर्थिक वर्ष २०६७÷६८ को तुलनामा १ करोड ४ लाख रुपैयाँले बढी हो ।आर्थिक वर्ष २०६७÷६८ मा कार्यालयले ६ करोड ६१ लाख रुपैयाँ संकलन गरेको थियो । गत आर्थिक वर्षमा ३ हजार ७ सय ४६ वटा मोटरसाईकल, २१ बस, मीनीबस २, ट्रक २४ वटा कार्यालयमा दर्ता भएका छन् । त्यसैगरी ५ सय ७९ ट्याक्टर, स्काभेटर ५, निजी जीप ६०, भाडाका जीप १४ दर्ता भएका छन् । आर्थिक वर्ष २०६७ ÷०६८ मा…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2012 at 7:43pm — No Comments

जिल्ला कृषि विकास कार्यालय डोटीद्धारा बाली उपचार शिविर अभियान ।।



जिल्ला कृषि विकास कार्यालय डोटीद्धले जिल्लाका विभिन्न स्थानमा अभियानकैरुपमा बालि उपचार शिविर संचालन गरेपछि किसानहरु खुशी भएका छन् । जिल्लको खिरसैन गाविसमा बाली उपचार शिविर सम्पन्न पनि भइसकेको छ । । खिरसैन गाविसको  भवनमा संचालित शिविरमा गाविसका विभिन्न किसानले ल्याएका  ५७  ओटा किराको नमुना प्रत्यक्ष अवलोकन गरीएको थियो । जिल्ला कृषि विकास  कार्यालय डोटीबाट गएको टोलीले रोगको उचित उपचार विधि अपनाई समस्या  समाधान गरेको जिल्ला कृषि विकास कार्यालय डोटीका बाली संरक्षया अधिकृत  राम निवास…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2012 at 7:42pm — No Comments

लागु औषध नियन्त्रण गर्ने उदेश्यले डडेल्धुरामा लागुऔषध नियन्त्रण समिति गठन ।।

लागुऔषध नियन्त्रण गरी समाजमा अपराधमा कमि ल्याउने उदेश्यका साथ डडेल्धुरामा लागुऔषध नियन्त्रण जिल्ला कार्य समिति गठन गरिएको छ । पछिल्लो समयमा लागु औषध दुव्र्यसनीबाट घरेलु हिसांका साथै समाजमा अपराधिक घटना बृद्धि भइरहेकोले त्यसलाई नियन्त्रण गर्न डडेल्धुराका प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेको संयोजकत्वमा २१ सदस्यिय समिति गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी , स्थानिय राजनैतिक दलका प्रतिनिधी सल्लाकार रहेको समितिमा नगर पालिका प्रमुख ,जिल्ला विकास, उधोग बाणिज्य संघका, महिला तथा बालबालिका…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2012 at 7:42pm — No Comments

३ ओटा मिनि पावर टिलर वितरण

कृषि क्षेत्रमा उत्पादन बढाउने तथा लागत घटाउने उद्देश्यक साथ जिल्ला कृषि विकास कार्यालय बैतडीले यो बर्ष बैतडीका ३ ठाउँमा मिनि पावर टिलर वितरण गरेको छ । गुरुखोला गाविसको शिखर बीउ प्रवद्र्धन सहकारी संस्था, पौडी सुर्नया जलउपभोक्ता समूह र पौडी सिंचाइ आयोजनालाई मिनि पावर टिलर वितरण गरिएको बरिष्ठ कृषि विकास अधिकृत रामलखन मण्डलले जानकारी दिनुभयो ।

पावर टिलरहरु समूहमा वितरण गरिएको र किसानहरुले पालैपालो प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । मिनि पावर टिलरले १ घण्टामा १ रोपनी खेत जोत्न सकिने…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2012 at 7:30pm — No Comments

दशरथ चन्द नगरपालिकामा ६५ प्रतिशत दलित आधारभूत सेवा सुविधाबाट बञ्चित

बैतडीको दशरथ चन्द नगरपालिकामा ६५ प्रतिशत दलित समुदाय गाँस, वास, कपास, शिक्षा स्वास्थ्य र रोजगारबाट वञ्चित भएका छन् ।

दशरथ चन्द नगरपालिका वडा नम्बर १ मा मात्रै एक सय ८० दलित घरपरिवारसित खानेपानीको धारा र बिजुली नभएको पाईएको छ । दशरथ चन्द नगरपालिकाका १३ वटै वडाहरुमा साढे पाँच हजार दलितहरुमध्ये ६५ प्रतिशत दलितहरुको बस्ने घर मात्र भएको र अन्य आधारभूत सुविधाबाट बञ्चित रहेको पाइएको छ ।

दशरथ चन्द नगरपालिकाका अधिकांश दलित समुदायको जीवन निर्वाह गर्ने माध्यम अर्काको खेतमा हलो…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2012 at 7:30pm — No Comments

१७ हजार घर धुरी विद्युत सेवाबाट बञ्चित

बझाङका १७ हजार भन्दा बढी घरधुरी विद्युत् सेवा पाउनबाट बञ्चित छन् । विद्युत सेवा नभएपछि यी गाविसका स्थानयवासिन्दा टुकीको प्रयोग गर्ने गर्दछन् ।

जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरु ग्रामीण भेगमा विद्युतीकरण गर्न लामो समयदेखि काम गर्दै आएका भए पनि अझसम्म २० गाविसका नागरिकले विद्युत् सेवा पाउन सकेका छैनन् । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले ग्रमीण क्षेत्रका गाविसमा लघु जलविद्युत आयोजना र पेल्ट्रीसेटमार्फत् विद्युत् उत्पादन गरी वितरण गरेका भए पनि ती गाविसका सबै…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2012 at 7:30pm — No Comments

बाबुराम सरकार र कालो झण्डा

(दृष्टिकोण)- नेपालको संसदीय राजनीतिमा थुप्रै राजनीतिक पार्टीका दलालहरुले सरकार बनाए र जनतालाइ सास्ती दिनु सम्म दिए । देश र जनताको हितमा काम गर्ने सवालमा सवै सरकारहरु ले केहीपनी उपलब्धी मुलक काम गर्न सकेनन । तर प्रत्यक सरकारले जनतालाइ दुख दिने काम मा बडो राम्रो अंक पाउन सफल भएका छन ।



कसैले मस्त भ्रष्टाचार गरेर नाम कमाए, कसैले नदिनाला बेचेर नाम कमाए, कसैले अपराधीहरुलाइ मन्त्री बनाएर नाम कमाए, कसै पार्टीले त झन जनताबाट कलंकीट व्यक्तिलाइ सरकारको…

बाँकी

Added by Sonu Kumar Sunar on July 30, 2012 at 7:30pm — No Comments

गोदावरीमा बोलबम मेला आजबाट

कैलालीको गोदावरी गाविसमा रहेको धार्मिक स्थल गोदावरी क्षेत्रमा आजबाट बोलबम मेला लाग्ने भएको छ । गोदावरी क्षेत्रमा सरोकारवालाहरुको ध्यानाकृष्ट गर्न नेपाल साहित्य तथा सांस्कृतिक प्रतिष्ठान गोदावरीले मेलाको आयोजना गर्न लागेको हो ।

प्रचार प्रसार र संरक्षण सम्बर्धनको अभावमा गोदावरी क्षेत्रको महिमा लोप भएको भन्दै गोदावरी क्षेत्रको धार्मिक तथा सास्कृतिक महत्वबारे जानकारी दिन मेला आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । उहाँको  अनुसार सुदूरपश्चिमका ७ पहाडी जिल्लाको…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2012 at 7:30pm — No Comments

म चेसको गोट्टी होइन

मेरा हर पाइला

तिम्रो एक कदम पछि

चाल्नुपर्ने होइन,

किनकी, म चेसको गोट्टी होइन |



तिम्रो नियोजित षड्यन्त्रको

एउटा पात्र, म होइन,

जो बिद्रोह र सत्ता कब्जा मन पराउछ,

जो अरुलाई निबस्त्र पार्नुमा,

आफ्नो विजय सम्झन्छ,

घोडाको सवार,

हात्तीका लावा लस्कर,

आफ्नो सपनामा सजाएर बस्छ,

म इतिहासले नमागेको,

रक्त क्रान्तिको नायक होइन

म तिमीले खेल्ने चेसको उट होइन |





देश आफ्नो अस्तित्वलाई,

आर्यघाटमा जलाएर,

फर्कदै… बाँकी

Added by Ajaya Dhungana on July 30, 2012 at 12:44pm — No Comments

तिम्रो लागि किनि दिएको चुरा यत्तिकै छ, सिजर्ना...............!

प्रेयषी सिर्जना,

लामो समयको अन्तराल पछि फेरी अर्को पत्रमा तिम्रो सम्झनाका तरेलीहरुलाई संगाल्दै मायाका नविन पुष्प गुच्छाहरु अर्पण गर्न चाँहे  स्वीकार ल.............! गाँउमा तिमी आरामै हौली अनी ति साथी सँगीहरु पनि आरामै होलान् । सबैलाई सम्झना सुनाई दिनु ल.............! ती बूढा बाबु आमा पनि त कुशलै होलान होइन् ? दमकी विरामी आमाको राम्रै ख्याल गरेकी हौली ? मेरो तर्फबाट ढोग सुनाई दिनु है ।

वर्षा याम सुरु हँदा आँउछु भनेको थिएँ, समयले दिएन् । तिमीसँग-सँगै मेला जाने रहर थियो त्यो पनि…

बाँकी

Added by अल्टर कान्छो’ on July 30, 2012 at 10:30am — No Comments

सन्दर्भः विश्व हेपाटाइटिस दिवस

पृष्ठभूमिः

आज विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्व हेपाइटाइटिस दिवस मनाइरहेको छ । नेपाल पनि हेपाटाइटिसको उच्च जोखिममा रहेको देश हो । हिजोआज यसको संक्रमण पनि ह्वात्तै बढेको छ ।विश्व स्वास्थ्य संगठन स्वास्थ्य क्षेत्रको सर्वाधिकार सम्पन्न निकाय हो, जसले स्वास्थ्यका विविध नीति–नियम बनाउने,कार्यान्वयन गर्ने र मूल्याङ्कन गर्ने गर्दछ । एड्सको बारेमा काम गर्ने संघसंस्था धेरै छन् र जनचेतनामूलक कार्यक्रमहरु प्नि धेरै गरिएका छन् तर हेपाटाइटिसको सन्दर्भमा त्यति धेरै चासो लिइएको पाइँदैन…

बाँकी

Added by Dr. Surya B. Parajuli on July 29, 2012 at 12:00pm — 2 Comments

अछाम सदरमुकाम मंगलसैनको एक पसलबाट चोरी, एकजना पक्राउ

अछाम, साउन १३,सदरमुकाम मंगलसैनमा रहेको न्यु मष्टा जनरल स्टोरमा शुक्रवार राती चोरी भएको छ । राती १।२ बजेतिर पसलमा कोही नभएको अवस्थामा पसलमा रहेको समान र नगद चोरी भएको पसलका प्रोपराईटर कर्ण बहादुर बोगटीले बताउनु भयो । पसलबाट ५५ हजार ४ सय नगद र ५ हजार १ सयको सामान चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट चोरीमा संलग्न एक जनालाई नियन्त्रणमा लिईएको छ ।

चोरी भएको पसल नजिकै रहेको होटलका १५ वर्षीया रमेश रावललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको प्रहरी…

बाँकी

Added by Purna Bahadur Khadka on July 28, 2012 at 6:00pm — No Comments

अछाममा सहकारी पसल स्थापना नै नगरी रकम हिनामिना, अनुगमन गर्ने निकाय मौन

अछाम,साउन १३,जिल्लामा सहकारी पसल स्थापना नै नगरी रकम हिनामिना भएको छ । सहकारी पसल मार्फत जिल्लाका सबै गाविसका जनतालाई उपभोग्य सामाग्री सर्भसुलव रुपमा उपलब्ध गराउने सरकारको निति अनरुप जिल्लाका ७५ मध्ये ७२ गाविसमा जिल्ला कृषि विकास कार्यालय अछामले रु एक लाखका दरले रमक उपलब्ध गराएपनि उक्त रकम लिने उपभोक्ताका पदाधिकारीले रकम हिनामिना गरेपछि पसल खुल्ल नसकेका हुन । गाउमा सहकारी पसल खोल्न गाविसस्तरिय उपभेक्ता सहकारी संस्था स्थापना गरी संसथालाई पसल व्यवस्थापनको जिम्मा दिईएपनि अधिकांश उपभोक्ता…

बाँकी

Added by Purna Bahadur Khadka on July 28, 2012 at 6:00pm — No Comments

१३ हजार फिटमा फुटबल हुदै

मध्य तथा सुदुर पश्चिमको धार्मिक तथा पर्यटकिय स्थल बडिमालिका क्षेत्रको पर्यटकिय प्रर्वदनका र पहिचानका लागि बडिमालिकाको पर्यटकिय स्थल त्रिबेणीमा फुटबल प्रतियोगिता हुने भएको छ ।

रानिबन स्पोर्ट क्बलब बाजुराको आयोजनामा हुने फुटबल प्रतियोगिता साउन १५ गतेबाट हुने आयोजक कमिटिका सदस्य जगत शाहिले बताएका छन् । मालिकामा लाग्ने साउने जनै पुर्णिमा मेलाको अबसर पारदै राबिन स्पोर्ट क्लबले नेपालमानै पहिलो पटक १३ हजार फिटको उचाईमा त्रिवेणी पाटनमा फुटबलको आयोजना गरेको छ ।  प्रतियोगितामा जिल्ला भरी बाट नै…

बाँकी

Added by Purna Bahadur Khadka on July 28, 2012 at 6:00pm — No Comments

१० दिने रेडियो पत्रकारीता तालिम शुरु

पूर्ण बहादुर खड्का, अछाम साउन १३  

रेडियो रामारोशन अछामको आयोजनामा १० दिने रेडियो पत्रकारीता तालिम शुक्रबार बाट शुरु भएको छ । रेडियोमा कार्यरत आर् जे को क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरीएको हो । तालिम पछि रेडियोका कार्यक्रममा गुणस्तर कायम हुने कार्यकारी निर्देशक विनोद थापाले बताउनु भयो । तालिममा १८ जनाको सहभागिता रहेको छ ।

दिनेश एफ.एम. धनगढी लगायत थुप्रै संचार माध्ययममा कार्यानुभव संगालेका रबिन पातलीले तालिममा प्रशिक्षण दिईरहनु भएको छ ।

Added by Purna Bahadur Khadka on July 28, 2012 at 6:00pm — No Comments

३५१ सदस्यीय जिल्ला समिति गठन गर्दै माओवादी अछामको विस्तारित बैठक सकियो

पूर्ण बहादुर खड्का, अछाम साउन १३   

नवगठीत नेकपा माओवादी अछामको पहिलो विस्तारित बैठकले ३५१ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ । नेकपा माओवादी अछामले आज मंगलसैनमा पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिईएको हो । विस्तारित बैठकले जिल्लाका ७५ गाउँ कमिटीलाई ७ वटा कमाण्ड, १३ भौगोलिक र ४ वटा गैर भौगोलिक गरी १७ वटा एरीया विभाजन गरेको समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । नेकपा माओवादी अछामका ईन्चार्ज झंकर साउँदले जिल्ला स्थित सबै जनवर्गीय संगठनहरु पुनृगठन…

बाँकी

Added by Purna Bahadur Khadka on July 28, 2012 at 6:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service