July 2011 Blog Posts (135)

सुदुरपश्चिम विश्वविद्यालय

काठमाडौं १४ साउन । सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतासभासद तथा नागरिक समाजका अगुवाहरुले विश्वविद्यालय स्थापनाका लागि मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सुदुरपश्चिम पत्रकार समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको अन्र्तकि्रया कार्यक्रममा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सबै दलका नेता सभासद तथा नागरिक अगुवाहरुले विश्वविद्यालय स्थापनाका लागि मिलेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।  विश्वविधालय स्थापना गर्न सरकार उदासिन भएको जिकिर गर्दै…

बाँकी

Added by Sangita Shrestha on July 30, 2011 at 8:05pm — No Comments

बर्षमा ३४ जनाको मृत्यु

हेटौंडा÷मकवानपुरमा यस आर्थिक बर्ष २०६७÷०६८ मा सडक दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका छन । जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार बर्षभरि भएको ९७ सवारी दुर्घटनामा परि ३४ जनाले ज्यान गुमाएका हुन । सवारी दुर्घटनामा परी १ सय १० जना सख्त र १ सय ४४ जना साधारण घाइते भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख शिव बुढाथोकीले बताए । सबैभन्दा बढी भदौ महिनामा ११ वटा सवारी दुर्घटना भएका छन भने सबैभन्दा कम साउन,असोज, जेठ र असार महिनामा ६ वटाका दरले सवारी दुर्घटना भएको प्रमुख बुढाथोकीले बताए ।…

बाँकी

Added by Anil Parajuli on July 29, 2011 at 7:08pm — No Comments

‘इन्फोपोइन्ट’ ठगी धन्दामा

हेटौंडा÷इन्फो पोइन्ट इन्टरनेशनल बिजनेश हेटौंडा शाखाले मकवानपुरमा ठगी गर्न थालेको छ । बिभिन्न वाहानामा फर्म शुल्क र कक्षा संचालन शुल्क भन्दै करिव ३० जना बिद्यँर्थीलाई ठगी गरेको खुलासा भएको छ । हेटौंडा–१० राप्ती रोडको कार्की कम्प्लेक्समा कार्यालय रहेको इन्फो पोइन्ट इन्टरनेशनल बिजनेस हेटौंडा शाखाले कार्यालय संचालनको लागि मकवानपुरमा कुनै पनि सम्बन्धीत निकायमा दर्ता नगरि संचालनमा गरिरहेको छ । प्रति बिद्यँर्थी फारम शुल्क १ सय ५० र बिजनेस तालिमका लागि २ हजार ५ सयका दरले ठगी गरिरहेको पीडितहरुले…

बाँकी

Added by Anil Parajuli on July 29, 2011 at 6:56pm — 1 Comment

यती फाइनान्स ५ करोड नाफामा

भानुभक्त आचार्य

हेटौँडा, १३ साउन

यती फाइनान्स कम्पनी लिमिटेडले ५ करोड ४० लाख रुपियाँ सन्चालन मुनाफा गरेको छ । फाइनान्सले पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो । फाइनान्सका महाप्रबन्धक सागर शर्माका अनुसार गत वर्ष २०६६/६७ का तुलनामा २०६७/६८ मा भएको सन्चालन मुनाफा ५८ प्रतिशतले बढी हो । समीक्षा अवधीमा फाइनान्सले ८९ करोड ५९ लाख रुपियाँ निक्षेप संकलन गरेको र ९१ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

     फाईनान्सले काठमाडौं, वीरगन्ज, दामन, पालुण्मा शाखा बिस्तार गरी सेवा दिइरहेको र…

बाँकी

Added by RAMKUMARELAN.COM on July 29, 2011 at 5:01pm — No Comments

कर्मचारीद्धारा अस्पतालका मेडिकलका सुपरिटेन्डेन्डमा हातपात....

विरगंज १३ साउन । नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट मुकेस चौरासीयालाई कर्मचारीहरुले कुटपिट गरेका छन् ।sर्मचारी नियुक्ति विषयमा भएको विवादमा चौरासीयालाई उहाँकै कार्यकक्षमा कर्मचारीहरुले कुटपिट गरेका हुन् । कुटपिटमा अस्पताल विकास समितिका सचिव सन्तोष िसंह सहित अन्य कर्मचारीहरु समावेश रहेका छन् । घटना पश्चात अस्पतालको स्थिति केहिबेर तनावग्रस्त बनेको थियो ।

Added by Manisha Rayamajhi on July 29, 2011 at 3:16pm — No Comments

हाकिमसावहरुको हाकिमिपन

दिनको २ वजे एउटा अर्ध सरकारी कार्यालयमा पुग्दा सेवाग्रीहरुको घुईचो सकि सकिएको थियो । कार्यँलयका कामदार कर्मचारीहरु यता उता टहलीरहेका थिए । एउटा जानकारी लिनकोलागि म त्यहा पुगेको थिए । मेरो जिज्ञाशा उनीहरुकोलागि सानै भए पनि मेरो लागि ठूलै थियो । मैले नम्र स्वरमा जिज्ञाशा राखे, मेरो अनुहार पनि नहेरीकन उत्तर आयो समय सकिई सक्यो भोलि आउनुस ।  फेरी अझ प्रष्ट हुन मैले दोह्रयाएर जिज्ञाशा राखे, उत्ताबाट अझ कडकिएर उत्तर आयो समय सकिई सक्यो भोली आउनुहोस भाई । सायद उसलाई कम्प्युटरमा बजिरहेको दोहरी गीत…

बाँकी

Added by sudhir bhadra on July 29, 2011 at 3:03pm — No Comments

साँचो प्रेम अभियान

ग्रेटरहेटौँडा संवाददाता

हेटौँडा, १३ साउन

मकवानपुरका साँचो प्रेम अभियान सन्चालन भएको छ । शास्वत जीवन साँचो प्रेम अभियान अन्तर्गत विद्यालय र कलेजका विद्यार्थीहरुलाई लक्ष्यित गरेर अभियान थालिएको हो । विद्यालयका विद्यार्थीहरुलाई चरित्र सुधार र अशल आचरणका लागि अभियान थालिएको अभियानका रामजी अधिकारीले बताउनु भयो ।

मकवानपुरका करिब दुई दर्जन विद्यालय र कलेजहरुमा अहिले साँचो प्रेम अभियान सन्चालनमा रहेको छ । चरित्र निर्माण र अशल जीवनका लागि सन्चालित अभियान अन्तर्गत विद्यार्थीहरुले आफ्नो…

बाँकी

Added by RAMKUMARELAN.COM on July 29, 2011 at 1:59pm — 1 Comment

प्रजिअमार्फत ध्यानाकर्षण

ग्रेटरहेटौँडा संवाददाता

हेटौँडा, १३ साउन

मानवअधिकार एलाइन्स मकवानपुरले प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईमार्फत ध्यानाकर्षण पत्र पठाएको छ । शान्ति प्रकृया तार्किक निष्कर्षमा फर्याउन र नयाँ संविधान तोकिएको समयमा नै जारी गर्नका लागि जनचाहना अनुरुपको संविधान २०६८ भदौ १४ गते भित्र जारी गर्नका लागि ध्यानाकर्षण पत्र बुझाइएको हो । मानवअधिकार एलाईन्सका केन्द्रीय सदस्य एकबहादुर श्रेष्ठ, मध्यमान्चल क्षेत्रीय सचिव कमलकुमार विश्वकर्मा, जिल्ला अध्यक्ष हरि कँडेललगायत आवद्ध संघसंस्थाका प्रमुख…

बाँकी

Added by RAMKUMARELAN.COM on July 29, 2011 at 1:51pm — No Comments

नेपालगन्जका अधिकांश ठाउहरु डुबानमा

हुमहरी भट्टराई

बाँके, साउन 

 

गएराति देखि परेको अविरल बर्षाको कारण बाँकेको नेपालगन्जका अधिकांश ठाँउहरु डुबानमा पर्दा जनजीवन प्रभावित भएको छ । डुबानका कारण आज बिहानैदेखि सडकहरुमा साइकलरिक्सा जस्ता साना र ठूला यातायातका साधन चल्न सकेका छैनन भने सर्वसाधारणलाई पैदल हिँडडुल गर्नसमेत समस्या भएको छ । अधिक बर्षाले बिहानी सेवामा संचालन हुने शैक्षिक संस्था खुलेका छैनन् भने व्यापार व्यवसायसमेत प्रभावित भएको छ । बर्षाको कारण नेपालगन्जका फुलटेक्रा सल्यानीबाग बगिया पुष्पलाल चौक…

बाँकी

Added by Humhari Bhattarai on July 29, 2011 at 11:55am — No Comments

तीनमहिने बच्चाको दाँत

सावित्री खनाल

हेटौँडा, १३ साउन

मकवानपुरको चुरियामाईका एक बालकको तीनमहिनामै दाँत उमि्रएको छ । चुरियामाईको वडा नम्वर ५ फायरलाइनमा जन्मेको तीन महिनामै दाँत उमि्रएको हो । भर्खर ४ महिना लागेका बालक गत चैतमा जन्मेका हुन् । तीन महिनामा अर्थात असारमै दाँत उमि्रएपछि परिवारका सबै अचम्मित भएका छन् ।

प्रकाश सापकोटा र पवित्रा सापकोटाको पहिलो सन्तानको तीन महिनामै दाँत उमि्रएपछि श्रीमानश्रीमती नै चिन्तित भएका छन् । सामान्यतः जन्मेको सात महिना नाघेपछि मात्रै उम्रनु पर्ने दाँत तीन महिना नपुग्दै…

बाँकी

Added by RAMKUMARELAN.COM on July 29, 2011 at 11:30am — No Comments

फुटबल मैदान व्यवस्थित बनाइने

धर्मेन्द्र दाहाल

हेटौँडा, १३ साउन

हेटौँडा नगर क्षेत्रकै ठूलो खेलकुद मैदान अब व्यवस्थित हुने भएको छ । हुप्रचौरको खेल मैदानलाई व्यवस्थित बनाउन जिल्ला फुटबल संघ मकवानपुरले पहल थाल्ने भएको छ । हुप्रचौरस्थित फुटबल मैदानलाई संघले व्यवस्थापन गर्ने योजना बनाएको हो । संघले चौरमा दुवो लगाई चौरमा भएका ढुंगा हटाउन मझौला किसिमको योजना प्रस्ताव गर्न लागेको छ ।

नगरक्षेत्रमा खेलकुद गतिविधि गर्न उपयुक्त स्थानको रुपमा रहेको हुप्रचौरस्थित फुटबल मैदानमा भएका ढुंगा हटाएर दुवो रोप्ने योजना रहेको…

बाँकी

Added by RAMKUMARELAN.COM on July 29, 2011 at 11:20am — No Comments

घरमै असुरक्षित सन्चमायाहरु

-साबित्री खनाल

११ वर्षकी सन्चमाया भुलन (नाम फेरिएको) त्यो दिन सम्झेर अहिले पनि कहालिन्छिन् । गएको असार २७ गतेको घटना थियो यो । आफ्नै छिमेकीले उनीमाथि जबर्जस्ती गरे । मकवानपुरको बसामाडी लेवटकी सन्चमायालाई घरमै छिमेकी लक्ष्मण बस्नेतले जबरजस्ती करणी गरे । घरमा बसिरहेका बेला बिहान ११ बजे फकाउँदै कोठामा लगेर जबरजस्ती गरियो । परिवारका सबैजना काममा व्यस्त भएका बेला घरमै बालिकाहरु बलात्कारको सिकार हुन थालेको यो घटना पाशविकतामा परेको यौन हिँसाको पराकाष्ठा थियो ।

गएको वैशाख २४ गते मकवानपुरको…

बाँकी

Added by RAMKUMARELAN.COM on July 29, 2011 at 11:07am — No Comments

मोक्तानको राज्यमन्त्री पद संकटमा

ग्रेटरहेटौँडा संवाददाता

हेटौँडा, १२ साउन

संविधान सभाका सदस्य कुमारी मोक्तान राज्यमन्त्री हुने अवसर संकटमा परेको छ । एकीकृत नेकपा माओवादीले सरकारमा प्रतिनिधित्व गर्ने आफ्ना मन्त्रीहरुमा हेरफेर गर्ने निर्णय गरेपछि मकवानपुरबाट कुमारी मोराज्यमन्त्री हुने अवसर प्राप्त गर्नुभएको थियो । प्रधानमन्त्री झलनाथ खनालले माओवादीले प्रस्ताव गरेको नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराउनुभन्दा राजीनामा दिने मनस्थिति बनाएपछि कुमारी मोक्तान राज्यमन्त्री हुने स्थिति संकटमा परेको हो । माओवादीले सरकारमा सहभागी…

बाँकी

Added by RAMKUMARELAN.COM on July 28, 2011 at 5:59pm — No Comments

सिद्धिलालले सोचेको सभागृह

-सुरेश श्रेष्ठ

पूर्वीमोहडा भएको वासुदेव सभागृह असोज महिनाको दोस्रो साता पातलो हुस्सु छिचोल्दै बिहानीको पारिलो घामले टल्किरहेको छ । नेपाली समुदायको प्रमुख पर्वको रुपमा रहेको वडादशैँको अवसरमा नागरिक समाजले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन फुस्रद भएका राजधानीका राष्ट्रिय व्यक्तित्वसहित जिल्लाका ख्यातिप्राप्त व्यक्तिहरुको उपस्थिति रहेको छ ।

निर्माण सुरु भएको एक दशक हुन लागिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेको सहिद वासुदेव घिमिरे स्मृति सभागृहमा यस…

बाँकी

Added by RAMKUMARELAN.COM on July 28, 2011 at 5:30pm — No Comments

पशुवस्तुका लागि आरामदायी गोठ-खोर

-पियर वायन

पशुवस्तुको पशुवस्तुका लागि आरामदायी गोठ-खोर बनाउनु वा भएकोलाई सुधार्नु भनेको पशुवस्तुलाई पशुवस्तुका लागि आरामदायी गोठ-खोरमा आराम होस्, पशुवस्तुका लागि आरामदायी गोठ-खोर सफा रहोस् र बृडर किसानलाई पशुवस्तुका लागि आरामदायी गोठ-खोर सफा राख्न सजिलो होस् भन्ने हो । साथै पशुवस्तुका लागि आरामदायी गोठ-खोरमा काम गर्न कम समय र कम मिहिनेत लागोस् भन्ने हो । त्यसैले बृडर किसानले गोठ-खोर बनाउदा राम्रो ध्यान पुर्याउनु पर्ने हुन्छ । माथि भनेका सबै चाहनाहरु १०० प्रतिशत नै पूरा हुन सजिलो छैन ।…

बाँकी

Added by RAMKUMARELAN.COM on July 28, 2011 at 5:15pm — No Comments

कुलेखानी भरिन १३ मिटर बाँकी

भानुभक्त आचार्य

हेटौँडा, १२ साउन

कुलेखानी जलासय भरिन १३ मिटर मात्र बाँकी रहेको छ । कुलेखानी जलविद्युत आयोजनाको जलासयमा बुधबार अपरान्ह ४ बजेसम्ममा पानी समुन्द्री सतहबाट एक हजार पाँच सय १७ मिटर पुगेको छ । गतवर्ष यो समयमा कुलेखानीको जलासयमा पानीको सतह एक हजार पाँच सय १० मात्र पुगेको थियो । यही अनुपातमा पानी परिरहने हो भने यो वर्ष साउनको अन्तिममा कुलेखानी जलासय भरिने आयोजनाका कर्मचारीहरुले बताएका छन् ।

कुलेखानी जलविद्युत आयोजनाको जलासयमा एक हजार पाँच सय ३० मिटरसम्म पानी भन्डारण गर्न…

बाँकी

Added by RAMKUMARELAN.COM on July 28, 2011 at 5:00pm — 1 Comment

साना उद्योगमा २५ करोड

मनोज लामिछाने

हेटौँडा, १२ साउन

मकवानपुरमा घरेलु तथा साना उद्योगमा २५ करोड रुपियाँ लगानी भएको छ । विदेशबाट फर्किएका युवाहरु पनि सीपमूलक उद्यमशीलता अपनाउन थालेपछि लगानी बढेको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले जनाएको छ ।<br>

करिब २५ करोड रुपियाँ बराबरको लगानीमा स्थापना भएका २ सय ८० वटा नयाँ साना तथा घरेलु उद्योगमा १ हजार ५ सय ६८ जनाले रोजगारी पाएको पनि कार्यालयले जनाएको छ । यस्तै घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत आर्थिक वर्ष २०६७/६८ मा वाणिज्यतर्फ ४ सय ६९ वटा…

बाँकी

Added by RAMKUMARELAN.COM on July 28, 2011 at 4:30pm — No Comments

पुनरावेदनमा ६६ प्रतिशत मुद्दा फैसला

मनोज लामिछाने

हेटौँडा, १२ साउन

पुनरावेदन अदालत हेटौँडाबाट ६६ प्रतिशत मुद्दा फैसला भएको छ । गत आर्थिक वर्षमा जम्मा ३ हजार २ सय ५६ मुद्दाहरु मध्ये २ हजार १ सय ५६ वटा मुद्दाको फैसला भएको हो । १ हजार १ सयवटा मुद्दा फैसला हुन बाँकी रहेको पुनरावेदन अदालत हेटौँडाले जनाएको छ ।

पुनरावेदन अदालतमा २ वर्षयता दर्ता भएका मुद्दाहरु मात्रै बाँकी रहेका छन् । अदालतमा दर्ता भएर एक वर्षभन्दा बढी समय भएको ८४ वटा मुद्दाहरु रहेको अदालतले जानकारी दिएको छ । अदालतमा योजनाबद्ध रुपमा काम गर्ने क्रम शुरु…

बाँकी

Added by RAMKUMARELAN.COM on July 28, 2011 at 4:30pm — No Comments

जचुका महाप्रवन्धक सरकारी निवास छाडे

 कर्मचारीहरुका विरोधका कारण्ा जनकपुर चुरोट कारखानाका महाप्रवन्धक श्याम कुमार महतोले आज वेलुका सरकारी निवास छाडेका छन । मजदुरहरुले कारखाना भित्र रहेका निवासमा हिजो देखी २४ घण्टा घेराउ गरेका थिए । कारखानाका मजदुरहरुले महाप्रवन्धक महतोलार्इ कुनै हालतमा रहन नदिने अडान राखेपछि उहाँ आज राती आफ्‍ना एक आफन्तको घरमा वस्नु भएको छ भने भोली काठमाडौ जानु हुनेछ । आज महाप्रवन्धक महतोको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय धनुष्ाामा एक वार्ता पनि भएको थियो । धनुष्ााका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार…

बाँकी

Added by sujitkumarjha on July 27, 2011 at 7:46pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service