June 2013 Blog Posts (98)

वर्षैपिच्छे पल्केको काल

समय ६:१५ मा चल्दै थियो । घाम महाभारत डाँडा पछाडि नदेखिनेगरि लड्यो । बादलहरू डरले सुलिथुम्का नाघ्दै गौरिशंकरतिर उक्लिए । शायद, हिमालमुनि लुक्न होला ? आकाशबाट एकहुल अँध्यारो जमिनतिर झरे । विस्तारै फैलियो । छिनमै वातावरण छिपछिपे अँध्यारोमा ढाकियो ।  
...
वर्षौदेखि, यहि महिना । जब एसएलसिको नतिजा प्रकाशति हुन्थ्यो । काल पल्किन्थ्यो रे ! आज फेरि काल पल्क्यो । गाउँमा शरू मरि ।
'सुलिथुम्का' काखमा रहेको गाउ - चनौटे । ठुलो बस्ती छैन । सानो छ तर लस्करै बनाइएका घर…
बाँकी

Added by Santosh Paudel on June 30, 2013 at 11:30am — No Comments

अछाम जिल्लाका अधिकांश विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा कम मात्रामा छात्रवृत्ति जाने गरेको खुलासा ।।

अछाम असार १५

अछाम जिल्लाका अधिकांश विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा कम मात्रामा छात्रवृत्ति जाने गरेको खुलासा भएको छ । जिल्लाका सबै विद्यालयमा विद्यार्थी संख्याको तुलनामा कम छात्रवृत्ति जाँदा विद्यार्थीले नियमानुसार पाउने छात्रवृत्ति नपाउने गरेको गुनासो गरेका छन् । ग्रामिण क्षेत्रका शैक्षिक समस्या र…

बाँकी

Added by Tek Raj Bhandari on June 29, 2013 at 9:00pm — No Comments

गरीव तथा बिपन्न बर्ग आत्मनिर्भरता तर्फ ।।

गरीवीनवारण कोष र त्यसका साझेदार संस्थहरु मार्फत प्राप्त सहयोगबाट डोटी जिल्लाका गरीव तथा बिपन्न गर्गका मानिसहरु पूर्णरुपमा आत्मनिर्भर बन्ने प्रयासमा जुटीरहेका छन् । मुलुकमा व्याप्त गरीवी उन्मुलन गर्न नेपाल सरकारले अवल्म्वन गरेको निती तथा कार्यक्रम र त्यसलाई सफलपार्न गरीवीनवारण कोषका साझेदार संस्थाहरुले खेलेको महत्ववपूर्ण भुमिका डोटी जिल्लाका धेरै जसो गाबिसमा उदाहरणीय बन्दै छ । जिल्ला स्थित बिभिन्न साझेदार संघ÷संस्था मार्फत संचालित आयआर्जनका कार्यक्रमहरु मार्फत जिल्लाका बिभिन्न गाबिसका…

बाँकी

Added by Purna Bahadur Khadka on June 29, 2013 at 6:14am — No Comments

बैतडीको ढुंगाड गाविस ७ का १ सय ४ घरपरीवार जोखिममा ।।

सेती नदीमा पानीको सतह बढ्दै गएपछि बैतडीको ढुंगाड गाविस ७ का १ सय ४ घर परिवार जोखिममा परेका छन् । सेती नदीको पानी वस्ती तिर पसेपछि आफुहरु घर छोडी अन्यत्र लागेको स्थानिय वीरबहादुर साउदले बताउनुभयो । बाढीपीडितहरुले पटकपटक राहत तथा पुनस्र्थापनाको लागि सरकारी तथा गैर सरकारी संस्थाहरुमा अनुरोध गरेपनि आफुले राहत नपाएको पीडित लालबहादु साउदले गुनासो गर्नुभयो । बाढी पीडितहरुको अवस्था बुझ्न जिल्ला स्तरिय राजनीतिक दलका प्रमुख, संम्बन्धीत निकायका प्रतिनीधिहरुको एक टोली ढुगाड पुगी प्रतिवेदन समेत…

बाँकी

Added by Purna Bahadur Khadka on June 29, 2013 at 6:13am — No Comments

विद्यालयमा पाठ्य पुस्तकको अभाव ।।

शैक्षिक सत्रका तिन महिना बितिसक्दा पनि बाजुराका अधिकांश विद्यालयमा अझै पाठ्य पुस्तकको अभाव देखिएको छ । विद्यालयले समय मै पाठ्य पुस्तक उपलब्ध गराउन नसक्दा शैक्षिक सत्रको तिन महिना बितिसक्दा पनि जिल्लाका उत्तरी भेगमा पर्ने अधिकांश विद्यालयमा पाठ्य पुस्तकको अभाव देखिएको हो । विद्यार्थी भर्नासँगै पाठ्य पुस्तक विद्यार्थीको हातमा दिने भनिए पनि शैक्षिक सत्रको तिन महिना सम्म पनि पाठ्य पुस्तक उपलब्ध नगराएको प्रति विद्यार्थीहरुले गुनासो गरेका छन् । पाठ्य पुस्तक अभावका कारण पाण्डुसैनको सत्यमावि लगाएत…

बाँकी

Added by Purna Bahadur Khadka on June 29, 2013 at 6:13am — No Comments

ट्रयाक्टरले बाटो बिगार्ने गरेको स्थानीयले गुनासो ।।

वर्षासंगै अछामका ग्रामिण सडक अवरुद्ध भैरहेको बेला ट्रयाक्टरले बाटो बिगार्ने गरेको स्थानीयले गुनासो गरेका छन् । ग्रामिण सडक वर्षाका कारण बिग्रीएका र त्यसका मालबाहक ट्रयाक्टर चल्दा बाटो झन बिग्रिएको बताईएको छ । जिल्लाको तिमिल्सैन रामारोशन सडक खण्ड अन्तर्गतको सडक पनि टयाक्टरका कारण झन बिग्रिएको छ । मालबाहक ट्रयाक्टरले कच्ची बाटो झनै बिगारेको अछाम कालिकाका पूर्व गाविस अध्यक्ष चेतमान रावलले बताउनु भयो । वर्षासंगै अछामका ग्रामिण सडक अबरुद्ध भएका छन् । यातायातका साधन नचल्दा ग्रामिण क्षेत्रका…

बाँकी

Added by Purna Bahadur Khadka on June 29, 2013 at 6:13am — No Comments

आग्रह

plz like this photo…

बाँकी

Added by Purna Bahadur Khadka on June 28, 2013 at 6:00am — No Comments

७ गाविसमा स्वास्थ्य र पोषण कार्यक्रम

पूर्ण बहादुर खड्का, अछाम

अछाम जिल्लाका बिभिन्न सात वटा गाविसमा विद्यालय स्वास्थ्य र पोषण कार्यक्रम लागु हुने भएको छ । नेपाल सरकारको विद्यालय सुधार तथा गुणस्तर बृद्धि गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रम अछाममा पीसवीनले संचालन गर्ने बताईएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको संस्था पीसवीनले गरेको काममा जिल्ला स्वास्थ्य कार्यालयले पनि सहयोग गर्ने र यसले बालबालिकाको स्वास्थ्य सुधारका साथै शिक्षामा पनी गुणस्तर बढ्ने जिल्ला अस्पताल प्रमुख डाक्टर राम बहादुर केसी बताउभयो ।…

बाँकी

Added by Purna Bahadur Khadka on June 27, 2013 at 9:34pm — No Comments

पहिलो पटक सेयर बारे जानकारी ।।

पूर्ण बहादुर खड्का, अछाम

सेयर मार्केट अर्थात पुँजीबजार सम्बन्धी खासै जानकारी हुन नसकेको अछाममा पहिलो पटक पुँजीबजार सम्बन्धी जनचेता अभिवृद्धि तथा लगानीकर्ता प्रशिक्षण कार्यक्रम गरिएको को आयोजना भएको छ । नेपाल धितोपत्र बोर्ड र अछाम उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार सदरमुकाम मंगलसैनमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । सेयर मार्केट तथा पुँजीबजारको बारेमा सरोकारवाहरुलाई जानकारी दिने मुख्य उद्देश्यले निजी क्षेत्रको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको धितोपत्र बोर्डका अधिकृत राजु बहादुर…

बाँकी

Added by Purna Bahadur Khadka on June 27, 2013 at 9:33pm — No Comments

अछाममा द्वन्द्वकालमा घाईतेको पुनः शाररिक परीक्षण सुरु

द्वन्द्वकालमा घाईते भएका भनि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको पाँचौँ प्रतिवेदनमा केन्द्रबाटै नाम समावेश गरिएकाहरुको अछाममा पुनः शाररीक परिक्षण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले मानवअधिकारकर्मी तथा संचारकर्मीको रोहवरमा डाक्टरको उपस्थितीमा पुनः शाररीक परीक्षण सुरु गरेको हो । नियम विपरित केन्द्रबाट नै प्रतिशत तोकेर राहतका लागि जिल्ला प्रशासनमा नामावली आएका एक हजार एक सय बढिको पुनः शाररीक परीक्षण गरेर राहतका लागि शिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाड्डले जानकारी…

बाँकी

Added by Purna Bahadur Khadka on June 27, 2013 at 9:30pm — No Comments

महिला हिंसा न्यूनिकरणका लागि सबै पक्ष लाग्नुपर्ने ।।

१२ असार ÷ अछाम

अछाम जिल्लाका विभिन्न ठाउँमा अझै पनि महिलामाथि चरम हिंसा भैरहेका अछाम जिल्ला सदरम’काम मंगलसैनमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । लैंगिक हिंसामा आधारीत कार्यशाला गाष्ठिका सहभागिहरुले अछाम जिल्लाका विभिन्न ठाउँमा महिलामाथि हिंसा भैरहेका बताईउको छ । जिल्लामा सबैभन्दा बढी मदिरा सेवन गरी पुरुषले महिलामाथि हिंसा गर्ने गरेको पाईएको अछाम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गिरीले बताउनु भयो । नेपालमा महिला सहभागिता एवं शशक्तिकरणको अवस्थाका बारेमा प्रस्तुतीकरण…

बाँकी

Added by Purna Bahadur Khadka on June 27, 2013 at 9:24pm — No Comments

अछाम जिल्लाका २ गाबिस अनिबार्य तथा निशुल्क शिक्षा गाबिस घोषणा ।

१२ असार÷अछाम

अछाम जिल्लाको मार्कु गाबिस आज अनिबार्य तथा निशुल्क शिक्षा गाबिस घोषणा गरिएको छ । बिद्यालय उमेर पुगेका सबै बालबालीका बिद्यालय जान थाले पछि हिजो एक कार्यक्रमका बिच अनिबार्य तथा निशुल्क शिक्षा गाबिस घोषणा गरिएको हो । गाउँ शिक्षा समितीका अध्यक्ष तथा गाबिस सचिब करन सिंह कामिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती श्र्रीकोट स्रोतकेन्द्रका स्रोत ब्यक्ती नर बहादुर कार्की रहनुभएको थियो । प्रमुख अथिती कामिले शिक्षा मानब जिबनमा नभ्ई नहुने आधारभुत आवश्यक्ता भएकाले सबै बालबालीकालाई…

बाँकी

Added by Purna Bahadur Khadka on June 27, 2013 at 9:23pm — No Comments

खाद्य अधिकार बाट बञ्चित समुदायको अधिकार सुरक्षित गर्न सहयोग गर्ने निर्णय गर्दे जिल्ला खाद्य अधिकार सञ्जाल अछामको बैठक आज मंगलसेनमा सम्पन्न ।।

पूर्ण बहादुर खड्का, असार १३

अछाम अछाम जिल्लामा खाद्य अधिकारबाट बञ्चित भएका समुदायको पहिचानगरी क्षेत्र क्षेत्रका जनताका लागी खाद्य अधिकार सुरक्षित गर्न सहयोग गर्ने निर्णय गर्दे जिल्ला खाद्य अधिकार सञ्जाल अछामको बैठक आज मंगलसेनमा सम्पन्न भएको छ । बिशेषगरी पहिलो चरणमा बाढीपहिरोबाट प्रभावित क्षेत्र र एचआईभी संक्रमितहरुको खाद्य अधिकार सुरक्षितका लागी आगामी दिनमा छलफल गरी दस्तावेज बनाउने सम्बन्ति पक्षलाई जानकारी गराउने निर्णय पनि गरिएको छ । साथै बैठकले जिल्लामा खाद्य अधिकार सञ्जाललाई…

बाँकी

Added by Purna Bahadur Khadka on June 27, 2013 at 9:23pm — No Comments

बन्दी गृहमा रहेका कैदी हरुका लागि पुस्तकालयको स्थापना ।।

टेकराज भण्डारी, असार १३, अछाम  

जिल्ला कारागार अछामका बन्दी गृहमा रहेका कैदी बन्दीहरुका लागि पुस्तकालयको स्थापना गरिएको छ । पुस्तकालयको अछामका प्रमुख जिल्ला अधिकारी राम बहादुर करुवागले रिवन काटेर उदघाटन गर्नु भएको हो । प्रमुख अथती कुरुवागले पुस्तकालयको स्थापना भएकोमा आफु निकै खुसी भएको र कैदी बन्दीहरुको माग प्रति आफु सधै संवेदनशिल भएको बताउनु भयो । पुस्तकालय स्थापना पछि उनीहरुलाई ज्ञानको पनि वृद्धि हुने भएकोले बन्दि गृहमा रहेका सबै कैदि लाई नियमीत अध्ययन गर्न पनी आग्रह गर्नु भएको थियो ।…

बाँकी

Added by Tek Raj Bhandari on June 27, 2013 at 5:38pm — No Comments

अछाममा वास्तवीक द्धन्द्ध पिडितले राहत नपाएको गुनासो ।।

टेकराज भण्डारी, असार १३, अछाम

अछाममा वास्तवीक द्धन्द्ध पिडितले राहत नपाएर राजनीतीक पहुँचको आधारमा राहत वितरण हुने गरेको एक कार्यक्रम सहभागीले गुनासो गरेका छन । आज सदरममुकाम मगलसेनमा आयोजीत शान्ति प्रकृया, द्धन्द्ध न्युनीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालालले यस्तो गुनासो गरेका हुन् । साथै सरोकारवाला सबैले दलगत रुपमा राहत वितरण नगरी जिल्ला प्रशासन कार्यालय अछामको समेत सिफारीसमा राहत वितरण गरिनु पर्नेमा समेत जोड दिएका छन् । कार्यक्रमका प्रमुख अथिती प्रमुख जिल्ला…

बाँकी

Added by Tek Raj Bhandari on June 27, 2013 at 5:37pm — No Comments

एकै घरका तिन जना दिदी भाई बिचलीमा ।।

टेकराज भण्डारी, असार १३, अछाम

वर्षासंगैको पहिरोले घर ढाकेपछि अछामको मार्कु गाविसममा एकै घरका तिन जना दिदि भाई बिचलीमा परेका छन । गाविसको वडा नम्बर ४ बस्ने सिता भुल र उनका २ भाई गरि ३ भाईवहिनी बिचलिमा परेका हुन । केहि दिन अघि परेको अविरल वर्षाले ३ भाईवहिनी बस्ने घर पहिरोले ढाकिदिए पछि उनीहरु बिचलीमा परेका हुन ।  १४ वर्षिय सिता भुल अहिले कक्षा ७ मा अध्ययनरत छन् । उनले दुखेसो पोख्दै भनिन घरमा कोही छैनन, आमा गुमाएको ४ वर्ष भयो । बुबा पनि बेपत्ता अवस्थामा छन् । एक तिन वर्ष र अर्को ४ वर्षको…

बाँकी

Added by Tek Raj Bhandari on June 27, 2013 at 5:34pm — No Comments

'अछाम साँफेबगरमा रहेका ईलाका कार्यालयमा नागरिक बडापत्रसम्म छैन'

अछाम जिल्लाको साँफेबगर स्थित रहेका सरकारी कार्यालयबाट दिईने सेवा सहज तरिकाले नपाएको स्थानियले गुनासो गरेका छन । कतिपय सरकारी कार्यालयहरुमा नागरिक वडापत्र समेत नभएको तथा भएका कार्यालयमा समेत पाउन पर्ने सेवा नपाएका गुनासो गरेका हुन । साँफेबगर क्षेत्र आसपासका दर्जन बढी गाविसलाई लक्षित गरी साँफेबगरमा स्थापना गरिएका बन कृषि, पशु सेवा, तथा हुलाक कार्यालय मार्फत दिईने सेवा प्रभावकारी स्थानिय लक्ष्मण खड्काले बताउनुभयो ।

कतिपय कार्यालयमा नागरिक वडापत्र समेत नभएकाले जनताले थाह नपाएको खड्काको…

बाँकी

Added by Tek Raj Bhandari on June 27, 2013 at 5:30pm — No Comments

असार पन्ध्र: रोपाइँ, जन्मदिन र दही चिउरा

गाईको दाम्लो, भैंसीको दाम्लो, किलाको किलै छ .... किलाको किलै छ.......

अलैंची दाना, बाडौंला भन्थें, हात मेरो हिलै छ..... हात मेरो हिलै छ.......

अलैंची दाना, बाडौंला भन्थें, हात मेरो हिलै छ.......

वि.सं २०६८ को असार १५ मा पर्मेली रोपाहारहरूले गाएको असारे गीतलाई मैले यहाँ थपक्कै टिपेर राखें । असार महिना, मानु रोपेर मुरी उब्जाउने तयारी महिना । आलीमा उभिएर रोपाहारलाई हिलो छेप्ने महिना अनि दाँदेमा चढेर हह माले भन्दै पानी र हिलो छताछुल्ल बनाउने महिना । पानी पर्दा घुम ओढेर रूखको…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 27, 2013 at 3:00pm — No Comments

मुर्दा स्वतन्त्रता र हाम्रो मौनता

यो हप्ता ईन्टरनेट वेस मिडियाका बारे दुईटा समाचार आए। पहिलो- भ्याण्टा बारेको समाचारका कारण पत्रकार पक्राउ। भ्याण्टा समाचारका कारण थुनिएका पत्रकारहरू शुशील पन्त, सन्तोष भट्टराई र पुष्कर कँडेललाई पत्रकार महासंघ जमानी बसेर प्रेस काउन्सिलले छानबिन गर्ने सर्तमा रिहा भइसकेका छन्।

दोस्रो- फेसवुक स्टाटस शेयर गरेको निहुँमाकाभ्रेका भवनाथ सापकोटालाई पक्राउ। सापकोटाले कुनै…

बाँकी

Added by Ananta Koirala on June 27, 2013 at 10:30am — 2 Comments

रसुवा अस्पतालमा आकस्मिक रक्त सञ्चार सेवा सुरु

रगतका समस्याका कारण यहाँ उपचार गर्न आउने विरामीलाई अन्यत्र रिफर गर्न नपरोस् भन्ने उद्धेश्यले रसुवा जिल्ला अस्पतालले "आकस्मिक रक्त सञ्चार सेवा" सुरु गरेको छ । उपचार गर्न आउने विरामीहरूले रगतको खाँचो पर्ने भएपछि उक्त सेवा सुरु गरिएको कार्यालय प्रमुख रमेशकुमार खरेलले बताउनु भयो ।

अस्पतालको आफ्नै पहलमा…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 26, 2013 at 1:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service