Featured Blog Posts – May 2013 Archive (24)

गणतन्त्र दिवस र निराश जनता

आज भन्दा ७ वर्ष अघि गणतन्त्रको नारा घन्काउदै सडकमा संगै संघर्ष गरेका राजनितिक दल र नागरिक संगठनहरु यसपाली छैठौँ गणतन्त्र दिवस मनाउँदा भने विभाजित छन ।सरकारले आयोजना गरेको गणतनत्र दिवसमा राजनितिक दल, सुरक्षकर्मी, राजनितिक दलका भातृ संगठन र कर्मचारीहरु सहभागि भै गणतन्त्र दिवस मनाए भने नागरिक संजालको आयोजनामा पनि देशभर दल र सरकारलाइ खवरदारी गर्दै गणतन्त्र दिवस मनाइयो । यही अवस्था अछाममा पनि रहयो ।

दिवसको अवसरमा अछाम जिल्लामा पनि छुटटा छुटटै कार्यक्रम गरिएको छ । सरकारी निर्देशन अनुसार…

बाँकी

Added by Tek Raj Bhandari on May 29, 2013 at 7:30pm — No Comments

कसरी हुन्छ सहकारीको अनुगमन र नियमन? ७५ मध्ये ३८ जिल्लामा मात्रै डिभिजन कार्यालय !

देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता, सञ्चालन, लेखापरीक्षण, अनुगमन तथा नियमन गर्नुपर्ने बाध्यता छ । सरकारले पहिले भएको जिल्लाबाट समेत डिभिजन कार्यालय र कर्मचारी कटौती ग¥यो । करिब ८ सय ५० सहकारी संस्था दर्ता हुँदा…

बाँकी

Added by Binod Sharma on May 28, 2013 at 9:00am — No Comments

बेगनास किनारमा धमाधम घर, सरकारी निकाय मौन

रामसार सूचीमा राख्ने तयारी भइरहेका बेला लेखनाथमा रहेका तालको अतिक्रमण बढेको छ । तालको एक सय मिटर वरपर संरचना बनाउन नपाइने भए पनि अहिले बेगनास र रुपाताल किनारमा घर निर्माण क्रम बढेको छ । कानुन कार्यान्वयन गर्ने सरकारी निकाय भने मुकदर्शक भएर बसेका छन् । तालको संरक्षणमा लागेका अयिन्ताहरु लेखनाथ नगरपालिका र स्थानीय प्रशासनको बेवास्ता गरेको आरोप लगाउँछन् । आयूसीएनले २०५८ सालमा लेखनाथका रुपा र बेगनास तालमा एक सय मिटरको मापदण्ड तय गरेको थियो । एक सय मिटर त के अहिले त तालसंगै जोडेर धमाधम पक्की…

बाँकी

Added by Bharat Koirala on May 24, 2013 at 7:00pm — No Comments

तयारीको २ बर्षसम्म एम्बुलेन्स कागजमै गुड्यो !

२०६९ माघमा अछामको कमलबजारमा एम्बुलेन्स ल्याउने भनेपनि २ बर्षसम्म एम्बुलेन्स कागजमै गुड्यो, अब असार महिना भित्रै ल्याईने प्रतिबद्धता फेरी दोहोरियो ।

पुर्वी अछामका जनतालाई सेवा दिन प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा ल्याउने भनिएको एम्बुलेन्स २ बर्ष बितिसक्दा पनि अझै अछाममा देखिएको छैन । २०६९ माघ महिला भित्र ल्याउने सरोकारवालाले प्रतिवबद्धा व्यक्त गरेपनि त्यो प्रतिबद्धता गरेको करिब ४ महिना बितिसकेको भएपनि अझै एम्बुलेन्स नआएपछि फेरी पनि एम्बुलेन्स आउनेमा त्यस क्षेत्रका…

बाँकी

Added by Purna Bahadur Khadka on May 24, 2013 at 12:30pm — No Comments

अछाममा घुम्ति शिविर मार्फत ५० हजार नागरिकले सेवा पाएको दावी

अछामका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले आफ्नो कार्यकालको एक वर्षको अवधिमा अछामी जनताको लागि केही राहत हुने काम गरेको बताउनु भएको छ । जिल्लाका विकट गाविसमा गई एकिकृत घुम्ती सेवा शिविरमार्फत नागरिकता वितरण लगायतका सेवा दिएपछि जनताले निकै राहतको महशुस गरेको आफुले पाएको उहाँले बताउनुभयो । रेडियो रामारोशनको रामारोशन चौतारीमा बोल्नुहुँदै उहाँले घुम्ती शिविर मार्फत ५० हजार हाराहारी जनता प्रत्यक्ष लाभान्वित भएका बताउनुभयो । यस्तै द्धन्दपछि सदुरमुकाममा बस्दै आएका गाविस सचिवलाई गाउँ जान…

बाँकी

Added by Chandra Budha on May 23, 2013 at 7:00pm — No Comments

प्रविधि पुस्ता र सवाल

मानव जीवनको वाल्य, किशोर, युवा तथा प्रौढ चारमध्ये युवावस्था सबैभन्दा महत्वपूर्ण मानिन्छ । यो उमेरका हिसावमा महत्वपूर्णचाँही मानिएको होइन । युवा श्रममा आश्रित उमेर हो । युवा विकास र विनाश दुवैको उत्तोलक पनि बन्ने गरेका छन् । सिर्जनशीलता, रचनात्मकता, जुझारू, समर्पित, ऊर्जाशील परिवर्तनका संवाहकजस्ता सबै गुणहरू युवामा अन्तर्निहित छन् । त्यसकारण पनि विश्व राजनीतिमा युवाअवस्थालाई प्रधान राखिएको छ । नेपाली राजनीतिक परिवर्तनका सवै इतिहाँस नै तत्कालिक युवाहरुले छेडेको…
बाँकी

Added by Binod Dhakal (D.Binod) on May 22, 2013 at 10:30am — No Comments

प्रेम गरेको आरोपमा देश निकाला !

गैह्र दलितकी श्रीमतीसंग प्रेम गरेको आरोपमा अछाममा एक युवकलाई देश निकाला गरिएको छ । अछाम भैरवस्थान गाविस वडा नं. २ का १७ बर्षिय महेन्द्र विकलाई स्थानीय गैह्र दलितको समूहले यातना दिँदै १० बर्ष नेपाल फर्कन नपाउने उर्दी सुनाएर देश निकाला गरेका हुन् । सुर्खेतको एक गैह्रसरकारी संस्थामा महेन्द्रका बुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो ।

सोही गाविसकी २२ बर्षकी विवाहित महिला पद्माकुमारी बिसीसंग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका हुन् । महेन्द्रको…

बाँकी

Added by Purna Bahadur Khadka on May 22, 2013 at 8:00am — No Comments

नेविसंघको चितवनमा रमिता

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदैछ । विद्यार्थी संगठनहरु आफ्ना पक्षका विद्यार्थीहरुलाई भर्ना गराएर आफ्नो जित सुनिश्चित गर्न तिकडम गरे आइतबार सम्ममा । म पनि सित्तैमा भर्ना हुने सुअवसर पाउने मध्येको एक हुँ । मेरो भर्ना कुनै विद्यार्थी संगठनले पैसै तिरेर त गरिदियो । तर चितवनमा नेविसंघले भने रमिता नै देखाएको छ । जितको लागि चुनावामा अनेक तिक्डम गर्न पछि नपर्ने काँग्रेस त्यसैका पुत्रहरु नेविसंघका नेता भनिनेहरु…

बाँकी

Added by अल्टर कान्छो’ on May 19, 2013 at 11:30pm — No Comments

ताप्लेजुङमा लक्षित वर्गका लागि छुट्याइएको रकम नियम विपरित खर्च !

ताप्लेजुङ जिल्लाका अधिकांश क्षेत्रमा विपन्न लक्षित वर्गका लागि बिनियोजन भएका रकम नियम बिपरित खर्च गर्ने गरेको पाइएको छ । हालै स्थानीय शासन तथा उत्तरदायित्व सहजीकरण संयन्त्र (एलजीएफ) मार्फत गरिएको एक अध्ययनले यस्तो देखाएको हो । सदरमुकाम अवस्थित फुङ्लिङ सहित दोखु, हाङ्देवा, खोक्लिङ, नाङ्खोल्याङ र खेबाङ गरी छ वटा गाउँ विकास समितिमा गरिएको अध्ययनो क्रममा यस्तो पाइएको अध्ययनकर्ता केशरकुमार मेन्याङ्बोले बताउनुभयो । यहाँ क्रियाशिल गैर सरकारी संस्था ग्रामीण विकास सहयोग केन्द्रको स्थानीय शासन तथा…

बाँकी

Added by Santosh Purkuti on May 19, 2013 at 1:00pm — No Comments

अगमको मिनरल वाटरमा फोहोरको कण भेटियो

पिउनको लागि सजिलो र स्वस्थकर पानी भनेर सिलप्याक गरेर बोतलमा राखिएको मिनरल वाटरलाई मानिसहरुले आफ्नो रोजाईमा पार्ने गर्दछन् । तर त्यो बोतलको पानी पिउनको लागि कत्तिको…
बाँकी

Added by आनन्द पोखरेल on May 18, 2013 at 7:00pm — No Comments

उखु कृषकमाथि चिनी मिलको ज्यादती

नेपालमा उखु उत्पादनको प्रमुख क्षेत्र मानिने बारा, रौतहट, सर्लाही, महोत्तरीका उँखु कृषकहरु साह्रै निरुत्साहित भएका छन् । चौध महिना उत्पादन हुन लाग्ने बाली उखुको भूक्तानी नपाएर रौतहट बारा र सर्लाहीका कृषकहरु चिनी मिलहरुले शोषण गरिरहेका छन् । आफनो मल, बीउ, पानी, लेबर खर्च (जोताइ, गोडाई, कटाइ, लोड) तथा ढुवानी खर्च लगाएर चीनी मिलमा पुर्‍याएको ५ महिना बितिसक्दा पनि कृषकले आफनो उखुको भूक्तानी नपाए पछि कृषकहरु असाध्यै चिन्तित भएका छन् । संसारमा यस्तो कुनै व्यवसाय छैन जसको सत प्रतिशत आफनै खर्च गरी…

बाँकी

Added by Shree Bhagavan Thakur on May 17, 2013 at 10:30am — No Comments

सबैको पहुँचयुक्त बनाउन यस्ता बन्नेछन् काठमाडौंका सडक

‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९’ लागू गरेर सरकारले अपाङ्गता भएका व्यक्तिहरुको मुद्दामा सचेतता प्रकट गरेको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले जारी गरेको निर्देशिकामा सार्वजनिक सडक र सडक पेटी, बस पार्क तथा यात्रुहरु ओराल्ने र चढाउने स्थान कसरी अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्त बनाउने भन्ने उल्लेख गरिएको छ ।

त्यस्तै सार्वजनिक यातायात, मनोरञ्जन पार्क र खेल मैदान, सार्वजनिक शौचालय तथा भवन अपाङ्गमैत्री बनाउने कुराहरु पनि…

बाँकी

Added by Binod Sharma on May 14, 2013 at 6:00pm — 2 Comments

अदालतको अवहेलना

गएको शनिबार, बैसाख २८ को कान्तिपुरमा पत्रकार बिजयकुमार पाण्डेको स्तम्भ ‘आदि/इत्यादी’मा उल्लेखित विषयबस्तुले अदालतको मानहानी भएको भन्दै मुद्दा दायर भएपछि आज सामाजिक सञ्जालहरुमा अदालतको मानहानी बारे चर्को बहस शुरु भएको छ । एक डेढ बर्ष अगाडी अदालतको मानहानी बारे केहि लेखौं न भनेर शुरु गरेको थिए, हराएको रहेनछ । अलिकती भए पनि जानकारीमुलक हुनसक्छ भनी यहाँ पोष्ट गरिएको छ । 

अदालतको अवहेलनाको…

बाँकी

Added by Santosh Sigdel on May 13, 2013 at 10:30pm — 3 Comments

आधा घण्टाभित्रै मोबाइलमा आगलागीको सूचना !

जिल्ला वन अधिकृत तथा वन कर्मचारीले आफ्नो जिल्लाभित्रका कुनै पनि वन क्षेत्रमा लागेको आगोको जानकारी आफूलाई नभएको भनेर पन्छिन नपाउने भएका छन् । आफू कार्यरत जिल्लाभित्रको जुनसुकै ठाउँमा आगो लागे पनि त्यसको सूचना उनीहरुको मोबाइलमा एसएमएस मार्फत तत्कालै पुग्ने प्रविधि भित्रिइसकेको छ । गएको चार महिनादेखि ७५ वटै जिल्लाका जिल्ला वन अधिकृत, वन कर्मचारी तथा सामुदायिक वनका उपभोक्ताले आगलागीको सूचना एसएमएसमार्फत तुरुन्त पाउन थालेका हुन् । एकिकृत अन्तराष्ट्रिय पर्वतीय विकास केन्द्र…

बाँकी

Added by Binod Sharma on May 12, 2013 at 10:00am — 1 Comment

आमा

'बर्षाको बेलामा चर्केर घाम लागे दर्केर पानी पर्छ'आमा भन्थिन् । कहिलेकाँही गोठालो जाने मलाई उनी सल्लाह दिन्थिन् 'सके घुम लैजा, नभए छाता लैजा नभए पनि प्लास्टिक लैजा ।' मलाई घाम लागेको बेला यस्तो कुरा बोक भन्ने उनको कुरामा दम देख्दैनथेँ । दिउँसो एक छिनमै बादल आकाशमा देखा पथ्र्यो, अनि पानी दर्किन्थ्यो । पानीले भिजाउनै लाग्दा आमा घुम ओडेर हातमा छाता बोकेर आउँथिन् स्यास्या गर्दै । छाता पुयो बिमा अन्यान्वा । चु नाखी । छाता बोक भन्दा नबोक्ने । कुकुर । मेरो भन्नु केही थिएन । लाग्थ्यो कसरी मिल्यो…

बाँकी

Added by gocool thokar on May 10, 2013 at 3:00pm — 1 Comment

फुर्सदै छैन पुरस्कार लिन !

सार्वजनिक समारोहमा पुरस्कृत गर्न निम्ता गरे नजाने को पो होला र ? अझ कतिपय अवस्थामा त आफुले नै खर्च गरेर पुरस्कार लिने गरेका घटनाहरु पनि सुनिने गर्छन । समाजमा यस्ता मानिस पनि भेटिन्छन जसलाई समाजले पुरस्कार थाप्न बोलाँउछ तर आफ्नै काममा व्यस्त उनिहरु पुरस्कार लिन जान समय निकाल्न सक्दैनन । आयोजकहरु कार्यक्रममा नाम बोलाँउछन, अनि उहाँ आउन सक्नुभएन भन्छन । बेलुका घरमै पुरस्कार बोकेर ल्याइदिन्छन र फर्कन्छन ।

सुन्दा…

बाँकी

Added by Arjun Apawad on May 9, 2013 at 6:30pm — 2 Comments

कहिले हुने निर्वाचन ?

नेपाली जनताले सात वर्षअघि जनआन्दोलन गरेर देशमा गणतन्त्र ल्याए । तत्कालिन राजा ज्ञानेन्द्रले गद्दी त्याग गर्नुपर्‍यो । नेपाली जनताले भनेको कुरालाई ज्ञानेन्द्रले माने । उनी सरासर सामान्य नेपाली जनताको जीवनशैलीलाई आत्मसात गर्दैछन् । जनआन्दोलनको एउटा नारा संविधान सभामार्फत देशमा नयाँ संविधान निर्माण गर्नु पनि थियो । पछि देशमा संविधान सभाको निर्वाचन पनि भयो । तर चार वर्षसम्म पनि संविधान बन्न सकेन । तत्कालीन राजा ज्ञानेन्द्रले गद्दी छाडेजस्तै संविधान सभाको निर्वाचनबाट…

बाँकी

Added by आनन्द पोखरेल on May 8, 2013 at 9:30pm — No Comments

थोरै काम धेरै बदनाम: सहकारी सन्दर्भ

वर्ष २०६९ सहकारीका लागि ऐतिहासिक थियो । संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी बर्ष घोषणा गरेको र नेपालले पनि सदस्य राष्ट्रको रुपमा त्यसलाई मनाउने निर्णय गरेकाले । तर बिडम्बना नै भन्नुपर्छ नेपालको सहकारी आन्दोलनले यसलाई उपयोग गर्न सकेन र औपचारिकतामा नै सहकारी वर्ष सकियो । आम सहकारीकर्मीका लागि ऐतिहाँसिक वर्ष पनि हात्ती आयो हात्ती आयो फुस्सा भनेझै भयो ।

संयुक्त राष्ट्रसंघले सहकारी वर्षभरमा मुख्य रुपमा सहकारीताको प्रचारप्रसार गर्ने, सहकारीको…

बाँकी

Added by yadav humagain on May 8, 2013 at 4:00pm — No Comments

उपराष्ट्रपतिबाट आज अछाम औपचारिक रुपमा खुल्ला दिसामुक्त घोषणा गरिँदै

अछाम जिल्ला देशकै सातौँ जिल्लाका रुपमा आज खुल्ला दिशामुक्त घोषणा गरिँदैछ । जिल्लाका ७५ वटै गाविसका सबै घरधुरीमा चर्पी बनाई प्रयोगमा ल्याईएपछि आज बैशाख २५ गते भब्य कार्यक्रमका वीच जिल्लालाई उपराष्टपति परमानन्द झाले खुल्ला दिशामुक्तको औपचारिक घोषणा गर्नुहुने भएको हो । घोषणा कार्यक्रममा अन्य विशिष्ट व्यक्तित्वहरु, मन्त्रालयका सचिव, सहसचिव, पूर्व मन्त्री, सांसद, सभाषद, छिमेकी जिल्लाका स्थानीय विकास अधिकारी, क्षेत्रीय निर्देशनालयका निर्देशक लगायतका सहभदेशको सातौ तथा सुदूर पश्चिमको पहिलो जिल्लाको…

बाँकी

Added by Tek Raj Bhandari on May 8, 2013 at 7:30am — No Comments

संकल्पको हाम्रो ब्लड अभियान हेटौंडामा

संकल्पको अभियान "हाम्रो ब्लड" बारे मिडिया चेतना तथा अन्तराष्ट्रिय रक्तदाता दिवस (जुन १४) मा संकल्प द्वारा आयोजना गरिने अभियानको जानकारी गराउन हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरिएको छ | हाम्रो ब्लड सामाजिक अभियानका हेटौडा संयोजक उमेश सिग्देलको संयोजकत्वमा आयोजित कार्यक्रममा स्थानीय छापा, एफएम, टेलिभिजन तथा राष्ट्रिय संचारमाध्यमका स्थानीय प्रतिनिधिहरु बिच हाम्रो ब्लडले गर्ने काम तथा स्थानीय स्तरमा रक्तदान बारे जनचेतना फैलाउने अभियानमा सहकार्यको लागि छलफल भएको थियो…

बाँकी

Added by Umesh Sigdel on May 4, 2013 at 10:30am — 2 Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service