May 2012 Blog Posts (210)

समयमै बर्षेबाली लगाउन नपाँदा किशानहरु मर्कामा



पूर्ण बहादुर खड्का, अछाम जेठ १८

खेडेरीका कारण बर्षेबाली लगाउन नपाँउदा अछाम जिल्लाका किसानहरु मर्कामा परेका छन । आकाशे पानी परेपछि बैशाखको पहिलो हप्तामै धान, मकै, कोदो छर्ने किशानहरु जेठको दोसो हप्ता पुगिसक्दापनि पानी नर्पदा किशानहरु मर्कामा परेका हुन । समयमै बर्षेबाली नलगाउदा उपादनमा कमि हुने भएकाले भोकमरी हुने किशानहरुको गुनासो छ । कृषि पेशाबाटै पेट पाल्दै आएका किशानहरु समयमै खेति गर्न नपाउदा ३ महिना पनि खान नपुग्ने जनालीबण्डालीका किशान धनिराम खत्रीले बताउनु भयो । अछाम लगायत…

बाँकी

Added by Purna Bahadur Khadka on May 31, 2012 at 6:40pm — No Comments

आगलागीबाट ८४ हजार बराबरको क्षति

अछाम जिल्लाको षोडशादेवि गाविसको एक घरमा आगलागी भएको छ । वडा नं. ७ निवासी प्रेमसिह टमटाको घरमा आगलागी हुदाँ नगद सहित पशु २ वटा गाई, ३ वटा बाख्रा र १० वटा कुखुरा जलेर नष्ट भएका छन ।



टमटाको घरमा बुधबार राती खाना पकाउदा बालेको आगो गोठमा राखेको गँहुको छवालीमा आगो सल्किदा आगलागी भएको मेल्लेख प्रहरी चौकीले जनाएको छ ।



घरमा आगलागी हुदाँ एक मोबाईल सेट, भाडाकुडा, खाद्यन्न,लुगाकपडा, पशुचौपाए, र नगद गरी करीब ८४ हजार बराबरको क्षति भएको स्थानिय लाल बहादुर चदाँराले जानकारी दिनु भयो…

बाँकी

Added by Purna Bahadur Khadka on May 31, 2012 at 6:30pm — No Comments

खानेपानीको समस्या हुदाँ व्यापारीहरु मर्कामा ।।

अछाम जेठ १८ । अछाम जिल्लाको जनाली बण्डाली गाविसमा रहेको ठुलासैन बजारमा खानेपानीको समस्या भएको छ । गर्मियाम बढेसंगै पानीका मुहानहरु सुक्न थालेपछि ठुलासैनमा खानेपानीको समस्या भएको हो ।

बजार क्षेत्रमा खानेपानी सुविधा नभएकाले आधा घण्ठा हिडेर कुवाको पानी ल्याउन जानु पर्ने बाध्यता भएको एक व्यापारी गोरप्रसाद भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो दुध दहि भन्दा पनि पानी महँगो छ तैपनि खानेपानीको समस्या छ । पैंसा तिरेर पनि सस्तो मुल्यमा दिन सक्छौँ पानि आधा घण्टा बाटो हिडेर पानी ल्याउन…

बाँकी

Added by Purna Bahadur Khadka on May 31, 2012 at 6:30pm — No Comments

अपाङ्गता भएकालाई हस्तकला तालिम

अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकका लागि मनहरीमा एक महिने हस्तकला तालिम सुरु भएको छ ।

अपाङ्ग स्वावलम्वन जीवन पद्दति केन्द्रको आयोजना तथा मनहरी नमूना गाविस र जिल्ला विकास समितिको सहयोगमा हस्तकला तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाविस सचिव नवराज वर्ताैलाले सीप भए आत्मनिर्भरताको बाटोमा अघि बढ्न सकिने बताए ।

केन्द्रका अध्यक्ष दिलवहादुर स्याङ्बो (शरण)को सभाध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष चन्द्रमायाँ लामा, सुरेश घलान लगायतले पनि मन्तब्य राखेका थिए । तालिममा १० जना…

बाँकी

Added by Shiva Kumar Kashi on May 31, 2012 at 3:08pm — No Comments

दमकल चलाउँदा बार्षिक ३० लाख खर्च

हेटौँडा नगरपालिकाले दुईवटा बारुणयन्त्र(दमकल) सञ्चालनका लागि बार्षिक ३० लाख रुपियाँ खर्च गर्ने गरेको बताइएको छ ।

१० जना कर्मचारी तथा इन्धनसहित बार्षिक ३० लाख रुपियाँ खर्चेर बारुण यन्त्र सञ्चालन गरिए पनि भनेजस्तो सेवा सुविधा दिन नसकिएको नगरपालिकाले स्वीकारेको छ । यसका लागि नगरपालिकाले बारुण यन्त्र सञ्चालन तथा व्यवस्थापन समन्वय समिति खडा गर्ने तयारी गरेको जनाएको छ ।

‘अहिले भइरहेको दमकल पुराना भए’, नगरपालिकाका योजना तथा अनुगमन महाशाखा प्रमुख बीके महर्जनले भने, ‘अब कुनै पनि हालतमा नयाँ…

बाँकी

Added by Shiva Kumar Kashi on May 31, 2012 at 3:04pm — No Comments

छापामार ठिटोको गन्थन

 “उमा सिंह, जेपी जोशी, शुशिल ढुङ्गाना, प्रकाश ठकुरी, विरेन्द्र शाह, डेकेन्द्र थापा, टिका विष्ट, आदिआदिको नियती खेप्नु पर्ला है । बढि लेख्न पायो भन्दैमा जे पायो त्यही लेख्ने होइन । भोलिपर्सि औंला चिरियो भने अनि चेत होला !”

छापामार ठिटो भरखर भरखर छिरेको हो उसको गुटमा । सडकमा गुडेको गाडि पछाडि धुलोका…

बाँकी

Added by Raman Paneru on May 30, 2012 at 9:00pm — 2 Comments

बाँकेमा लोप हुँदै लोहार व्यवसाय

कोहलपुर, लोहार जातीले गर्ने लोहार व्यवसाय बाँकेमा लोप हुँदै गएको छ । बढ्दो सहरीकरणसँगै रेडिमेड औजारहरु पाईन थालेपछि उनीहरुको व्यवसाय लोप हुँदै गएको हो । कथित दलित जाती भित्र पर्ने लोहार जातीले परापूर्व कालदेखि नै आफ्नो जिविकोपार्जनका लागि यो व्यवसाय अँगालेका थिए ।

अहिले बजारमा रेडिमेड हतौडा, हसिँयाको सट्टा चक्कु जस्ता औजारहरु पाईने र आफ्नो मेहनतको पैसा पनि नआउने भएकाले यो व्यवसाय लोप हुँदै गएको हो । तर, बाँकेको पिपिरी ८ मन्नापुरका केवल विकले भने यो पेशा छाडेका छैनन् । जन्मथलो सल्यान…

बाँकी

Added by Keshav Rana on May 30, 2012 at 7:00pm — No Comments

डोटीको खिरसैनमा जिप दुर्घटना, ११को मृत्यु

डोटीको खिरसैन गाविस वडा नं. ३ सेर्मामा आज यात्रु वहाक जिप दुर्घटनाग्रस्त हुदा ११ जनाको मृत्यु भएको छ, भने २२ जना घाइते भएका छन् । चौखुट्टेदेखि सदरमुकाम सिलगढी आउदै गरेको शैलेश्वरी सार्वजनिक यातायातको ना १ ज ३२६१ नम्बरको जिप दुर्घटना ग्रस्त भएको हो ।

दुर्घटनामा परि ८ जनाको घटना स्थलमा, २ जनाको जिल्ला अस्पताल डोटीमा र १ जनाको सुजङ्ग अस्पताल दिपायलमा उपचारका क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा गैरागाउ ३ बस्ने ३५ बर्षिय…

बाँकी

Added by Purna Bahadur Khadka on May 30, 2012 at 5:00pm — No Comments

डोटि सदरमुकाम सिलगढिमा चार दिनदेखि खाने पानी अभाब

डोटि जिल्लाको सदरमुकाम सिलगढिमा विगत चार दिन देखि खानेपानीको समस्या देखिएको छ । सिलगढिमा खानेपानीको समस्याकै रुपमा  रहेको भएपनि खानेपानिको सामान्य व्यवस्था भने रहेको छ  ।

कहिले मुहानमा समस्या कहिले मुहान नजिकको जनताहरु को समस्यामा कारणले खानेपानिमा समस्या आउने गरेको  भय पनि यस बर्ष भने पानि ल्याइयको मुख्य पाइपहरुमा समस्या आयका कारणले पानिमा समस्या देखियको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले जनाएको छ । पानी नै नआय पनि स्थानियबासि पालो कुर्दै टाढाटाढा रहेका ढुङ्खेधारा बाट पानि…

बाँकी

Added by Purna Bahadur Khadka on May 30, 2012 at 5:00pm — No Comments

गरिबि निवारण कोषको सहयोगमा विद्यालय भवन बनेपछि पठनपाठनमा सहज

अछाम जेठ १७ । विद्यालयको उचित वातावरणमा शिक्षा पाउनु सबै विद्यार्थीको अधिकार हो । तर कुनै ठाउँमा यस्ता विद्यालय हुन्छन् जहाँ कक्षा कोठा नै हुँदैन ।

विद्यार्थीलाई घाम, पानी र हावा हुरीबाट बचाउन विद्यालय भवन हुनु अनिवार्य छ । विद्यालय भवन नभएका अछाम जिल्लाका बस्ती, हिच्मा, घोडासैन, मष्टावण्डाली लगायतका विभिन्न ठाउँमा गरिबि निवारण कोषको सहयोगमा विद्यालय भवन बनेपछि त्यहाँका विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई निकै सजिलो भएको छ भने उनीहरुमा खुसी छाएको छ ।

पहिले…

बाँकी

Added by Purna Bahadur Khadka on May 30, 2012 at 5:00pm — No Comments

आन्तरिक विवादका कारण अनिश्चित विद्यालय बन्द

बझाङको पिपलकोट गाविसमा रहेको एक मात्र  प्राथमिक विद्यालय आन्तरिक समस्या भएको भन्दै अनिश्चितकालका लागि बन्द गरिएको छ ।

पिपलकोट गाविसमा रहेको जयलक्ष्मी प्राविमा कार्यरत शिक्षक तथा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुबीच विद्यालयमा नै दैनिक जसो हुने झगडाका कारण विद्यालयमा विद्यार्थीहरु आउन छोडपछि जेठ १ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गरिएको हो ।

शिक्षक  र ब्यवस्थापन समितिका पदाधिकारीहरु पढाउने समयमा विद्यालय परिसरमा दैनिक झगडामात्र गर्ने विद्यार्थीहरुले उनिहरुको झगडा मात्र…

बाँकी

Added by Purna Bahadur Khadka on May 30, 2012 at 5:00pm — No Comments

मलाई मन परेका केहि पठनिय पुस्तकहरु

1 अन्तर्मनको यात्रा जगदीश घिमिरे…
बाँकी

Added by Bikash Thapa on May 29, 2012 at 6:04pm — No Comments

Black (a poem)

This is a journey,

Which start from less than zero,

I can't say exactly,

Because I have no idea,

How to count that very number,

I know only,

It is less than zero,

But not negative,

It has minute value,

But the tendency to be maximum,

Where, I found my life,

Near by it,

Like it…

बाँकी

Added by Ajaya Dhungana on May 29, 2012 at 3:26pm — No Comments

संविधानसभाः ‘हत्यारा’लाई कारवाही गर!

६० वर्षको सकसपछि सम्भव भएको संविधानसभाको निर्वाचन अन्ततः ‘लिग’ चरण नै पार नगरी ‘घर’ फर्कियो । संविधानसभाले ४ वर्षको खेलमा उपस्थिति जनाए स्वरुप दिएको ‘गणतन्त्र’ भन्दा अर्को कुनै दमदार खेल देखाउन सकेन । अन्ततः लिग चरणबाट बाहिरिने समयमा संविधानसभाका खेलाडीहरुको ‘मैदान’मा आँसु रोकिएन, जुन कुरा सो समयमा…

बाँकी

Added by Shiva Adhikari on May 29, 2012 at 1:00pm — No Comments

माइक्रोको ठक्करबाट मानवअधिकारकर्मीको मृत्यु

नेपालगन्ज जेष्ठ १६ । आज विहान करिब साढे पाँच बजे नेपालगन्जको गणेशमान चौक नजिक एउटा माइक्रो बसले ठक्कर दिदा इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जमा कार्यरत भजन चौधरीको मृत्यु भएको छ ।

नेपालगन्ज भन्सार देखि कोहलपुर तर्फ जाँदै गरेको भे १ ख ११२७ नं. को माइक्रो बसले मर्निडवाकमा हिडेका ३६ वर्षीय चौधरीलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने गाडी र नेपालगन्ज नगरपालिका बेलासपुर बस्न चालके शिव गुरुंड जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक उदय…

बाँकी

Added by uma thapamagar on May 29, 2012 at 12:09pm — No Comments

मध्यरातमा केश मुन्डन

हेटौंडा, जेठ १५, हजारौंको रगतस“ग साटिएको संविधानसभा आइतबार मध्यरात १२ बजे स्वत भंग भएपछि सांकेतिक बिरोध स्वरुप हेटौंडा चिसापानीका युवाहरुले मध्यरातमा केश मुन्डन गरेका छन् । हेटौंडा–४, हेटौंडा–५ र हेटौंडा–१० का ५ युवाहरुले मध्यरातमा संयुक्त रुपमा केश मुन्डन गरेका हुन् । संबिधान जारी नगरेको भन्दै उनीहरुले बिरोध स्वरुप केश मुन्डन गराएका थिए । मध्य रातमै नजिकैको नाईलाई बोलाएर केश मुन्डन गरिएको थियो । चिसापानी युवा समुहका अध्यक्ष्ँ लवराज ठकुरीको नेतृत्वमा संयुक्त रुपमा १२ बजेर ३० मिनेटमा मुन्डन…

बाँकी

Added by Anil Parajuli on May 29, 2012 at 12:00pm — No Comments

माइक्रोको ठक्करबाट मानवअधिकारकर्मीको मृत्यु

नेपालगन्ज जेष्ठ १६, आज विहान करिब साढे पाँच बजे नेपालगन्जको गणेशमान चौक नजिक एउटा माइक्रो बसले ठक्कर दिदा इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जमा कार्यरत भजन चौधरीको मृत्यु भएको छ ।

नेपालगन्ज भन्सार देखि कोहलपुर तर्फ जाँदै गरेको भे १ ख ११२७ नं. को माइक्रो बसले मर्निडवाकमा हिडेका ३६ वर्षीय चौधरीलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने गाडी र नेपालगन्ज नगरपालिका बेलासपुर बस्न चालके शिव गुरुंड जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक…

बाँकी

Added by uma thapamagar on May 29, 2012 at 12:00pm — No Comments

मान्छेका लागि वन र वनका लागि संरक्षण

मान्छे बाँच्नको लागि अक्सिजन र पानी चाहिन्छ, अक्सिजन र पानी दुबैको स्रोत रूख वा वन हो । हाम्रा वातावरण वरपर निस्केका वा मानव क्रियाकलापबाट पैदा भएका विभिन्न किसिमका ग्याँसहरू रूखले खानाको रूपमा ग्रहण गर्दछ र सो…
बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on May 29, 2012 at 12:00pm — No Comments

जनआन्दोलनका घाइतेद्वारा सम्मान फिर्ता

हेटौंडा-दोस्रो जनआन्दोलन २०६२÷०६३ का घाइते गोकर्ण तिवारीले संविधानसभामार्फत् देशमा नयाँ संविधान निर्माण गर्न नेताहरु असक्षम भएको, आन्दोलनका घाइते र शहीदका सपना पूरा गर्न नसकेको भन्दै गणतन्त्र दिवसको अवसरमा आफूलाई प्रदान गरिएको सम्मान फिर्ता गरेका छन् ।

गणतन्त्र दिवस मूल समारोह समितिले सोमबार विहान आयोजना गरेको प्रभातफेरी कार्यक्रममा हेटौंडाको मुख्य बुद्धचोकमा प्रदान गरेको नगद पाँचहजार रुपियाँसहितको सम्मान घाइते तिवारीले फिर्ता गरेका हुन् । संविधान निर्माणपश्चात् मात्र देश,…

बाँकी

Added by Bijaya Timalsina on May 29, 2012 at 7:30am — No Comments

गत संविधान सभाको लागि चुनाव जितेकाहरूलाई अर्को चुनावमा उठ्न दिनुहुन्न

गत संविधान सभाको लागि चुनाव जितेकाहरूलाई अर्को चुनावमा उठ्न दिनुहुन्न । किनकि यिनीहरू असक्षम भइसकेका छन् । 

तिनीहरू पुन उम्मेदवार बन्न नपाउने कसरी हुन्छ होला भनेर गुगलमा खोजी रहेको छु । तपाइँहरू पनि खोज्नुहोला । पाउनु भयो भने हामीलाई पनि जानकारी दिनुहोला । अनलाईनबाट धेरै कुरा गर्न मिल्ने तर नेतालाई भोट दिन किन नपाउने ? जबसम्म इलेक्ट्रोनिक तवरबाट भोट खस्दैन, तबसम्म हाम्रा दुर्गम गाउँहरूमा अरु पार्टीलाई लखेटेर एकलौटी चुनाव गराउने…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on May 29, 2012 at 1:05am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service